के गर्यो, के गरायो लौ फगत एक नजरमा
मुटु मेरो हरायो लौ फगत एक नजरमा
जसै जुध्न पुगे आँखा, आँखा उसकै लोभी भए
मनमा प्रेम जगायो लौ फगत एक नजरमा
आफ्नू भन्नु मुटु थियो ढुकढुकी नै बद्लिगयो
चोरी आफ्नै गरायो लौ फगत एक नजरमा
कहाँ भेटूँ, कहाँ देखूँ, छटपटी यो बढाउँदै
सम्झिरहने बनायो लौ फगत एक नजरमा
न त भोक, न त प्यास, आँखामा छ उसकै झल्को
मेरो होसै उडायो लौ फगत एक नजरमा