जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य रिपोर्ट

आधुनिक कविताका सम्बन्धमा

पूर्ण वैद्य पूर्ण वैद्य
प्रकाशित ११ भाद्र २०७८, शुक्रबार
साहित्य रिपोर्ट भित्र
0
आधुनिक कविताका सम्बन्धमा

आजभोलिको आधुनिक कविता सर्वसाधारणले बुझ्दैनन् भन्ने जति सत्य हो, त्योभन्दा बुझ्दैनन् भन्ने प्रचार अथवा बुझ्न कोसिस नै नगर्ने अर्को गम्भीर सत्य हो । चेसको एउटा गट्टी चाल्न घन्टौं घुर्न धैर्य राख्नेहरूले आजको जटिल जीवनको, आजको युगको अन्तरतम सत्यलाई परम्परागत शैलीबाट अलग रहेको नयाँ शैलीले व्यक्त भइराखेका कविता एकचोटि खुरर पढ्नासाथ बुझ्दैनन् भन्नु, केही क्षण नै विचार नगरी कसैले नबुझ्नु नै नयाँ कविताको विशेषता भनी नयाँ कविताको उपहास र बद्नामी गर्ने किसिमले प्रचार गर्नु आदिले मलाई लागिरहेछ यसमा पुराना परम्परागत कविताका हिमायतीहरूको षड्यन्त्रमात्र लुकेको छ कि ! यसो भनेर नयाँ कविताको दोष नै छैन भन्न खोजेको होइन । के नबुझ्दैमा मात्र आधुनिक कविता हो र ? पढ्नासाथ बुझ्ने–नबुझ्ने आधारमा आधुनिक कविताको मूल्याङ्कन गर्ने हो भने योभन्दा हास्यास्पद कुरा अरू के हुन सक्छ ?
मेरो विचारमा बुझ्न नसकिने किसिमको कविता हुनै सक्दैन । जस्तै खान नै नहुने वस्तु खाना हुन सक्दैन । कुरो यतिसम्म हो पढ्नासाथ बुझ्ने र पढेर केहीक्षण विचार गराउने । त्यो पनि कविता भनेको कथाजस्तै त्यो पढ्नासाथ बुझ्ने कुनै पनि युगमा छैन । कविता अनुभूतिमात्र होइन, अनुभूतिको सार निचोड हो । कविता घटना र दृश्यको विवरण होइन । कुनै पनि घटना, दृश्य अथवा क्रिया–प्रतिक्रियाभित्र छचल्किरहेको अन्तर्मन, सत्यको प्रकाशन हो । कविले बाह्य घटना, क्रियाभित्र पसी त्यसको मूललाई पक्रने गर्छ । कविको बाहिरको संवेदना र अनुभूतिको सिर्जनात्मक योगबाट नै कविताको सिर्जना हुन्छ । हुनत संवेदना र अनुभूति नभईकन कसैले कविता लेख्न सक्दैन । त्यसो भए पनि संवेदना मात्र पनि कविता हुँदैन न अनुभूति मात्र नै कविता हुन्छ । जबसम्म त्यसको योगबाट एउटा नयाँ सृजनात्मकताको सहज उद्गार निस्कँदैन त्यसबेलासम्म कविता भने पनि कविता हुँदैन । सर्वसाधारणले आजको आधुनिक कविता बुझ्दैनन् भन्ने कुराको पक्षमा म शतप्रतिशत विश्वास गर्दिनँ । अर्थात् मैले लेखेको कविता सर्वसाधारण जनताले बुझ्नै सक्दैनन् भनेर म कहिल्यै विश्वास गर्दिन, निराश भएको छैन । कविता बुझ्ने भनेको पढेलेखेकाहरूको मात्र ठेक्का होइन । सर्वसाधारणको बोधक्षमता त्यति तल छैन तर प्रचार भइरहेको छ । लोकजीवनको समस्यालाई लिई लेखिएको कवितामा उनीहरूले झन् संवेगात्मक प्रतिक्रिया दिएका छन् । कविताको उद्गमस्थान मर्मान्त अनुभूतिको निचोड हो ।

आधुनिक कविता नबुझ्नाका कारणहरू ः
क) कवितामा परम्परागत छन्द, रस, अलङ्कार र विषयअनुसार पनि भक्ति, रीति र रुमानीवादी कविताको अमलले पाठकहरूले आफूलाई मुक्त गर्न नसकेको अथवा आधुनिकताबोधको अभाव पनि हो ।
ख) आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय पृष्ठभूमिले अवमूल्यन भएका सन्त्रस्त र जटिल मानव–जीवन आधुनिक जीवनको सङ्कटप्रतिको अचेतना र संवेदनाहीनता पनि हो ।
ग) कविता पढ्ने र विचार गर्ने अधैर्य ।
घ)अत्यन्त बढी वैयक्तिक प्रतीक, उपमाको प्रयोग ।
ङ) पाठकको आफ्नो अनुभूति र रुचिको भिन्नता आदि मुख्य छन् ।

लेखकीय धर्म ः
समाजका उपेक्षित, दलित र शोषित जनताहरूका साथ लिएर तिनीहरूमाथि भइरहेको सामाजिक अन्याय, अमानवीय शोषण बुझ्ने, तिनीहरूको जनशक्ति हृदयङ्गम गर्ने, सङ्घर्षप्रति आस्था सम्प्रेषण गर्ने रचनाका स्रष्टा नै जनपक्षीय लेखक हुन् । सामाजिक अन्यायका विरुद्ध, अमानवताका विरुद्ध साहित्य–रचनामा उनीहरूले आफ्ना सीप–धारणा प्रयोग गर्छन् । यही नै जनपक्षीय लेखकको कार्य हो भन्नुपर्छ । लेखक सिद्धान्तमा पूर्वाग्रही हुनुभन्दा शोषणग्रस्त मानवीय जीवनको करुण दृश्यका यथार्थग्रहण गर्ने व्यक्ति हुन् । किनभने सिद्धान्तको कोरा आग्रहले सफल साहित्य सिर्जना हुन सक्दैन । सफल कृतिको आधार भनेको जीवनको यथार्थताप्रतिको आफ्नो अनुभूतिको प्रतिफल हो । किसान–मजदुरको आम जीवन नै हाम्रो आजको सामाजिक यथार्थ हो । समाजका उत्पादक शक्ति किसान–मजदुरको उपेक्षा, शोषण, दमन सबै खालका दुःखकष्टको मूल स्रोत नै आर्थिक शोषण हो । यस खालको अमानवीय शोषणलाई दिइरहेको सामाजिक र कानुनी मान्यता नै परम्परागत मूल्य मान्यता भइरहेको छ । त्यसैले मैले हेर्दा त्यो लेखक जनपक्षीय हुन्छ जो पुरानो मूल्य–मान्यताको विरोधी अर्थात् विघटनकारी हुन्छ । अर्थात् जसले किसान–मजदूरका पक्षमा लेख्छन् ती नै सबभन्दा नयाँ मानव–मूल्यप्रति सचेत लेखक हुन् ।

आजका सचेत र यथार्थवादी लेखकले कहिल्यै पनि दासयुगदेखि सामन्ती, अर्धसामन्ती युग र आजको पूँजीवादी व्यवस्थाले ल्याएको शोषणजन्य संस्कार, सामाजिक छुट र कानुनी मान्यताले दिने अधिकार नै सामाजिक न्याय सम्झिने कुनै पनि मूल्य–मान्यतालाई स्वीकार गर्दैनन् । त्यसैले शोषित किसान–मजदुरका लागि लेख्नु नै सामाजिक न्यायका निम्ति लेख्नु हो । नयाँ मानव मूल्यका लागि लेख्नु हो । यही नै लेखकीय धर्म हो ।


अघिल्लो पोष्ट

खुशीको खोजमा केन्द्रीत ‘तृषा’

पछिल्लो पोस्ट

साहित्य अभिव्यक्तिको शाब्दिक कला हो पूर्ण वैद्य

पूर्ण वैद्य

पूर्ण वैद्य

सम्बन्धित पोष्टहरू

साइनो कविता : सिद्धान्त र सिर्जनपरम्परा
साहित्य रिपोर्ट

साइनो कविता : सिद्धान्त र सिर्जनपरम्परा

६ असार २०८१, बुधबार
शुद्ध नेपाली लेख्ने आधिकारिक नियम
साहित्य रिपोर्ट

शुद्ध नेपाली लेख्ने आधिकारिक नियम

४ बैशाख २०८१, मंगलवार
नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र
साहित्य रिपोर्ट

नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र

२८ श्रावण २०८०, आईतवार
सिन्धु साहित्यिक पत्रकारिता
साहित्य रिपोर्ट

सिन्धु साहित्यिक पत्रकारिता

८ असार २०८०, शुक्रबार
पछिल्लो पोष्ट
साहित्य अभिव्यक्तिको शाब्दिक कला हो  पूर्ण वैद्य

साहित्य अभिव्यक्तिको शाब्दिक कला हो पूर्ण वैद्य

पूर्वको पशुपति हलेसी

पूर्वको पशुपति हलेसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मानवीय मूल्यको खोजी गर्ने सबै लेखकहरू मन पर्छ : डा. गीता त्रिपाठी

मानवीय मूल्यको खोजी गर्ने सबै लेखकहरू मन पर्छ : डा. गीता त्रिपाठी

२३ फाल्गुन २०७९, मंगलवार
राँको परिवारका प्रसङ्गहरू र म

राँको परिवारका प्रसङ्गहरू र म

२३ फाल्गुन २०७९, मंगलवार
मृत्यु : एक भ्रम, एक यथार्थ

मृत्यु : एक भ्रम, एक यथार्थ

२३ फाल्गुन २०७९, मंगलवार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

२४ चैत्र २०८१, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक