जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

हरिभक्त कटुवालका चार कविता

हरिभक्त कटुवाल हरिभक्त कटुवाल
प्रकाशित २० असार २०७९, सोमबार
कविता, काव्य भित्र
0
कविताका कवि हरिभक्त कटुवाल

१ मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ,
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ
कसैले चिमोट्यो
एक कप्टेरो त्यतै टाँसियो,
कसैले एउटा मुस्कान फ्याँक्यो
उसैको पछ्यौरीमा गाँसियो;
जहिले पनि जलेकै छ,
जता पनि ढलेकै छ,
मनको बह कसैसित नकह
कसले बुझ्छ, कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।
वसन्तमा वन फुल्यो—
मन उतै भुल्यो,
बैँसले जाऊँ है भन्न लाग्यो—
पीर झन् ठूलो;
आकाश देख्यो आकाश जत्रै
बतास चल्यो बतासजस्तै,
नौनीजस्तो मेरो मनलाई
जसले पायो उसले छुन्छ;
त्यसैले पनि—
मन त फलामकै भए असल हुन्छ ।

२ मैले कसको के बिगारेँ ?

भन ए जगका निष्ठुर मानव
मैले कसको के बिगारेँ ?
कसको मैले सिन्दुर खोसेँ
जो आज मलाई हेला गछौँ !

न त कुनै दिन मैले कसैको
दौलतमाथि हात बढाएँ
कसलाई मैले घाऊ लगाएँ ?
जो आज मलाई पर गर्छौ !

जगका मानव किन चुप छौ
बोल न मैले कसलाई लुटेँ ?
कहिले, कुन दिन स्वार्थ अँगालेँ
जो आज मलाई छिः छिः गर्छौ ?

मैले त सधैँ खुशी लुटाएँ
मनमा उठेका भाव उठाएँ
तै पनि हाँस्छु , फुस्रो हाँसो
सट्टामा मात्र परिहास पाएँ

आफ्नो मनमा पीर उम्लँदा
गन्दै नुनिलो आँशु पिएँ ?
भन न भन ए जगका मानव
मैले कसको के बिगारेँ ?

३ दिनका तीन स्थिति: मेरो अनुभवमा

गुँडगुँडला चरा बिच्काउँदै
आँखा आँखाको नींद उडाउँदै
भर्खर बैंस चढेकी ठिटी जस्तै
भित्ताका प्वाल प्वालबाट चियाउन
आइपुग्छ सधैं एउटा उत्ताउलो विहान ।

बितेको बैंस सम्झेर – आउँदो बुढ्यौलीलाई पर्खेर
आउने-जानेको मुख चहार्न बानी लागेको
तीस-पैंतीसकी विधवा जस्तै,
पट्टाइलाग्दो साँधमा पुगिसकेको
थाप्लामा एउटा सूर्यको भारी
खपिनसक्नु हुन्छ यो मध्यान्ह ।

उज्यालोसित छलिंदै छलिंदै
आँखा आँखासँग बास माग्दै
रात आउँछ मकहाँ प्रेयसी बनेर,
छातीभरि उखर्माउलो थपी
केही पीर दिंदै – केही पीर लिंदै
रात जान्छ मबाट सधैं
एकै अँगालो नींद बास बसेर ।

४ कतै आउला कि कुनै यस्तो दिन

हिजो एक मित्रकहाँ गएको थिएँ,
एउटा पोको कोठाको कुनामा,
दलिनमा झुण्डिरहेको थियो
ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका
सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि
मलाई लाग्यो-
म पनि झुण्ड्याइदिउँ एउटा ठूलो पोको पारेर
व्यर्थै मलाई चिमोटिरहने यी सपनाहरूलाई,
कतै आउला कि कुनै यस्तो दिन,
जब, फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा
हाम्रा छोरा-छोरी र नाति-नातिनाहरू
आनन्दका गीत गाउँदै खेत गोडिरहेका हुनेछन्!


Tags: हरिभक्त कटुवा
अघिल्लो पोष्ट

प्रज्ञामा पुस्तक प्रदर्शनी

पछिल्लो पोस्ट

सुदूरपश्चिममा दुवाल सम्मानित हुने

हरिभक्त कटुवाल

हरिभक्त कटुवाल

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
सुदूरपश्चिममा दुवाल सम्मानित हुने

सुदूरपश्चिममा दुवाल सम्मानित हुने

हृदयचन्द्र स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कार

हृदयचन्द्र स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

युगस्रष्टा कवि युद्धप्रसाद मिश्रको अन्त्य अवस्थाको कथा

युगस्रष्टा कवि युद्धप्रसाद मिश्रको अन्त्य अवस्थाको कथा

१२ बैशाख २०८०, मंगलवार
अन्धकारभित्रको अन्धकार – २

अन्धकारभित्रको अन्धकार – २

१२ बैशाख २०७८, आईतवार
व्यथित काव्य सम्मानबाट मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने

व्यथित काव्य सम्मानबाट मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने

१३ बैशाख २०८१, बिहीबार
विध्वंसका विरुद्ध कवि कृष्ण जोशीको ‘आगो समुद्र : पानी समुद्र’

विध्वंसका विरुद्ध कवि कृष्ण जोशीको ‘आगो समुद्र : पानी समुद्र’

१२ बैशाख २०८०, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक