जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

अन्धकारभित्रको अन्धकार – ९

शान्ता श्रेष्ठ शान्ता श्रेष्ठ
प्रकाशित २६ आश्विन २०७८, मंगलवार
निबन्ध, सँस्मरण भित्र
0
अन्धकारभित्रको अन्धकार – ९

‘इच्छुक’को बलियो कलम, उनको विचार, मर्मस्पर्शिता, दृढ विचार, निडरताले मलाई आकर्षित पारेको थियो । उनी ३ महिनाको थुनाबाट रिहा भएपछि लेखेको आत्मसंस्मरण जुन क्रमश: प्रकाशित भएको थियो, त्यो मैले पढ्न पाएकी थिएँ ।

अचानक पद्मकन्या क्याम्पसको डेनिस हल मेरा आँखामा उभिन आयो । साहित्यिक कार्यक्रम थियो । म दर्शक दीर्घामा बसिरहेको थिएँ । मलाई मञ्चमा बोलाइयो । म मञ्चमा गएँ । कृष्णसेन ‘इच्छुक’लाई मञ्चमा बोलाइयो । उनी पनि मञ्चमा आए । उनले मलाई नमस्कार गरे । मैले ट्वाल्ल परेर उनलाई हेरेँ । नपत्याउने खालको अति नै साधारण युवक पहिरहन पनि त्यत्तिकै साधारण, जीउ–डाल पनि साधारण नेपाली साइजको । उनी मुस्काउँदै मसँगै बसे । मैले अप्ठ्यारो मान्दै प्रश्न गरेँ –

“तपाईंले लेख्नुभएको कविता ‘दिदी शान्तालाई’ जुन ‘जनआह्वान’ मा प्रकाशित भएको थियो मै हुँ ? या …।”
“तपाईं नै हुनुहुन्छ । त्यो कविता म जेलमा छँदा लेखेको थिएँ । मैले दिदीको बारेमा धेरै कुरा थाहा पाएको छु । दिदीको प्रकाशित आर्टिकल्स मैले पढेको छु । हुन त दिदीसित भेट्ने मौका आजै मात्र पाएँ । तर मैले तपाईंलाई राम्ररी चिनेको छु । तपाईंसित भेट्ने सारै ठूलो इच्छा थियो । बल्ल आज पूरा भयो । म छिट्टै दिदीको घरमा आएर भेट्नेछु ।

“मैले तपाईंका रचनाहरु पढ्दाखेरि नै तपाईंसित भेट्ने ठूलो इच्छा थियो । आज बल्ल भेट भयो । मैले तपाईंको खोजी पनि गरेकी थिएँ । तर भेट्टाउन सकिनँ । तपाईं धेरै व्यस्त ।”
“खोइ खासै बिजी त होइन । तर दिदीलाई भेट्न खोजेको त अहिले हो र ? कहिले के भयो ? कहिले के भयो ? अस्ति भर्खर मात्र छुटेर आएँ । अब दिदीसित सकेसम्म छिटो भेट्न आउनेछु ।”

यही थियो ‘इच्छुक’ कृष्णसेनसितको मेरो पहिलो र अन्तिम भेट, साक्षात्कार । उनको अदम्य साहस, उनको संवेदनशीलता, उनको राष्ट्र र जनताप्रतिको अगाध माया र प्रतिवद्धता, उनको मृदुभाषा र बलिदानी भावना, उनको आत्मबोध र आत्मासम्मानसित मेरो दिनहुँ भेट हुन्छ । जब म थाक्छु र निराश हुन्छु, तब उनीसित मेरो भेट हुन्छ । आत्मीय कुराकानी र सल्लाह हुने गरेको छ । उनको सम्झना मात्रले पनि मलाई कमजोर हुन दिएको छैन ।

कस्ता पामर, कायर, जनविरोधी रक्तपिपाशु यो सरकार ?! समातेकालाई समातेँ भनेर सकार्न नसक्नु । मारेकालाई मारेको हुँ भन्न नसक्नु, यातना दिएको हुँ भन्न नसक्नु, बेपत्ता परेकालाई बेपत्ता पारेको हो भनेर सकार्न नसक्नु, झुटा मुद्दामा फसाएकालाई झुटो मुद्दामा फसाएको हो भन्न नसक्नु, कस्तो निर्लज्ज घृणित सरकार ?! यहाँनिर यो संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रका शासकवर्गभन्दा त धेरै साहसी स्पष्टवादी, निडर राणा शासकवर्ग थिए भन्नु अतिशयोक्ति हुँदैन होला । मुखमा कानुन भएका शासक वर्गले १९९७ सालमा मृत्युदण्डको सजाय दिएकालाई पनि अन्तिम समयसम्म माफी मागे भने नमार्ने निर्णय थियो । तर नेपाल आमाका वीर सपुतहरुले माफी मागेनन् । तिनीहरुमाथि मुद्दा चलाएर नै मृत्युदण्ड सुनाएका थिए, तिनीहरुकै रोहवरमा तिनीहरुकै उपस्थितिमा । समातेकालाई समातेको, जेल चलान गरेकालाई जेल चलान गरेको, यातना दिएकालाई यातना दिएको, डाँडा कटाएका र देश निकाला गरेका र जरिवाना गरेका आदि सबै पारदर्शी थिए । सहरमा ‘झ्याली’ पिटाएर जनसाधारणलाई जानकारी दिइन्थ्यो । शासकवर्गले गरेका सुकार्य होस् वा कुकार्य छाती फुलाएर भन्ने गर्थे । लुकाउने गरेका थिएनन् । अहिलेका शासकवर्गले जस्तो दायाँ, बायाँ, अगाडि र पछाडि सशस्त्र अङ्गरक्षक लिएर हिँड्दैनथे । छाती फुलाएर हात्तीमा, घोडामा सवार भई सहर घुम्न आउने गर्थे । ती राणाशासक जननिर्वाचित नभएर पनि जनतादेखि डराउँदैनथ्यो । अहिलेको चुत्थो पामर शासकवर्ग जन निर्वाचित रे, जनतादेखि घोर डराएका छन् । १०४ वर्षको शासन रक्तपातविना नै छोडे भने, १२ वर्षको बहुदलीय शासनमा ‘संविधान सभाको माग गर्ने सर्वसाधारण समेत हजारौंलाई मार्ने ? जथाभावी मार्दै जाने ? अनि मुठभेडको एकतर्फी अभियान एक वर्षसम्म चलाई, दसौं हजार निर्दोष जनतालाई लासमा परिणत गरिनाले २०४७ सालको संविधानको ठाडो उल्लङ्घन भएको छ ।

निरङ्कुश राणा शासन, अनपढ राणा शासकमा जति नैतिकता राष्ट्रप्रति सद्भावना, जनताको रगत र ज्यानको मूल्य र मान्यता, धर्मप्रतिको आस्था र विश्वास थियो, त्यसको एक प्रतिशत पनि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका शासकवर्गले देखाउन नसक्ने नै यो राष्ट्र, राष्ट्रियता र जनताको घोर दुर्भाग्य हो ।

राणा शासकहरुले माफी शब्दको ठूलो महत्व दिएका थिए । मेरा मामा (जेठी बज्यैका छोरा) खरदार पूर्णबहादुर श्रेष्ठ बान्धवले १६ वर्ष कारागार सजाय भोगे तर माफी मागेनन् । उनी निर्दोष थिए । १९९० सालमा पाल्पा धपाइका तत्काल कमान्डर इन चिफ (त्यतिबेला बहालीमा रहेको) रुद्र शमसेर जबराका खरिदार थिए पूर्णबहादुर श्रेष्ठ । रुद्र शमसेरलाई पाल्पा लघारेपछि उनले जुद्ध शमसेरलाई बिन्तिपत्र लेखेका थिए – मालिक रुद्र शमसेरकहाँ पाल्पामा जान पाउँ भनेर । ए निकालिएकालाई मालिक भनी त्यसैकहाँ जान पाउँ भन्ने भनेर जेलमा कोचेको कोच्यै गरिँदा पनि मेरो केही गल्ती छैन, म माफी माग्दिनँ भनेर माफी मागेनन् । उनलाई पक्रिँदा उनको बिहे भएको ३ महिना मात्र भएको थियो ।

बाहुन, बालक र आइमाईले जस्तोसुकै ठूलो अपराध गरेको ठहरिए पनि मृत्युदण्ड दिइँदैनथ्यो । अहिले त यो सात वर्षभित्रै हजारौंं महिला, किशोर र बालक मात्र मारिइसके । मारिनेहरुमा सबैभन्दा बढी सङ्ख्या त बाहुन कै छ ।
राणा शासनको प्रशासन पनि अत्यन्त कडा थियो । अड्डामा बसेका कर्मचारीले बाहिरको मान्छेले चुरोट खान दिएकालाई पनि भ्रष्टाचार गरेको मानी सजाय दिने गरिन्थ्यो । यसै प्रसङ्गमा मैले झ्वास्स एउटा केश सम्झेँ –

करिब ६० वर्षपहिले काठमाडौंमा नै भएको घटना हो । मलाई अलिअलि मात्र सम्झना छ, हत्कडी लगाई नामी साहुका छोराहरुलाई शहरमा घुमाउन ल्यायो भनेर मान्छेहरु दगुरेर हेर्न गएका थिए । भएको के थियो भने खातेपिते साहुका पट्ठा छोराहरु ७/८ जना घुम्दाघुम्दै शान्त शमशेरकै दरबारको (पछि शान्त भवन अस्पताल बनेको) बाटोतिर आइपुगेका थिए । चैत–वैशाखको याम भएकाले तिनीहरुलाई सारै गर्मी लागेकोले पानी तिर्खा लागेको थियो, तर कहाँ पाउने पानी ? तिनीहरुलाई समस्या नै परेको थियो । अहिले जस्तो न चिसो खाने पसल थियो न यातायातको साधन नै । त्यस्तो आकुलव्याकुलको समयमा एउटा ज्यापूले खर्पनभरि काँक्रो बोकेर त्यही बाटो भएर आइरहेको देखे तिनीहरुले । बडो खुसी भई ज्यापूको नजिक गएर भने –“काँक्रो बेच्ने हो दाइ ?”
“यो काँक्रो बेच्ने होइन ।”
“त्यसो नभन न । हेर, हामीलाई असाध्य नै प्यास लागेको छ । यता कतै पानी पनि छैन । बरु दुई पैसा बढी नै लेऊ काँक्रो खान देउ न ।”

ज्यापू सारै नै टिमुर्केको परेको थियो । ज्यान गए काँक्रो बेच्न नमानेपछि आ …. यसले मान्दैन । झिकेर किन नखाने भनेर ३/४ वटा काँक्रा खर्पनबाट के झिकेका थिए, ज्यापू त चिच्याएर करायो दुहाई महाराज । मेरो काँक्रो लुटेर खाए बाबा !” फेरि मौका कस्तो परेको थियो भने श्री ३ महाराज जुद्ध शमशेर आफ्नो छोरा शान्त शमशेरको दरबारबाट फर्किरहेका थिए हात्तीमा । उनले ज्यापू रोएको कराएको सुन्ने बित्तिकै आठपहरियाहरुलाई अह्राए – “हेर हेर, त्यहाँ को रोएको ? के भएको रहेछ ।”

दुई जना आठपहरियाहरु दगुरेर गई सबै कुराको जानकारी लिएर आई जुद्ध शमशेरलाई यथार्थ जानकारी दिई बिन्ती गरिहाले कि ज्यापूको खर्पनबाट सहरिया पट्ठाहरुले काँक्रो खोसेर खाएका भन्ने सुन्नासाथ उनले “तुरुन्तै पक्रेर मेरो हजुरमा हाजिर गराउनू ।”

तुरुन्तै हुकुमको तामेली भइहाल्यो । सबै पट्ठाहरुलाई समातेर लगेपछि त काठमाडौं सहरका मुख्यमुख्य स्थानहरुमा हल्लाखल्ला मच्चिइहाल्यो । मुला चोरे पनि चोर घोडा चोरे पनि चोर भनेर सजाय दिएर हत्कडी लगाई सहर घुमाइकन छाडिएका थिए ।

श्री ३ महाराज जुद्ध शमशेरले दुनियाँभर साहूमहाजनका सन्तानलाई मात्र सजाय दिएका थिएनन् । आफ्नै अत्यन्त मनपरेका छोरा जर्नेल हरि शमशेरलाई पनि सजाय दिएका थिए रे ।

हरि समशेर काठमाडौं बाहिर दौडाहामा छँदा उनले एउटा खसी काट्न लगाएर मासु खाएका थिए । यो कुरा गुप्तचरले श्री ३ महाराज जुद्ध समशेरलाई बिन्ती गरे । महाराज रिसले आगो भई, “मेरो छोराले दुनियाँदारको घूस खाने ? मेरो छोराले मेरै इज्जत लिने ? त्यस घुस्याहालाई सकेसम्म छिटो मेरो हजुरमा हाजिर गराऊ । त्यसलाई जहाँ भेट्यो त्यहीँबाट पक्रेर ल्याउनू । त्यसलाई तिमीहरुले सलाम ठोक्न पाउँदैनौ र तिमीहरु घोडाबाट पनि ओर्लिनु पर्दैन । त्यो बेइमानी घुस्याहालाई हिँडाएर ल्याइपुर्‍याउनू ।’

उनको हुकुमको तामेल गरी हरि समशेरलाई समातेर ल्याई सिंहदरबारमा हाजिर गराउँदा महाराजले आफ्नो छोरा हरि शमसेरको मुखै नहेरी उनलाई दिएका सहुलियतहरु सबै फिर्ता लिई तिरस्कार गरेको गर्‍यै गरेका थिए । यस्ता सत्य घटनाहरु धेरै थिए । तर आज सम्झँदा मलाई दन्त्यकथाजस्तो लागेको छ ।

१०४ वर्षसम्म शासन गरेका सुनको थालमा भुजा जिउनार गरेका हीरा, मोती र अन्य अमूल्य साधनसित खेलेका, स्वर्गको सुख भोगेका, मुखमा कानुन भएका राणा शासकहरुले राणा शासनको विरोधमा उत्रेकालाई लुकाएर मारेका, बेपत्ता पारेका, झुटा मुद्दामा फसाएका, महिलाहरुमाथि बलात्कार गराएका आदि पाशविक अपराध गरेका थिएनन् । हो, गाथगद्दी ताकेको मुद्दा चलाएका थिए, त्यो पनि केही मात्र । केन्द्रीय कारागार तोड्न गएको जुलुसमाथि हरि समशेरकै दरबारको सडकपट्टिको टहराबाट छर्रा प्रहार गरी घाइते पारेका ३ जनामध्ये एक जना भोगेन्द्रमान सिंह – छर्रा लागेको ४ दिनपछि स्वर्गे भएका थिए । जसलाई सहिद घोषणा गरिएको छ । यो घटना फगत् एउटा मान्छे छर्रा लागि मरेको कारणले राणा शासनको जग नै हल्लिएको थियो ।

त्यस्तै २००७ साल मंसिर १७ गते ‘डेनिङ्ग कमिसन’ (जुनलाई ब्रिटिश मिसन पनि भनिन्छ) गौचर एअरपोर्टमा आउँदा, खुला हाँक दिई राणा शासनको विरोध गरिँदा पनि गोली चलाउन सकेन । जसले ‘फायरिङ्ग’ गरिरहेका थिए, त्यसको अगाडि उभिई, “मैले छाती फर्काई लौ हान भनेकी थिएँ ।’ तर हान्न सकेन । ‘ब्लाङ्क फायरिङ्ग’ गरिरहेका थिए, आम जनतालाई भगाउन । जनता गोली चल्यो भनेर भागिरहेकाहरुलाई मैले चिच्याएर ‘गोली चलाएको होइन, फर्केर आउनुस् फर्केर आउनुस् भनेर बोलाएथेँ । अनि हात हातमा इँटा र पत्थर समातेर ‘युद्धस्तर’ले हजारौं जनता अगाडि बढेर आएका थिए । त्यतिबेला एअरपोर्ट मैदान थियो । त्रिपालभित्र सानो अफिस थियो । भवनहरु बनाउन बालुवा र इँटाहरुको थुपारिएको थियो । अनि त्रिपाललाई बचाउने पर्खालसम्म पनि थिएन । सानोतिनो रुखका हाँगाहरु छिमलेर लट्ठाको आकारमा ल्याई बार हालेको थियो । त्यही लट्ठीहरु उखेलेर जनताले हतियारको रुपमा प्रयोग गरेका थिए । मैले बन्दुक नै खोसेर लिँदा पनि गोली चलाउन सकेन । हो, लाठीचार्ज भने भयानक गरिएको थियो । सयौं घाइते भएका थिए । त्यत्रो ‘गौचर काण्डले प्रख्यात सङ्घर्षमा एउटा पनि प्रदर्शनकारी या जनता मरेका थिएनन् । मारेको थिएन । प्रदर्शनकारी जनताहरु फर्किन नाकानाकामा सङ्गीनधारीहरु बसी थप सयौंलाई घाइते तुल्याएका थिए । मलाई मारिसक्यो भन्ने ठूलो हलचल मच्चिएको थियो । काठमाडौंका मुख्यमुख्य टोलहरुमा त आक्रोशको आगो नै बलेको थियो । मलाई सख्त घाइते अवस्थामा बोकेर ल्याएको देखी केलटोल मछिन्द्रबहालका मानिसहरु अत्यन्त खुसी भई मेरो नाम लिई जिन्दावाद र राणा शासनको मूर्दावाद भन्दै नारा लगाएर सयौं जनताले मलाई घरसम्म पुर्‍याउन आएका थिए । त्यसको भोलिपल्ट मेरो फोटोसमेतको समाचार भारतका पत्र–पत्रिकाहरुमा प्रकाशित भएको राणा शासकले थाहा पाएपछि मलाई वारेन्ट काटेको थियो । मेरो उपचार सुरु नहुँदै एक घरबाट दोस्रो घर भई मलाई भूमिगत राखिँदाको अवस्थाले मेरो बा स्व. आनन्दलाल श्रेष्ठ र आमा मोहनमाया श्रेष्ठले पाएका दु:ख र कष्ट आदि मेरो निधारमा बत्ती सरी बलिरहेको थियो । त्यतिबेला काठमाडौं उपत्यका निकै सानो थियो । जता हेरे पनि फाँटैफाँट भूमिगत हुनु सारै गाह्रो थियो । त्यतिबेला राजा त्रिभुवन भारत प्रवासमा थिए । उनी भारतबाट फर्केर आफ्नो हातमा बागडोर आएपछि मात्र मेरो वारेन्ट झिकिएको थियो ।

१०४ वर्षसम्म जरा गाडेको राणा शासन छोड्नु पर्दा पनि राणा शासकले जनताको रगत र ज्यानको उच्च मूल्यांकन र महत्व दिई अन्तिम अवस्थामा समेत गोली चलाएनन् । जनताको रगत खेर फाल्न दिएनन् । अहिलेको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र ‘संविधान सभा’ को माग गरेकालाई आतङ्कवादी घोषित गरी दसौं हजार बूढाबूढी युवक युवती, किशोरकिशोरी र बालकहरु समेतलाई लखेटी लखेटीकन मारिहेका छन् । यहाँनिर बाध्य भई भन्नुपरेको छ कि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रभन्दा राणा शासक धेरै नैतिकवान् र जनआवाजको कदर र सम्मान गरेको सावित भएन र ? यो सामूहिक हत्या र नरसंहारको अभियान कहाँ पुगेर टुङ्गिने हो ? यो कस्तो रक्तरञ्जित भयानक कालो समय हो ? अहिले म सत्तरी वर्ष पुग्न लागेँ । मैलै २००४ सालदेखि त प्रत्यक्ष रुपमा प्रजातान्त्रिक पद्धतिको शासन ल्याई मानव अधिकारले बाँच्न र बाँच्न दिन सङ्घर्षरत छु म । अनैतिक भ्रष्ट, रक्तपिपाशु शासक वर्गको कालो अन्धकार दृष्टिमा परी मलाई मध्यरातमा पक्रेर कालो पट्टीले आँखा छोपी अन्धकार, ओसिएको छिँडीमा फालिराखेको छ । म अद्र्धलासका रुपमा बाँचेकी छु । भयानक मानसिक यातनामा छु ।

अतीतका घटनारुपी चलचित्रले मलाई दु:ख पीडा र पश्चातापको गहिरो खाडलमा पुरिदिएको थियो । अचानक मैले सम्झेँ, मेरो घाँटीमा नेमप्लेट झुन्ड्याएर खिचेको तस्बीर । मेरो घाँटीमा विषालु सर्प झुन्ड्याएको जत्तिकै म त्रसित र आतङ्कित भएकी थिएँ । एकैपल्ट भित्रदेखि नै डाह र छट्पटी भएर आएको थियो । म वर्तमान र अतीतको कालो समयको बीचमा च्यापिई निस्सासिन थालेकी थिएँ ।

समय बित्दै गयो । आइतबारको रात शनिबारको रातभन्दा खास केही फरक भएन । शनिबार राती भयानक पानी परेको थियो । तर आइतबारको राती पानी परेको थिएन । राती गोदामभित्र राखिएकाहरुलाई एक एक जना बाहिर लगेर सोधपुछको क्रममा यातना दिने त छँदै थियो । त्यसमाथि अलि टाढाबाट आइरहने रोदन, क्रन्दन, चिच्याइ त छँदै थियो । रातको दश बजेपछि मैले कान थुन्ने गरेकी थिएँ । तर पनि कानबाट सुन्ने गरेको थियो । सुत्नलाई कम्पोज ल्याइदिने ठूलो आशामा थिएँ म । तर कहाँ ल्याइदिनु ? सेनामा त्यति इमान र जमान नहुने मलाई थाहा थिएन । शरीरमा उठेका फोकाहरुले मलाई सारै नै दु:ख दिएका थिए । चिलाएर हात झिक्न नहुने भएको थियो । त्यसमाथि रातभरि नै ढ्याङ्गढ्याङ्ग र ढुङ्गढुङ्गको आवाज आइ नै रहेको थियो । पलभर पनि म सुत्न सकिनँ । कहिले उज्यालो हुने हो ? त्यसैको ध्याउन्नमा मैले रात कोटेकी थिएँ । तर घाइते ? रातभरि नै कनिरहेका थिए ।

बल्ल घन्टीमा सोमबार बिहानको चार हान्यो । भेन्टिलेटरबाट चियाइरहेको कालो समय उज्यालोमा परिणत हुन निकै समय बाँकी थियो । म उज्यालोको प्रतीक्षामा थिएँ । तर उज्यालोले उज्यालो हुन नै बिर्सेको हो या अल्छि मानेको निकै समय प्रतीक्षा गर्नुपरेको थियो मलाई । झिसमिसे उज्यालो देखिन थालेको थियो, भेन्टिलेटरमा । तर ध्वाँसे रङ्ग भने बाँकी नै थियो । त्यहीँ नजिक कम्पाउन्डभित्र देवस्थानको घन्टी भने टाङ्गटाङ्ग र टुङ्गटुङ्ग बजेको सुनेँ मैले । कस्तो अस्वाभाविक ? मुर्दाघर र मसानघाटमा परिणत भएको स्थानमा जहाँ निर्दोष मानिसलाई ल्याई मरणासन्न अवस्थामा पुग्ने गरी चरम सीमा नाघेको यातना दिई, अर्ध लास बनाइराख्ने गरेका छन् त्यहाँ देवताको स्थापना ? देवताको पूजा ? देवतामा आस्था र विश्वास ? मलाई अति नै अचम्म लागेको थियो । देवताकै रोहवरमा देवतालाई नै साक्षी राखी, निर्दोष मानिसहरुलाई समातेर ल्याउँदै मार्दै लास बेपत्ता पारिरहेका छन् । थप मान्छेहरु मार्न, थप शक्तिको आवश्यकता भएर नै विहान झिसमिसे उज्यालोमा घन्टा बजाई, पाठ गरी, मस्त सुतिरहेका देउतालाई उठाएर बढी शक्तिको माग गर्ने गरेका छन् । अब देवी र देवतालाई पशुको बली पशुको रगतले मात्र चित्त नबुझेकाले मानव–रगत मानव बलीमा पल्केका छन् क्यारे ।


Tags: जनमतशान्ता श्रेष्ठ
अघिल्लो पोष्ट

मुम्बईदेखि गोवासम्म

पछिल्लो पोस्ट

हिन्दू

शान्ता श्रेष्ठ

शान्ता श्रेष्ठ

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
पछिल्लो पोष्ट
हिन्दू

हिन्दू

मनको मन्दिर

मनको मन्दिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विराटले सुनेको रामकथा

विराटले सुनेको रामकथा

२२ फाल्गुन २०७७, शनिबार
किरातेश्वर संगीताश्रममा २९ औँ राष्ट्रव्यापी बाल शास्त्रीय सङ्गीत प्रतियोगिता

किरातेश्वर संगीताश्रममा २९ औँ राष्ट्रव्यापी बाल शास्त्रीय सङ्गीत प्रतियोगिता

२२ फाल्गुन २०७९, सोमबार
जनमत भक्तपुर विशेष अङ्क सार्वजनिकरण

जनमत भक्तपुर विशेष अङ्क सार्वजनिकरण

२३ फाल्गुन २०८०, बुधबार
घनश्याम राजकर्णिकार र डा. अमिता धाख्वालाई अश्वघोष बौद्ध सेवा पुरस्कार

घनश्याम राजकर्णिकार र डा. अमिता धाख्वालाई अश्वघोष बौद्ध सेवा पुरस्कार

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक