चाडपर्वहरु संस्कृतिका स्वरुप हुन् । स्वरुप भन्नु आफ्नै रुप बन्छ । आफ्नै रुपले अनेक कुरालाई समेत्छ । यसले आफ्ना धारणा, विश्वास, मान्यतालाई समेत्छ, प्रतिनिधित्व गर्छ । धारणा र मान्यताहरु प्रकृति, वातावरण अनुरुप बने बनाइएका हुनछन् । यस अन्तरगत प्रकृति पर्छ । वातावरण र पर्यावरण नि पर्छ । प्रकृति अन्तर्गत भुगोल पर्छ । भूगोलसित वातावरण पर्छ वातावरणभित्र समाज आउंछ । समाजसित व्यवसाय आउंछ । व्यवसायभित्र कृषि, उधोगधन्दा र अरु पेशा आउँछ । पेशासित आर्थिक प्रथा र प्रणाली आउँछ । आर्थिक प्रणालीले सामाजिक जीवनको आघार तयार पार्छ । सामाजिक जीवनमा संस्कृति पलाउँछ । संस्कृतिसित नैतिक आचरण र विश्वास गाँसिएको हुन्छ । हामी लोक कल्याणकारी कामको क्षाण र मान्यतालाई धर्म संस्कृति मान्छौं । गाईजात्रा यस्तै बहुआयामिक चाडपर्वमा पर्न आउँछ ।
भक्तपुर, ललितपुर र कान्तिपुरमा गाईजात्रा मान्ने तवरतरिका आआफ्ना प्रकारका छन् । तथापि यसको मर्म एकै रहेकोछ । एकै मर्म भन्नु एउटै रहस्य हुनआउँछ । अधिल्लो वर्षको गाईजात्रा पछाडि कति केटा, कति केटि, कति युवा, जेष्ठ नागरिक निधन भए? त्यसको गणणा गर्न राज्यलाई सहज होस् भन्ने गुढ रहस्य यसको रहेकोछ । राज्य भन्नु एक अर्थमा शासन व्यवस्था नै हो । शासन व्यवस्था गर्दा माथि उल्लेख भएका अनेक आधारभूत तथ्यलाई सही रुपमा लेखाजोखा गर्नु पर्ने हुन्छ । गाईजात्रा भित्र ती कुन् किसिमले गाँसिएका छन् केलाउुन उचितै पर्ला ठान्छु ।
विश्वास र मान्यतालाई केलाउँदा म आपूmलाई नियाल्न छाड्न सकदिँन । लाग्छ, यहाँ नि त सक्नु हुन्न पक्कै । आफूलाई नियालेरै पूर्खाले जीवन संस्कार निर्माण गरेथे । तिनै नियाली (आपूmलाई आफैले नियाल्नु) का प्रस्फुरण ठान्छु आयामिक चाड गाईजात्रा । यसलाई नियाल्न थान्छु जव अनेक आयाम खुल्न थाल्छ म मा । यसभित्र पूर्खाका धर्म विश्वासले जराहालेको छ । धर्म भन्नु मूर्तिपूजामा टुङ्गिने भाव व्यञ्जना मात्र नठहरिएला । धर्म जीवन यापनका नैतिक आचरण र दृढ सङ्कल्पित मन, बचन र बानी व्यहोर मान्छु । पूर्खाका विश्वास र मान्यताभित्र मौसमी पर्यावरणको क्षाण अडेकोछ । वर्षायामसित हुने मुख्य बाली — धान रोपाई सकिए पछि फुर्सदको समयलाई सदुपयोग गर्नु एक धारणा, एक विश्वास र एक मान्यता बनेको छ । यही मौकामा वर्षदिन भरी दिवंगत आत्माप्रति शान्ति कामना गर्नु सन्तहिरुको नैतिक धर्म बन्छ । गाईजात्रा चाड तर्जुमा गरेर एक प्रकारले पूर्खाप्रतिको शान्ति कामना स्मृति यसको एक आयाम । त्यसैले प्रत्येक घरदैलोबाट गाईको प्रतीकात्मक संरचना गरेर नगर परिक्रमा गर्न यस सिट गाँसिएको मेलोमेसो नमानूँ कसरी ?
प्रत्येक घरदैलोबाट आफ्ना घरमा अवशान भएका जनका सम्झनामा र्गाइ ÷ सो सरह मानिने झाँकी बनाएर नगर परिक्रमा गराउने प्रथा, परम्परा र संस्कारले राज्य सञ्चालन प्रक्रियाले गर्नै पर्ने मृत्यु गणणा यो संस्कृतिले प्रतिविम्वित पार्ने दोस्रो आयाम हो । यसको लागि बैज्ञानिक गाई –विम्व बनाइने प्रथा अवलम्वन गरिएकाछन् । साना बालबालिका निधन हुंदा डोको बाहिर केटो मरेकोमा केटौले वस्त्र र केटी निधन भएको भए केटीकै लुगाफाटा बेरेर डोको सा÷डोके — गाई बनाइन्छ । युवा अवस्थाका केटो वा केटी निधन हुंदा नि बाँसका ताह्रासा ठूलो÷लामो गाई (प्रतिक) बनाएर सरोकारी पहिरनले लिङ्गभेद गराइन्छ । यी प्रकरणहरुले सामान्य मध्यम बर्गीय परिवार जन संस्कृतिलाई संगालेको हुन्छ ।
संभ्रान्त अवस्थाका परिवार अर्कै तुजुकमा यो पर्वको झाँकी प्रदर्शन गर्छन् । कसैले कालिमाटीका बसाहा बनाई खट्मा सजाएर बाँसुरी बाजा सहित प्रदक्षिण गर्छन् । कसैले केटा÷केटीलाई सजधज सिंगारेर बाजागाजा लाएर आफन्त÷इष्टमित्र सहित नगरभरी झाँकी घुमाउंछन् । कसैले मृतक आत्माका चिरशान्ति कामना सहित उनकै जीवनगाथा गाउन लगाएर मृत्युगणणा कर्ममा सघाउँछन् । कसैले भने जीवित गाईको पिठ्यूमा पीत वस्त्र सजाएर नगर घुमाउंछन् । गाईजात्राका यी विविध प्रकरण तत्कालीन राज्यव्यवस्थाका सामयिक सम्पदा रहेको छ । मृत्यु गणणा गर्ने अर्को छ्वासल संस्कार पनि रहेको छ । यो एकै सन्दर्भको अर्को प्रकरण रहेको छ ।
आयामिक गाईजात्राको अर्को पाटो हाँस्यव्यङ्ग र मनोरञ्जन रहेको छ । खेतिकिसानीको अथक परिश्रम पछिको रमाइलो, रसिलो चहल पहल गाईजात्रे हँसिठट्टा, व्यङ्गय बिनोद बनेको छ । यो आठ रात नौ दिने चाड आलोचनात्मक प्रहसन—पर्व पनि रहेको छ । प्रेश जगतको न्वारानै नभइसकेको मध्यकालिन संस्कृतिले आधुनिक प्रेश, मिडिया अनि इन्टरनेट सञ्चार माध्यमलाई झक्झकाउने आयाम सम्हाल्न समेत सक्षम बनेकोछ — यो आयामिक गाईजात्रा चाड । राज्यले यस्ता आयामिक चाडपर्वका संस्कृतिलाई आम नेपाली जनजीवनलाई परिचय दिने दिलाउने सोचगर्न सके एक समुदायको संस्कृति साझा संस्कृति÷नेपाली संस्कार बन्न सक्ने थियो ।
चस्मा चाहिदैन हेर्न यसलाई । नग्मा चाहिएको हुन्न गुन गुनाउन यो चाडभरी । दिनभरी हेरिदिन्छु म । रातभरी चहारिदिन्छु म । धितभरी गुनगुनाइ दिन्छु म — घिनिताङ् घिनिताङ् घेन्ताङ्घिसिताङ् । सम्पूर्ण भक्तपुर यही धूनमा मगनमस्त रहन्छ । मनै फुरेको यो स्वस्फूर्त चाडका आयाम अनेक छन् । यसमा कुनै कर लाग्दैन । न भ्याट नै थोपरिएको हुन्छ यसमाथि । करबल मुक्त यो चाड घरपरिवार आफन्त र इष्टमित्रका साथगाथ÷हारगुहारमा मच्चिएको छ । यस भित्र माक्र्सवाद, लेलिनबाद, माउबाद अनि गान्धिबादको हरक छैन । न यसमा वर्ग संघर्षको हरक छ । न त पूँजीवादकै गरीव परबर छ । न साम्यवाद न समाजबादका नारा घन्किएको छ । केही छ भने नेपालबाद छ, राष्ट्रबाद छ । नेपालीलाई नेपालबाद चाहिएको छनक छ । घेन्ताङ्घिसिताङ् । जगदीश सम्सेर राणा त्यसैले होला भक्तपुर नाचगानका लहर लहराएको सांस्कृतिक नगर भन्न रुचाउंछन् ।
आयामिक चाड — गाईजात्राले आफ्नो आयु कृष्णाष्टमीसम्मको अवधि आत्मसात गरेकै छ । यो काम चलाउ संस्कारमा मुछिएको राज्यव्यवस्था नि होइन । यो शुद्ध र सच्चा लोक आचरणमा अडेको पूर्णलोकतान्त्रिक संस्कृतिको जीवन्त पाटो । यसलाई आलु खाएर पेँडाको धाँकघम्की लगाउनु छैन । खानु नै छ भने क्वाती – मात्र गेडागुडीका नवरस । क्वा — तातो । ती — रस, झोल, शूप । क्वाती नेवारी भाषाको शव्द । क्वाँटी होइन । क्वाँटीको अर्थ छैन । मात्र अपभ्रम्स र अनर्थ । यर्हानिर साहित्यकार राजेश्वर देवकोटालाई सम्झन मनलाग्न थाल्छ । उनी भन्छन् — “अर्काका शव्द कि त लिनै भएन, लिने हो भने उसले जस्तो चलाएको छ त्यही रुपमा लिनु पर्छ । ………….. अर्काको सापटी लिएर आफ्नो व्याकरण बनाउँदा उसको भाषा मार्नु भएन ।” आयामिक चाड— गाईजात्राको क्वाती नौ किसिमका गेडागुडीबाट बने बनाइने शूपको रसास्वादन गरिरहेछु ।
आयमिक चाड — गाईजात्राको मूल आकर्षण घिन्ताङ्घिसी नृत्य नै मान्नु पर्छ । यो आदिम सडक नृत्य रहेको छ । यो सामुहिक नाच रहेको छ । यो छमछमाउँदो छदम नृत्य बनेको छ । यसले आधुनिकतम पाश्चात्य पर्नोग्राफिक कल्चरलाई माथ गर्छ । मुख र अनुवारभरी पोटेर रुप लुकाउने यसको अन्तरकुन्तरले अमेरिकी “हलोविन” पर्वको जन्तरलाई फुकालिदिन्छ । यसको गर्भ आदिम छ । अमेरिकी हलोविन त बच्चो लाग्छ । आओ श्रीमान्जीहरु आओ ! आओ श्रीमतजीहरु आओ ! आओ अभिनेताजीहरु आओ ! आओ अभिनेत्रीजीहरु आओ ! आयामिक चाड — गाईजात्रा पर्व मनाऔं आओ ! राजनीतिक व्यक्तिहरुलाई ननिम्त्याऔं । राजनीति त यसै आयामिक नर्तन भइसकेको बेला मात्र महाकवि देवकोटाका एक कविताका एकै हरफ सम्झना गरे पुग्दो हो, “ गर रे नर्तन गर नर्तन हो ।”