जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना यात्रा साहित्य

बिहानी यात्राको शब्द–चित्र

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २७ मंसिर २०८०, बुधबार
यात्रा साहित्य भित्र
0
बिहानी यात्राको शब्द–चित्र

बिहान घुम्नु शरीरका लागि फाइदा नै हुन्छ भनेर घुम्न थालेको पनि धेरै भयो । कहिले मौसमको कारणले, कहिले हाम्रै अल्छीपनले,कहिले हाँकी काम विशेषले र कहिले हामी आफैँ बिरामी पर्नाले बिहानीको घुमघाम छुट्ने गर्छ । स्वास्थ्यको लागि अल्छी नगर्नु नै कल्याण रहेछ । बिहान घुम्न सक्नु र घुम्न पाउनु त आफूमा अहोभाग्य थपिनु पनि हो । यही सोचका कारणले अल्छी नगर्ने सङ्कल्प मनमा राखेर भारती र म बिहान नियमित जसो घुम्न थालेको महिनौँ दिन भयो । बिहान घुम्ने क्रममा यसअघि हामीहरू धनेश्वर, खड्पु–चौकोट, मगर गाउँ, पुल बजार जनागाल यत्रतत्र घुम्यौँ । धेरै ठाउँ पुगेर अनुभव बटुली सकेको कारणले हाम्रो अनुभवको आधारमा चण्डेश्वरी भएर जलेश्वर, वपि, चप्लेटीतिर घुम्नु नै मज्जा लाग्यो ।

३:३०–४:०० बजेसम्ममा म उठिसक्छु । भारती ४:३०–५:०० बजे सम्ममा तयारी गरी सक्छन् । हामी दुवै जनाले नित्यकर्म सबै सिध्याएर ५:०० बजेसम्ममा घरबाट बाहिर निस्किई सक्छौँ । चराचुरुङ्गीहरूको चिरबिर शब्द लहरीहरू, कागका धूर्त ढङ्गका ‘काका’का तीखो अबाजहरू, कुकुरका अप्ठ्यारा स्वरहरू सुन्दै हावामा मन साटेर बिहान घुम्न पाउँदाका सुखहरू अविस्मरणीय हुँदा रहेछन् । यही अविस्मरणीय क्षण प्राप्तिका लागि हामीले पनि सङ्घर्ष गर्न खोज्यौँ । बिहानको समय त अत्यन्त मनोरम हुँदो रहेछ – शरीरले अमृत सेवन गर्न पाए जस्तो पो हुँदो रहेछ । यस्तै मनोरम अनुभूति प्राप्ति भयो बिहानीको यात्रामा । त्यसैले महाधुर्यता प्राप्तिका लागि बिहान घुम्नु नै कल्याण सम्झियौँ ।

हामीले रोज्यौँ वपि–रविको बाटो । चप्लेटीसम्म नै पिच भइसकेको छ । बाटो सुरम्य छ । जङ्गल नजिकै भएकोले हरियाली आँखामा राखेर घुम्न पाउनु यहाँको मोहकता भएकोले यहाँ घुम्न पाउँदा मनमा हर्ष छाउँदो रहेछ । यही ‘हर्ष’ यताको बाटोमा पाइने भएकोले हामीलाई पनि यो बाटो सुरम्य लाग्यो । पछ्याएर बिहानीको हावामा मन डुलाइ रहन पायौँ र यही बाटो हाम्रा लागि पनि ‘मोडेल’ बाटो भयो ।

सधैँ चण्डेश्वरी मन्दिरलाई दायाँ छोडेर जसिगा:को उकालो उक्लिने गथ्र्यौं । कहिले महादेव जलेश्वर रहेको जङ्गल र खोला रहेको खोँचतर्फ हामी घुम्ने गथ्र्यौं । बिहान घुम्नेहरूमा सङ्ख्यामा थोरै मात्र यस खोँचमा पुग्ने गर्छन्, कहिले हाँकी पूजा गर्न आउनेहरूको भीड लाग्ने गर्छ । जसिगा: । जसिगा:महाद्यो । जलेश्वर महादेव पनि भन्ने गर्थ्यो यस ठाउँको खोँच (ढुङ्गा) मा विराजमान महादेवलाई । सानो खोल्सो छ, माथिबाट कञ्चन पानी झर्ने गर्छन् । तीन वटा धाराहरूबाट निरन्तर पानी झरिरहेको देखिन्थ्यो । महादेवको शिर माथिबाट नै पाइपबाट पानी झर्दै गरेको देखिन्छ । शीतल छ खोँच पनि । जिउ तन्काएर आफूलाई शारीरिक रूपले सशक्त बनाउन खोज्नेहरू कसरतमा तल्लीन छन् । बिहानको सिरसिर हावामा नुहाउन चाहनेहरू धारामा आफूलाई समर्पित तुल्याइरहेका छन् । समग्रमा भन्नुपर्दा यो खोँच नै मनोरम छ । यही ठाउँमा नै वर्षको एकपल्ट चण्डेश्वरी जात्रा शुभारम्भ हुने; बिहानको झिसमिसे २:०० बजेतिर सयौँ बनेपालीहरु हतमा मसाल बोकेर चण्डासुर वध भएको खुसीयालीमा पुग्ने गर्छन् । ‘हाहा’काग गन भेदी स्वरहरूमा मसाल बोक्नेहरूले महादेवको चरणमा चिराक (मसाल) विसर्जन गर्ने गर्छन् । सयौँ वर्ष अगाडिदेखि नै चल्दै आएको यो परम्पराले बताउँछ – चण्डेश्वरीकै आराध्य देव महादेव रहने यो ठाउँ महत्त्वपूर्ण ऐतिहासिक ठाउँ पनि हो ।

बनेपाकै भू–भाग वपि सम्म पनि पुग्ने गथ्र्यौं हामीहरू । वपिमा गङ्गादेवी मावि थियो; अहिले आधारभूत विद्यालय भयो । विद्यार्थी सङ्ख्या घट्दै गएको कारणले यो स्थिति गङ्गादेवीले भोग्नु परेको हो । बाटोमा गाउँलेहरूले बनाएको कालीको मन्दिर छ । चोकमा अजङको पिपल ठिङ्ग उभिएको छ । यसै ठाउँमा उभिएर पिपलको हावा श्वास–प्रश्वासमा जाओस् भनेर खुट्टाहरू हल्लाउने गर्छु, हातहरू तलमाथि सारेर आफ्नै ढङ्गको कसरतमा रमाउँछु । भारती आफ्नै धुनमा उभिइरहन्छे, कहिलेकाहीँ बस्ने पनि गर्छिन् । पहिले–पहिले वपिको चिया पसलमा चिया पिउने गथ्र्यौं । समयको पाबन्दीले अचेल चिया पिउन छोडेका छौँ ।


पहिले–पहिले चप्लेटीसम्म नै पुग्ने गथ्र्यौं तर वर्षको अनुपातमा ‘वपि’ सम्म पुगेर फर्किनु नै कल्याण सम्झेर चप्लेटी जान छोडेका हौँ । आकल झुक्कल पुग्ने गर्छौँ हामीहरू चप्लेटी । चप्लेटी रमाइलो ठाउँ छ । धुलिखेल र बनेपाको सीमा रहेको ठाउँ । यहाँबाट छर्लङ्ग देखिँदो छ रवि पुग्ने बाटो र घरहरू, धुलिखेलमा रहेका डाँडा र घरहरू । दुर्बिन राखेर हेरेजस्तो पो देखिँदा छन् प्राकृतिक दृश्यहरू ! यस ठाउँमा थुप्रै बनेपालीहरु घुम्न आउँछन् ।

बिहानै यहाँ घुम्नेहरू थुप्रै आउँछन् । कोही साथी–सङ्गातीको हूल बाँधेर, कोही टोल–छिमेकीहरू सँग मिलेर, कोही श्रीमान् र श्रीमती सँगसँगै भएर, कोही ज्येष्ठ नागरिकहरू हामी जस्तै झुलुक्क देखिँदा छन् । किसिम–किसिमका मान्छेका झुन्डहरू कोही दौडमा रमाएर आफूहरूलाई कुदाउन पाउँदा गौरव गर्छन्, कोही–कोही अर्काको कुरा काट्न पाउँदा र चर्चा/परिचर्चा गर्न पाउँदा गौरव गर्ने खालका पनि होलान् ? मनमा थुप्रै खालका मान्छेका अनुहारहरू राखेर घुम्न पाइन्छ । जङ्गलमा कराउँदै गरेका कोइलीहरूको ‘कुहुकुहु’को मधुर गीत मनमा राख्दै, प्रदूषण रहित हावाको मधुरो स्वर सुन्दै हामीहरू बिहान घुम्न पाउँदा निकै मनोरम भएको महसुस गर्छौँ । जङ्गलको छेउछाउ हुँदै हरियाली रुखका सुन्दर आकृतिहरू छाम्दै घुम्टी–उकालो बाटो भएर अझ भनौँ पिचकै बाटो भएर घुम्न पाइन्छ यतातिर । सबै ठाउँ मनमोहक रहेर पनि वपिको उकालो चढ्ने बाटोतिर सानो पुल बिग्रेको कारणले अप्ठ्यारो बाटोमा अझ भनौँ पानी जमेको खाल्डाखुल्डी पार गर्नुपर्दा बसको ठक्करमा परिने हो कि? भन्ने डर बोक्नुपर्दा दु:ख लाग्छ । यस्तो नियति नेपालमा जताततै भोग्नु पर्छ ।

बनेपाको पुरानो बजारको वकुटोल भएर घोकेचौरको उकालो चढ्दै चण्डेश्वरीलाई दायाँ पारेर हामी वपि ताकेर हिँड्ने गर्छौँ । हामीलाई त धेरै जसोले ‘नमस्ते’ नै भन्ने गर्छन् । कोही कोही ‘जय शम्भो’, ‘नारायण’, ‘तारेमाम’ भनेर सम्बोधन गर्न रुचाउँछन् । खुसी साट्न पाउँदा रमाइलो लाग्छ । घरको सबै टन्टा, दुःख, चिन्ता बिर्सेर घुम्दा मनोरम ढङ्गको आनन्द प्राप्ति हुँदो रहेछ – बिहान घुम्दा यस्तो खालको सुन्दर अनुभूति प्राप्त भएको महसुस भयो । बिहानीको हावामा उकालो चढ्दै गर्दा आनन्द प्राप्ति भए जस्तो, शरीरमा स्फूर्ति बढेजस्तो, हिँड्दै गए पछि दुखेको खुट्टा पनि निको भई गए जस्तो पो हुँदो रहेछ । यो भोगाइ हामीले अनुभूत गर्न पाएको भोगाइ हो ।

हावा सिरसिर बहँदाको मनोरमता शरीरले भोग्न पाउँदाको सुखानुभूति बयानगर्न नै गाह्रो हुँदोरहेछ ! बाटोमा शान्ति । हावा सिरसिर । मनोरम–मनोरम प्रकृति मुहार कति सुन्दर ! मोहन दाई नमस्ते, सर नमस्कार, मिस सन्चै, मिस नमस्ते भनाउँदै–भन्दै भारती र म बिहानीको समयमा अल्छी नमानीकन घुम्ने गर्छौँ ।
वपि पुगेर हामीहरू चण्डेश्वरी मन्दिर प्राङ्गण भित्र छिर्छौं । मन्दिर घुम्छौँ र फर्किन्छौँ । प्राङ्गणभित्र चिया पिएर बस्नेहरूले आफ्नै खालका आनन्द लिइराखेको देखिन्छ । मन्दिरभित्र छिरेर ‘ईश्वर’ लाई पूजा गर्नेहरुको स्फूर्ति बेग्लै देखिन्छ । परेवाहरू यताउता घुमिरहेछन् । हामी पनि ‘ईश्वर’ को बिम्ब मनमा राखेर प्राङ्गण बाहिर निस्कने गर्छौँ ।

००
चण्डेश्वरी सम्मका दायाँ–बायाँ खेतहरूमा घरघरै बनिसकेका छन् । घर बनाउनु नेपालीहरूको रहर होइन वाध्यता हो । कोठा बहाल दिई खतरा मुक्त व्यापार गर्ने सोचकै परिणतिको परिणामले नैहोलान् – सहर बजारमा घरहरू थुप्रिने गर्छन् । सहरमा घरहरू बढ्नु, प्रदूषण व्याप्त हुनु नियतिजस्तै भएको छ । त्यसैले सहर बजारमा स्वच्छ हावा पाउन नै गाह्रो । अक्सिजन कहाँ पाउनु ? त्यसैले मान्छेहरू वाध्य भएर गाउँतर्फ पुग्छन् । स्वच्छ हावा पाउनका लागि भए भरको स्फूर्ति निकालेरविहान–विहान घुम्ने गर्छन् । चप्लेटीसम्म पुग्नेहरूले यही विहानी यात्राको क्रममा समूह नै बनाए । नेतृत्व गर्ने कला हुनेहरुले संगठन बनाउँछन् । राम्रो नेतृत्व गर्न सिकेको खण्डमा सिद्धि प्राप्ति गर्छन् । यही सिद्धि प्राप्त गर्न खोजिरहेका छन् चप्लेटी बिहानी समूहले । हामी पनि विहानीको हावा मामन साट्न पाउँदा खुसी छौँ । यसै क्रममा मनले टिप्न पाएको एउटा मुक्तक यहाँ सम्प्रेषण गरिरहेछु :–

सिरसिर सिरसिर हावाको स्पर्शमा माया खोजि रह्यौं
हरियाली रुखहरूको प्रेम–गर्तमा प्रेम कस्तो हुन्छ हेरिरह्यौँ
बिहानीको रमरममा आफूलाई राखेर आफैँलाई हेरिरहेँ–
किराहरूको राष्ट्रिय गान कस्तो–कस्तो एकनासले सुनिरह्यौँ ।
०००


अघिल्लो पोष्ट

राष्ट्रिय कलाश्री २०८० सम्मान र पुरस्कार घोषित

पछिल्लो पोस्ट

अभिभावकका लागि बालपुस्तक : आवश्यकता र महत्व

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
विलियम वर्डस्वर्थको निवासमा
यात्रा साहित्य

विलियम वर्डस्वर्थको निवासमा

२ श्रावण २०८१, बुधबार
यात्रा क्यान्जिङगोम्पाको
यात्रा साहित्य

यात्रा क्यान्जिङगोम्पाको

१० फाल्गुन २०८०, बिहीबार
सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको गाउँ सहर
यात्रा साहित्य

सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको गाउँ सहर

१७ कार्तिक २०८०, शुक्रबार
पछिल्लो पोष्ट
अभिभावकका लागि बालपुस्तक : आवश्यकता र महत्व

अभिभावकका लागि बालपुस्तक : आवश्यकता र महत्व

नाटक ‘नासो’ मञ्चन हुँदै

नाटक 'नासो' मञ्चन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का अवसरमा ६६ कलाकार पुरस्कृत

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का अवसरमा ६६ कलाकार पुरस्कृत

४ जेष्ठ २०८१, शुक्रबार
नक्सा बनाउने हात

नक्सा बनाउने हात

३ जेष्ठ २०७९, मंगलवार
भरत जंगमको “कालो सूर्य” उपन्यास चित्रमा

भरत जंगमको “कालो सूर्य” उपन्यास चित्रमा

४ जेष्ठ २०८१, शुक्रबार
वेदनाको प्रकाशन यसरी भयो

वेदनाको प्रकाशन यसरी भयो

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक