जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

नेवारले किन छाडे उपत्यका

हरिराम जोशी हरिराम जोशी
प्रकाशित १९ फाल्गुन २०८१, सोमबार
संस्कृति भित्र
0
नेवारले किन छाडे उपत्यका

च्युरा कुट्दै गरेको काठमाडौंको नेवार समुदाय । चित्र: हरिप्रसाद शर्मा

नेवार समुदाय व्यापार विस्तारका क्रममा नेपालका सबैजसो क्षेत्र पुगे पनि राजा रणबहादुर शाहका पालामा देश नै छाडेर भाग्नुपरेको थियो ।

नेवार जातिको मूलथलो काठमाडौँ उपत्यका हो । आफ्नै भाषा र लिपि रहेको नेवार जातिले व्यापार व्यवसायलाई मुख्य पेसाका रुपमा अंगाल्दै आएका छन् । मूलथलो काठमाडौँ उपत्यका व्यापारका लागि बाहिर गएका नेवार समुदायकै कारण सहरबस्तीको स्थापना र विस्तार हुँदै गएको हो ।

नेवार समुदाय व्यापार विस्तारका क्रममा नेपालका सबैजसो क्षेत्र पुगे पनि राजा रणबहादुर शाहका पालामा देश नै छाडेर भाग्नुपरेको थियो । रणबहादुर शाहको मध्य शासनकाल (४ मंसिर १८३४ देखि २६ फागुन १८५५) को अवधिमा उपत्यकामा बिफरको महामारी फैलियो । बिफरका कारण थुप्रै मानिसको ज्यान गयो ।

राजा रणबहादुर शाहले राजदरबारभित्र बिफर नफैलियोस् भन्नका लागि बिफर नलागेका ४–५ वर्षसम्मका बच्चाबच्चीलाई देश छाड्ने आदेश जारी गरे । सोही आदेशका कारण बच्चाबच्चीलाई साथ लिएर कैयौँ नेवार समुदायका परिवारले पनि देश छाड्नुपर्‍यो ।

बिफर नआएका बालबच्चासँगै देश छाडेर गएकाहरु काठमाडौँ, भक्तपुर, बनेपा हुँदै दोलालघाट पुगे । त्यसपछि तामाकोसी/भोटेकोसी किनार हुँदै पूर्वी क्षेत्र प्रवेश गरे । सैनिक र पुलिसको निगरानीका कारण बीच बाटोबाटै फर्किन सक्ने अवस्था थिएन । पहाडैपहाडको लामो यात्रा तय गर्दा तिनीहरुका केही बच्चा बाटैमै बिरामी परे । कसैले चिसोका कारण ज्यान गुमाउनुपर्‍यो । बाआमाले मृतक बालबच्चालाई जलाउनसमेत पाएनन् । उनीहरुले तामाकोसी र भोटेकोसी छेउ मृत सन्तानलाई जमिनमुनि गाडे ।

बिफर नलागेका बच्चालाई देश निकाला गर्ने रणबहादुर शाहको उर्दीका कारण सन्तानसँग पछि लागेर गएका नेवार समुदायका मानिस भोजपुर, चैनपुर, धनकुटालगायत पूर्वका विभिन्न ठाउँमा आश्रय लिएर बसे । त्यसपछि तिनीहरुले ती स्थानलाई आफ्नो वासस्थान बनाए ।

बिफर नआएका बच्चालाई निष्कासन गरेको सन्दर्भलाई समेटेर नेवारी भाषामा रचिएको लोकगीतसम्बन्धी पुस्तक कचिमता पितुंगु मेमा राजाको आदेशपछि बच्चाका बाआमाले पाएको सास्तीबारे विस्तृत वर्णन गरिएको छ । यस पुस्तकलाई ब्रिटिस लेखक सिगफ्रायड लेनहार्डले सङ्स अफ नेपाल : एन एन्थोलोजी अफ नेवार फोकसङ्स एन्ड हाइमन्स् नाम दिएर ईसं १९७४ मा प्रकाशन गरेका छन् ।

राजाले आफ्नो परिवारमा रोग नभित्रियोस् भनेर बिफर नआएका बच्चालाई देश (काठमाडौँ) बाट निकाले पनि तीन रानीमध्येका (त्रिपुरासुन्दरी, विजया राज्यलक्ष्मी) कान्छी कान्तिमती मिश्र झालाई उक्त रोगले छोप्यो । धामीझाँक्री, वैद्य, ज्योतिषीको प्रयासका बाबजुद विसं १८५६ मा कान्छी रानीको निधनपछि राजामा बहुलठ्ठीपन देखियो । रानीका लागि पूजा गर्ने तिनै राजा कालान्तरमा देवीदेवताका मूर्ति तोड्न उद्यत भए । विह्वल राजाले नै काठमाडौँ टुँडिखेल महाँकाल भैरवको नाक काटेका थिए । पछि त्यो मूर्तिको नाकमा चाँदी राखिएको हो । नाक काटेको चिह्न अद्यापि देखिन्छ । उनले तलेजु भवानी, गुह्येश्वरीमा पनि बिगार गरे । तर जस्तोसुकै महामारी फैलिए पनि प्रजालाई देश निकाला गर्नु हुँदैनथ्यो । राजा रणबहादुर शाहले देश निकाला गरेका तिनै नेवार समुदाय नेपालका मुख्य बजारक्षेत्रमा फैलिए ।

नेवार समुदाय व्यापार विस्तारका लागि पनि नेपालबाहिर गएको इतिहास छ । राम शाहले पाटनका राजा सिद्धिनरसिंह मल्लसँग काठमाडौँका व्यापारीलाई गोरखामा व्यापार गर्न सम्झौता गरेका थिए । त्यसैकारण काठमाडौँको नेवार समुदाय व्यापारार्थ गोरखा पुगेको हो । अहिले पनि गोरखा बजारमा नेवार समुदायकै वर्चस्व छ ।

गोरखा पुगेका तिनै व्यापारी समयक्रममा पश्चिम, सुदूरपश्चिम सहित मेची–महाकालीसम्म बजार विस्तार गर्न सफल भए । व्यापारको सिलसिलामा भारी बोकाएर बजार खोज्दै जाँदा कसैको बीच बाटोमै सामान हरायो, कसैको डकैती भयो । बेच्नका लागि लगिएको सामान गुमेपछि बेखर्ची भएर कसैले त्यही स्थानलाई आफ्नो वासस्थान बनाए ।

नेपालवाट साभार


Tags: नेवारहरिप्रसाद शर्मा
अघिल्लो पोष्ट

पोखरामा आजदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल

पछिल्लो पोस्ट

वासु शशी साहित्य सम्मानको घोषणा

हरिराम जोशी

हरिराम जोशी

सम्बन्धित पोष्टहरू

आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
मदिराको भ्रम बोकेको संस्कृति
संस्कृति

मदिराको भ्रम बोकेको संस्कृति

१२ आश्विन २०८१, शनिबार
पछिल्लो पोष्ट
वासु शशी साहित्य सम्मानको घोषणा

वासु शशी साहित्य सम्मानको घोषणा

शब्दबिम्बमा हरिराम जोशी

शब्दबिम्बमा हरिराम जोशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

१ श्रावण २०८१, मंगलवार
जोशी रिसर्च इन्ष्टिच्यूटबाट मोहन दुवाल र प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ सम्मानित

जोशी रिसर्च इन्ष्टिच्यूटबाट मोहन दुवाल र प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ सम्मानित

३ जेष्ठ २०८१, बिहीबार
साहित्यकार शान्तदास मानन्धरको निधन

साहित्यकार शान्तदास मानन्धरको निधन

२ जेष्ठ २०८०, मंगलवार
व्यथित काव्य सम्मानबाट मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने

व्यथित काव्य सम्मानबाट मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने

१ श्रावण २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक