जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता मनोभावना

साहित्य जीवन हो, जीवन साहित्य हो : हरिदेवी कोइराला

जनमत जनमत
प्रकाशित २० भाद्र २०७८, आईतवार
मनोभावना भित्र
0
साहित्य जीवन हो, जीवन साहित्य हो : हरिदेवी कोइराला

० तपाईंको साहित्य–लेखनको थालनी कसरी भयो ?
मेरो लेखनको थालनी १३/१४ वर्षको उमेरमा नै भएको हो । स्कुलमा शुक्रबारीय कार्यक्रम हुन्थ्यो । म सधैंजसो उक्त कार्यक्रममा भाग लिइरहन्थेँ । गीत–कविता सुनाउथेँ । पुरस्कार पनि पाएकी थिएँ । गुरुहरूले पनि मेरा लयबद्ध गीत–कविताहरू सुनेर मलाई हौसला, प्रेरणा दिइरहनुहुन्थ्यो । मेरो स्वर राम्रो भएको हुनाले मुनामदन, गौरी जस्ता कविताहरूलाई गाउन लगाउनुहुन्थ्यो । यसरी विद्यार्थी जीवनमा मैले राम्रो वातावरण पाएकी थिएँ । लक्ष्मीजयन्ती, लेखनाथजयन्तीमा भाग लिएर आफ्नो प्रतिभा देखाइरहन्थेँ । विद्यालयबाट लेख्ने–गाउने यात्रा सुरु भयो ।

० साहित्य–सिर्जना गर्ने भावना र प्रेरणा कसरी कोबाट पाउनुभयो ?
मेरो जन्मठाउँ पोखरा, त्यसमा पनि फेवातालकै छेउ, जहाँ माछापुच्छे« हाँस्दै फेवातालको पानीमा ऐना हेर्छु पारिपट्टि हरियो रानीवन सुसाउँछ । त्यही फेवामा पौडी खेलेर बाल्यकाल बित्यो । त्यही फेवाको पानी पिएर हुर्कियो । त्यही मेरो प्यारो फेवाले, मेरो पोखराले, मेरो माछापुच्छे«ले भाका फिराएर गाउन सिकायो, लेख्न सिकायो । मैले अहिलेसम्म जति गाएँ, जति लेखेँ ती सबै सिर्जना फेवाका सुसेली हुन्, फेवाका छाल हुन्, माइती वैदामका प्रतिबिम्बहरू हुन् । घरमा मेरा हजुरबुबा एक कुशल सिकारी हुनुहुन्थ्यो । पूजापाठ योग, ध्यान गर्नुहुन्थ्यो । मेरो काम फूल टिप्नु हजुरबुबाका लागि पूजासामग्री तयार गर्नु, भाइबहिनी हेर्नु । ठूलो परिवार, ४०/५० जनाको । राति आमाहरू सुत्दा १२ बज्थ्यो । बिहान ३ बजेदेखि नै ढिकी–जाँतो चल्थ्यो । त्यो ठूलो घरको चलनचाँजो, बुहार्तन देख्दा मेरो बाल्य मानसपटलमा नमिठो अनुभूति हुन्थ्यो । मेरी फूपू वर्षेनी स्वस्थानीको व्रत बस्नुहुन्थ्यो । म मीठो लयमा स्वस्थानी पढ्थेँ । सबैले मेरो स्वर मन पराउँथे । म झ्न् हौसीहौसी स्वस्थानी लय मिलाएर पढ्थेँ । हजुरबुबाले भने अशुद्ध पढी भनेर हप्काउनुहुन्थ्यो । कहिले त रुँदै–रुँदै पढ्थेँ । मामाघरकी हजुरआमा मीठो स्वरमा सिलोक गाउनुहुन्थ्यो । दन्त्यकथा सुनाउनुहुन्थ्यो । मेरो बाल्यअवस्था एक रमाइलो र रसिलो परिवेशमा बित्यो । यिनै यावत् सांस्कृतिक, सामाजिक र प्राकृतिक वातावरणले लेख्ने–गाउने मेसो मिलाइदिएजस्तो लाग्छ ।

० साहित्यसेवामा निरन्तर लागिपर्नुभएकी तपाईं यसबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
अहिलेसम्म जेजति सिर्जना गर्न सकेँ त्यसैमा चित्तसम्म बुझएर बसेकी छु, पूर्ण रूपमा सन्तुष्टि त पटक्कै छैन । सोचेजति कोर्न सकिरहेकी छैन । मोफसलको पीडा आफ्नै ठाउँमा छ । जन्मथलोको आँगनमा बसेर स्वाभिमानपूर्वक बाँच्न पाएकोमा गर्व गर्दछु । जीवनमा ठूलो सपना बुन्दिनँ । त्यसैले म खुसी छु । सिर्जनाको बाटो हिँड्न धेरै बाँकी छ । कर्म गर्दै जाऊँ त्यही नै ठूलो कुरा हो । म त्यति ठूलो लेखिका, गायिका होइन, सिक्ने क्रममा छु । जुन रूपमा बाँचेकी छु, सन्तुष्ट छु ।

० नेपाली साहित्यमा महिला लेखिकाको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
पुरुषको तुलनामा महिला लेखिकाहरूको उपस्थिति ज्यादै न्यून रहेको कुरा त सर्वविदितै छ । अवश्य पनि यसका धेरै कारण छन् । हाम्रो सामाजिक संरचना, परम्परागत सोचाइ, शैक्षिकजस्ता अन्य कारणहरूबाट महिलाहरू हेपिएका छन् । हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन तर पनि यस्तो विषम परिस्थितिलाई छिचोलेर पनि लेखनयात्रामा आशालाग्दो अवस्था छ । अहिले धेरै राम्रा–राम्रा लेखिकाहरूको आगमन भइरहेको छ । उत्कृष्ट कृतिहरू जन्मिरहेका छन् । विकासका हरेक क्षेत्रहरूमा समाजका हरेक अङ्गहरूमा महिलाहरूको समान सहभागिता, समान भूमिका भएमा मात्र राष्ट्रले काँचुली फेर्ने हो । जबसम्म महिलाहरूको, हक, अधिकार क्षमता सुनिश्चित हुँदैन; तबसम्म असल समाज निर्माण पनि हुँदैन । त्यसैले स्वयम् महिलाहरू पनि सचेत र जागरुक हुनुपर्ने परिस्थिति छ । आशा गरौं अवश्य पनि अब महिलाहरूको कलम सशक्त बन्नेछ, बनेका पनि छन् । समग्र रूपमा मूल्याङ्कन गर्दा साहित्य यात्रामा महŒवपूर्ण भूमिका निभाइरहेका छन् । अबको समय भनेको, अबको युग भनेको महिलाहरूको विकासको युग हो ।

० ‘साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोणलाई कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रूपमा जनसमक्ष पुर्‍याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यसाथ प्रस्तुत गरिन्छ, यो भनाइप्रति तपाईंको के धारणा छ ?
साहित्य समयको दर्पण हो । साहित्यले समयको आवाज बोल्छ । जीवन र जगत्का यावत् यथार्थहरू लेख्छ । त्यसैले साहित्य जीवन हो, जीवन साहित्य हो । जीवनका सबै रङ्गहरू साहित्यमा फुल्छन् । सबै रङ्गहरू नफुलेको साहित्य निरस हुन्छ । साहित्यमा सीमा, साँधभन्दा पनि व्यापक र विस्तृत खालको परिवेश साहित्यलाई सुहाउँछ । मैले भन्न खोजेको साहित्यमा विचार र दृष्टिकोण हुन्न भनेको होइन तर त्यो सिद्धान्त र दृष्टिकोण लोककल्याणका लागि हुनुपर्छ, लोकहितका लागि हुनुपर्छ । बहुसङ्ख्यक मानवका लागि हुनुपर्छ । कुनै दल, कुनै गुट, कुनै विचारका आग्रहमा बाँधियो भने साहित्य फस्टाउन सक्दैन । साहित्य सत्यका पक्षमा लेखिनुपर्छ । साहित्यले युगको धर्म छोड्नु हुँदैन । नि:स्वार्थ रूपमा लेखिएको साहित्य मात्र जनताको साहित्य हुन सक्छ । साहित्य कसैको निर्देशनमा लेखिँदैन । कसैलाई रिझउन पनि लेखिँदैन । माथि उठेर मानवताका लागि अनि राष्ट्रियताका लागि समर्पित हुनुपर्छ जस्तो लाग्छ ।

हालका विभिन्न साहित्यिक प्रतिष्ठानका गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
अहिले धेरै सङ्घसंस्था, प्रतिष्ठानहरू जन्मिरहेका छन् । यिनका गतिविधिहरू अगाडि बढिरहेका छन् । अवश्य पनि यिनले नेपाली वाङ्मयको सेवा र श्रीवृद्धिमा टेवा पुर्‍याएका छन् । विचार आस्था, जहाँ जे भए पनि वाङ्मयको सेवाको भावले समर्पित भएका प्रतिष्ठानहरूलाई धन्यवाद त दिनैपर्छ । यस्ता प्रतिष्ठानहरूले समन्वयका रूपमा साहित्यको नि:स्वार्थ सेवा गरिदिए भने वाङ्मयको विकासमा टेवा पुग्ने थियो । यदाकदा अस्वस्थ गुटबन्दी र प्रतिस्पद्र्धा नदेखिएको पनि होइन, व्यक्तिगत स्वार्थले पनि कतिपय सङ्घसंस्था सञ्चालित छन् । जे भए पनि धेरै प्रतिष्ठानहरू विशुद्ध साहित्यिक सेवामा समर्पित छन् । यो हुनु धेरै गौरवको विषय हो ।

० तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
स्वदेशीमा भूपि, देवकोटा, बी.पी., पारिजात, माधव घिमिरे, धर्मराज, अलि मियाँ हुन् भने विदेशी साहित्यकारहरूलाई त्यति अध्ययन गरेकी छैन । थोरै पढेकोमा प्रेमचन्द्र, गोर्की, सेक्सपियर आदि हुन् ।

० तपाईंलाई सधैं सम्झ्ना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झ्र्को नमानीकन उल्लेख गरिदिनुहोस् !
साहित्यिक र गायनयात्रामा हिँड्दा सम्झ्न लायक रोचक घटनाहरू त थुप्रै छन् जुन सधैं ताजा रहिरहेका छन् । यस्ता घटनामध्ये २०४१/४२ सालतिर लमजुङ बसाइको क्रममा वेसीसहरमा भएको साहित्यिक कार्यक्रममा पाइन खबर गीत गाउँदा धेरै आमाहरू, दिदीबहिनीहरूले मन पराएर १ रुपियाँदेखि २० रुपियाँसम्म दिनुभएको थियो । पाइनँ खबर गीत सुनेर रुनुभएको थियो । दु:खीको बिलौना कविता सुनेर निकै प्रभावित हुनुभएको थियो त्यो क्षणले मलाई निकै भावुक बनाएको थियो । यो क्षणले मलाई ऊर्जा पनि दिएको थियो । त्यो वेसीसहरको साहित्यिक कार्यक्रमलाई म कहिल्यै भुल्न सक्दिनँ । त्यो कार्यक्रममा दिएको २७०/– जति त्यही आयोजक संस्था कर्मचारी मिलन केन्द्रलाई दिएकी थिएँ ।

० तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
सन्तानजस्तै माया लाग्छन् आफ्ना रचनाहरूलाई, एउटी आमालाई सबै छोराछोरीको बराबरी माया लागेजस्तै । मलाई पनि त्यस्तै हुन्छ । सन्तानजस्तै प्रिय छन्, माया उर्लेर आउँछ आफूले गाएका र लेखेका सिर्जनाहरू सम्झ्ँिदा । भन्नु नै पर्दा नाम लिनुपर्दा गीतमा पाइनँ खबरर कवितामा जीवन शीर्षकको रचना अत्यन्त मनपर्छ । पहिलो रचनामा कवितातर्फ एउटा धोका हो भने गीत रेडियोमा रेकर्ड भएको आँखाभरि आँसुको धाराहो ।

० यसबाहेक तपाईंको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
साहित्य, सङ्गीत र कलालाई यो राष्ट्रले कहिल्यै पनि माया दिन जानेनन् । यस क्षेत्रमा लाग्ने साधकहरू राज्यबाट अपहेलित छन्, उपेक्षित छन्, मुग्लानमा भाँडा माझन विवश छन् । भन्ने बेलामा राष्ट्रका गहना भनेर फलाक्छन् व्यवहारमा सर्जकहरूको हितमा कोही छैन । राजनीतिक भागबन्डा र हालीमुहाली गर्नेहरूका छातीमा यो राष्ट्र दुख्तैन, यदि राष्ट्र दुख्छ भने त्यो सर्जकहरूको छातीमा मात्र दुख्छ । अन्तमा जनमतप्रति हार्दिक धन्यवाद दिदै उत्तरोत्तर प्रगतिको कामना ।
(जनमत, १३४)


Tags: अलि मियाँजनमतहरिदेवी कोइराला
अघिल्लो पोष्ट

तीजमा नारी स्रष्टाका सशक्त कविता

पछिल्लो पोस्ट

प्रज्ञा गजल महोत्सव

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

साहित्य समाजको पथप्रदर्शक हुन आवश्यक छ : मोतिशोभा श्रेष्ठ
अन्तर्वार्ता

साहित्य समाजको पथप्रदर्शक हुन आवश्यक छ : मोतिशोभा श्रेष्ठ

२१ कार्तिक २०८१, बुधबार
प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै  : पारिजात
अन्तर्वार्ता

प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै : पारिजात

३० फाल्गुन २०८०, बुधबार
सुक्ष्म प्रेम
मनोभावना

सुक्ष्म प्रेम

१ फाल्गुन २०८०, मंगलवार
साहित्य समाजको ऐना हो इल्या भट्टराई
अन्तर्वार्ता

साहित्य समाजको ऐना हो इल्या भट्टराई

१३ मंसिर २०७८, सोमबार
पछिल्लो पोष्ट
प्रज्ञा गजल महोत्सव

प्रज्ञा गजल महोत्सव

रंग

रंग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रिय नुवाकोट

प्रिय नुवाकोट

२३ फाल्गुन २०७८, सोमबार
पढाइले जीवनलाई जटिलताबाट सरलतातिर मोड्छ – डा.दामोदर पुडासैनी ‘किशोर’

पढाइले जीवनलाई जटिलताबाट सरलतातिर मोड्छ – डा.दामोदर पुडासैनी ‘किशोर’

२३ फाल्गुन २०७८, सोमबार
व्यथित काव्य पुरस्कार

व्यथित काव्य पुरस्कार

२३ फाल्गुन २०७९, मंगलवार
छोरीमान्छे

छोरीमान्छे

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक