जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

सोह्र श्राद्ध

डा. चुन्दा बज्राचार्य डा. चुन्दा बज्राचार्य
प्रकाशित ३० भाद्र २०७९, बिहीबार
संस्कृति भित्र
0
सोह्र श्राद्ध

असोज कृष्ण प्रतिपदा देखि असोज कृष्णपक्ष औंसीसम्म जम्मा १६ दिन गरिने श्राद्धलाई सोह्र श्राद्ध भन्ने चलन छ । आत्मा मर्दैन भनी विश्वास गर्नेहरूका अनुसार श्राद्ध भनेको मृतकको आत्मालाई पूजा गरेर भोजन गराउनु हो। त्यसकारण श्राद्ध गर्दा मृतकको नाममा पिण्ड तयार गरी त्यसलाई फूल, टिका, अक्षताले पूजा गरी शुद्ध भई बनाएको सितन सहितको भोजन चढाउने गर्दछ । यसो गर्दा मृतकहरूको आत्मा आई भोजन गर्छन् भन्ने परम्परागत धारणा छ । यसैलाई श्राद्ध (प्यंथयेगु) भनिन्छ ।
दिवंगत भएका व्यक्तिलाई मसानमा लगी लागबत्ती दिने ब्यक्तिले खुट्टा मुनि बसी श्राद्ध गर्ने चलन छ । दाग बत्ती दिनेसँग अरु पनि किरिया बस्ने व्यक्तिहरू भए दैनिक रुपमा नदीमा गई श्राद्ध गर्दछन्। त्यस पछि आशौच बस्नेहरु सबै सुध्याई गरी बाह्रौं दिनको श्राद्ध गर्दछन्। मृत्यु भएको हरेक महिनाको तिथीमा श्राद्ध गर्ने गर्दछ । यसलाई मासिका श्राद्ध भन्दछन्। पैतालिस दिनमा, तीन महिनामा, छ महिनामा, वर्ष दिनमा र दुई वर्षे तिथिमा श्राद्ध गर्ने चलन छ । दुई वर्षे तिथि सकिए पछि भने वर्ष वर्ष दिनमा मात्र श्राद्ध गर्ने गर्दछन्। सोह्र श्राद्ध गर्दा दुई वर्षे तिथि गरिसकेकाहरुलाई
मात्र पिण्डदान गर्दछन्।
श्राद्ध गर्दा पिण्डदान गर्ने व्यक्तिको पाँच पुस्ता (आफू समेत अरु चार पुस्ता) को नाममा पिण्डदान गर्दछन्। ती पाँच पुस्ता निम्न बमोजिम हुन् –
श्राद्ध गर्ने व्यक्ति (कर्ता) – एउटा पुस्ता
श्राद्ध गर्नेको बाबुआमा – दोश्रो पुस्ता
श्राद्ध गर्नेको बाजेबजै – तेश्रो पुस्ता
श्राद्ध गर्नेको जिज्यू बाजे – चौथो पुस्ता
श्राद्ध गर्नेको कुप्री बाजे बजै (जिज्यू बाजेका बुबा आमा) – पाँचौ पुस्ता

कर्ताले बाबुको नाउँमा श्राद्ध गर्ने हो भने बाबुको बाबु, बाजे, जिज्यू बाजेको नाममा पिण्डपुजा गरी श्राद्ध गर्दछन्। यदि आमाको नाउँमा गर्ने हो भने त्यसै गरी जिज्यू बजैहरुको नाउँमा श्राद्ध गर्दछन्। आमा बाबु नभएकाहरुले उनीहरुको तिथिमा श्राद्ध गर्ने गरेका छन् भने सोह्र श्राद्ध गरिरहनु पर्दैन । आमा बाबुहरुको तिथि थाहा नभएर वा सो तिथिमा श्राद्ध गर्न सकिएन भने सोह्र श्राद्धको यही १६ दिन भित्र गर्ने पनि
गरिन्छ । उनीहरूको तिथिमा श्राद्ध गर्न नपाएकाहरुले १६ दिन भित्र मृत्यु भएको दिन आफूले चिनेका आफन्तहरु सबैको नाममा श्राद्ध गर्ने गर्दछ । पितृपक्ष पर्ने तिथिमा श्राद्ध गर्ने र सोह्र श्राद्ध पनि गर्ने गर्दछन्। सोह्र श्राद्ध गर्दा आफ्ना पाँच पुस्ताका पूर्वजहरू सहित दिवंगत भइसकेका आफ्नो वंशका सदस्यहरु, मावली खलक, इष्टमित्र, राजा, गुरुहरुको नाउँमा समेत पिण्डदान गर्ने चलन छ । यसरी पिण्डदान गर्दा सक्दो सबैको नाम लिने गरिन्छ । सोह्र श्राद्ध गर्दा आमा बाबु बाहेक दिवंगत भइसकेका आफन्त, चिने जानेका सबै पितृ आत्माहरुलाई आह्वान गरी भोजन गराउने गर्दछन्। दशैं चाड नेवारहरुको ठूलो चाड भएकोले सो मनाउनु अगाडि आफ्ना पितृहरुलाई शान्त गराउन श्राद्ध गरी भोजन गराउनु हो। नेवारहरुले
ठूला ठूला भोज वा उत्सव गर्नु भन्दा पहिले पितृहरुको श्राद्ध गरी भोजन गराउने गर्दछन्। अनि मात्र भोज वा उत्सव सम्पन्न गर्दछन्। पितृहरु शान्त भएनन् भने कार्यमा विघ्नवाधा पर्न सक्ने सम्भावना भएकोले कुनै पनि शुभ कार्य गर्न पहिले श्राद्ध गर्ने चलन छ । बौद्धमार्गीहरु दुई किसिमले श्राद्ध गर्ने गर्दछन्।
(क) तिथि श्राद्ध
(ख) जौको पिण्ड बनाई गरिने श्राद्ध
तिथि श्राद्ध गर्दा पिण्डपात्रमा भात दाल तरकारी आदि परिकार राखी भातको पिण्ड बनाई बाबुआमाको श्राद्ध गर्ने गर्दछन्। यसलाई भातको पिण्ड दिनु पनि भन्दछन्। भातको पिण्ड बनाई दिवंगत आत्माहरूको नाउँमा पिण्डदान गरिने भएकोले यसलाई भातको पिण्ड दिने श्राद्ध भनिएको हो। भातको पिण्ड दिँदा बाबुको श्राद्ध गर्ने हो भने बाजे जिज्यू बाजेहरुलाई मात्र र आमाको गर्ने हो भने बजै र जिज्यूहरु लाई मात्र पिण्ड दिइने गरिन्छ । महिलाको नाममा भए महिलाहरुलाई मात्र र पुरुषको भए पुरुषलाई मात्र पिण्डदान गर्ने गरिन्छ । तिथि अनुसार श्राद्ध गर्दा पञ्चपुजा गरी पिण्ड दिँदा चर्या गीत गाई आत्मसन्तुष्टि दिने चलन छ । जौको पिठोको पिण्ड दिँदा पाँच पुस्ताका स्त्री पुरुषलाई पिण्डदान दिइन्छ । जस्तो कुप्रीबाजे र उनका जति पनि पत्नीहरू थिए उनीहरू सबैको नाममा पिण्ड दिइन्छ । कुप्री बाजे पछि जिज्यू बाज्या–बजै, बाजे– बजै, आमा–बाबु र त्यसै गरी दिवंगतका आफन्तहरुलाई पनि पिण्डदान गरिन्छ । जौको पिठोको पिण्ड भने पछि सुने जति सबै दिवंगत पुर्खाहरुको नाममा पिण्डदान दिइन्छ । यसरी पिण्डदान दिनेहरुले फेरी सोह्र श्राद्ध गरिहनु पर्दैन ।
श्राद्ध गर्दा बाबुको जेठा छोराले र आमाको कान्छो छोराले गर्ने चलन छ । श्राद्ध गरेपछि सोह्र श्राद्ध पनि गर्ने हो भने जेठो छोराले गर्ने चलन छ । सोह्र श्राद्ध जोसुकै छोराले गरे पनि हुन्छ । दुवै श्राद्धमा छोराहरुसँगै छोरीहरु चाहे विहे गरिदिइसकेको भए पनि हुन्छ । दुवै श्राद्धमा छोराहरुसँगै छोरीहरु चाहे विहे गरिदिइसकेकै भए पनि त्यतिनै महत्वपूर्ण काम हुन्छ ।
श्राद्ध गर्न वा भोज परिकारको व्यवस्था गर्न आमा बाबु नभएका जो सुकै भए पनि भात वा जौको पिठो राखेको पिण्ड र पिण्डपात्र दिन भने दिवंगत व्यक्तिकै छोरीहरु हुनु पर्छ । बाबुको श्राद्धमा ठूली छोरीले कर्तालाई (जेठा छोरालाई) पिण्डपात्र दिन्छन्। आमाको श्राद्धमा भने कान्छी छोरीले कर्ता (कान्छो छोरा) लाई क्वला दिने गर्दछन्। त्यसरी नै पिण्ड तयार भएर पूजा सकेपछि पिण्डपात्रमा भोजन भाग छोरीहरुले नै राखी दिन्छन्। अनि मात्र पिण्डमा भोज चढाउने गर्दछन्।
बौद्धमार्गीहरूले श्राद्ध गर्दा बालुवाको चारकुने मण्डप बनाएर त्यसमा नौ कोठा बनाउँछन्। सबै कोठाहरुमा स्वस्तिक चिन्ह कोर्ने गर्दछन्। त्यो धर्म धातु मण्डल हो। अनि यो मण्डलको माथितिर बालुवाको तीनवटा डल्लो बनाई बुद्ध धर्म संघको प्रतीकको रुपमा राख्दछन्। बालुवाको चैत्य बनाउनु भनेको दुर्गती परिशोधन र बालुवामाथि बत्ती बाल्नु भनेको अग्नी देवताको रुप हो। श्राद्ध गर्ने कर्ताको अघिल्तिर राखेको एउटा बालुवाको डल्लोले सुखावती लोकेश्वर भन्ने जनाउँछ । श्राद्ध गर्दा एउटा बिकः पिण्ड पनि अलग्ग राख्नु पर्छ । बिकः पिण्ड संस्कारगत रुपमा किरिया गर्नु नपर्ने जस्तो संस्कार गर्न (पास्नी) नभ्याई मरेका वा गर्भ तुहेर मरेकाहरूको
नाममा राख्ने गरिन्छ । अनि यसरी मरेकाहरूलाई जे सुकै चढाए पनि देव्रे
हातले चढाउने गर्दछन्। चैत्य बनाई मानाभरि चामल राखेर त्यसमाथि

तेलको बत्ती श्राद्ध नसकुन्जेल बालिराख्ने गर्दछन्। पहिले चैत्य बत्ती बालिसके पछि मात्र बालुवा ओछ्याइएको ठाउँमाथि एउटा कमलको पात (कुसा लप्ते) राखिन्छ । कर्ताको अगाडि बिछ्याइएको बालुवाको देव्रे पट्टि छ वटा अर्घ लहरै राख्ने गरिन्छ । तामालाई पवित्र मानिने हुँदा तामाको पिण्ड पात्रलाई अर्घ प्रयोगमा ल्याइन्छ । अर्घमा गाईको दुध, भैंसीको दुध, रक्सी, जाँड, ह्याउँथ्वँ (रातो जाँड), घ्यू, मह, दही र जल राख्ने गरिन्छ । पिण्डसँगै एक डल्लो बिकः भनी कर्ताको बायाँ तर्फ अलग्ग राख्ने गरिन्छ । श्राद्ध गर्दाखास गरी १२ थरिका फूल राख्नु पर्छ भन्ने भनाई छ । फूलहरु मध्ये ठूलो भृङ्गराज, सानो भृङ्गराज, धवःस्वां, कपुसिन्हः आदिको जरुरत पर्दछ । पिण्डमा अक्षता चढाउनेहरु पञ्चगव्य छरेर शुद्ध हुन्छन्। पिण्ड राखी पूजा गरी भोज
भाग चढाइसकेपछि पञ्चगव्य लिएर अक्षता चढाउने गर्दछन्। भोज भाग चढाइसके पछि अर्घमा राखेको रक्सी, जाँड, गाईको दुध, भैंसीको दुध, घ्यू मह सँगै गैंडाको मासु चढाउने गर्दछन्। त्यस पछि माटोको भाँडोमा आगो राखेर सुगन्ध छर्ने गर्दछन्। साथै सबैले पिण्डलाई छोएर ढोग्ने गर्दछन्। यस पछि कुसा लप्ते सहित पिण्ड पात्रमा राख्दछन्। पिण्ड सबै राखिसके पछि त्यस माथि चैत्य राख्दछन्। त्यस पछि रातो बाहेकका पूmलहरुको माला राखिदिन्छन्। ती सबै नदीमा लगेर पन्छाइन्छन्। नदीमा पिण्ड राख्न बनाएको गोलो चौतारोमा चैत्य राखी दिन्छन्। अनि सबै पिण्डहरु पानीले पखाली दिन्छन्। यसरी पखालिएका पिण्डहरु नदीमा पर्खिरहेका पोडेहरुले
जाल हाली टिप्ने गर्दछन्। यसरी पिण्ड बटुल्नेहरुलाई दक्षिणा पनि दिने चलन छ ।

तिथि श्राद्ध गर्दा भातको पिण्ड (नदीमा) घाटमा पन्छाउने नभई बहाल बहालमा पिण्ड फ्याँक्ने खाल्डो बनाइ राखेको हुन्छन् त्यसैमा पन्छ्याउने गर्दछन्। सोह्र श्राद्ध वा श्राद्ध गर्दा ज्वाइँ छोरीलाई प्रसाद बाँड्नु पर्ने भएकोले उनीहरूलाई बोलाउने चलन छ । सोह्र श्राद्ध भनेको वर्षको एकपल्ट पितृहरुलाई देवता सम्झी पुजा गरी भोज खुवाउनु हो। त्यसैले छोरी, भान्जी र ज्वाइँहरूलाई पितृहरू सम्झेर प्रसाद दिने गरिन्छ ।

नेवाः सांस्कृतिक चाडपर्व
मौलिक कृति नेवाः भाय् (नेपाल भाषा) मा
डा. चुन्दा बज्राचार्य
नेपालीमा अनुवादक
देवेन्द्र कुमार मल्ल


Tags: जनमतडा. चुन्दा बज्राचार्यनेवाः सांस्कृतिक चाडपर्वसोह्र श्राद्ध
अघिल्लो पोष्ट

बालबालिका, विज्ञापन र मिडिया शिक्षाको सवाल

पछिल्लो पोस्ट

साहित्यकार रामप्रकाश समथिङ गुरुङको निधन

डा. चुन्दा बज्राचार्य

डा. चुन्दा बज्राचार्य

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

१९ फाल्गुन २०८१, सोमबार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
पछिल्लो पोष्ट
साहित्यकार रामप्रकाश समथिङ  गुरुङको निधन

साहित्यकार रामप्रकाश समथिङ गुरुङको निधन

वलिरहूँ म बलिरहूँ

वलिरहूँ म बलिरहूँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

परिचयपत्र

परिचयपत्र

४ जेष्ठ २०८०, बिहीबार
बेवकूफतन्त्र

बेवकूफतन्त्र

४ जेष्ठ २०७८, मंगलवार
मदिराको भ्रम बोकेको संस्कृति

मदिराको भ्रम बोकेको संस्कृति

२ आश्विन २०८१, बुधबार
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन 

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन 

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक