जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

साहित्य भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो

लैनसिंह बाङ्देल लैनसिंह बाङ्देल
प्रकाशित १९ असार २०७९, आईतवार
सँस्मरण भित्र
0
साहित्य भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो

पहिले मैले नेपाली भाषामा उपन्यास लेख्ने गर्थें । पछि, मेरो पेरिस र लण्डनको बसाइपछि यात्रा बयान, यात्राका संझनाहरू जस्तै यूरोपको चिठी र विश्व प्रसिद्ध कलाकारहरूको जीवनी लेख्न पट्टि लागें – किनकि ती कलाकारहरूको जीवनी नेपालीहरूले पनि पढ्न र मनन गर्न सकून, तिनबाट ज्ञान र शिक्षा पाउन सकून् भन्ने मेरो इच्छा थियो ।

म सन् १९६१ मा पहिलो पटक काठमाडौं आएँ । यो काठमाडौं उपत्यका यति प्राचीन शहर रहेछ भन्ने त्यसबेला प्रथम पटक थाहा पाएँ । यहाँका प्राचीन स्तूप, मन्दिर, देवालय, बहाल, प्रस्तर मूर्ति, धातु मूर्ति, काष्ठ मूर्ति, पौवा, हस्तलिखित ग्रन्थ आदि देखेर म छक्कै परें । हुन त कलकत्ता, पेरिस, लण्डनतीर आधुनिक कला अध्ययन गर्न गएको थिएँ – तर आफ्नै देशको प्राचीन कला देखेर आश्चर्य चकित भएँ र तिनको अध्ययनतिर लागें । अन्वेषण, अनुसन्धान र खोजी गर्दागर्दा बीस–पच्चीस वर्ष लाएपछि बल्ल तिनका बारेमा केही ज्ञान प्राप्त भयो र केही वर्षदेखि तिनको इतिहास लेख्न लागेको छु । सो लेख्ता मैले आफ्नो भाषामा पनि लेख्छु र अङ्ग्रेजी भाषामा लेखेर प्रकाशित गर्दा विदेशीले पुस्तक किनेर पढ्ने हुनाले अक्सर म अङ्ग्रेजीमा लेख्ने गर्छु । नेपालीमा बाहेक अङ्ग्रेजीमा र जर्मनी भाषामा नेपाली कलाको बारेमा केही लेखेर प्रकाशित गरिसकेको छु । हाल नेपाली धातुका मूर्ति बारेमा एउटा पुस्तक लेख्ने विचार गरेर तिनको अनुसन्धानमा लागेको छु । मैले संसारभरि छरिएका नेपाली कलाका धातुमूर्तिहरूको तस्वीर संग्रह गरेको छु – शायद त्यति ठूलो संग्रह भएको कुनै नेपालीमा छैन होला भन्ने लाग्छ । म बाँचेकै बेला मैले नै त्यसबारे केही लेख्न सकें भने नेपालीहरूले लेखेको पुस्तकमध्ये यो एक अद्वितीय पुस्तक बन्ने छ जस्तो लाग्छ । नत्र म मरेपछि त्यस संग्रहको कसैले वास्ता गर्ने छैन, त्यो त्यसै कुहेर जान्छ भन्ने लागेकोले नै त्यस पुस्तक तयार पार्ने क्रममा मैले योजना बनाएर पुस्तक लेख्दैछु । शायद एक दुई वर्षको अन्तरालमा त्यो छापिएर प्रकाशित होला भन्ने मलाई लाग्छ ।


– साहित्य भनेको भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो । साहित्य मलाई त्यस्तै लाग्छ ।
– जुन कुरा पढ्नाले शिक्षा दिन्छ, ज्ञान दिन्छ, आनन्द दिन्छ, त्यसैलाई म साहित्य भन्छु ।
– साहित्यकारहरूको दायित्व साहित्य सिर्जना गर्नु हो र उसले त्यस्तो साहित्य सिर्जना गर्नुपर्छ, जसबाट अरूले त्यसबाट सकेसम्म ज्ञान हासिल गर्न सकोस्, आनन्द लिन सकोस् ।
– हालको साहित्यले समाजलाई त्यति फाइदा गरेजस्तो लाग्दैन । पहिलेका कवि–लेखकहरू जस्तै : देवकोटा, सम, सिद्धिचरण, कविशिरोमणि लेखनाथ, गुरुप्रसाद मैनाली आदिले लेखेर गएको जस्तो साहित्य अब कहाँ पाउनु ?
– म बालकृष्ण समबाट ज्यादै प्रभावित छु ।
– मेरो पहिलो रचना कथाबाट शुरू भयो – त्यो स्कूलको पत्रिकामा सन् १९३९ सालमा प्रकाशित भएको थियो ।
– मलाई सानैदेखि कथा र उपन्यास पढ्ने साह्रै धोको थियो र पछि मलाई पनि त्यस्तै कथा र उपन्यासहरू लेख्ने ठूलो रहर भयो ।
– साहित्य र राजनीतिमा कुनै समानता छैन ।
– परिश्रम नगरी केही उपलब्धि हुँदैन । कडा परिश्रम र मिहेनत नै सफलताको बाटो हो ।


– हो, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान एउटा स्वतन्त्र प्रतिष्ठान हुनुपथ्र्यो तर भएन । म त्यस प्रतिष्ठानको दुई पटक कुलपति भएर बसेँ, हाम्रा समयमा
त्यस्तो कुनै नचाहिंदो कुराहरू भएन । कला, साहित्य र संगीतका क्षेत्रमा जति कामहरू हाम्रा पालामा भयो अहिले त्यति भएकै छैन । त्यसबेला सबै प्रज्ञा प्रतिष्ठानबाट लाभ हुने कृतिहरूको सिर्जनापट्टि लागे । अहिले त्यसो नभएर सबै पैसा कमाउनतिर लागे । हामी प्रज्ञा प्रतिष्ठानमा छँदा श्री ५ महाराजाधिराज प्रतिष्ठानको ‘पेट्रोन’ संरक्षक होइबक्सन्थ्यो । सब कामहरू सरकारको निर्देशनमा हुन्थ्यो । खर्च दरबारबाटै कन्ट्रोल हुन्थ्यो । अहिले त्यो सब नभएपछि, कहीं कतैबाट कन्ट्रोल नभएपछि एकेडेमीलाई कसले हेर्ने ? त्यसको जिम्मेवारी कस्ले बोक्ने ? छाडा भएपछि त कुनै कुराको कन्ट्रोल हुँदैन । अहिले प्रज्ञा प्रतिष्ठानको त्यही दशा भइरहेको छ ।


– जीवनबाट कुनै अप्ठ्यारा कुरा आइपरे पनि म कहिल्यै निराश भएको छैन ।
– दिनचर्या राम्रैसँग बितिरहेछ – बिहानै उठ्छु अलिकति हिँड्डुल गर्छु, चिया खाजा खान्छु आफ्ना फूलवारीमा हेर्छु, मलाई गुलाफ सबभन्दा ज्यादा मनपर्छ, हेर्छु – फुल्न आँटे छन् भनेर खुसी हुन्छु । केही चित्र कोर्छु – दिउँसोको भोजन गर्छु – फेरि पुस्तकहरू पल्टाउँछु, लेख्छु, अध्ययन गर्छु, त्यतिकै साँझ पर्छ –टि.भीको समाचार हेर्छु बेलुकीको भोजन खान्छु –९/१० बजेतिर सुत्छु । राती उठ्छु – केही कामहरू गर्छु – जस्तो कि यही लेख्ने र सोधिएका कुराहरू अहिले लेख्दैछु । यो सकिएपछि फेरि सुत्छु –यसरी जीवनचर्या चलिरहेछ । यो जिन्दगी के हो केही ठेगान छैन । अहिले म पचहत्तर पुगिसकें – दिनहरू कति छिटो बितेर गई सकेछन् फर्केर हेर्दा छक्क पर्छु । ती दिनहरू आँखाको झप्कीमा जस्तै मिलिक्क बितेर गए जस्तो लाग्छ । यस्तो हुँदाहुँदै मेरो जीवन पनि झपक्क निभेर जान्छ – त्यसपछि के हुन्छ भन्न सक्तिनँ । यो सारा संसार नै सपनाजस्तो लाग्छ । त्यसपछि, मृत्युपछि, म कहाँ पुग्छु – मलाई नै थाहा हुँदैन । अहिले त परिवार छ, म छु, साथीसंगीहरू छन् –तिनको माया, ममता आदरमा बाँचिरहेछु – त्यो सब छाडेर आफू हिँडेपछि न म यस संसारमा हुन्छु न मेरो नश्वर देह यो संसारमा हुनेछ …. ।
– जीवनमा तीता–मीठा भनेका कुरा त आइरहने छन् । मीठामात्र भएर पनि हुँदैन – तीतामात्र भएर पनि हुँदैन ।
– मैले माथि नै भनिसकें – केही लेख्ने अठोट गरेको छु । मेरा चित्रहरूको प्रदर्शनी बम्बई, दुबई र लण्डनमा गर्ने विचार भइरहेको छ । साथीहरूले त्यहाँ केही मद्दत गरिरहेका छन् ।
–
जनमत र पाठकहरूलाई मेरो के सन्देश छ भने बाँचुञ्जेल अर्काको भलाइ हुने काम गर्नु जतिको असल काम अरू केही छैन ।
– जनमत, २०५६ असार / पूर्णाङ्क ६४


Tags: लैनसिंह बाङ्देल
अघिल्लो पोष्ट

उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’

पछिल्लो पोस्ट

प्रज्ञामा पुस्तक प्रदर्शनी

लैनसिंह बाङ्देल

लैनसिंह बाङ्देल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
प्रज्ञामा पुस्तक प्रदर्शनी

प्रज्ञामा पुस्तक प्रदर्शनी

कविताका कवि हरिभक्त कटुवाल

हरिभक्त कटुवालका चार कविता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कापुरुष

कापुरुष

९ बैशाख २०७९, शुक्रबार
बाँकी हरफहरु

बाँकी हरफहरु

९ बैशाख २०७८, बिहीबार
जनकवि दुर्गालाल

जनकवि दुर्गालाल

९ बैशाख २०७८, बिहीबार
देवकोटाको कवितात्मक गद्यकारिता

देवकोटाको कवितात्मक गद्यकारिता

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक