साहित्य र साहित्यिक पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार सूर्यप्रसाद लाकोजूको मकरको कथा र स्टोरी अफ मकर नामक बालचित्रकथाको परिचर्चा सम्पन्न भएको छ । बालकथा पनौतीमा १२ वर्षको एक पटक लाग्ने मकरमेलाको आख्यानमा आधारित रहेको छ । अंग्रेजी र नेपाली भाषामा प्रकाशित सो पुस्तकको अन्तरक्रिया वरिष्ठ साहियकार मोहन दुवालको प्रमुख आतिथ्यतामा भएको छ । वरिष्ठ साहित्यकार मोहन दुवालले सो कार्यक्रममा अक्षरको खेती भनेको चेतनाको कर्म भएको बताउनु भयो । एक प्रसंगमा उहाँले साहित्यकार सूर्य लाकोजू काभ्रे जिल्लाबाट साहित्यिक पत्रकारिता गर्दै साहित्य सिर्जिना गर्दै राष्ट्रमा पुगेको र नामजस्तै सूर्य भएर चम्किएको बताउनु भयो ।
सो दुई बालपुस्तकका बारेमा साहित्यकार गिता रेग्मी र कवि रामसुन्दर देउजाले टिप्पणी गरेका थिए । आकर्षक रंगिन चित्रकथाले सजिएको पुस्तकमा प्रकाश रंजितका चित्र छन ।
कार्यक्रममा विजय कर्माचार्य, तुयुकाजी ताम्राकार, ध्रुबकृष्ण ताम्राकार, सुभद्रा दहाल, गिता दहालदहाल,पुरुशोत्तम ताम्राकार लगायतले सिर्जना वाचन पनि गरेका थिए ।