जनमतले विगत २९ वर्ष देखि निरन्तर रूपमा विभिन्न विधामा कलम चलाई रहेका साहित्यकारहरूलाई सम्मान गर्दे आएको छ । दीपा–जनमत सम्मान, गणेश/खिलकुमारी दुवाल जनमत सम्मान,हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान, जनमत–जनक प्रधान सेवा सम्मान, केवलपुरे–जनमत सम्मान, जनमत–महेन्द्रलाल कलाकार सम्मान,. कमला सैंजू – जनमत सम्मान, जनमत–राजभाई सहयात्री सम्मान, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान,जनमत–केदार/सुदर्शन बाल साहित्य सम्मान,जनमत–सिची धर्म/संस्कृति सम्मान,जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान, जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान प्रदान गर्दै आएको जनमतले अव देखि देश विदेशका एकजना जनजातिका लेखकलाई पनि ’’जनमत–ज्ञान रत्न/मङ्गल तारा राष्ट्रिय सम्मान’’ प्रदान गर्ने भएको छ ।
बनेपा निवासी दिवङ्गत ज्ञान रत्न र मंगलतारा शाक्यका स्मृतिमा उहाँहरूका छोरी, छोराहरू चन्द्र तारा, दीपकरत्न, दियेशरत्न र रोदेशरत्न शाक्यबाट रु.एक लाख पचास हजारको अक्षय कोषको लागि रकम दियेशत्न शाक्यबाट जनमत वाङमय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाललाई हस्तान्तरण गरियो । । जनमतको यो १४औँ सम्मान हो । अबदेखि १४ वटा सम्मानमा रु.दश, दश हजार नगद प्रदान गरिने छ ।