जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

इन्द्रजात्रामा नाचिने नाचहरू

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित २ आश्विन २०८१, बुधबार
संस्कृति भित्र
0
इन्द्रजात्रामा नाचिने नाचहरू

इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीको दिनदेखि आश्विन कृष्ण औँसीको दिनसम्म मनाइन्छ । इन्द्रजात्राको मुख्य विशेषता आठ दिनसम्म विभिन्न देवीदेवताको नाच पनि एक हो । उक्त अवधिमा कतिपय नाच आठै दिन नाचिन्छ भने कुनै कुनै विशेष अवसरमा मात्र नाच्ने गरिन्छ । यी नाचहरू प्रस्तुत गर्न काठमाडौँको हल चोक, किलागल, भक्तपुर लगायत क्षेत्रबाट आउने गर्छन् ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्य का अनुसार अहिले भक्तपुरबाट इन्द्रजात्राको लागि रामचन्द्र प्याखं, कवच प्याखं, वैकाल प्याखं, मार्चु प्याखं, घिन्ताङघिसी प्याखं र अरू दुई किसिमका महाकाली प्याखंहरु गरी सात थरीको नाच आउँछ । रामचन्द्र प्याखं बाहेक भक्तपुरबाट आउने सबै नाचलाई काठमाडौंमा महाकाली नाचको नामले चिनिन्छ । तर भक्तपुर बासीहरूले भने यसलाई पनि दीप्याखं अर्थात् देवी नाच भन्छन् । काठमाडौँबाट आउने नाचमा भने हात्ती प्याखं अर्थात् पुलुकिसी र देवी नाच अर्थात् दीप्याखं किलागलबाट आउने गर्छ। लाखे नाच मजिपा भन्ने ठाउँबाट सुरुवात भएको हो भने दश अवतार नाच त्रिपुरेश्वरबाट आउने गर्छ । यी सबै नाचसँग जोडिएका आस्था र विश्वासले इन्द्रजात्राको महत्त्वलाई झनै बढाएका छन् ।

 किलागलको देवी नाच

किलागलबाट सुरु हुने दिप्याखं अर्थात् देवी नाच इन्द्रजात्रामा नाचिने सबैभन्दा पहिलो नाच हो । यही जात्रा सुरु गर्ने य:सीं सँगै उठ्छन् दिप्याखं अर्थात् देवी नाचका पात्रहरू । ध्वजा उठाउने दिन देवी नाचसँगै लाखे, पुलुकिसी, हल चोकको आकाश भैरव र महाकाली नाच नाचिन्छ । यी नाचहरू आठै दिनसम्म निरन्तर नाच्ने गरिन्छ । देवी नाचमा दैत्यबाहेक अरूले मुकुन्डो लगाउँछन् । जनतालाई सधैँभरि दुःख दिइरहने दैत्यलाई मार्न सुरुमा भैरवले प्रयास गर्छन् । तर दैत्य भैरवभन्दा बलियो भएकोले भैरव आफैँ भाग्नुपर्ने हुन्छ । पछि कुमारीले दैत्यलाई पराजित गरेर भगाउँछिन् । यसमा भैरव, कुमारी, चण्डी, दैत्य, कङ्काल, बेताल र ख्याक गरी ७ जना पात्रहरू हुन्छन् । सबै पात्रलाई सात जना गुरुहरूले सिकाउने गर्छन् । यसमा सात वटै तालको बाजा बजाइन्छ । सात ठाउँमा सातै पटक नाच प्रदर्शन गरिन्छ । साथै पूरा देखाउने हो भने यो नाच सातै घण्टासम्म नाच्ने गरिन्छ । अष्टमीको दिन मुकुट र पोसाकसहित किलागलमा सार्वजनिक प्रदर्शनी गरेर तान्त्रिक अनुष्ठानसहित सम्बन्धित पात्रलाई दिएपछि एकै पटक इन्द्रजात्राको दिन नाच नाच्ने गरिन्छ । यो कुमारीको रथयात्रा हुँदा जुन क्षेत्रमा कुमारी लगिन्छ, त्यहीँ भएको डबलीमा देखाउने गरिन्छ ।

महाकाली प्याखंको अनेक प्रकार

भक्तपुरबाट आउने इन्द्रजात्राको महाकाली प्याखं ६ किसिमको हुन्छ । महाकाली नाचको इतिहास खोज्दा यो नाच राजा जनस्थिति मल्लभन्दा अघि नै सुरु भएको पाइन्छ । उनले नाचको संरक्षणको लागि गुठी राखेको अभिलेख पाइएको छ । महाकाली नाचमा मुख्य गरी महाकाली, महालक्ष्मी र कुमारीलाई मुख्य पात्रको रूपमा खेलाउने गरिन्छ । यसमा पनि सात जना पात्रहरू हुन्छन् । जसमा महाकाली, कुमारी, महालक्ष्मी, बेताल, भूत, दुई जना कङ्काल, दुई जना ख्याक, सिंह र मयुरको रूपमा नाचिन्छ । यो नाचको कथा पनि किलागलको देवी नाचसँग मिल्दोजुल्दो छ । लोकमा उपद्रो मच्चाउन थालेका दानवहरूलाई परास्त गर्न महाकाली, महालक्ष्मी र कुमारीले महिषासुर दैत्यको वध गरेको कथाको आधारमा यो नाच नाचिन्छ । यसमा प्रयोग हुने सङ्गीतमा ७ थरीका धुनको संयोजन पाइन्छ ।

रामचन्द्र प्याखं
रामचन्द्र नाच पनि भक्तपुरबाट आउने  नाच हो । सीतालाई रावणले हरण गरेर लगेपछि वानर सेनाहरूले उनलाई छुटाउन खेलेको भूमिकालाई जोडेर यो नाच देखाउने गरिन्छ । यो समूहमा नाचिने नाच हो । यसको तयारी घण्टाकर्ण चतुर्दशीको दिनदेखि थालिन्छ । सो दिन भक्तपुरमा नै नास: द्य: स्थापना गरिन्छगाईजात्राको दिन भक्तपुरको विभिन्न डबली र बजारमा रामचन्द्र प्याखंका पात्रहरूलाई मुकुट लगाएर घुमाउने गरिन्छ । इन्द्रजात्राको लागि पनि एक हप्ताअघि नै यो नाचको प्रक्रिया सुरु हुन्छ । यसलाई हनुमान ढोका दरबारअघिको डबलीमा देखाउने गरिन्छ ।

पुलुकिसी

इन्द्रजात्राको आसपासमा किलागल क्षेत्रतिर सेतो ऐरावत हात्तीको स्वरूपमा नाच नचाइन्छ । पुलुकिसी इन्द्रकी आमा वसुन्धराले इन्द्रलाई फूल टिप्न पठाउँदा यहाँका स्थानीयले इन्द्रलाई पक्राउ गरी राखेपछि उनलाई छुटाउन आएको हात्तीको कथासँग सम्बन्धित छ । अर्को किंवदन्ती अनुसार हालको किलागल क्षेत्रमा पहिले घना जङ्गल थियो । त्यहाँ बनेपाका राजा सिकार खेल्न आउँथे । एक दिन हात्तीको ठुलो बथानले उनलाई आक्रमण गर्न लागेपछि उनले श्वेत कालीको आराधना गरे । श्वेत कालीले सेतो हात्तीको भेषमा हात्तीको बथानमा छिरेर राजाको ज्यान जोगाएपछि यो नाचको सुरुवात भयो भन्ने मान्यता पनि छ । पुलुकिसी निकाल्दा चिराग अनिवार्य हुन्छ । पुलुकिसी ऐरावत हात्तीको प्रतीक हो । हात्ती इन्द्रलाई खोज्दै आउँदा ताङताङ आवाज आउने भएकोले सोही आवाजको तालको आधारमा पुलुकिसी नाच नाच्ने गरिन्छ । पुलुकिसी बनाउँदा एउटा बाँसको कङ्कालभित्र दुई जना अड्ने खाली ठाउँ राखिन्छ । त्यसबाहिर सेतो कपडाले बेरिन्छ । द्वादशीको दिन इन्द्रको मूर्ति प्रदर्शन गर्ने दिन नै पुलुकिसीलाई समेत बाहिर निकालिन्छ ।

हल चोकको आकाश भैरव

हल चोकको आकाश भैरवलाई स्थानीय भाषामा सब : द्य: वा सब भक्कु भनिन्छ । सब : भक्कु नाच हल चोकका पुतुवार जातिले निकाल्ने नाच हो । आकाश भैरव गुठीमा १२ जना देवगण हुन्छ । तीमध्ये ३ देवता (भैरव, कुमारी र चण्डी) मात्रै इन्द्रजात्रामा निकाल्ने गरिन्छ । यो नाचमा इन्द्रजात्राको अघिल्लो दिन अर्थात् एकादशीको दिन हल्चोक स्थित आकाश भैरवको द्य: छेँमा पूजा गर्छन् । भाद्र शुक्ल द्वादशीदेखि नाच आरम्भ हुन्छ । यो नाच नचाउँदा एउटा मौलिक धुन बजाउने गरिन्छ ।

मजिपा लाखे

इन्द्रजात्रामा नाचिने लाखे नाचलाई  मजिपा लाखे पनि भनिन्छ । मजिपा भन्ने ठाउँबाट निकालिने भएकोले यसको नाम नै मजिपा लाखे राखिएको काठमाडौँ महानगरपालिकाले प्रकाशित गरेको ‘इन्द्रजात्रा’ मा उल्लेख गरेका छन् ।इन्द्रजात्रामा नाचिने लाखे नाचको तयारी १५ दिन अघिदेखि हुन्छ । भाद्र कृष्ण एकादशीको दिन लाखे आजुको मुकुट निकालिन्छ । मुकुन्डो निकालेपछि त्यसलाई तान्त्रिक विधिबाट पूजा गरेपछि न्यास (प्राण तत्व) निकाल्ने गरिन्छ । एकादशीका दिन मुकुटमा पुन: प्राण प्रतिष्ठा गरेपछि मुकुन्डोलाई द्वादशीको दिन रातो रङ्गको कपाल जोडेर आसनमा राखिन्छ । लाखे पोसाकमा रातो चोला, जामा, हातमा रुमाल र कम्मरमा घंघला बाँधिएको हुन्छ । लाखे चिकंमुगल दोबाटोबाट जैशीदेवल, हुँदै यंगाल टोलमा एक स्थानीय राज भण्डारीको घरमा गएर पूजा थाप्छन् ।  लाखेलाई जिस्काउँदै नाच्ने सानो पात्रलाई झ्यालिन्चा भनिन्छ ।

दश अवतार नाच

दश अवतार नाच विष्णुको दश अवतारको स्वरूपलाई झाँकीको रूपमा प्रस्तुत गर्ने नाच हो । वसन्तपुर स्थित कुमारी घरको सम्मुखमा रहेको त्रैलोक्य मोहन नारायणको मन्दिरको पाँच खुड्किलोको पेटीमा दश अवतारको मुकुट प्रदर्शन गरिन्छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्यसँगको कुराकानीमा आधारित


Tags: इन्द्रजात्राकिलागलको देवी नाचपुलुकिसी
अघिल्लो पोष्ट

वसन्तपुरमा ठड्याइयो य:सिं

पछिल्लो पोस्ट

भैरव पुरस्कार घोषणा

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

१९ फाल्गुन २०८१, सोमबार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
पछिल्लो पोष्ट
भैरव पुरस्कार घोषणा

भैरव पुरस्कार घोषणा

‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल चकटी बहस

‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल चकटी बहस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मध्यरातमा मुर्कट्टा सार्वजनिक

मध्यरातमा मुर्कट्टा सार्वजनिक

३ जेष्ठ २०७८, सोमबार
एउटै कृतिले पार्ने प्रभाव र बुझाई पनि उमेर अनुसार फरक हुँदो रहेछ : राधिका कल्पित

एउटै कृतिले पार्ने प्रभाव र बुझाई पनि उमेर अनुसार फरक हुँदो रहेछ : राधिका कल्पित

४ जेष्ठ २०८१, शुक्रबार
हिउँदको एक बिहान

हिउँदको एक बिहान

३ जेष्ठ २०७८, सोमबार
मन

मन

३ जेष्ठ २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक