जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज बाल साहित्य

वर्तमान समयमा शिक्षक र अभिभावक दुवै निकै सचेत छन् : अनुराधा

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित ११ माघ २०८०, बिहीबार
बाल साहित्य भित्र
0
वर्तमान समयमा शिक्षक र अभिभावक दुवै निकै सचेत छन् : अनुराधा

तपाईँ बाल साहित्य किन र केका लागि लेख्नुहुन्छ ?

लेखनमा निरन्तरता ल्याउने दुई प्रमुख तत्त्व हुन्छन् जस्तो लाग्छ । एउटा भोक र अर्को  डर । सबै भन्दा प्रमुख कुरा यस क्षेत्र प्रतिको अत्यधिक माया र आकर्षण नै मेरो लागी भोक हो । आफूमा भएको त्यही भोक मेटाउनका निम्ति म बाल साहित्य लेख्छु। त्यस बाहेक कहिले काहीँ पाठकको माया भोक बनिदिन्छ, कहिले पहिचान भोक बनिदिन्छ त कहिले काहीँ पैसा पनि भोक बनिदिन्छ । जीवनको अभिलाषा र आत्मिक चाहना ।

दोस्रो कुरा चाहिँ डर हो। लेखक डरमा बाँच्छन् । हरेक नयाँ दिनले नयाँ बिचारको माग गर्छ र उसलाई त्यो नयाँ बिचार आउने हो कि होइन भनेर उ हमेसा डराउँछ । मेरो मामलामा माथिका दुई कारणहरू अतिरिक्त एउटा तेस्रो कारण पनि छ। त्यो के हो भने म यो काम बाहेक अरू कुनै काममा निपुर्ण छैन । मलाई अरू केही आउँदा पनि आउँदैन । म लेख्छु किनभने मलाई लेख्न रमाइलो लाग्छ र म चाहन्छु कि बालबालिकाले मेरा पुस्तकहरू पढेर रमाउन् ।

तपाईँलाई चाहिँ बालबालिकाका लागि पुस्तक लेख्न के कुराले प्रेरित गर्छ ?

कथा लेख्नका लागि म प्रायः अप्रत्याशित समय र ठाउँहरूमा प्रेरणाका विषयहरू फेला पार्छु । त्यो सपना, सङ्गीत, यात्रा वा मेरो कुनै व्यक्ति सितको भेटघाट वा कुराकानी पनि हुन सक्छ ! मेरो अनुभवमा कफी पसलहरूमा बसेर लेख्दा मलाई धेरै प्रेरणा मिल्छ। कफीको ताजा वासना, त्यो सँग एउटा ब्राउनी र समग्र वातावरणले नै मेरो दिमागलाई धेरै आराम दिनुका साथै मलाई ऊर्जा र सकारात्मकता पनि प्रदान गर्छ।

कहिलेबाट बाल साहित्य लेख्न सुरु गर्नुभयो । हाल सम्म कति पुस्तक प्रकाशित छन् ?

म यो क्षेत्रमा लागेको १२ वर्ष भन्दा बढी भयो होला । मैले आफ्ना कृति वा कुनै पनि साहित्यलाई सङ्ख्यामा भन्दा गुणस्तरको दृष्टिकोणले हेर्ने गर्छु र कति पुस्तक लेखी सके भनेर खासै चासो पनि राख्दिन। तथापि, धेरै चाहिँ चित्र पुस्तक र थोरै चाहिँ अध्याय पुस्तक छन् । केही पुस्तकहरू अन्य भाषामा अनुवाद भएर प्रकाशित पनि भएका छन् ।

बाल साहित्य कस्तो हुनुपर्छ ?

बाल साहित्य जानकारी, मनोरञ्जन, वा यी दुवै चीजहरूको संयोजन पनि हो। कथाले बालबालिकालाई केन्द्रमा राखेर उनीहरूका लागि नयाँ र स्वादका सिर्जना प्रस्तुत गर्न सक्नु पर्छ । लेखक भनेको एउटा चित्रकार नै हो । शब्दहरूको रङ भर्ने चित्रकार । हामीले पाठकको लागि आफ्नो शब्दहरू प्रयोग गरेर दृश्यहरू सिर्जना गरेका हुन्छौ । त्यसैले, कथा पढ्न थालेपछि हामीले बालबालिकालाई त्यसको विषयवस्तु सित रिलेट गराउँदै आफ्नो प्रस्तुतिले समातेर राख्न सक्नुपर्छ । बाल साहित्यले बालबालिकाको कल्पना शक्ति र रचनात्मक सीपलाई विकास गर्न सक्नु पर्छ ।

बाल साहित्यले नानीबाबुहरूलाई कस्तो प्रभाव पार्छ ? यसले कस्तो भूमिका खेल्छ ?

बाल साहित्य, बालबालिकाले आफू सङ्गसङै संसारलाई बुझ्ने माध्यम हो। बाल साहित्यले जानकारीलाई ज्ञानमा बदल्न सिकाउँछ। कथाका पात्रहरू मार्फत बालबालिकाले आफ्नो वास्तविक जीवनमा कसरी व्यवहार गर्ने, सोच्ने र कार्य गर्ने भनेर सिक्दछन्। साथै, बालबालिकामा साक्षरताको विकास गर्न पनि बाल साहित्यले ठुलो सहयोग पुर्याउछ। बाल साहित्यले बालबालिकाको मानसिक विकासको लागि चाहिने अत्यन्त महत्त्वपूर्ण खुराकको रूपमा काम गर्छ ।

अभिभावकले बाल साहित्य किन पढ्नुपर्छ ?

बजारमा कस्ता पुस्तकहरू उपलब्ध छन् भनेर बुझ्न मद्दत गर्नका साथै आफ्ना बालबालिकाका लागि उपयुक्त पुस्तकहरू छनोट गर्न मद्दत पनि गर्दछ । पुस्तकहरू समाजको ऐना भएकाले बाल मनोविज्ञानको दृष्टिकोणले अहिलेका बालबालिकाहरूको जीवनशैली, सोच र उनीहरूको भावनाहरू बुझ्न पनि बाल पुस्तकले धेरै सहयोग पुग्दछ । बालबालिका हुने अभिभावकका लागि त झन् आफ्ना बालबालिकासित कथा पढ्दै र रमाउँदै केही समय भावनात्मक रूपमा समय बिताउने सुनौलो मौका पनि हो ।

तपाईँ लेखकका रूपमा नेपालमा बाल साहित्यको अवस्थाचाहिँ कस्तो पाउनुहुन्छ ?

बाल साहित्यका लेखकको बढ्दो सङ्ख्या र बालबालिकाको नेपाली बाल साहित्य प्रतिको रुचिले गर्दा बाल साहित्यको बजारको विस्तार भएर सकारात्मक प्रभाव पारेको छ। काठमाडौँ लगायत अहिले मोफसलमा पनि थुप्रै बाल साहित्यिक संस्थाहरू छन् । सरकारी क्षेत्र साथै विद्यालयको चासो पनि बढ्दो छ। त्यही अनुरूप अहिले पाठ्यक्रमका पुस्तक बाहेक अनिवार्य रूपमा कक्षागत तह तोकेर बाल साहित्यका पुस्तकहरू पठन पाठन हुन्छन् । विशेष गरी प्रारम्भिक शिक्षाको आधारभूत तत्त्वहरू मध्ये एक बाल साहित्य अध्ययन बनेको छ । पहिला गैर सरकारी संस्थानहरूमा मात्र सीमित भएका बाल साहित्य सम्बन्धित कार्यशालाहरू अहिले निजी प्रकाशकहरूले पनि सन्चालन गरिरहेका छन् । यस क्षेत्रमा महिला साहित्यकारहरूको आगमनलाई पनि मैले निकै उत्साहपूर्ण र महत्त्वपूर्ण नजरले हेरेको छु । तथापि, हामीले सक्दो प्रयास गरिरहेका भएता पनि खोजे जस्तो परिणाम ल्याउन नसकेको हो कि जस्तो पनि लाग्छ । बाल साहित्यकार हुने होडबाजी र पुस्तक छापी हाल्न हतार गरिरहेको जस्तो पनि लाग्छ । त्यस बाहेक, विभिन्न पक्षहरू मध्ये मलाई लागेको एउटा अत्यन्तै जरुरी तर कमजोर पक्ष भनेको नेपाली बाल साहित्यमा खोज तथा अनुसन्धानको अत्यधिक कमी हो।

बाल साहित्यप्रति वर्तमान समयमा शिक्षक अभिभावकको बुझाई कस्तो छ ?

वर्तमान समयमा शिक्षक र अभिभावक दुवै निकै सचेत छन् । बिस्तारै वहाँहरूले बाल साहित्यलाई बाल बालिकाको मानसिक खुराकका रूपमा महत्त्वपूर्ण छ भन्ने बुझेका छन् । मेरो बुझाइमा, नेपाली बाल साहित्य नपढिनुको प्रमुख कारण भाषागत समस्या पनि थियो। एउटा त नेपाली भाषा नै अलि अपहेलित थियो। कतिपय सन्दर्भमा अहिले पनि छ। त्यसमाथि, अभिभावक र शिक्षकलाई अङ्ग्रेजी भए पुग्ने अवस्था पनि थियो। पछिल्लो समयमा आएर बाल साहित्यका पुस्तकहरू मनोरञ्जनका निम्ति मात्रै हुन् भन्ने गलत धारणा बाट वहाँहरू मुक्त हुँदै पठन संस्कृतिको विकाशका निम्ति बाल साहित्य पढ्नु पर्ने आवश्यकतालाई बुझेका छन् । एस कुरामा, प्रकाशकहरूले नेपाली बाल पुस्तकहरूको प्रकाशन गरेर टेवा पुराइरहनु भएको छ ।

बालबालिकाका लागि पठन संस्कृतिको कुरा गर्दा नेपाली भाषामा कोर्सबाहिरका पुस्तक खासै छैनन् र भएका पनि सामग्री र गुदीका हिसाबले गतिला (गुणस्तरीय) छैनन् भन्ने गरिन्छ ।

यो कुरा मलाई सही हो जस्तो लाग्दैन । विषयवस्तु, गुणस्तर र विविधता आधारमा नेपाली बाल पुस्तकहरूमा धेरै प्रगति भएको छ। सङ्ख्या कै कुरा गर्ने हो भने पनि विदेश मुलुकको तुलनामा जान नसकिएता पनि ६० को दशक अघि न्यून बाल पुस्तक प्रकाशन हुन्थे भने अहिले आएर हरेक वर्ष दुई तीन सयको  हाराहारीमा बाल पुस्तकहरू प्रकाशित भएका छन् । यसलाई पनि प्रगति भएकै मान्नु पर्छ । मुख्य कुरा भनेको बालबालिकामा पठन संस्कृति बढाउनको निम्ति बाल साहित्यका पुस्तकहरूको महत्त्व बारे बिस्तारै सबैमा चेतना बढ्दै गएको छ। यसले गर्दा लेखकहरूलाई पनि गुणस्तरीय पुस्तकहरू लेख्न एक प्रकारको दबाबका साथै सहयोग पनि पुगेको छ।

हाम्रोमा धेरै विद्यालयमा पुस्तकालय छैनन् । जहाँ समयमा पाठ्यपुस्तक पनि पुग्दैनन् । फेरि बालबालिकाले सानैदेखि घरायसी काम पनि गर्नुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरूले बाहिरी  किताब पढ्नै पाउँदैनन् । यो अवस्थाको अन्त्य कसरी गर्न सकिएला ?

हाम्रो जस्तो देशमा दुर्गम गाउँहरूमा विद्यालय हुनु, बालबालिका विद्यालय पुगेर पढ्नु र विद्यालयमा समयमा पाठ्यपुस्तक पुग्नु भनेकै ठुलो कुरा हुन्छ । त्यस्तो स्थितिमा विद्यालयमा पुस्तकालय हुनु भनेको त एउटा सपना जस्तै हो। कतिपय विद्यालयमा पुस्तकालय भएता पनि पुस्तकहरू हुँदैनन् र भएको ठाउँमा पनि पढ्ने गरेको पाइँदैन । यो दुःखद अवस्था बदल्न सबै निकायहरूले महत्त्वपूर्ण भूमिका खेल्न जरुरी छ । सर्वप्रथम त राज्यले नै यसमा सबै भन्दा बडी चासो लिनु पर्ने देखिन्छ। हुन त सरकारले बुक कर्नरको राम्रो अवधारणा ल्याएको पनि हो तर त्यसको कार्यान्वयन पक्षमा कमजोरीहरु देखा पर्‍यो। सरकारले यस क्षेत्र सँग सम्बन्धित नीतिहरूको योजना तथा निर्माणको क्रममा काठमान्डु केन्द्रित मात्र नभएर मोफसल केन्द्रित हुन पनि अत्यन्तै जरुरी छ। अर्को महत्त्वपूर्ण निकाय भनेको सञ्चारमाध्यम हो । नेपाली सञ्चारमाध्यमले पुस्तकालय, बाल पुस्तक, बाल साहित्यकार, चित्रकार इत्यादिलाई महत्त्व र स्थान दिएर बाल पुस्तक र त्यसको महत्त्व सम्बन्धी जन चेतना फैलाउन निकै जरुरी छ । त्यस बाहेक, बाल साहित्यको क्षेत्रमा लागेका सङ्घ, संस्थान, लेखक तथा चित्रकार साथै अभिभावक अनि शिक्षकहरूले गठित सचेत समाज द्वारा नै यो समस्याको हल हुनसक्छ।

बाल साहित्यलाई ध्यान दिनु भनेको बालबालिकालाई महत्त्व दिनु हो । बालबालिकाको स्वास्थ्य, खाना र शिक्षाप्रति चासो राखेजस्तै उनीहरूको बौद्धिक पक्षमा पनि उत्तिकै चासो राख्न जरुरी छ ।

साहित्यकारहरूले पनि बाल साहित्यमा कम रुचि राखेको जस्तो लाग्छ?

बाल साहित्यलाई साहित्यकारहरूले उति महत्त्वका साथ नलिनु कुनै नौलो विषय होइन । हामी वयस्कहरू बाल साहित्यका पुस्तकलाई आफ्नो बौद्धिकताभन्दा तलको विषय मानेर प्राथमिकता भित्र पार्दैन। कारण खोज्दै जाने हो भने यसको जरो हाम्रो समाजमा अवस्थित बालबालिकाप्रतिको दृष्टिकोण नै हो । हामी धेरैले हाम्रा बालबालिकालाई सोच्न, बुझ्न र तर्क गर्न सक्नेभन्दा पनि ठुला मान्छेको सहाराविना केही पनि गर्न नसक्ने उमेर समूहका रूपमा बढी लिने गरिरहेका छौँ । त्यसैको परिणामस्वरूप, बालबालिकालाई प्राथमिकता दिइएको हुँदैन र उनीहरूसँग सम्बन्धित बाल साहित्यको विषयलाई पनि महत्त्व नदिइएको हो कि ?


Tags: बाल साहित्य
अघिल्लो पोष्ट

नाटक ‘नासो’ मञ्चन हुँदै

पछिल्लो पोस्ट

भगिरथी श्रेष्ठलाई भाषा साहित्य र धर्मेन्द्र झालाई पत्रकारिता पुरस्कार

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

घर परिवारभित्र बालसाहित्य
बाल साहित्य

घर परिवारभित्र बालसाहित्य

२७ कार्तिक २०८१, मंगलवार
रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार
कला

रङ्गकर्मी केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार

९ भाद्र २०८१, आईतवार
शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता
बाल साहित्य

शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

१७ असार २०८१, आईतवार
नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान
बाल साहित्य

नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

२८ जेष्ठ २०८१, सोमबार
पछिल्लो पोष्ट
भगिरथी श्रेष्ठलाई भाषा साहित्य र धर्मेन्द्र झालाई पत्रकारिता पुरस्कार

भगिरथी श्रेष्ठलाई भाषा साहित्य र धर्मेन्द्र झालाई पत्रकारिता पुरस्कार

जुलुशको पछिल्लो मान्छे

जुलुशको पछिल्लो मान्छे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ मंसिरमा

‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ मंसिरमा

३ जेष्ठ २०८०, बुधबार

गौतम दाइ

३ जेष्ठ २०७८, सोमबार
सिंहदरबार माने बाघदरबार

सिंहदरबार माने बाघदरबार

३ जेष्ठ २०७९, मंगलवार
अन्धकारभित्रको अन्धकार – ९

अन्धकारभित्रको अन्धकार – ९

३ जेष्ठ २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक