मेरा यी एकजोर आँखा
तिम्रा नम्बरी फ्यान हुन्
जब मधुर संगीतमा
तिमी गुन्जन थाल्छौ
त्यो बोलीको
’बडी ल्याङ्वेज’
सबैभन्दा पहिले यिनले नै पढी भ्याउँछन्
र बिस्तारै तिम्रो लयसँगै
लय मिलाएर नाच्न थाल्दछ
मेरो हृदयको धड्कन
मानौ शाश्वत प्रेमको
यो अजम्बरी भाषा हो
जो जतिपल्ट सुनेपनि
हमेशा नयाँ
हमेशा तरोताजा रहन्छ
मेरा यी एकजोर कान
तिम्रा अनन्य भक्त हुन्
हरेक दिन ठाडो उभिएर
यी तिम्रो ब्यग्र प्रतीक्षामा रहन्छन्
आखिर तिम्रो संगीतमा
त्यस्तो के जादु छ हँ ?
यिनले नित्य स्नान
तिम्रो मधुर ध्वनिको
श्रवणबाट गर्न चाहन्छ
साँच्चै
तिम्रो मधुर बाणीले
नपग्लने कुन मन होला ?
तिम्रो मिठास ध्वनिले
तरंगित नहुने कुन मस्तिष्क होला ?
तिम्रो सुरिलो झंकारले
प्रफुल्लित नहुने कुन संवेदना होला ?
तिमीलाई नियाली बस्दा
तिम्रा तारका कापबाट
बुद्धले
चियाइरहेको जस्तै
बोलिरहेको जस्तै
कता कता आभाष हुन्छ मलाई
’जीवनमा संगीतझैं माधुर्यता ल्याउने हो भने
बिल्कुल तिम्रा तारहरु झैं
न कडा न फुक्का
मध्यम मार्गमा चल्न सिक्नुपर्छ’
तिमीसँग
आँखा जुधाएर
म केवल यत्ति सोध्न चाहन्छु
प्रेम, जीवन र जगतलाई जोड्ने
ठ्याक्कै मेरो मनले खोजेको धून
मैंले फर्माइस गरें भने
कृपया कहिले पनि