जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज नियात्रा

मुम्बईदेखि गोवासम्म

अमरकुमार प्रधान अमरकुमार प्रधान
प्रकाशित २४ आश्विन २०७८, आईतवार
नियात्रा भित्र
0
मुम्बईदेखि गोवासम्म

धेरैवर्ष भयो बम्वई से गोवा तक हिन्दी चलचित्र हेरेको । भारतको चलचित्र नगरी मुम्बई (पहिले बम्बई)देखि पर्यटकीय नगरी गोवासम्मको यात्राको रोचक कथा पस्केको यो चलचित्र हेर्दा कति पनि लागेको थिएन: आफू पनि कुनै दिन यसरी नै गइएला भनेर ।

तर यसपालि २०७५ सालको नववर्ष आरम्भको दिन ‘गोवा पर्यटन’ गर्ने योजना जुर्‍यो मुम्बईको बैंकमा कार्यरत पुत्रबधू मतिनाले बोलाई । श्रीमती शशी त अगाडि नै २०७४ चैत ७ गते पुगिसकेकी थिई । तिनी भाइ उज्वलको पत्नी इलिनाको स्वास्थ्य परीक्षणको लागि सँगैसँगै गएकी थिई । स्वास्थ्य सन्तोषजनक भनिएपछि उज्ज्वल र इलिना चैत १४ गते फर्के पनि शशी गोवाको कार्यक्रम बनाउन बसी । भाइ राजन श्रेष्ठको श्रीमती सूचना आफ्ना छोरा रणजय र छोरी सुरांशीसहित पुगिसकेकी थिई चार दिन अघि ।

चैत २८ गते नेपाल वायुसेवा निगमको ‘कर्णाली’ विमान चढियो । काठमाडौंबाट मुम्बई ९८९ माइल (वायु मार्गमा) दूरी रहेछ । दिनको २:१५ बजे समयमै वायुयान उड्यो । ३६००० फिट माथि उड्न थालेपछि उत्तरतिरका हिमशिखरहरु टाढा हुँदै गए । १६७ सिटको विमान लगभग पूरै भरिएको थियो । अगाडि स्क्रीनमा देखाए अनुरुप क्रमश: भारतको शहरहरु कानपुर, अलाहावाद, भोपाल हुँदै २:३० घण्टा उडेर मुम्बईको छत्रपति शिवाजी राव विमानस्थलमा ओल्र्यो । साँझको ५ बजेको बेला सहन सक्ने हप्प गर्मीमा विमानस्थलमा लगेज लिई बाहिर निस्कँदा शशी, सूचना, रणजय, सुरांशी मेरो प्रतीक्षा गरिरहेको देखेँ । विमानस्थलबाट मुम्बई दादरसम्म पुर्‍याउन ‘उभर’ (निश्चित पैसामा जाने ट्याक्सी) ले ६०० भारु भनेपछि अलिबढी नै लागेकोले सूचनाले मतिनालाई फोन गरेपछि भा रु ४०० ले पुग्ने ‘उभर’ १५ मिनेटमा आउने खबर पाइयो । नभन्दै त्यो उभर आयो । चालक नेपाली नै रहेछ कालिकोटको सुरज जैसी । मुम्बईमा दश वर्ष बिताइसकेका सुरज आफैं घर गई बिहे गरी घरजम गर्ने सुरमा रहेछ । मुम्बई नगरको वैभवता देखाउँदै मरिन ड्राइभ गरी ३.६ कि.मी. मिटर लामो पुल नघाएर उभरले मतिनाको आवास दादर काशीनाथ ध्रुवमार्गको पश्चिम अपार्टमेन्ट पुर्‍याइदियो । बलिउड भनिने चलचित्र नगरी घुम्न पाएकोमा प्रसन्न थिएँ तर राती फेसबुकमा मित्र तेजप्रकाशले लेखेको सन्देशबाट मित्रवर विजय चालिसेको धर्मपत्नी लक्ष्मी भाउजूको निधनको खबर पढेर शोकाकूल भयौँ । गत वर्ष नववर्षमा उही भाउजू विजय र साधुरामसँग खोटाङ हलेसी महादेवको तीर्थाटन गर्दा कति उल्लासित भएथ्यौँ । यसैगरी वर्षैपिच्छे कतै न कतै तीर्थाटन पर्यटनमा जाने तानाबाना बुनिएथ्यो तर २०७४ कै असारदेखि उहाँ थलिनुभयो । अन्तत: दिल्लीमा उपचार गरेर पनि उन्मुक्त भएन । मानिसको नश्वर शरीर यस्तै रहेछ भनेर विजय परिवारप्रति समवेदना व्यक्त गरी चित्त बुझायौँ ।

भोलिपल्ट प्रभादेवी मार्गमास्थित सिद्धिविनायक गणेशको मन्दिरसम्म शशीको पथप्रदर्शनमा गइयो । जोडा गणेश भगवानको स्वर्णमूर्ति भएको यस मन्दिरमा दर्शनार्थीको लामबद्ध भीड थियो । हामी पनि पंक्तिबद्ध भई फूलपाती बोकी दर्शन गर्‍यौं । जहाँ जसरी पुगेपनि ईश्वरको पूजापाठ गर्न पाउँदा आनन्द लाग्दछ, हाम्रो आस्थावान् मनलाई । चलचित्रका नामुद नायकनायिकाहरु पनि यहीँ गणेश दर्शन गर्न आउँछन् रे ।

दिउँसो शशी, सूचना, सुरांशी र रणजयसँग उभेरै चढेर १० माइल टाढाको आर.सी.टी.को मल गयौं । म चाहिँ बाटोभरि मुम्बइ नगरको चौडा बाटो, ओभरहेड ब्रिज, गाडीहरुको ताँती, अग्ला अग्ला घरहरु हेर्दै थिएँ । आर.सी.टी. मल विशाल बजार रहेछ, सुनदेखि नुनसम्म पाइने । शशी र सूचना लुगा र यस्तै सामग्रीको लागि पसल चहार्न लागे । मचाहिँ रणजय र सुरांशीको गोठालो भएँ । एउटा बालमैत्री खेलौना पसल रहेछ, उनीहरुलाई खुदो परिहाल्यो, त्यहाँ खेल्न र लुकामारी गर्न । दुबै बालबालिकाको चञ्चल उपक्रममा म पनि रमाएँ ।

बिहान हलुका चमेना गरी आएकोले पेटमा मुसा खेल्न लाग्यो । म्याकडोनाल्ड चमेना गृह फेला परेपछि सबैले आफ्नो रुचि अनुकूल खाना खायौं । चिसो पियौं । घुम्दै जाँदा तयारी लुगाको पसलमा पुगेपछि मैले पनि २ वटा जीन पैण्ट र २ वटै कमिज किनेँ । जीन पैण्ट दुई घण्टामै जीउ अनुसारको साइजको बनाइदियो तर कमिजको बाहुला मिलाउन समय लाग्ने भएकोले ठेगाना छोडियो । नभन्दै दुईदिनपछि आवासमै डेलिभरी गरिदिए । चैत ३० गते बिहान १:१५ बजे शालीन छोरा पनि म्यानमारबाट आइपुग्यो । भाइ राजन श्रेष्ठ दिउँसो काठमाडौंबाट आइहाल्यो । यसरी नव वर्षका दिन गोवा जाने हाम्रो मण्डली तयार भयो ।
२०७५ वैशाख १ शनिवार बिहान सबेरै व्युँझी रेल्वे स्टेसन जान हतारियौं दुई वटा ट्याक्सीमा बाँडिएर । ५ बजे रेल चल्ने भनिएकोले हामीले कुदाकुद गर्नुपरेको थियो । यो गोवा जाने रेल र रेलमार्ग नयाँ रहेछ । ५:१५ तिर रेल आइपुग्यो । आरक्षित सिट नं. लेखेकोे हुँदो रहेछ । पहिले टिकट लिएकोले शशी, मेरो, शालीन र मतिनाको ४१ देखि ४४ सम्मको सिट परेथ्यो भने पछिमात्र टिकट बुकिङ्ग हुनाले भाइ राजनको परिवारको १०९ देखि ११२ सम्म अर्थात् हाम्रो भन्दा तीन डब्बा पछाडि । रेल चल्यो । वातानुकुलित हुनाले आरामदायी थियो । पारदर्शी शिशाको झ्यालबाट दुबैतिरका जमीनका दृश्यदृष्टि गोचर भए । नयाँ रेलमार्ग हुनाले होला घनावस्तीबाट नभै खुलापातलो बस्ती, खेत, स–साना जंगल भई रेल कुँदिरह्यो । बिहानी पहिलो चमेनास्वरुप विस्कुट र चिया आयो । राजन भाइ बेलाबेलामा हामीकहाँ आइपुग्थ्यो । डिब्बा जोडिएको भएपनि कोठा भित्रबाट ढोका खुल्ने बाटो थियो ।

फेरि पनि बिहानको चमेनास्वरुप राम्रै खाना आइपुग्यो । रोटी, तरकारी र चिया वा कफी । रेलमार्गमा डाँडा भएमा भूमिगत सुरुङबाट सजिलै प्रवेश हुँदोरहेछ । दिउँसो मध्यान्हमा खाना (लन्च) पनि भरिपूर्ण थियो । दादरदेखि करमलीसम्म ७१६ कि.मी.को दूरी अविराम गतिको रेलले आठ घण्टामा पूरा गरी २ बजे अन्तिम स्टेशन पुग्यो । ठाउँ–ठाउँमा ओर्लने र बिसौनीमा थोरै समय रोकिन्थ्यो । मुम्बई महाराष्ट्र राज्यमा पर्दछ भने दक्षिण पश्चिममा पर्ने गोवा सानो छुट्टै राज्य हो । गोवा राज्यको मूल पर्यटकीय नगरीतर्फ रेलवे स्टेशनबाट १० माइल पर जानुपर्ने रहेछ स्टेशनमा भएका सीमित गाडीहरु यात्रीहरु सबैको लागि पर्याप्त थिएनन् । शालिन सडकमा निस्की आठ सीटको ट्याक्सी खोजी ल्यायो । क्यान्डोलिनमा पुगी पूर्व आरक्षित होटेल क्रिसेन्ट भीले पुगेर रेल चढाइको थकाइ बिसायौ । हामी चार त्यहाँ बस्यौँ । राजन परिवार होटेल क्यान्डोलिनमा बस्यो । साँझपख समुद्र किनारको शीतलमा विचरण गर्न अरब सागर किनारमा कलुङ्गबीच गई खुला आकाशमुनि बालुवा माथिको रेष्टुराँमा खानपिन गरी नववर्ष आरम्भ मनायौँ । राती अवेरसम्म पनि यो बीचमा खाने पिउनेहरुको जमातले वातावरण गुञ्जायमान भइरहथ्यो । भारतकै स्वदेशी विदेशी पर्यटकहरु टन्नै जम्मा हँुदा रहेछन् ।

भोलिपल्ट बिहान नजिकको रेष्टुराँमा चमेना गरी एउटा उभर दिनभरको लागि त्यसक्रममा रिजर्भ गर्‍याँै । अनि अर्को बीच कलामारी गर्‍यौं । बीच पुगेपछि समुद्र किनार फलफूल पसलमा नरिवल पानी खाई शीतलता अनुभव गर्‍यौं । सशुल्क मोटरबाट चढी सागर विहार गरियो । त्यसक्रममा पोर्चुगलको अधिनमा कुनै बेला रहेको गोवा राज्यको पुरानो जेल पनि देख्यौं । दायाँपट्टिको डाँडाभित्र भूमिगत घर पनि रहेछ जी.भी. अग्रवालको मोटर बोटको गाइडले बतायो : त्यो घरमा ‘हसीना मान जायगी’ शीर्षक नामुद चलचित्र छायांकन गरिएको थियो । घण्टाभरको समुद्र विहारको आनन्द लिएर किनारमा उभेपछि ‘अक्वाढ फोर्ट’ ऐतिहासिक किल्ला हेर्न गयौं । रातो माटोमाथिको ढुङ्गे चट्टानद्वारा यो किल्ला ई.सं. १६१२ मा निर्माण गरिएको रहेछ । पानी जहाजलाई खानेपानी उपलब्ध गराउन निर्मित किल्ला दुई तलाको छ । पुर्चगाली भाषामा अक्वाढको अर्थ पानी जम्मा गर्ने ठाउँ हुन्छ भनी त्यहाँ अभिलेखमा लेखिएको छ । यो किल्लाको पानी ट्याङ्कीमा २३,७६,००० ग्यालन पानी जम्मा गर्ने क्षमता थियो । दीप स्तम्भबाट जहाजलाई दिशा देखाउन ७ मिनेटमा प्रकाश उत्सर्जन व्यवस्था थियो भने सन् १८६४ मा ३० सेकेण्डमा यो व्यवस्था रह्यो । सन् १९७६ देखि पानी जहाजहरुले वैकल्पिक व्यवस्था गरी खानेपानी भण्डार गर्न थालेपछि यो किल्ला पर्यटकहरुको घुम्ने र चलचित्र सुटिङ्ग गर्ने ठाउँ मात्र रह्यो । घुम्न सजिलो हुने गरी सिँढी बनाइएको छ । किल्लाको टुप्पोबाट अथाह समुद्र र पारिपट्टिको गोवा नगरको विस्तृति देखिन्थ्यो । अब अर्को समुद्री किनार कलुङ्गबीच गयौं । घाम टन्नै लागेको थियो । आफ्नो सम्पूर्ण रापताप देखाएर । किनारभरि समुद्रमा खेल्ने डुल्नेहरुको ताँती थियो । मतिना र शशीले पौडी खेल्ने लुगा पनि किनेर लगाए । हामीहरु समुद्रको छालसँग खेल्न थाल्यौँ । राजन, शालीन पनि लहरमा हुत्तिँदै मच्चिँदै पौडी खेल्न थाले ।

म पनि लहरिँदै रमाएँ । सुराँशी र रणजय पनि छालसँग लुकामारी खेल्न थाले । सबैको लुगा निथ्रुक्क भिजेपछि समुद्री क्रिडालाई पन्छायौं । टुपीस बस्त्रमा लगभग अर्धनग्न युवतीहरु घाममा पल्टिरहेका थिए तेल दल्दै । धारामा नुहाएर लुगा पूरा लगायौं । अनि भोक मेटाउन रेष्टुराँमा गयौं । त्यहाँ पनि भीडभाड थियो । नेपाली बेराहरु श्याम, हरीश र अमीत दाङबाट आएका रहेछ । उनीहरुले हामी आठजनालाई टेबुल जोडी मिलाई दिए । इच्छानुभूति खानपिन टन्नै भयो । दिन बाँकी भएकोले गाडीमै अर्को किनार अञ्जनाबीच गयाँैँ । त्यहाँ ठूल्ठूला ढुङ्गाहरु बिछ्याएर तटबन्ध गरिएको रहेछ ।

किनारको शोभिनियर पसलबाट राजन र शालीनले वेलकम गोवा भनेको गञ्जी किने । गोवा वरिपरि पर्यटकलाई भुलाउने सातवटा बीच रहेछन् । सिजनमा सबै बीचमा सयौँ स्वदेशी–विदेशी पर्यटकले भरिभराउ हुँदा रहेछन् । सबै बीचको आ–आफ्नो विशेषता होलान् तथापि समुद्रको अनुभव गर्न नपाएको हामीलाई त उस्तै उस्तै लाग्यो । समुद्रको लहरसँग लहरिनु तातो बालुवामा टेक्दै गई समुद्रको चिसो पानीमा डुबेर शीतलताको अनुभूति लिनु । क्रसुङ बीचमा पुगेर प्याराग्लाइडिङ पनि खेलेर रोमाञ्चित भयौं । अनि राती त्यहीकै रेष्टुराँमा खानपिन गरी अबेर होटेलमा पुगी निद्रादेवीको शरणमा पर्‍यौं ।

वैशाख ३ गते अघिल्लो दिनकै जेन्से रेष्टुराँमा चमेना लियौं । हिजो हामीलाई गाडी आइपुगेपछि १०:३० बजेतिर गोवा विमानस्थल गयौं । जेट एअरवेज विमानबाट मुम्बई पुग्न एक घण्टा लाग्यो । आज सुराँशीको जन्मदिन र आमाको मुख हेर्ने मातातीर्थ औँसी पनि परेकोले साँझ जन्मदिनको केक काट्ने र शालीनले शशीको, सुराँशी र रणजयले सूचनाको पूजा गर्ने विधि उल्लाससाथ सम्पन्न भयो । खानपिनको लागि शालीन र राजनले मेहनतसाथ खोजखाज गरी खसीको भूटन र टाउको ल्याएका थिए । जहाँ पनि आफ्नो संस्कृति र संस्कार, परम्परालाई मान्दा रमाइला लाग्छ नै ।


Tags: जनमतमुम्बईदेखि गोवासम्म
अघिल्लो पोष्ट

अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

पछिल्लो पोस्ट

अन्धकारभित्रको अन्धकार – ९

अमरकुमार प्रधान

अमरकुमार प्रधान

सम्बन्धित पोष्टहरू

ऐतिहासिक अवशेषमा पिलपिल
नियात्रा

ऐतिहासिक अवशेषमा पिलपिल

१२ पुष २०८०, बिहीबार
सुनेको मुस्ताङ, देखेको मुस्ताङ
नियात्रा

सुनेको मुस्ताङ, देखेको मुस्ताङ

७ भाद्र २०७९, मंगलवार
चित्लाङमा चित् खाइयो
नियात्रा

चित्लाङमा चित् खाइयो

२ श्रावण २०७९, सोमबार
लोकवार्ता – एक अभियान
नियात्रा

लोकवार्ता – एक अभियान

१४ असार २०७९, मंगलवार
पछिल्लो पोष्ट
अन्धकारभित्रको अन्धकार – ९

अन्धकारभित्रको अन्धकार – ९

हिन्दू

हिन्दू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सूक्ष्मदर्शी आँखो

सूक्ष्मदर्शी आँखो

२२ फाल्गुन २०७८, आईतवार
नछुने !

नछुने !

२२ फाल्गुन २०७७, शनिबार
चित्रकला यात्राका मेरा अनुभूति

चित्रकला यात्राका मेरा अनुभूति

२२ फाल्गुन २०७९, सोमबार
शून्य नै अन्तिम सत्य

शून्य नै अन्तिम सत्य

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक