एउटा रातो रङ्गको अङ्ग्रेजी अक्षर सी (c) आकारको विशाल घर । छ तलामाथिको सिमेन्टेड छत अर्थात् कौसी । दाउराका चोइटाचोइटीका असरल्ल मिल्किएका फोहरहरू । त्यसैको एक कुनामा उपेक्षित एउटा सानो कोठा । कोठामा एउटा । खाटसँगैको भित्तामा प्रहरीका पोसाक झ्ुन्डिएका । खाटमा प्रहरी जवानहरूको रजाइँ । खाटमुनि लस्करै भुइँओछ्यान वा तन्ना मात्र ओछ्याएर आरोपित केही अभियुक्तहरू सुतिरहेका छन् । म पनि तिनीहरूमध्येबाट भर्खरै उठेर कौसीमा निस्किएको छु ।
बिहानको समय । अलिअलि चीसो अनुभव गर्छु । घाम झ्ुल्कने तर्खरमा छ । म प्रतीक्षारत छु, उज्यालो घामको ।
कौसीको डिलबाट म तल हेर्छु । सडक बिउँझ्न थालिसकेको छ । सडकपेटीमा मानवदेहहरू सल्बलाइरहेका छन् । सडकभरि सवारी–साधनका लर्कन ओहरदोहर गरिरहेछन् कमिलाका ताँतीझ्ैं । सडक जीवन्त बन्दैछ । म ६ तला माथिबाट तल हेरिरहेको छु एकतमासले । सवारी–साधनको प्रवाह बढ्दैछ – बाढीको प्रवाहजस्तै । काठामाडौं किन यति व्यस्त भएको होला ? यस्तो घुइँचो कसरी भएको होला ? कहाँबाट ओइरिएका होलान् त्यत्रा मानवदेह र सवारी–साधन ? कसैलाई फुर्सद भएझ्ैं लाग्दैन क्षणभर पनि । हस्याङफस्याङ गर्दै कुदिरहेका छन् – कोही पैदल त कोही सवारी–साधनमा । नानाभाँतीका सवारी–साधन पनि इन्धनले ग्रस्त यस देशमा कसरी गुडिरहेका होलान् ? आँखै तिर्मिराउँछ । तैपनि मानिस र सवारी–साधनको नदी–प्रवाहलाई नियालिरहन्छु । जीवनको निरन्तरतामा घोत्लिन पुग्छु ।
जीवन पनि गजबकै छ । सबैले जीवनको निरन्तरता नै चाहन्छन् । सम्पन्नताले लवालब भरिएको मानिस होस् वा गरिबीले गाँजेको मानिस होस् अथवा स्वस्थ व्यक्ति होस् वा अस्वस्थ, रोगी नै किन नहोस्, सबै–सबै चाहन्छन् जीवनको निरन्तरता । निरन्तरतामा केही प्राप्तिको अभिलाषा बल्झ्एिको हुँदो हो । यसैका लागि सङ्घर्षरत छन् भ्याइनभ्याई । कुदिरहेका छन् एक–अर्कालाई उछिन्दै । होडबाजी चलिरहेछ सडकमा गुडेका सवारी–साधनको ताँतीझ्ैं ।
म एकोहोरिन्छु सडकमा । पाँच दिनअघिको एउटा घटना मेरो आँखामा सल्बलाउँछ सवारीसाधनहरूको प्रवाह बढेझ्ैं । म मोटर र मोटरसाइकलको गति नियालिरहेको हुन्छु । अनायास एउटा मोटरसाइकलमा मेरा आँखाहरू स्थिर हुन पुग्छन् । म अचम्मित हुन पुग्छु । म आँखा मिच्न थाल्छु । त्यस मोटरसाइकलमा सवार पुरुषदेह मेरै प्रतिच्छायाँझ्ैं लाग्छ । पछाडि चिरपरिचितझ्ैं लाग्ने नारीदेह पनि सवार देखिन्छ । म हेरिरहन्छु । म ठम्याउन प्रयत्नरत छु परिवेश ।
हेर्दाहेर्दै पछाडि सवार नारीदेह डङ्रङ्ग सडकमा पछारिन पुग्छ मोटरसाइकलबाट, मोटरसाइकल पनि पछारिन्छ र पुरुषदेह पनि । सडक स्तब्ध हुन्छ । गुडेका सवारी–साधनहरूको गति क्षीण हुन पुग्छ । म हेरिरहन्छु । मात्र हेरिरहन्छु । बटुवाहरूका जिज्ञासु आँखाहरू त्यतै सोहरिन्छन् । पुरुषदेह बल्लतल्ल सम्हालिएर मोटरसाइकल उठाउने प्रयत्न गर्छ । उसको अनुहार र हावभाव अत्तालिएको देखिन्छ ।
नारीदेह सडकमा छट्पटाइरहेको देखिन्छ । पुरुषदेह झ्न् अत्तालिएर हारगुहार गर्दै नारीदेहलाई उठाउन खोज्छ । तर एक्लैले उठाउन सक्दैन । बटुवाहरू सहयोगमा जुट्छन् । संवेदनशील क्षणमा मानवता जुर्मुराइहाल्दो रहेछ । सहयोगको हात बढाउन नेपाली मन कन्जुस कसरी हुन सक्छ र ! म छतबाट ती दृश्य नियालिरहन्छु । ट्याक्सी रोकेर घाइते नारीदेहलाई पछिल्लो सिटमा राखिन्छ । घाइते नारीदेह बेहोस छ । घाइतेको कन्चटबाट रक्तप्रवाह भएको प्रस्टै देखिन्छ ।
आम्मै ! सल बेरिएको रहेछ पाङ्ग्रामा ।
लौ लौ छिट्टै लानोस् अस्पताल ।
यस्तै हल्लाको बीचबाट ट्याक्सी गुड्छ अस्पतालका लागि । म घोत्लिन पुग्छु । मेरै प्रतिच्छायाँजस्तो लाग्ने पुरुषदेहको मानसिकतालाई नियाल्न खोज्छु । उसको मानसिकता कति उद्वेलित भएको होला ? मेरै त भक्लक–भक्लक पानी उम्लिएझ्ैं उम्लिरहेको छ ।
अस्पतालमा उपचारको क्रम सुरु भइसकेको हँुदो हो । आहत नारीदेहको अवस्था कस्तो होला ? होस फि¥यो कि फिरेन ? यस्तो मनस्थितिमा पुरुषदेहले कसरी स्वास्थ्यकर्मीहरूलाई सहयोग पु¥याइरहेको होला ? सुरक्षाकर्मीहरू पनि आइपुगे होलान् । ‘के भयो ? कसरी भयो ? घाइते तपाईंको को ? जस्ता जिज्ञासा पोखिए होलान् । उनीहरूको नानाभाँती सवालको सामना कसरी गरिरहेको होला ? के जवाफ दियो होला उसले ? मेरो मनमस्तिष्क आरनझ्ैं छटपटाउन थाल्छ ।
उनी मेरी बहिनी हुन् । मेरो मोटरसाइकलपछाडि बसेकी थिइन्, अचानक सडकमा पछारिन पुगिन् । यस्तै भन्यो होला उसले । तर म घाइते नारीदेहको स्थिति बुझन लालायित थिएँ । मन छट्पटाइरहेकै थियो । एक मनले घटनालाई सामान्यीकरण गरिरहेको थियो, अर्को मनले जीवन हो, के भन्न सकिन्छ र ? केही तल–वितल प¥यो भने ? घाइतेको अवस्था चिन्ताजनकजस्तै लागिरह्यो । म आफै त्यस घटनाको प्रत्यक्षदर्शी थिएँ । खुल्दुलमै केही समय बितेछ ।
दिउँसो मेरै प्रतिच्छायाँझ्ैं देखिने त्यस पुरुषदेहलाई प्रहरी थानामा ल्याइयो जहाँँ म प्रहरी निगरानीमा अल्झ्एिको थिएँ । किन ल्याए पुरुषदेहलाई प्रहरी थानामा म रनभुल्लमा परँे । बुझदा घाइते नारीदेहको अवसान भइसकेको रहेछ । सवारीरदुर्घटनाको कानुनी औपचारिकताका लागि चालकलाई थानामा ल्याइएको रहेछ । मेरो मन झ्न छट्पटायो । अस्पताल लगेपछि के कसो भयो ? जान्ने जिज्ञासा रुमल्लियो मस्तिष्कभरि ।
घाइते नारीदेहलाई अस्पतालमा इमर्जेन्सीमा तत्काल भर्ना गरियो । स्वास्थ्यकर्मीबाट आकस्मिक उपचार थालियो । स्वासप्रस्वासमा व्यवधान भएकोले औषधिका साथै अक्सिजन पनि दिन थालियो । तर स्वास्थ्यमा सुधार हुने लक्षण देखापरिरहेको थिएन सायद ।
हेर्नोस्, हामी कोसिस गर्दैछौं, तर स्थिति राम्रो छैन, जे पनि हुन सक्छ, धैर्य गर्नुहोस् जस्तो डाक्टरको सूचनाप्रवाह झ्रिझ्ैं रोपिन्थ्यो पुरुषदेहको कानमा । ऊ एक्लै थियो अनि आकुलव्याकुल हुन पुग्थ्यो । तर धैर्य गर्नुसिवाय अर्को उपाय पनि थिएन त्यतिखेर । फोन–सम्पर्क भएपछि केही बेरमा आफन्त र साथीभाइहरू आएपछि केही आडभरोस मान्यो उसले ।
अस्पतालमा उपचारको क्रम जारी रहँदा ऊ घोत्लिन पुग्यो नारीदेहका बारेमा । नारीदेह उसको सहोदर बहिनीसरहकी सहकर्मी हुन् । कति हँसिली, कति रसिली थिइन् उनी । जुनसुकै विषयमा कुरा गर्दा पनि हँसिलो अनुहारमा आत्मविश्वासका साथ प्रस्तुत हुन्थिन् । जुझरु र निर्भीक भएर आफ्ना कुरा राख्न सक्ने प्रस्टवक्ता बहिनीको यस्तो हालत तुल्याउनुमा कसको दोष ? सायद आफ्नै हो कि ? ऊ खुट्याउन सकिरहेको थिएन । सायद त्यो दिनको यात्रा स्थगित गरिएको भए त्यस्तो हुने पो थिएन कि ? हुने हार दैव नटार भन्छन्, सायद यस्तै पो हो कि ? ऊ रनभुल्लमा अल्झ्रिहेकै थियो । उसको कानमा ठक्कर खान पुग्यो – अब उनी यस संसारमा रहिनन् ।
ऊ अवाक भयो, लाटो भयो, बहिरो भयो । उसका गोडा गले फत्याकफुतुक । अाँखाबाट आँसु झ्रे । अकल्पनीय घटना भयो । हुनै नहुने दुर्घटना भयो । कुनै प्रयत्नले पनि त्यो बिछोडको क्षण रोकिएन । जीवन कति क्षणभङ्गुर रहेछ । केही बेरअघि मात्र हाँसी–हाँसी विचरण गरिहेको जीवन अहिले एकै क्षणमा पत्तै नदिई निष्प्राण हुन पुग्यो । त्यो जीवन कता गयो खै ? त्यो हाँसो कता हरायो ? ती इच्छा–आकाङ्क्षा कता बिलाए ? अनि उसले आफूलाई परिस्थितिमा हेलिन छोडिदियो ? र ऊ कानुनी औपचारिकता निर्वाह गर्न प्रहरी थाना पु¥याइयो ।
मैले छतबाटै सबै काम कार्यवाही नियाल्न थालेँ । त्यहाँ भवितव्यको कारवाही र लास बुझ्लििन मृतकका बुबाले दर्खास्त दिन्छन् । चालक पुरुषदेहसँग मृतकका आफन्तहरूको कुनै गुनासो छैन । भवितव्य भएकोमा दुःखित देखिन्छन् । बरु उसलाई कुनै झ्ैं–झ्मेला र दुःख नहोस् भन्ने उनीहरूको सदिच्छा देखिन्छ । दाजु–बहिनीको नाता र पारिवारिक सम्बन्धले कोही पनि कानुनी झ्मेलामा पर्न चाहिरहेका छैनन् । सोहीअनुरूप लास जिम्मा लिएर सद्गत गर्नतर्फ लाग्छन् र उसलाई छुटाउने उपक्रममा लाग्छन् । तर प्रहरीले उसलाई छोड्दैन ।
माथिल्लो निकायमा जाहेरी गर्नुपर्छ । त्यहाँ दुवै पक्षले मिलापत्र गरेपछि मुद्दा चल्दैन भन्ने आश्वासनका साथ प्रहरीले प्रहरी वृत्तमा फाइलसहित सुपुर्दगी गर्दछ । फलतः सद्गति गर्नुभन्दा अघि मृतकका बुबा मिलापत्रमा हस्ताक्षर गर्न प्रहरी वृत्तमा आइपुग्छन् । अहा ! कति सहानुभूति ! कति सद्भाव ! तर प्रहरीको असहयोगी व्यवहारले तगारो तेर्सिन्छ ।
ज्यान गएको घटना फौज्दारी हो । दुई पक्ष मिल्दैमा मुद्दा चल्दैन भन्न मिल्दैन । यो सरकारवादी मुद्दा चलाउनैपर्छ । भोलि कसैले ज्यान मारेर हामी मिलापत्र गर्छौैं भनेर आए के गर्ने ? मुद्दा नचलाई छोड्न मिल्दैन । प्रहरी प्रमुखको रुखो व्यवहार र वचन असह्य हुन्छ । छोरी गुमाएका बाबुलाई त्यो रुखो व्यवहारले कति मर्माहत गरायो हो, उनै जान्दछन् । तर पनि संयम भएर पुनः आग्रह गरिन्छ ।
तपाईंलाई थाहै छ, यो भवितव्य हो । यसमा ज्यान मार्ने कुनै नियत छिपेको छैन । चालकको लापर्वाही पनि होइन दुर्घटना हुनुमा । यस्तो भवितव्यमा चालकको दोष रत्तीभर छैन । हामी क्षतिपूर्ति पनि दावी गर्दैनौँ र कारवाही गर्न पनि चाहँदैनौं । यसमा तपाईहरूलाई अप्ठ्यारो पर्ने कुरै देख्दैनौं । मृतक पक्षको जायज जिकिर हुन्छ ।
कहाँ हुन्छ त्यसो भनेर ! हामीलाई घूस खायो भनेर लान्छना लाग्न सक्छ । पहिले मिल्ने भने पनि पछि मुद्दा पनि हाल्न सक्छन् । त्यस्तो भएको पनि छ । म कुनै रिस्क लिन सक्दिनँ । मुद्दा चलाउँदा तपाईंहरूलाई पनि राम्रै हुन्छ । प्रहरी प्रमुखको अझ् रुखो व्यवहारले वातावरण झ्नै मर्माहत हुन पुग्छ ।
हो, ठीक छ ! विनाअपराध चालकलाई मुद्दा चलाउँदा मृतक बिउँतिने भए उसलाई फाँँँसी दिए पनि हुन्छ । जन्म कैद ठोके पनि हुन्छ । ऊ पनि सजाय भोग्न तयार हुनुपर्छ । हो, कर्तव्य गरी ज्यान लिएको भए उसलाई जुन सजाय हुने भए पनि हामी केही बोल्ने थिएनौं । तर उसको कुनै भूल वा त्रुटिसम्म छैन भने केको मुद्दा ! भवितव्यको आधारमा छोड्नुपर्छ । यस्तो भएको पनि छ । कानुनविज्ञहरूको भनाइ पनि यस्तै छ । यसमा हामी जिम्मेवार छौं । सबैको एकै स्वर रहँदा पनि संवेदनहीन व्यक्तिका अगाडि कसको के लाग्छ र ! बगरेका अगाडि राँगो रोएझ्ैं ।
पुरुषदेहको मनस्थिति पनि यसैमा रुमल्लिएको पाउँछु । ऊ ग्लानिले पानी पानी बनेको छ । एकातिर आफ्नै सहोदर बहिनीसरहकी सहकर्मीको बिछोडको शोक ! अर्कोतिर उनको मृत्युको कारक बन्नुपरेको ग्लानि ! यस्तो दोहरो पिरलोमा पिल्सिएको मनस्थितिलाई जबर्जस्ती काबुमा राखेर बाँच्नुपरेको स्थिति ! यस्तो अवस्थामा त्यो भ्रष्ट र अति लम्पट प्रहरी हाकिम किन संवेदनशील बन्थ्यो र ! सके झरझ्ुर पार्नु र नसके आफ्नो हैकम दर्शाउनुमा नै आफ्नै गौरव ठानिरहेको हुँदो हो । आकास धमिलो बन्दै जान्छ ।
मेरो क्षेत्रमा मेरो हैकम हुन्छ । कसैको राय–सल्लाहको आवश्यकता ठान्दिनँ । मलाई त्यस्तो मन पनि पर्दैन । उसको अहम् चुलिंदै जान्छ । अर्कोतिर इन्स्पेक्टर र हवल्दारहरू भन्दै हुन्छन् – यस केसमा कार्यवाही गर्नु नपर्ने हो । भवितव्यमा दुवै पक्ष कार्यवाही नगर्ने पक्षमा छन् । खास गरी पीडित पक्षले नै कार्वाही गर्दैनौँ, क्षतिपूर्ति पनि चाहिन्न भनी निवेदन दिइसकेका छन् । तर के गर्नु, हामीले बोल्नु भएन । डि.एस.पी. सा’प मान्नै हुन्न । यो कस्तो माखेसाङ्लो बुनिएको हो ।
अन्ततः इच्छाविपरीत मृतकका आफन्तबाट औपचारिक जाहेरी गराइयो । जसरी हुन्छ पुरुषदेहलाई जतिसक्दो चाँडो हिरासतमुक्त गराउने प्रयास हो । विभिन्न प्रयास गरिए तैपनि उसले चार रात प्रहरीको हिरासतमा जाकिनुप¥यो । अन्ततः सवारी ज्यान मुद्दा अगाडि बढाइयो ।
मामा ! तल प्रहरीले बोलाएको छ, अदालत जाने बेला भयो रे ! भान्जाको आवाजले म झ्सङ्ग हुन्छु । यताउति हेर्छु । त्यो पुरुषदेह ममा समाहित भइसकेको रहेछ । तल सडक जीवन्त भइसकेझ्ैं लाग्छ । अनगन्ती मानवदेह र सवारीसाधनहरू सल्बलाइरहेका देखिन्छन् । घाम मज्जैले लागिसकेको हुन्छ । म आजै यस संवेदनहीन हिरासतबाट मुक्तिवरण गर्न भ¥याङ ओर्लिन थाल्छु ।