जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

लेखनको प्रयोजन

प्रा. कपिल अज्ञात प्रा. कपिल अज्ञात
प्रकाशित ६ असार २०७९, सोमबार
निबन्ध भित्र
0
लेखनको प्रयोजन

हामी कविगोष्ठीहरूमा सहभागी हुन्छौं । आ–आफ्ना वैयक्तिक भावना वा विचारहरू सुनाउँछौं । अवसरहरूको प्रयोग गर्दै गइरहेको भए पनि पूर्णतया उपयोग गर्न सकिरहेका छैनौं, हामी साहित्यका अनुरागी हौं । त्यसको समर्थन र विस्तार चाहन्छौं तर त्यसप्रतिको निष्ठा र समर्पणको भावना आफैँभित्रबाट जागृत गर्न सकेनौं । हामीले साहित्यिक मेच त खोज्यौं तर साहित्य खोजेनौं ।

हामी कविताका अनेक तŒवबाट आकर्षित हुन्छौं, मुग्ध हुन्छौं । कतै शब्द सुनेर रमाउँछौं, कतै भावभङ्गीमा देखेर चकित हुन्छौं । कतै रूप वा लावण्य देखेर लठ्ठिन्छौं, कविताप्रति हाम्रो प्रगाढ अनुरक्ति छ, कतै शब्दसाधनामै सीमित हुन्छौं, कतै लयप्रवाहमै बहकिन्छौं, कतै विचारवेगमै कुद्छौं । किन्तु यी कुनै तŒवमा अलमलिएर कविताको प्राप्ति हुन सक्दैन । कविता त शब्द, लय, भाव वा विचार आदि समग्र तŒवको समुच्च स्थितिबाट उद्भाषित हुने सुन्दर प्राप्ति हो भन्ने बुझनै खोजेका छैनौं ।

हामी कविताका यात्री हुन खोजेका छौं तर कतिपय विचारले तानिएका छौं, कतिपय वादले बाँधिएका छौं, कतिपय सम्प्रदायले समातिएका छौं । यसरी हामी यात्री हुन खोजेर पनि भट्किएका छौं । हामीलाई पनि कविताको सद्शिक्षा, सद्कार्य र सद्गुरुको आवश्यकता छ ।

राष्ट्रकविको उपाधि पाएका माधवप्रसाद घिमिरेको सम्मान र उपस्थितिमा म कैयौंचोटि सहभागी हुन पुगेको छु । आजभन्दा २७ वर्ष अगाडि कविगोष्ठीमा उनले ‘छक्कै रूप रानी’ कविता सुनाएका थिए । त्यस समयदेखि एक दशकपछिको भेटमा उनबाट त्यही कविता सुन्ने मौका पाएको थिएँ । हालै माघे सङ्क्रान्तिको अवसर पारेर देवघाटमा भएको मकर काव्ययामिनीमा पनि त्यही ‘छक्कै रूप रानी’ गीतिकविता प्रत्यक्ष सुन्ने अवसर पाएँ । यसरी बारम्बार त्यही गीतिकविताको दृष्टान्त दोहोरिनुको अभिप्राय वा सन्देश के हो भने कवितामा सौन्दर्यचेत हुनुपर्छ । उक्त गीतिकविता सौन्दर्यचेतको उत्कृष्ट नमुना हो भन्ने तथ्य त्यसका भावाभिव्यक्तिहरूबाटै झ्ल्किन्छ । लेख्ने भनेर भावनाको विस्तारमा गई एकोहोरो ढङ्गले लेखेर मात्र हुँदैन र लेखाइमा धेरै भावना पोखेर मात्र हुँदैन । त्यस अभिव्यक्तिले मानिसको अन्तर्हृदय छोएर विचित्र प्रभाव पार्न वा नयाँ सन्देश दिन सक्छ कि सक्दैन । यदि दिन्छ भने बल्ल त्यो कविता हो । यही साहित्यिक सन्देश उनले दिन खोजेका हुन् भन्ने लाग्यो ।

कविताको प्रयोग कहाँ पुगिसक्यो । हामी त्यही मध्ययुगीन परम्परागत वर्णनात्मक विधि अँगाल्छौं । त्यही कनीकुथीको भावधारामा निर्मित पुरानै कथ्यकै शैलीमा रमाउँछौं । तिनै पुराना प्रविधिहरूमा सन्तुष्ट हुन्छौं । परम्परामा पौडी नखेलीकनै, दायाँबायाँका कविता नसुनी र नबुझ्ीकनै कविताको अध्ययन, चिन्तन र मननबाट नखारिइकनै व्यापक र बृहद अनुभवबाट मनमस्तिष्क नगालिईकनै हामी कविता लेख्न थाल्दछौं । सुनाउनका निम्ति साथीभाइ खोज्दछौं । छपाउनका निम्ति पनि हतार गर्छौं किनकि जताततै विज्ञापनको होडबाजी छ । विज्ञापन नगर्दा पछि परिन्छ कि भन्ने चिन्ताले पनि हामीलाई सुर्‍याएको छ । कविताको गुणगरिमाभन्दा आफ्नो नामकै महिमा सुन्न हामी लालायित छौं ।

समाज वा समूहको प्रतिनिधित्व गर्ने सङ्घसंस्था नै सत्यतथ्यका हिमायती र सच्चा रूपमा कविताका गुणग्राही देखिएका छैनन् । सट्टा रोटी पैैंचागाँसले कवित्वको नाश गर्न खोजेका छन् । स्तरीयता, वरीयता र ज्येष्ठताको क्रम छैन । सीप–साधनाका अनुशासनहरू तोडिएका छन् । राजनीतिमा जस्तै कवितामा पनि व्यापारीहरूको चलखेल बढ्न थालेको छ । वस्तुको झ्ै कविताको नाङ्गो विज्ञापन गरेर कविताको सतीत्वलाई आ–आफ्ना स्वार्थमा गणिकालाई झ्ैं भोगेका छन् । कविताको यो बजारिया वृत्तिले अहिले वास्तविक कविताको अस्तित्व नै खतरामा छ । कविताप्रति प्रशस्त चुनौतीहरू बढेका छन् । वास्तवमा कविताप्रति गम्भीर हुनुपर्ने स्थिति छ ।

हाम्रो सोचाइ, अनुभव र चिन्तनको वृत्त नै सङ्कीर्ण छ । हामी कुवाको भ्यागुतोझ्ैं उफ्रिरहेका छौं, नदीनालाको वेग र सागरको गहिराइ थाहा छैन । न आकाशको विस्तृत परिवेशमा नै खेल्न पाएका छौं । हामी सामान्य सतहमा छौं । असीम उचाइ र अनन्त गहिराइका सम्भावनासँग खेल्न र बुझन नै पाइरहेका छैनौं । त्यसैले सामान्य आत्मरति र आत्मविनोदमा नै हामी रमाउन पुग्दछौं । गहन आत्मसाधना, आत्मोन्नति र आत्मप्राप्तिका मार्गमा उद्यत छैनौं । आत्मलाभका निम्ति त्याग र समर्पणको भावना जागृत हुनु पनि जरुरी छ । हामी कुवा खनाएर त्यसैमा काम चलाउँछौं । आफ्नै घरभित्रको पुस्तकालयमा नदीनाला र सागरको निर्माण गरी त्यसमा बाँकटे मार्ने योजनाका निम्ति कुनै हिम्मत र आँट भर्न सक्दैनौं । तब कहाँबाट कसरी आउँछ कवित्वको विचित्र भावना ? व्यापक अनुभवको मन्थन हुन सके न नवीन तŒवको नौनी निस्कन्छ ! कच्चा सामग्री प्रशस्त भए न उत्पादनको मात्रा बढ्दछ ! जस्तो र जत्रो खेल त्यसका निम्ति त्यस्तै ठाउँ र परिवेश चाहिन्छ भन्ने हामीले राम्ररी बुझन सकेनौं ।

पूर्वीय काव्यमीमांसक कविराज राजशेखरले स्वास्थ्य, प्रतिभा, अभ्यास, भक्ति, विद्वत्कथा र बहुश्रुतता, स्मृतिको दृढता र उत्साह यी आठ कवित्वका जननी भनेका छन् । यस प्रकारका गोष्ठीले कवित्वका निम्ति उत्साह र उमङ्ग पैदा गर्छन् तर खालि उत्साह र उमङ्गले मात्र हुँदैन, व्याकरण, कोश, छन्द र तर्क एवं अलङ्कारशास्त्रहरूको अध्ययन र अनुभव आफैँमा बढाउनुपर्दछ । भनिएको पनि छ – व्याकरणको ज्ञान नभए अन्धो, कोशको ज्ञान नभए बहिरो, छन्दको ज्ञान नभए लङ्गडो र तर्कको ज्ञान नभए लाटो हुन्छ ।

सामाजिक विकृति र विसङ्गति हटाएर सुन्दर र स्वच्छ समाजको परिकल्पना गर्न खोज्ने कवि वा लेखकले पहिले आफैले आफ्नो संस्कार निर्माण गर्नुपर्दछ । ख्यातिप्राप्त कवि–लेखकले पहिले संस्कार गरी साधनामा सक्रिय रहेरै सफलताको शिखर टेक्न पुगेका हुन् । संस्कारको तात्पर्य काव्यकविताको सिर्जनाका निम्ति आफूलाई सक्षम योग्य वा कुशल तुल्याउनु हो । म कति शिक्षित छु ? भाषामा मेरो अधिकार कति छ ? शब्द र वाक्यहरूलाई खेलाउन र भावहरूलाई खोतल्न म कति समर्थ छु ? लोकको रुचि के छ ? आफ्नो चित्त केमा बढी रम्दछ ? यी सबै कुरा कवि वा लेखकले राम्ररी जानीबुझ्ी साहित्यमा प्रवेश गर्नुपर्दछ । कैयौं सङ्घसंस्था खुलेका छन्, महिनौं गोष्ठीहरू भएका छन् । किन्तु विडम्बना, संस्कार गराउने तहमा पुगेका लाग्दैनन् । सबै अनुरागीहरूको समय र श्रम संस्कारमा प्रयोग भइरहेको देखिन्न । सबै आ–आफ्नै डम्फू बजाउने धुनमा सक्रिय देखिन्छन् ।

रचनाको प्रचारप्रसारका माध्यम पनि यस्तै मञ्च वा गोष्ठीहरू हुन् । आंशिक रूपमै भए पनि केहीका केही रचनाले प्रकाशनको उज्यालो पाएका छन् तापनि सकारात्मकताको मात्रा अत्यन्त न्यून छ । शक्ति र समूहकै चलखेलमा साहित्य विज्ञापित छ । समयानुकूल कार्यरत व्यक्तिहरूकै रचना छिटो फैलन्छ र छिटै चर्चामा आउँछ । यही लोभ–संवरणका निम्ति कतिपय कवि–लेखक राजनीतिमा सक्रिय रहन्छन् तर स्वतन्त्र कवि–लेखकहरू आफूले जति राम्रो लेखे तापनि फैलिएन वा चर्चामा आएन भनेर हतोत्साही हुन पुग्दछन् । साहित्यिक पत्रपत्रिकाको धर्मले पनि तिनको रक्षा र उपचार हुन सकेको छैन । जेहोस्, सिर्जनशील कार्यमा सक्रिय रहेपछि धैर्यको बाँध बनाउन पनि आवश्यक छ । असल रचना गुणग्राही व्यक्तिहरूको हात पर्दै गएपछि त्यसले विस्तारै आफ्नो स्थान बनाउँदै जान्छ । समाज सभ्य हुँदै गयो भने त्यो एकदिन निश्चय नै गुणग्राही बन्छ । राजनीतिले सत्ता बदल्ने प्रयत्न गर्दछ किन्तु सच्चा कवि वा लेखकले समाजको स्वभाव बदल्ने प्रयास गर्दछ । तसर्थ कवि वा लेखक साहित्यमा मौलिक ढङ्गले लाग्नुपर्दछ । राजनीतिक व्यक्तिहरूले कविताहरूलाई डोर्‍याउने होइन, कवि–लेखकहरूले नै राजनीतिकर्मीहरूलाई तह लगाउनुपर्दछ । कवि वा लेखकले राजनीतिसँग सरोकारै नराख्ने वा मिल्दै नमिल्ने भनेको चाहिँ होइन । तिनबाट नदलिने र नबदलिनेसम्म भनेको हो । राजनीतिकर्मीहरूमा प्रशंसनीय चरित्र सत्कविहरूबाटै निस्किएका श्रुत त हुन नि । तसर्थ कवि वा लेखकसँगको सहयोग र साहचर्यको भूमिका जोसँग पनि हुन सक्छ । किन्तु दासत्वमा प्रयोग कसैको पनि हुनु हुँदैन ।

सत्ताभोगका निम्ति सक्रिय रहने राजनीति वेश्यावृत्ति हो । यो नीतिशतकहरूमै उल्लिखित तथ्य हो । यति भनिसकेपछि राजनीतिक व्यक्ति पनि वेश्यासमान हुन्छन् भन्नु अन्यथा होइन । वेश्याका नजरमा सती पनि कलङ्कित रहन्छन् । तिनको अर्ती वा उपदेशको सात्विक मूल्य हुँदैन । तसर्थ त्यस्ताको नारा, भाषण वा उपदेश सुनेर होइन आफ्नै ब्रह्मविवेकले गमेर साहित्यिक मार्गमा चल्न सक्नुपर्छ । कवि–लेखक हुन खोज्नु भनेको असल बन्नेतर्फको यात्रा हो । त्यसैले राजनीतिकर्मी जस्तो ठूलो हुन खोज्नेको पराश्रय र परजीवीपनको शृङ्खलाबद्ध प्रवृत्ति परित्याग गर्न सक्नुपर्दछ । सरलता र स्वच्छतामै मानवता मुस्कुराउँछ । भोगवादको पछि लागेर कवि–लेखकहरू विचलित बन्नु हुँदैन भन्ने कवि–लेखकले आफ्नो गन्तव्य आफैले पहिल्याएर आफ्नो आदर्श आफैले स्थापित गर्नुपर्दछ ।

कवि वा लेखकसँग देशकाल–परिस्थितिको बोध हुनु पनि त अनिवार्य छ । यदि ऊसँग त्यस्तो बोध रह्यो भने ऊ अर्थप्रदर्शनका निम्ति निर्धन वा दरिद्र हुँदैन । यस्तै समृद्धिप्राप्तिहेतु गोष्ठी वा मञ्चको आवश्यकता टड्कारो छ । हुन त घरै बसीबसी विविध पत्रपत्रिका र पुस्तकहरू पढी, विभिन्न एफएम र रेडियोहरूबाट सुनी, दूरदर्शनका विभिन्न कार्यक्रमहरू हेरी प्रशिक्षित हुन नसकिने होइन । तथापि गोष्ठीहरूमा बुधजनसँग हुने प्रत्यक्ष भेटघाट र अन्तक्र्रियाबाट पाइने ज्ञानलाभको आफ्नै महŒव छ । यथार्थमा बुधजनहरूको सहभागिता बढ्न गए तिनका अनुयायीहरूको पनि काव्यचेतना तीव्र गतिले बढ्न सक्छ । ज्ञानगुणको शीघ्र बोध हुने हुँदा यस्तो आयोजनाको महŒव कम होइन, किन्तु बुधजनका समुपस्थितिको सङ्कटले ब्राह्मणहरूमा प्रचलित ब्रतबन्धजस्तै गोष्ठीहरू पनि देखावटी र बनावटी आडम्बरवृतिका श्राद्ध हुन पुगेका प्रतीत हुन्छन् ।

लेखनको यो समय विस्तारको होइन, विन्यासको हो । सरलतामा गहनता, थोरैमा धेरैको अपेक्षा नै जमानाको माग हो । अब व्यास वा विस्तारवृत्तिको होइन सुववृत्ति र समासवृत्तिको खाँचो छ । वास्तवमा अहिले पद्यभन्दा गद्यको, काव्यभन्दा उपन्यासको कथाकहानीभन्दा निबन्धको परम्परागतभन्दा भिन्न नूतन प्रयोगको, धारिलो, चोटिलो र तेजिलो अभिव्यक्ति वा भनाइको अभाव छ । त्यसको पूर्ति र प्रयासमा लेखकहरू उठ्नु र जु्ट्नुपर्छ ।

अहिले कवि–लेखकहरूको भीड र साहित्यको झडी बढिरहेको बेला समासवृत्तिका बारेमा शास्त्रीय कथनको यो महिमा बुझन बडो आवश्यक छ, जस्तै :

म द्वन्द्व हुँ अर्थात् विवाहित युगल हुँ । म द्विगु हुँ अर्थात् मसँग लेखन र शिक्षणरूपी दुई गाई छन् तर मेरा घरमा सर्वदा अव्ययीभाव छ अर्थात् व्यय गर्ने खर्च छैन । म निर्धन वा दरिद्र छु तसर्थ तत्पुरुष हे पुरुष ! कर्मधारय यस्तो कर्म धारण गर जसबाट म बहुब्रीहि अर्थात् धेरै धान वा अन्नको समृद्ध हुन सकूँ । अहिलेका कवि–लेखकहरूका निम्ति यो गुरुमन्त्र वा गूढमन्त्र सावित हुन सक्छ ।

शास्त्रमा अरू पनि उल्लेखनीय कथन छन्
– कुकवि हुनुभन्दा कविता रचना नगर्नु र नसुनाउनु नै वेश हो ।
– जो सहज वा स्वाभाविक कवि होइन, शास्त्रमा निपुण पनि छैन तर कविता गर्छ भने त्यस दम्भीले आफ्नो विडम्वना मात्र गर्छ वा आफँैलाई ठग्दछ ।

कलम समात्नु नै छ भने कलमको महŒव र गरिमा बुझ्ेर समातौं । बन्दुकहरूसँग डराएर धरमर– धरमरको लर्तरो चालसँग किन ? दह्रै चालसँग समातौं । भय–त्रासको हावा फैलाएर राजनीति गर्नेहरूदेखि नभागौं । जति भाग्यौं त्यति उनीहरू लखेट्न थाल्छन् । कमसेकम आफ्नो कलमदेखि आफैँ गौरव गर्न सकौं । शब्दहरूका अपव्ययको सीमा पहिचानौं । आफ्नो मर्म आफैले खोतलेर राखौं । आत्मसागरका आत्मसाधक बनौं । तोतामैना र सुगाको रटाइलाई साहित्य मानेर समर्थन गर्ने पराश्रयी र परावलम्बी भावनामा नलागी प्रवृत्तिवशात् कर्मक्षेत्रमा डर्टौ, भिडौं र सङ्घर्ष गरौं । जीवनमा अनेकौं धन छन्, केही कमाउन खोज्दा केही छुट्छन्, पर्वाह नगरौं । अमूल्य धनको महŒव बुझ्ी प्राथमिकता तह निर्धारण गरेर आत्मिक प्रयास जारी राखौं । केही न केही त हात लाग्छ नै । आत्मअस्तित्वको निर्माणमा आफ्नै आस्था र निष्ठापूर्वक सक्रिय भएर नलागे आत्मपहिचान र आत्मप्रतिष्ठाको द्वार खुल्न सक्दैन ।

अन्तमा, कवि–लेखकहरू सत्यपथगामी हुन्छन् । उनका पवित्र प्रशोधित वाणीहरू अमृततुल्य लोककल्याणकारी बन्दछन् । अहिलेका ऋषिमनिषी भनेकै कवि–लेखक त हुन् ! यिनको सम्मान र प्रतिष्ठामै समाज समुन्नत बन्छ, सभ्यता मौलाउँछ ।

प्रथमत: कवि वा लेखकले आफ्नो संस्कार गरेर आफू सुसंस्कृत बन्नुपर्‍यो अनि कविता वा रचनाको साधना वा अभ्यास थाल्नुपर्‍यो अनि दत्तचित्त वा एकाग्र भएर विशेष रचनाहेतु तपश्चर्या वा समाधिमा तल्लीन हुनुपर्‍यो अनि प्राप्ति–अप्राप्तिको आफैँ समीक्षाको प्रस्ताव राख्नुपर्‍यो । त्यसपछि मात्र सर्वत्र सिद्धि वा सफलताको शङ्खघोष गर्नुपर्‍यो । यसरी संस्कार, साधना, समाधि, समीक्षा र सिद्धिका तहहरू हुन्छन् । कवि वा लेखकले ती तहहरूको गन्तव्य पहिल्याएर सिद्धारम्भको रहस्य राम्ररी बुझ्ी आस्था वा निष्ठापूर्वक लाग्न सकेको खण्डमा मात्र लेखनको प्रयोजन सिद्ध हुन सम्भव छ । अन्यथा समय र श्रमको व्यर्थै नोक्सानी मात्रै हो ।


Tags: कपिल अज्ञात
अघिल्लो पोष्ट

निरु न्यौपानेका उपन्यास र गजल सार्वजनिक

पछिल्लो पोस्ट

कुरुप समय

प्रा. कपिल अज्ञात

प्रा. कपिल अज्ञात

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
कुरुप समय

कुरुप समय

नेपालीको दुर्भाग्य यस्तो छ

नेपालीको दुर्भाग्य यस्तो छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विनायकपुर

विनायकपुर

४ जेष्ठ २०८०, बिहीबार
डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र-परराष्ट्र’

डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र-परराष्ट्र’

५ जेष्ठ २०८१, शनिबार
निरु न्यौपानेका उपन्यास र गजल सार्वजनिक

निरु न्यौपानेका उपन्यास र गजल सार्वजनिक

४ जेष्ठ २०७९, बुधबार
भानुभक्त द्वारा  रचित ४ वटा रचना

भानुभक्त द्वारा रचित ४ वटा रचना

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक