जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

निरुत्तर

इन्द्रकुमार विकल्प इन्द्रकुमार विकल्प
प्रकाशित ५ भाद्र २०७९, आईतवार
कथा भित्र
0
निरुत्तर

धेरै वर्षपछि, सायद दश वर्ष÷एक दशक पछि काठमाडौं आइपुगेर एक हप्ता बस्नुपर्ने भयो । आएको पनि चारदिन बितिसक्यो । यी दिनहरुमा चिने जानेका साथी–भाइ, इष्टमित्र भेटघाट भयो । बाँकी दिनहरु कसरी बिताउने होला ? कोठामा पनि कति बसिराख्नु । होटलमा टिभी छ तर बिजुली छैन, बिजुली आउँदा टिभी झ्यारझ्यार मात्र । पत्रपत्रिका पढ्दा–पढ्दा आँखा टट्याइ सक्यो । बाहिर घुम्न जाऊँ कता जाने एक्लै, त्यति मेसो छैन । निस्की हाले पनि धुवाँ–धुलो, यातायातका साधनहरुको ट्याँ–ट्याँ–टूँ–टूँ को चर्काे आवाज, मान्छे–मान्छेको चापले ठेलमठेल उफ् ! कसरी बिताउने दिनहरु …..।

एकदिन साँझपख यसो घुमघाम गर्नुप¥यो भनेर निस्किएको रत्नपार्कतिर पुगेछु । त्यहाँको वातावरण पनि निकै फेरिएछ । मानिसहरुको भिडभाड, एक ठाउँबाट अर्काे ठाउँ जाने यात्रुहरुको कोलाहल, ट्याक्सी, ट्याम्पो, मिनीबस, माइक्रो, आदिको ट्याँ–ट्याँ र टूँ–टूँले खैलाबैला कति अशान्त ….। अति व्यस्त जीवन, सधै आतुर तँछाड–मछाड । झन् बाटोभरि फिँजाएर राखिएका फुटपाथ पसल र पसलेको ग्राहकहरु तानातान हिँड्नै गाह्रो ….।

यिनै भिड हेरेर ट्वाल्ल परिरहेको थिएँ । अचानक पिठ्यूँमा ‘ढ्याप्प’ हत्केला बजारियो । झनक्क रिस उठ्यो ….। फरक्क पछाडि फर्केर हेरेँ । अचम्म ‘चिन्नु न जान्नु घचेडी माग्नु’ भनेझैं मुसुमुसु हाँसेर एक सुन्दर (सुन्दर त नभनौं सौन्दर्यको अर्थमा अनर्थ होला) युवती मतर्फ हेरिरहेकी थिई । मैले उसको शिरदेखि पाउसम्म आँखा गुडाएँ । निधारमाथि गगल्स, पातलो टिसर्टमा पातलो जालीवाल आउटर, छोटो स्कर्टमा स्ल्याक्स, प्वाइन्टेड हिल चप्पलमा सजिएकी म त हेरेको हेरै भएँ । चिन्न खोजेँ अहँ ! चिन्नै सकिन ।

चिनेनौ ….? बेहोस होलाऊ …. भन्दा पो उसको स्वरले चिनेँ, मेरै गाउँकी रत्नमाया पो रहिछे ।
‘ओई….तँ…. मैले त चिन्नै सकिन …. कस्ती भएकी …. कहाँबाट कसरी चिन्नु त ….. मैले भनें ।
‘अनि के छ ? गाउँतिर … भूकम्प, नाकाबन्दी, सबै बेहो¥यौ होला….’ उसले भनि ।
‘भूकम्पले त त्यति साह्रो बिगारेन हाम्रोतिर, तर नाकाबन्दीले त गर्नुग¥यो नि’ मैले भनें ।
‘किन आएको नि काठमाडौं ?’ उसले सोधी ।
‘म बाहिर जान आएको ।’ मैले भनें ।
‘बाहिर भनेको कता ?’ उसले सोधी ।

‘म अन्तराष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टरको निम्तोमा बेल्जियम जान आएको, नेपालबाट सात जना जाँदैछौं, एक हप्तापछि उड्छौं ।’ मैले भनें ।

‘ल ! ल ! बधाई छ …. तिम्रो साहित्य सेवाको फल होला नि’ उसले भनी ।
‘अनि तिमी के गर्छाै नि यहाँ ?’मैले सोधें ।
‘सबैकुरा एकैछिनमा बताउन त सक्दिन बरु भोलि तिमी मेरोमा आऊ न म यहीँ कुरेर बस्छु, मेरो फोन ……. हो । तिम्रो नि …?’ उसले हतारहतार भनी ।

मैले मेरो नं. दिएँ । हाम्रो अगाडि एउटा कालो कार आएर रोकियो – ऊ कारभित्र छिरी । ‘जान्छु’ पनि भनिन । कार अगाडि बढ्यो । म कोठामा फर्कें । डङ्रङ्ग उत्तानो परेर पलङ्गमा पल्टिएँ । आँखा चिम्म गरेर उसैलाई सम्झिएँ ।

हामी एउटै विद्यालयमा पढ्थ्यौं । ऊ आठ कक्षामा, म दश कक्षामा । राम्री थिई । चुलबुले थिई । पढाइमा पनि चलाख थिई । नाचगानमा पनि निक्कै भाग लिन्थी । पढाइमा नबुझेको कुरा मसँग सोध्थी । घर पनि नजिक भएकोले बिदाका दिनहरुमा पनि हामी प्राय सँगै हुन्थ्यौं । साथीहरु मेरो र उसको नाम जोडेर भित्ताभरि लेखिदिन्थे । म मुरमुरिन्थें, ऊ भने चुपचाप लाग्थी कुनै प्रतिकृया नै दिन्नथी ।

मसँग के–के काम पारेर नजिक हुन खोज्थी, मैले ‘तेरो मेरो नाम लेखेर हैरान पारे’ भन्दा उसले ‘ठीकै त लेखे नि’ भन्थी । म छक्क पर्थें । ऊ कति सोझी थिई ।

सायद मलाई भित्रभित्रै माया गर्थी । म भने पढ्नमै व्यस्त थिएँ । माया मोहको कुनै भाव उत्पन्न भएको थिएन ।
एस.एल.सी. पास गरेपछि म क्याम्पस पढ्न थालें । ऊ विद्यालयमै थिई । भेटघाट भैरहन्थ्यो । छेडछाड चलिरहन्थ्यो । तर त्यस्तो माया–पिरतीका कुरा भने हुन्नथ्यो ।

मेरो एकजना नजिकैको दिदी हुनुहुन्थ्यो । उहाँले ‘ए ! कान्छा के छ ? रत्नले त खुब मन पराएकी छे नि’ भन्नुभाथ्यो । तर पनि मलाई त्यस्तो कुनै भावले छोएन ।

उसले पनि एस.एल.सी. पास गरी । क्याम्पस पढिन । किन पढिन मैले सोधिन पनि, किनभने म उसँग तर्कन चाहन्थे । दिनहरु बित्दै गए ।

एकदिन अचानक ऊ गाउँबाट हराई । त्यसपछि बल्ल भेट भयो । यस्तो रुपमा ।
म उसैको तर्कनामा भुसुक्कै निदाएछु, बिउँझिँदा त रातको १२ बजिसकेछ । न भात खानु न निदाउनु भयो । ओल्टो–कोल्टो फेर्दै रात बित्यो ।
म उसलाई भेट्न उत्सुक थिएँ । ऊ के गर्छे ? कहाँ बस्छे ? कसरी जीवनयापन गरिरहेकी छे भनेर जान्न चाहन्थें ।
कतिबेला साँझ पर्छ र ऊसँग भेट होला भनेर छटपटिरहें ।
साँझ पर्नुभन्दा २ घण्टा पहिला नै हिजो उभिएको ठाउँमा गएर उभिएँ । यताउता हेरिरहेँ ।
‘टिङ्ग टिङ्ग’मोबाइलको घण्टी बज्यो । हेरें उसैको नम्बर रहेछ ।
‘हेलो …’ भनें ।
‘एई … विवेक म घण्टाघरनेर छु यतै आऊ न ल !’ भनी ।
‘हुन्छ’ भन्दै म घण्टाघरतिर लागें ।

ऊ घण्टाघर अगाडि नै उभिएकी थिई, तर आज उसको पहिरन साधारण थियो । चुडीदार कुर्ता–सुरुवाल र सल ओढेकी थिई र गगल्स थिएन । कपाल बाँधेकी थिई ।
म उसको नजिकमा गएँ । ऊ मुस्कुराई ।
‘छिट्टै आएछौ त ।’ उसले कुरा सुरु गरी ।
‘अँ ! अलि छिट्टै आएछु’मैले भनें ।
‘मलाई भेट्न मन लाग्यो कि क्या हो ?’ उसले जिस्काई ।
‘त्यसै भन्नु प¥यो’मैले भनें ।
‘आज मेरो कोठामा जाऊँ है ? केही काम त छैन होला नि ?’ उसले भनी ।
‘छैन’ मैले भनें ।

दुवैजना ट्याक्सी चढेर उसको कोठामा गयौं । कोठामा पुगेर ‘तिमी बस्दै गर’ भनेर ऊ किचनतिर छिरी ।
कोठा ठूलै थियो । अट्याच बाथरुम । छेउमा नै किचन । कोठा वरिपरि आँखा दौडाएँ । पलङ्ग, सोफा, टेबुल, आदि हेर्दा कुनै धनाढ्यको कोठाझैँ थियो । सजाएका सामाग्रीहरु पनि महङ्गा थिए ।

मैले फनक्क कोठा निरिक्षण गर्दासम्म उसले मेरो लागि चिया लिएर आई र टेबुलमा राखी । ‘चिया खाँदै गर म कपडा फेर्छु’भन्दै कोठाको छेउतिर लागि र पर्दाले सानो कोठा बनाई, कपडा फेरेर आई । रातो गाउनमा राम्रै देखिई । किचनबाट चिया लिएर आई र खान थाली ।
दुवै जनाको चिया सकियो चुपचाप चुपचाप ।
‘किन विवेक चूप लागेको बोल न’ उसले भनी ।

मैले लामो सास फेरें । केहीबेर बोल्नै सकिन । के भनूँ के भनूँ भयो । केहीबेरपछि ‘अँ ! रत्न भन तिम्रो हालखबर के छ ? गाउँबाट आएपछि आजसम्म के गर्दैछौ ?’ भनें ।
उसले मलाई हेरिरही, एकनासले हेरिरही हेर्दाहेर्दै उसका आँखाबाट बरबत्र्ती आँसु झर्न थाले ।
त्यत्ति हँसिलो अनुहार । अँध्यारो भयो । आँसुले लतपत भयो । पुछ्ने प्रयत्न गरी तर सकिन झन् ‘घुँक्क–घुँक्क’ गरेर रुन थाली ।
म उसको नजिकमा गएँ । उसका दुवै काँधमा हात राखेर ‘रत्न नरोऊ…रोएर केही काम छैन…’ भनेँ ।
मेरो ढाडस पाएर होला । ऊ बाथरुमतिर गएर फ्रेस भएर आई ।
‘म खाजा बनाउँछु है ! विवेक’ भन्दै किचनतिर गई ।

मैले आँखा चिम्म गरेँ । गाउँमा छँदाकी रत्न । चुलबुले रत्न । हँसिली रत्न । मेरो नजिक आउन खोज्ने रत्न । अचानक गाउँ छोडेकी रत्न । आज यो सुखमा पनि किन रोइरहेकी छ । यो वैभवले किन हँसाउन सकेन ?
किन उसका आँखामा पीडाका सहस्रधारा बगेका छन् ? किन यति बिध्न पीडित भएकीझैँ लाग्छ । मैले केही बुझ्न सकिन ।
रत्नले खाजा लिएर आई । टेबुलमा राखी । आफू पनि खान बसी ।
खाजा खान लाग्यौं । खाँदाखाँदै उसले के सम्झी दराजमा सजाएर राखिएको ह्विस्कीको बोटल लिएर आई । दुईवटा गिलासमा आधा–आधा राखी र मेरो अगाडि सारी…. ह्विस्कीमा चिसो पानी मिसाई ‘ल ! गिलास उठाऊ…. चियर्स गरौं’ भनी ।

मैले नाईनास्ती गर्न सकिन । गिलास उठाएँ र ‘चियर्स….’ भनें ।

उसले पहिलो चुस्कीमै स्वाट्ट पारी म ट्वाल्ल परें । मैले हल्कासँग चुस्की लिँदै भनें ‘कोठामा जानुछ ।’ ‘किन आज यतै बस्ने हो…. मज्जाले खाऊ मेरा सबै कुरा तिमीलाई भन्नु छ, मभित्र दबेर उकुसमुकुस भएका पीडाहरु छताछुल्ल पोख्नु छ । मन हलुका गर्नुछ, हँुदैन र ?’ उसले आग्रह गरी ।

म उसलाई एकतमासले हेरीरहेँ । ऊ हाँसी र भनी –‘म एक्ली छु, एक्ली आइमाई भएको ठाउँमा कसरी बस्ने भनेर होला हगि ? मैले तिमीलाई खान्न क्या र ….’ खित्का छोडेर हाँसी ।
‘ल ! ल ! म बस्छु… बस्छु….भएन ?’ मैले भनें ।
ऊ खुसी भई । म खाना बनाउँछु है ?’ भन्दै उठी ।
‘यति धेरै खाजा यहीँ छ, यसैले पुगिहाल्छ बस खाना बनाउन पर्दैन’ मैले भनें । ऊ बसी । खाजा खाँदै ह्विस्की थप्दै गयौं ।
‘अनि भन न त तिम्रो हालखबर के छ ?’ उसले सोधी ।
‘मेरो त ठिकै छ सानोतिनो व्यापार गर्छु । छोरा–छोरी पढ्दैछन् ।’ मैले भनें ।
ऊ चुप लागी ।
‘अनि तिम्रो के छ भन….’ मैले भनें ।

उसले लामो सुस्केरा हाली र शान्त भएर भन्न थाली –‘म अचानक काठमाडौं आएँ । म आफै एक्लै आएकी पनि होइन । मलाई काठमाडौंमा प्राप्त हुने सुख–सयलको सपना देखाएर ल्याइएको हो । मलाई यहाँ ल्याएर हिरोइन बनाउँछु, नाम, दाम सबै पाइन्छ भनेर झुक्काएर ल्याइयो । म झुक्किएँ । मज्जाले झुक्किएँ । २–४ महिना तालिम सालिम भनेर बितायो । २–४ महिना घुमघाम गरेर बितायो । त्यति बेलासम्म उसले मलाई मायाजालको भूमरीमा डुबायो । माया ग¥यो । यो सबै उसैको देन हो । लाउन, खान, मोजमज्जा गर्न पैसाको कुनै कमि हुन दिएन । म उसको मायावी जालमा डुब्दै गएँ । घर परिवार कसैलाई सम्झिन । मलाई खोज्न पनि आएनन् । किनकी मैले नखोज्नु मलाई बिर्सनु भनेर लेखेकी थिएँ ।

मेरो पेटमा बच्चा हुर्कन थाल्यो । उसले मलाई उपचार गराउने निहूँमा झुक्काएर एबोर्सन गरायो । त्यसपछि थाहा छ विवेक ऊ मदेखि भाग्दै हिँड्न थाल्यो । पछि बुझ्दा पो थाहा पाएँ उसको त श्रीमती छोरा–छोरी रहेछन् । त्यसपछि म भट्किएँ । म चेतनाशुन्य भए मैले के गर्ने, कसो गर्ने, कहाँ जाने केही निधो गर्न सकिन । आखिर मेरो आत्माले उसलाई प्रतिशोध लिने विचार ग¥यो । मैले उसको मेख मार्न हप्ता–हप्तामा केटा साथी फेर्न थालें । यहाँका धनी बाउका बिग्रका छोराहरुको संगतमा पैसा कमाउन थालें । यो घर मेरै हो । घरभाडामात्र एकलाख आउँछ । बैंक व्यालेन्स छ, जिन्दगीभरि खानपुग्छ । सुख–सयल त छ नि, तर, तनका लागि मात्र मन सधैं आफ्नो दिनचर्याले थकथकी लागेर आउँछ । मुटु भट्की रहन्छ । आफूले आफैलाई कति धिक्कार्नु । धिक्कारेर पनि मर्न सकिएन’ केहीबेर चुप लागि ।

‘आखिर लोग्ने मान्छेहरु केही दिनका लागि साथी बन्छन्, त्यसपछि हैसियत देखाई हाल्छन् ।’फेरि चूप लागी ।
उसका आँखाहरु रसिला भएका थिए । बोल्दा पनि अड्की–अड्की बोलिरहेकी थिई ।

‘केही महिना । वर्ष बित्दै गयो । ऊ अमेरिका पो गएर बसोबास गर्न थालेछ । त्यति बेलाको कुरा सम्झेँ त यो शहरमा बेसाहारा पेट पाल्न, कोठाभाडा तिर्न र यो सुविधा लिन अरु के नै सक्थें ? म बेस्या भएँ – म बेस्या भएँ विवेक मेरो लिलाम भयो ।’ यति भन्दै मलाई अँगालो हालेर क्वाँक्वाँ रुन थाली, भक्कानिएर रोई, रोइरही । धेरै समय बितिसकेछ रातको १२ बजे छ । मैले उसका केशराशीहरु खेलाउँदै सान्त्वना दिन भने ‘रत्न चूप लाग त, रुन छोड त…केही भएको छैन अब तिमी यो बाटो छोडेर गाउँ फर्कनुपर्छ ।’
ऊ हाँसी, खित्का छोडेर हाँसी । सायद रक्सीको मात पनि चढ्यो होला ।
अचम्म मान्दै उसले भनी –‘म गाउँ जाने ? के मुख देखाउन जाने ? के जवाफ दिने मेरो सोझा बा–आमालाई ? गाउँमा बा–आमालाई गाउँमा कति गाह्रो भयो होला अब झन के भन्लान् ? गाउँले साथीभाईलाई के जवाफ दिनु ?’
‘अब तिमी गाउँ फर्केर पुन नयाँ जीवन शुरु गर्नुपर्छ । अरुले यो भन्ला, त्यो भन्ला भनेर अब यो भड्खालोबाट निस्कनुपर्छ ।’ मैले भने ।
ऊ चूप लागी ।

‘अब कस्ले स्वीकार्छ मलाई ? मेरा हजारौं दानवहरुले गिजोलेर थिलोथिलो बनाएको यो अपवित्र शरीरलाई पवित्र भनेर कसलाई सुम्पनु मैले ? तन त सुम्पऔंला मन सुम्पन सक्छु ? संसारलाई ढाँट्न सकिएला मन र भगवानलाई ढाँट्न सकिन्छ ? बाहिरी आवरण त ढाकिएला मन ढाक्न सकिन्छ ? मान्छेलाई छल्न सकिन्छ, मन छल्न सकिन्छ ? भगवानलाई कसरी छल्नु तिमी नै भन त’ उसले भनी ।
म चूप लागें । रात निक्कै छिप्पिई सकेको थियो ।
उसको कुरा सुनेर निद्रा पटक्कै लागेको थिएन । मन छट्पटिइ रहेको थियो । रक्सीको रम्रम् पनि शिथिल भएको थियो । उसले ह्विस्की आफूलाई मात्र थपी र स्वाट्ट पारी ।

‘विवेक तिमी पनि लोग्नेमान्छे हौ, तिमीमा पनि पुरुषत्व छ, तिमी मलाई भोग्न सक्छौ’ ऊ बरबराई ।

‘चूप लाग….रत्न….म अरु जस्तो लोग्ने मान्छे होइन । मैले स्वास्नीमान्छेलाई आदर्श मानेको छु, मैले स्वास्नीमान्छेको त्यागलाई पूजा गर्छु के सम्झेर यस्तो अपवित्र शब्द ओकल्यौ…भन त…?’ मैले अलि जङ्गिएर भनें ।

‘सरी…. विवेक… म तिम्रो भावनाको कदर गर्छु, मेरो अपवित्र शरीर भोगेर तिमी पनि अपवित्र नबन तर याद छ तिमीलाई….? म तिमीलाई कति माया गर्थे, तिमी भने ….’ उसले वाक्य पूरा गर्न सकिन बरबरती आँसु झारी ।
‘छोड अतीतलाई सम्झेर घाउ बल्झाउनु शिवाय केही हँुदैन, अतीतलाई बिस्मृतिका पानाले ढाकिदेऊ’ मैले भनें ।
ऊ कोठाको सोफामै कोल्टो फेरेर निदाइ सकिछ । यताउता हेरें, पल्लो सोफामा कोल्टो परेर बसेको, निदाएछु ।
भोलिपल्ट ऊ उठेर, फ्रेस भइसकेकी थिई । म बिउँझिदा चिया तयार थियो । मुख नधोईकन चिया खाएँ । बाथरुम छिरें । मज्जाले नुहाएँ । बाहिर निस्केर, ‘ल ! रत्न म जान्छु । तिमीले मेरो कुरा मनन गर र गाउँ फर्क…’ मैले भनें ।

‘गाउँ त फर्कन्छु तर तिमीले मलाई आफ्नो बनाउन सक्छौ ? मलाई स्वीकार्न सक्छौ ?’ उसले भनी ।
म ट्वाल्ल परेर उसलाई हेरिरहें । ऊ मुसुक्क हाँसेर बाथरुमतिर पसी । म निरुत्तर कोठाबाट बाहिरिएँ ।


अघिल्लो पोष्ट

फगत एक नजरमा

पछिल्लो पोस्ट

उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार

इन्द्रकुमार विकल्प

इन्द्रकुमार विकल्प

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
उपन्यासकार लीलबहादुरलाई  ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार

उपन्यासकार लीलबहादुरलाई 'स्वीकारोक्ती आजीवन सिद्धी' पुरस्कार

गीत पछाईको दोस्रो कृति  

गीत पछाईको दोस्रो कृति  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सुगन्धित हावा

सुगन्धित हावा

४ जेष्ठ २०७९, बुधबार
नयाँ वर्ष

नयाँ वर्ष

४ जेष्ठ २०७९, बुधबार
बालकथा : सिर्जना र परिवेश परिचर्चा : २

बालकथा : सिर्जना र परिवेश परिचर्चा : २

४ जेष्ठ २०८०, बिहीबार

गौतम दाइ

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक