लेखक बुद्धिसागरको उपत्यास ‘एक्लो’ लोकापर्ण भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गोलाद्वारा छानिएका दस जना पाठकले उक्त पुस्तक लोकापर्ण गरेका हुन् ।
कार्यक्रममा उपन्यासकार बुद्धिसागरले पाठकसँगका केही रोचक प्रसंगहरु सुनाएका थिए । ‘एक्लो’ फाइन प्रिन्टले प्रकाशन गरेको हो । बुद्धिसागरका यसअघि ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास प्रकाशित छन् ।
‘कर्नाली ब्लुज’ अंग्रेजी अनुवादसमेत प्रकाशित छ । लामो समयदेखि नेपालमा बस्दै आएका बेलायतका प्राध्यापक माइकल हटले त्यसको अनुवाद गरेका हुन् । उनको कविता संग्रह ‘बुद्धिसागरका कविता’ पनि प्रकाशित छ ।
उपन्यासकार बुद्धिसागर पछिल्लो समय रुचाइएका आख्यानकार हुन् । ‘फिरफिरे’ प्रकाशित भएको सात वर्षपछि ‘एक्लो’ आएको हो । ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ मा पश्चिम नेपालको ग्रामीण जनजीवनलाई समेटेका बुद्धिसागरले नयाँ उपन्यास ‘एक्लो’ मा भने गाउँबाट सुहर पसेका मानिसहरुको संघर्षको कथा भनेका छन् ।