जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

खुशीको खोजमा केन्द्रीत ‘तृषा’

मणि लोहनी मणि लोहनी
प्रकाशित ११ भाद्र २०७८, शुक्रबार
जनमत समीक्षा भित्र
0
खुशीको खोजमा केन्द्रीत ‘तृषा’

मानिसको खुशी के हो ? यो हतार, भागदौड र माथा पच्चीसी कुन खुशीको लागिहो ?? किन मानिस खुशीको खोजीमा पारिवारिक विचलन र सम्वन्धहरुको जाल झेलमा फसिरहेछ ? प्रश्नहरु अनगिन्तीछन् । त्यसो त जवाफ सजिलो छ । सन्तोष नै सबभन्दा ठुलो खुशीहो । तर यही सजिलो जवाफलाई पनिआत्म साथ गर्न असमर्थ छ मानिस । जवाफ बुझेर पनि खुशीका लागि मानिसको भागदौड र खोजी जारी छ । र यही खुशीको पछि भागि रहेको मानिसको कथा समेटिएको उपन्यास हो ‘तृषा’ । गीत र मुक्तक लेखिरहेकी सुशीला पौडेलले नपत्याउँदो किसिमले आख्यानमा नारी जीवन र चाहनालाई उतारेकी छिन् ।

खुशीका लागि मानिसलाई मान, प्रतिष्ठा, सम्पति र सम्वन्धहरु मात्र पर्याप्त छैनन् । के के खोजी बस्छ मानिस र आफै दुःखी भइरहन्छ । सबथोक भएर पनि के के हुदैन मानिससंग । भौतिक रुपमापूर्ण छ तर मन खाली छ । र मानिसको रित्तो मनले खुशी खोजिरहेको हुन्छ । आफ्नो अस्थित्वको खोज मानिसको पहिलो शर्त हो । तर खुशीको खोज मानिसको जैविक र आत्मिकखोज हो । मान, प्रतिष्ठा, सम्पति र सम्वन्धहरु आफ्नो अस्थित्व अनुकुल मानिसले समेट्दै जान्छ । तर खुशीकहाँ, कतिखेर, कसरी मिल्छ केहीपत्तो हुदैन ।
आफ्नो सफलता र प्राप्तिका लागि यात्रारत मानिसले कहाँनेर परिवार छाडिरहेछ, हेक्का पाउँदैन । कहाँनेर जिम्मेवारीबाट चिप्लिरहेछ,पत्तो पाउँदैन । कहाँनेर खुशी चुहिरहेछ,ज्ञानहुदैन । निरन्तरको प्रयासले एक पछिअर्को सफलताको शिखर त चुम्छ मानिसले तर यतैकतै छाडेको परिवार र सम्वन्धबाट उ निकै पर पुगिसकेको हुन्छ । अनि जहाँ पुगेको छ त्यहीबाटखुशीका लागि प्यासी रहिरहन्छ ।
‘तृषा’एउटी महिलाको यौन मनोविज्ञानमा केन्द्रित उपन्यास हो । यस भित्र नारी संवेदना र उद्धेलनहरु छन् । एउटी स्वास्नी मानिस जो सही र गलतबारे पूर्ण जानकार छे । कति कुराहरुमा उनलाई आफुले गलत गरिरहेको आभाष पनि छ । आफु सच्चिनु पर्छ भन्ने उनलाई थाहा छ । र पनि उनी त्यही‘गलत’तर्फ आकर्षित भइरहन्छिन् । चाहेर पनि निक्लन नसकेको उनको यो अवस्था के प्रेम हो ?
त्यसो त ‘तृषा’मा प्रेमको बेग्लै खोज छ । उपन्यासकार सुशीला पौडेलले चलनचल्तीमा देखिएकाऔसत प्रेमलाई प्रेम मानिरहेकी छैनन् । उनलाईअहिले प्रेम नै छैन भन्ने लागेको छ । प्रेमको अफवाह त छ तर प्रेमको त्यो भावनात्मक र संवेदित अवस्था सुशीला भेटदिन् । उनी आफ्ना पात्रहरुका माध्यमबाट समाजको बदलिदो अवस्था र प्रेमका नाममा अस्थीर हुदै गएको पारिवारिक सम्वन्धहरुलाई केलाउछिन् । उपन्यासकार सुशीला परिवार संगको प्रेम र सन्तुष्टी नै खुशीको अन्तिम आधार हो भन्नेमा प्रष्ट छिन् । त्यहीभएर पनि उनले लोग्ने स्वास्नीको सम्वन्धलाई आदर्शका रुपमामात्र बुझ्न नहुने बताउँछिन् । जीवन जिउने क्रममा र सामाजिक, आर्थिक हैसियत बढाउने क्रममा लोग्नेस्वास्नीका सम्वन्धमाआउने छिद्र नै विचलनको प्रमुख कारण हो । त्यही छिद्रमा आफ्नो भूमिका खोज्नेहरुको बिगबिगी छ समाजमा । उपन्यासमा उनले त्यही छिद्रमा आआफ्नो भूमिका खोज्नेहरुबाट प्रताडित परिवारको कथा भनेकी छिन् ।

गीत र मुक्तकको क्षेत्रमा परिचित नाम हो सुशीला पौडेल । उनले लेखेका प्रणय र प्रेमका गीत मुक्तक चर्चामा पनि छन् । उनको साहित्यिक सक्रियता तिब्र छ । तर ‘तृषा’उपन्यास बजारमाआएसंगै उनी भित्रको लेखकीय क्षमताअग्लिएको छ । उपन्यासले उनको परिचयमात्र बढेन । उनलाई हेर्ने आम दृष्टिकोण पनि बदलियो । गीत र मुक्तकमा रंगमगिएकी एक स्रष्टाले आफ्नो क्षमतालाई अजमाएकी छिन् – ‘तृषा’उपन्यासमा ।
मातृसत्ताको अवशान पछि पितृ सत्ताद्वारा महिला माथि थोपरिएका बन्धनका बोझ उपन्यासको आधारभूमी हो । ‘तृषा’ भरि उपन्यासकार सुशीलाले निस्सासिएको, गुम्सिएको र उकुसमुकुसिएको नेपाली समाजलाई लेखेकी छिन् । यही समाजमा बाँचिरहेका आजकामहिला र उनकाचाहनाहरुलाई उतारेकी छिन् । उनले महिलालाई महानवा शक्तिशाली देखाउने बहानामा बलजफ्ती‘अब्बल’बनाउने काम गरेकी छैनन् । जस्ता किसिमका महिलाहरु हाम्रा समाजमा छन् । उनीहरुकै कथा उपन्यासमा उतारेकी छिन् ।

‘तृषा’की प्रमुख पात्र प्रमीलासँग नेपाली समाजका अधिकांश महिलाको अनुहार मिले जस्तो लाग्छ । पितृसत्ताको थिचोमिचो र त्यसले समाजमा पारेको असरको पछिल्लो तस्वीर हो यो उपन्यास । समग्र नारी अस्मिताको कथा ‘तृषा’की प्रमुख पात्र प्रमीलाले बोलेकी छिन् । पितृसत्ताका जीवन्त प्रतीकको अभिमान र स्वेच्छाचारिताको छिद्र समाजमा बढ्दै गएको छ । त्यही छिद्रबाट परिवार भित्र खलपात्रको प्रवेश हुने खुलासा ‘तृषा’मा गरिएको छ । पितृसत्ताको प्रतिकात्मक पात्र प्रमोदलाई उपन्यासकार यथार्थको धरातलमा उभ्याएकी छिन् । उपन्यासभरि प्रमोद र प्रमिलादुबै मानसिक र भौतिक रुपमा प्रताडित छन् । यो अहिले समाजमा भइरहेकै घट्ना हो । हरेकले आफुले गरेको कर्मको फलभोग्छ । उपन्यासको अन्त्यमार्मिक ढङ्गबाट भएको छ ।
यो स्वास्नी मानिसको जीवन र सम्वन्धलाई उजागर गरेर पुरुषलाई सचेत हुन आग्रहगरिएको उपन्यास हो । ‘तृषा’मा महिलाप्रतिको पितृसक्तात्मकत्रुर शासनप्रवृत्तिको उजागार छ । त्यसैगरि बेलैमाआफूलाई सुधारेर आफ्नो सत्ता सुरक्षित बनाउन पितृसत्तालाई सचेत पनि गराइएकोछ ।
समाज बदलियो । हिजो अशिक्षित रहेका महिलाहरु आजकाल शिक्षितहुन थाले । तर हिजो अशिक्षित महिला माथि शासनगर्ने पुरुष प्रवृत्ति आज पनि बदलिएको छैन । आजका शिक्षित महिला माथि पनि शासनगर्न पुरुष उद्धतहुनाले नै पारिवारिक दुर्घटनाहरू हुने गरेका छन् । एकअर्काको सम्मानमा नै सम्बन्धको सन्तुलनकायम रहने उपन्यासको सार हो । अभावको आभाष हुन नदिन दुबैको समानभूमिका रहने उपन्यासले प्रष्टपारेको छ ।
सरल भाषा र वाक्यविन्यासले उपन्यासलाई एकै बसाईमापढ्न उत्साहित बनाउँछ । प्रमिलाको दोधारे स्वभावले बेलाबेलामा केही पाठकलाई दिक्कलगाउन सक्छ । तर उनको चरित्र चित्रणका लागि त्यो आवश्यक थियो भन्ने अन्तिमतिर पुगेपछि प्रष्ट हुन्छ ।
पुरुषलाई गालीनगरी नारीको पक्षमा सुशीला उभिएकी छिन् । उपन्यासको सुन्दर र शक्तिशाली पक्ष नै यही हो । उपन्यासभरि कतै पनि उनले सहीगलतको वकालत गरेकी छैनन् । मात्र जे देखिएको छ । जस्तो छ अहिलेको समाजत्यही लेखेकी छिन् । सहि गलतको फैसला गर्न पाठक स्वतन्त्रछन् ।

आख्यानको एउटै कृति प्रस्तुत गरेर यस क्षेत्रमा आफ्नो सबल उपस्थिति देखाउनु सुशीलाको सफलता हो । आख्यानमा देखिएको उनको उपस्थितिले उज्यालो भविष्यको संकेत गरेको छ ।


अघिल्लो पोष्ट

कविको कोठा

पछिल्लो पोस्ट

आधुनिक कविताका सम्बन्धमा

मणि लोहनी

मणि लोहनी

सम्बन्धित पोष्टहरू

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा
जनमत समीक्षा

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

७ भाद्र २०८१, शुक्रबार
निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा
जनमत समीक्षा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

१९ चैत्र २०८०, सोमबार
मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा
जनमत समीक्षा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
आधुनिक कविताका सम्बन्धमा

आधुनिक कविताका सम्बन्धमा

साहित्य अभिव्यक्तिको शाब्दिक कला हो  पूर्ण वैद्य

साहित्य अभिव्यक्तिको शाब्दिक कला हो पूर्ण वैद्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मनिराज वाङ्मय पुरस्कार चन्दलाई

मनिराज वाङ्मय पुरस्कार चन्दलाई

४ जेष्ठ २०७९, बुधबार
पागल बस्तीको परिवेशले मलाई अस्थायी बासिन्दा नै बनाएको छ : जनक कार्की

पागल बस्तीको परिवेशले मलाई अस्थायी बासिन्दा नै बनाएको छ : जनक कार्की

४ जेष्ठ २०८०, बिहीबार
नइका तीन कृति लोकार्पण

नइका तीन कृति लोकार्पण

४ जेष्ठ २०८०, बिहीबार
शंकराचार्यले जलाएको म बौद्धग्रन्थ हुँ

शंकराचार्यले जलाएको म बौद्धग्रन्थ हुँ

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक