जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

आहार, विहार र प्रत्याहार

कलेज सकिएर बा-आमाको अधिनबाट मुक्त भएपछि, चुरोट र रक्सी पनि खान थालेँ । कडा रंगको चिया पनि दिनको ५ कप जति खान्थेँ

विक्रम सुब्बा विक्रम सुब्बा
प्रकाशित ४ श्रावण २०७८, सोमबार
निबन्ध भित्र
0
आहार, विहार र प्रत्याहार

घरको एक्लो छोरो म । मैले जे माँग्यो पाउँथेँ । म लुगामा सौखिन थिईन तर खानामा सौखिन । मधेश (२०२३ सालमा) झरेर होस्टल बस्न थालेपछि जब छुट्टिमा घर आउँथेँ कुखुरा र खसीको तारेको (Deep fry) मासु, उसिनेको अण्डा करी, माछा तारेको, आदि नियमित खाने । तर मादक पदार्थ पिउँन बाल्यकालदेखि नै दिईएन । आमाको कानुन थियो – ‘स्कुल पढ्नेहरू बौलाहा हुन्छन्, यिनले जाँड-रक्सी पनि खाए भने के होला? तेसैले स्कुल पढ्नेलाई जाँड-रक्सी खान दिनु हुन्न । मैले जाँड-रक्सी खान पाइन, कसेले खाएको गनाउँथ्यो ।

कलेज सकिएर बा-आमाको अधिनबाट मुक्त भएपछि, चुरोट र रक्सी पनि खान थालेँ । कडा रंगको चिया पनि दिनको ५ कप जति खान्थेँ । चुरोट दिनको झन्नै २ बट्टा पिउँने । रक्सी हरेक साँझ (मासु, उपलब्ध भए बँदेल उसिनेको वा करी, बारा, गेडागुडीसँग) आधा बोतल जति खान्थेँ । लेमन चिया धेरै खान्थेँ । Acidity बढ्यो । मेरो मुटुको टुप्पा हल्लिएको अभव गर्थेँ । एकजना (म तेति बेला नेपाली भाषा र सँस्कृती पढाउँथेँ र नेपालमा काम गर्न आएको नेदरलेण्ड्सको) डक्टरसँग कुरा गर्दा लेमन-चिया छोडेर कफी खाने सल्लाह दियो ।

उनले तर्क थियो – ‘तपाइँले खाने ‘लेमन टी’ को कागती गाउँबाट आउँछ । कागतीको भिटामीन सी १२ घण्टामा ५०% ईभ्यापोरेट भएर उडेर जान्छ, २-३ दिनमा कागतीको दानामा भिटामीन सी सून्य हुन्छ र केबल रहन्छ अमिलो (एसीड) मात्र । तपाइँले बजारबाट किनेर ल्याएको कागती किसानले टिपेर कम्तीमा १-२ दिन घरमै राख्छ होला । १-२ दिन पछि किसानले होलसेल ब्यापारीलाई कागती बेच्छ । होलसेल वालाले पनि १ दिन जति गोदाममा राखेर रिटेल दोकानहरूतिर पुर्‍याउँछ । तपाइँले रिटेल दोकानबाट किनेर ल्याएर घरमा पनि १-२ दिन राख्दै लेमन टी बनाएर खानु हुन्छ । अर्थात तपाइँको चियामा कागती पस्दा बोटबाट टिपेको ४-५-६ दिन भइसकेको हुन्छ । यसरी तपाइँले खाने गरेको ‘लेमन टी’मा भीटामीन सी सून्य भएर सिरिफ ‘एसीड टी’ खानुहुन्छ ।‘ मेरा डाक्टर विद्यार्थीको बम्बार्डिङजस्तो तर्कले म ढलेँ, कन्भिन्स भएँ । त्यसपछि कफी खान थालेँ त्यो पनि दिनको ५ कप । दिउँसो कोकाकोला खानै पर्ने । कोकाकोला र कफीको कडा क्याफिनले एक प्रकारको सन्तुष्टि दिन्थ्यो । मुटु हल्लिन त छोड्यो । तर मेरो खान-पिनको काइदाले विस्तारै मेरो पाचन कृया बिग्रियो र शरिरमा अनेक रोगहरू पस्न थालेः

१। बढी मात्रामा मासु र रक्सी, कफी, आदिको असरका रुपमा निद्रा नलाग्ने । निद्रा नपुगेपछि भोलिपल्ट दिमागै फ्रेश नहुने । कसैसँग कुरा गर्दा मेरो दिमाग बोधो र अरूको दिमाग फ्रेश र तिच्छ्ण भएको महशुस भएर एक प्रकारले भित्रभित्र (साथीहरू smart भएको र आफु बुद्धु भएजस्तो) Inferiority feeling हुने ।

२। मासु र मसालेदार खाना, रक्सि, कफी, कोकाकोला आदिले पाचन प्रणालीलाई असर गरेर कहिल्यै दिशा खलास् नहुने । पेटमा ग्यास भरिने र दिशा राम्रो खलास् नभएपछि ग्यास शरिरका अंगअंगमा पसेर सोला हान्ने । भुँडी लागेर ६ महिनाको पेट बोकेको महिलाजस्तो देखिने । खेलाडी साथीहरूसँग भेट हुँदा उनको एकदम फीट ज्यानको सामु आफ्नो “भुँडे” जिउ लिएर उभिँदा लाज-सरम लागेर आउँने ।

३। सन् २००५ मे महिनाको कुरा हो, म ताप्लेजुङ पुगेको थिएँ । मलाई रिंगटा लाग्ने, निद्रा नलाग्ने भयो । चिसोले होला भनेर झन कोदोको तीनपाने रक्सी र लोकल कुखुराको सूप खाएँ । हवाईजहाज आएन र एक रात सुकेटारमै बस्नु पर्‍यो । चिसो लागेको बेला मुस्ताङ कफी खानु पर्छ भन्दै होटलवालाले कोदोको रक्सी र कफी मिसाएर खुवाए, लोकल कुखुराको चर्को नून र अदुवा हालेको सूप पनि औषधी नै हुन्छ भन्दै खुवाए । बल्ल भोलिपल्ट हवाइजहाज आयो र म काठमाण्डु आएँ । सुतेर भोलिपल्ट बिहान उठ्ने बेलामा मेरो छातीबाट तातो रगत सरररर जिउभरि बग्दै तल खुट्टातिर झरेको महसुस गरेँ । अचम्मको तातो न तातो भयो । यस्तो कहिल्यै भएको थाहा थिएन । श्रीमती ड्युटी गइसकेकी थिइन् । म ट्वाइलेट जान उठ्न खोज्दा एकातिरको खुट्टा चलेन । ‘ला! स्ट्रोक हान्यो । प्यारालइसिस भयो’ भनेर म झसंग भएँ । तुरुन्तै ट्याक्सी मगाएर कैलाश (जेठी सासुको छोरा) सँग Norvic International Hospital को Emergency  पुग्यौँ । श्रीमतीलाई फोन गरेर उतै बोलाएँ । जाँच गरेर आधाघन्टा या ४५ मिनेट भित्रै डा. मेनन गर्खालीको Prescription अनुसार Stroke को औषधी सुरु भयो । कैलासको कुम समातेर ट्वाइलेट जानु-आउँनु पर्ने अवस्थामा म पुगेँ । श्रीमती हरीमाया कामबाट बिदा लिएर Norvic Hospital मै आइपुगिन् । तेतिखेर काठमाण्डुमा CT Scan गर्ने धेरै ठाउँ थिएनन्, Norvic पनि थिएन । भोलिपल्ट पुतलि सडकको CT Scan गर्ने ठाउँमा balance लगेर मेरो टाउकोको Scan गरेर हेर्दा पत्ता लाग्यो Stroke हानेकै रहेछ । डाक्टर मेनन गर्खालीले ‘मैले शंका गरेको १००% मिल्यो’ भनेर खुशी भए र भने – ‘तपाइँलाई Stroke हानेको १ घण्टा भित्र औडधी सुरु भएकोले १००% निको हुन्छ । यस्तो केश जति अबेला औषधी सुरु भयो उति नै धेरै नराम्रो हुन्छ ।‘

म तीन दिनमै निको भएर घर आएँ । घर आएपछि ‘मलाई ताप्लेजुङमै Stroke हानेको भए? हस्पिटल आउँन ढीलो हुने थियो, औषधी गर्न ढिलो हुने थियो र म जिन्दगीभरि प्यारालाइज्ड हुन्थेँ ।‘ भनेर ढक्क डर लाग्यो । यसरी स्वस्थ्य स्थितीका बारेमा अनुगमन नगरेको, खानपीनमा लापर्वाही गरेकोमा मैले आफुलाई भित्रभित्र धिक्कारेँ । त्यसपछि खानपीनमा होसियार भएँ । हरेक तीन तीन महिनामा Blood check up गरेर स्वस्थ्य स्थितीको अनुगमन गरिरहेँ । म छिट्टै निको पनि भएँ । Stroke भएर समयमै Hospital नपुगेका र ठीक समयमै ठीक डाक्टरले औषधी गर्न नभ्याएका केही मानिस देखेको छु – उनीहरू अहिले प्यारालाईज्ड छन्, लंगडाएर हिँड्छन् र सँधै Physiotherapy गराउँदैछन् ।

४। विस्तारै दिन बित्दै गए । Stroke को असर विर्सँदै गएँ । पुरानै खाननपीनको शैलीमा फर्केँ । मेरो Blood pressure बढेको यादै भएन । यस विचमा मैले बा-आमा दुबैजनालाई समेत सिरिफ १ दिनको फरकमा गुमाएँ । दुइ वर्ष पछि एकदिन मेरो छाती दुख्यो । मेरो श्रीमती पनि नर्सिङ प्रशिक्षक भएकोले उनलाई शंका लाग्यो र Emergency जाँउ भनिन् । आफै गाडी हाँकेर हामी Norvic Hospital को Emergency department पुग्यौँ । मेरो ECG पटक पटक गरियो । मलाई Oxygen मा राखियो । मेरो छातीको दुखाइ कत्ति पनि कम भएन । रातभरिमा मर्छु होला जस्तो भयो । बिहान डाक्टर भरत रावत आए र भने Coronary artery मा Blockage हुन सक्छ । Confirm गर्न Angiography गर्ने ।  Angiography गरियो – एउटा Coronary artery मा ९०% र अर्को Coronary artery मा ७०% Blockage देखियो । ९०% Blockage भएकोलाई Angioplasty  गरी Stent (सानो Pipe) राखेर रक्त संचारलाई सहज पार्ने तर अर्कोमा Stent राख्न मिल्दैन त्यसलाई औषधी खाएर गलाउँने भन्ने सुझाव डाक्टरले गरे ।

मैले Angioplasty गर्न चार्ज कति लाग्छ? भनेर सोधेँ । उनले भने २.५ देखि ३ लाख जति लाग्ला । मैले श्रीमती हरिमायालाई हेरेर ईसाराले ‘के गर्ने?’ भनेर सोधेँ । ज्यानभन्दा ठुलो के हो र? Angioplasty गर्ने भनिन् । मैले डाक्टरलाई सोधेँ – कति समय लाग्छ? उनले भने – ४०-४५ मिनेट । मैले सोधेँ – आहिले नै गर्न सकिन्छ? उनले भने – सकिन्छ । मैले – ल गरिहाल्नोस् । मेरो Angioplasty भयो । मुटुको सानो Coronary artery मा सानो Pipe लगेर राख्ने काम सिद्दियो । मेरो मुटुको दुखाइ विस्तारै कम हुँदै गयो । ओहो! कस्तो जोखिम? जे होस्, सफलतापूर्वक Angioplasty त भयो । म पनि बोर्ड अफ डाइरेक्टर भएको HURDEC का साथीहरूले आफै रु ४ लाख पठाईदिनु भएछ । अस्पतालको बील तिर्ने बेलामा angioplasty पछि Post अपरेशन कोठामा बसेको, त्यसपछि अस्पतालका सबै कोठा प्याक भएकोले मलाई राखिएको VIP कोठाको Charge हरु डा भरत रावतले Wave गरिदिएकोले अपरेशनको र औषधीको खर्च मात्र तिरेर ४-५ दिनमा घर आएँ । घरमै केही दिन रेष्ट गर्न सल्लाह डाक्टरले दिएका थिए । तर त्यसपछि मन कमजोर हुँदै गयो । खाना जे पायो त्यो खान नहुने । मन भरंग हुन थाल्यो, उदास हुने भयो ।

५. शरिरको रोग निको भएपनि मनमा रोग पस्यो । सँधै ‘मेरो मुटु कमजोर छ’जस्तो लागिरहने । केही गर्न आँट नआउँने भयो । मन शरिरमै बसेको हुनाले ‘शरिरमा चोट लाग्दा मनमा पनि चोट लाग्दो रहेछ र मनमा चोट लाग्दा शरिरमा पनि त्यो प्रकट हुँदोरहेछ’ भन्ने कुरा मैले राम्ररी महसुस गरेँ । त्यसैले मनलाई बलियो बनाउँन म १०-१० दिनको विपश्यना ध्यान गर्न (बुढा नीलकण्ठ, मुहान पोखरीको धर्मश्रृङ्गा) गएँ । तपोवनको ३-३ दिने ध्यान शिविरमा (एउटा शिवीर पोखरा फुलबारी रिसोर्टमा) भाग लिन तीन पटक गएँ । फर्केँ । तर कता कता म झन एक्लो भएको महसुस गरिरहेको थिएँ ।

६.यसै शिशिलामा मलाई डा भरत रावतले मनोवैज्ञानिककोमा पनि पठाए । मनोवैज्ञानिकले “मन”लाई कसरी तह लगाउँने? बारेमा ४ शेसनको तालिम दिईन् । त्यस अनुसार गर्ने कोशिष पनि गरेँ । तर पनि मन र शरिरले पहिलेजस्तो संयोजित र सन्तुलित किसिमले काम गरिरहेकोजस्तो लागेन । योगका किताबहरू पढ्न थालेँ । योग गर्न थालेँ । रामदेवको च्यानल हेरेर प्राणायम लगायत योगहरू गर्न थाले । केही फायदा भएकोजस्तो पनि लाग्यो । तर म सन्तुष्ट भईन । विचविचमा डाक्टरसँग स्वास्थ्य जाँच पनि चलिरहेको थियो । डाक्टरलाई मैले निद्रा लाग्दैन भनेँ । उनले Aerobic exercise दिनको १ घण्टा गर्नु भने । मैले गरेँ । त्यसले निकै निन्द्रा लाग्न थाल्यो ।

७.माथी उल्लेखित पृष्ठभुमि र अध्ययनबाट मैले “आहार, बिहार र प्रत्याहार”ले स्वस्थ हुन सकिन्छ भन्ने कुरा थाहा पाएँ । के हुन् त यी “आहार”, “विहार” र “प्रत्याहार”हरू?

७.१ आहारः हामी पाँचवटा (मुख, नाक, कान, आँखा र छाला) ईन्द्रीयहरूबाट ‘आहार’ ग्रहण गर्दछौँ – १) हामी मुखबाट खाना खान्छौँ । तर कत्तिको स्वास्थवर्धक खाना खान्छौँ? यो महत्वपूर्ण कुरा हो । स्वस्थ्वबर्धक खाना आहार हो । अस्वस्थ्य खाना त विष हो । तेसैले खाना खाने होइन “स्वस्थ्यबर्धक खाना खाने” हो । हाम्रो मुख डस्ट बीन होइन, जे पायो त्यो हाल्नु हुन्न । राम्रो छानेर खाने कुरा हाले खानाले हामीलाई “ज्यान” हालिदिन्छ; २) नाकबाट पनि हामी सुगन्ध ग्रहण गर्दछौँ । राम्रो फुलको सुगन्ध नाकबाट हाम्रो शरिरभित्र पस्दा मन प्रफुल्ल हुन्छ । यसरी मन प्रफुल्ल पार्ने सुगन्ध पनि आहार नै हो । यसैको निम्ती मनिसहरूले महंगा Perfume हरु किनेर छर्किएको देखिन्छन्; ३) कान अर्को आहार ग्रहण गर्ने अंग हो । मीठो गीत, मीठो बोली, मायालु कुराहरू आहार बनेर कानबाट भित्र पस्छन् र हामीलाई खुशी पार्छन् । यही मीठो आहार लिन मानिस नारायण गोपाल या अरुणा लामाको गीत सुनेर ग्रहण गर्छन् र सन्तुष्ट हुन्छन्; ४) अब आँखाको कुरा गरौँ । आँखाले सुन्दर उपत्यका, सुन्दर हिमाल, सुन्दर मानिस, सुन्दर युवती, सुन्दर फुल, सुन्दर मन्दिर, आदि देख्दा मन कस्तो रमाउँछ । यही सौन्दर्य हेर्नको निम्ती त मानिसले पर्यटन उध्योगै चलाएर करोडौँ-करोड कमाइरहेछन् । किन? किनभने मानिसलाई आँखाबाट खाएर प्रफुल्लित पार्ने सुन्दरता आहारका रुपमा  चाहिन्छ; ५) तेस्तै, छालाबाट वा स्पर्सद्वारा कस्तो आहार ग्रहण गरिन्छ? जस्तैः आमाको न्यानो स्पर्सबाट बच्चाले मायाको पोषिलो आहार ग्रहण गर्दछ । तेस्तै प्रेमी-प्रेमीकाहरु सुम्सुम्याएर वा ओँठले ओँठमा (स्पर्स गरेर) चुमेर अतुलनिय मायाको आहार साटासाट गर्छन् र दंगदास हुन्छन् । जाडो महिनामा न्यानो घाम या आगो ताप्दा कस्तो राम्रो न्यानो आहार बनेर हाम्रो जिउमा पसिदिन्छ । यो भयो आहारको कुरा ।

७.२ विहारः मानव शरिर पनि एक प्रकारको यन्त्र हो । यो शरिर स्नायु प्रणाली, स्वासप्रस्वास प्रणाली, अस्थीपञ्जर प्रणाली, मांशपेसी प्रणाली, पाचन प्रणाली, आदि सबैको संयोजित सन्तुलनमा चलेको हुन्छ । यिनलाई नियमित रुपमा चलायमान बनाएर राखे यी ठिकठाक चल्छन् । चुपचाप राखे यीनमा जाम लाग्छ र नचल्ने हुन्छन् । यिनै प्रणालीहरूलाई जाम हुन नदिनका निम्ती Morning walk गर्ने, Aerobic exercise गर्ने, Dance गर्ने, Yoga गर्ने, Pranayam गर्ने, Game हरू खेल्ने, Zumba dance, आदि गरिन्छ । अर्को कारण, हाम्रो शरिरमा Cell हरू बन्ने र मर्ने काम निरन्तर चलिरहन्छ । मरेको Cell हरू शरिर बाहिर निस्कने माध्यम भनेको पसिना, दिशा, पिसाब, राल, सिँगान, थुक, आँशुहरू हुन् । Zumba dance या Aerobic dance गर्दा पसिना-पसिना भइन्छ । शरिर भित्रका Dead cell हरू पसिना मार्फत बाहिर निस्कन्छन् र जीउ दुख्न, बोधो हुन कम हुन्छ, जीउ फर्तिलो हुन्छ । तर, बेस्सरी Zumba dance गरिरहेको बेला मनमा भने “आज राती फलानोलाई काटेर मार्नु छ”, “आज बैँक लुट्नु छ” जस्ता या अनेक Negative thoughts मनमा राखेर Zumba dance गर्दा वा Morning walk गर्दा त फाइदा हुन्न । तेसैले Zumba dance वा कुनै पनि शारिरिक अभ्यास गरिरहँदा मनमा पनि Positive कुराहरु सोच्ने गरे मात्र फायदा हुन्छ । यो भयो शारिरिक र मानसिक ‘बिहार’लाई सन्तुलित किसिमले सन्चालन गरे मात्र फायदा हुने कुरा । किनभने मनमा जे सोच आउँछ त्यसको असर शरिरका हरे Cells पनि पर्छ ।

७.३ प्रत्याहारः जब शरिरमा आहार पुग्छ, बिहार पनि राम्रोसँग हुन्छ तब शारिर स्वस्थ्य बन्छ । तर “स्वस्थ्य मानिस त्यो हो जो शारिरिक, मानसिक र सामजिक रुपमा पनि स्वस्थ्य हुन्छ ।“ अर्थात आहार र बिहार सपारेपछि मनलाई ठीक ठाउँमा राख्ने काम पनि सचेतनतापूर्वक गर्नु पर्दछ । किनभने हाम्रा कर्महरू (बोल्ने, पक्रने, घुम्ने र सन्तानोत्पादन गर्ने कार्य) गर्दा मनलाई नियन्त्रण गर्न सकिएन, समाज सुहाउँदो गरि कार्य सम्पादन गरिएन भने समाजमा इज्जत हुन्न । जस्तै; मनमा लागेको जे जे छ त्यो खर्लक्कै बोल्ने हो भने धेरै मानिसले हामीलाई मन पराउँदैनन्, कुनै लोग्ने मानिसले महिलाहरूलाई जहाँ पायो त्यहाँ मनपरी पक्रन थाले के होला? उचित बाटो पत्तो नलगाई जता पायो त्यतै घुम्न थाले कहाँ पुगिएला? मन लाग्यो भन्दैमा जोसँग जहाँ पायो त्यहाँ सहवास गर्ने वा सन्तानोत्पादन गर्ने कार्य खुला सडकमा गर्न थाले के होला? अर्थात, मनले त के के भन्छ भन्छ? के के अराउँछ अराउँछ? तर सामाजिक रुपमा पनि ठीक तथा साँस्कृतिक रुपले स्वीकार्य हुने गरी, ईज्जत-बेइज्जत ख्याल गरेर वा छानेर मात्र “मन”ले भनेको/अराएको कामलाई कार्यान्वयन गर्नु पर्दछ । मनलाई दाश बनाए सुख पाइन्छ र मनको हामी दाश भए दुःख पाइन्छ । यसरी ईन्द्रियहरूलाई नियन्त्रणमा राखेर मनलाई पनि स्थिर या सन्तुलनमा राखेर उचित किसिमले बाँच्ने काम गर्नुलाई नै प्रत्याहार-अभ्यास भनिन्छ । मानव शरिर एउटा रथ हो जसलाई पाँच ईन्द्रियहरूले सन्चालन गर्छन् । तर यी पाँच इन्द्रियहरूलाई पनि मनले सन्चालन गर्दछ । मन ठीक भए नै पाँच ईन्द्रियहरूलाई पनि ठीक-ठीक, राम्रो-असल आदेश दिने भयो । यसरी मनलाई ठीक र सामाजिक मर्यादा अनुसार सन्चालन गर्नु नै प्रत्याहार हो । त्यसको विपरित काम, क्रोध, लोभ, मोह र घमण्ड जस्ता मानव शरिर भित्रै बसोबास गरिरहेका हाम्रा दुश्मनहरुले “मन”लाई कब्जा गरेभने र उनले अराए-खटाएजस्तो गर्न थालियो भने बर्वादी सुरु भईहाल्छ । तर कसरी दुस्मनतिर लाग्न नदिने त? निम्न कुरामा ध्यान दिउँ:

१)  काम, क्रोध, लोभ, मोह र घमण्डले घरजम गर्न लागे मनलाई अन्तैतिर मोड्ने । जस्तैः कुनै युवतीलाई देखेर काम जाग्यो भने तुरन्तै कुनै खेल खेल्ने वा पुस्तक पढेर मनलाई यूवतीबाट टाढा लैजाने प्रयास गर्ने भनेर योगीहरूले सल्ला दिन्छन् ।

२)  कुनै ईन्द्रिय लालची हुन थाले त्यसको दोषहरू केलाउँने । जस्तैः तपाइँलाई चिनी रोग छ र मिठाई खान मन लाग्योभने ‘मिठाई खाएपछि चिनी झन बढछ र मेरो रोग निको हुँदैन’ भन्ने तथ्यहरू केलाएर मनलाई चिनी-मिठाई खानु हुन्न भनेर सम्झाउँने जसले गर्दा मिठाई खाने लालच घटेर जान्छ ।

३)  ईन्द्रियहरूलाई बसमा राख्ने शक्तिशाली उपाय प्रणायाम र योग जस्ता शारिरिक अभ्यासहरू पनि हुन् । प्राणायाम या शारिरिक अभ्यास गरेपछि मन शान्त हुन्छ र शान्त मनले ईन्द्रियहरूलाई चंचल हुनबाट रोक्दछ ।

४)  प्रत्याहारको सबैभन्दा शक्तिसाली साधन “वैराज्ञ” हो । वैराज्ञ भन्नाले कुनै पनि कुरामा लम्पट भएर नलाग्ने । खाना चाहिन्छ तर भनेकोजस्तो खाना नपाए मरुँला झैँ नगर्ने । पैसा चाहिन्छ तर आफुसँग पैसा छ भन्दैमा घमण्डी नहुने । आफुलाई माया गर्ने पति या पत्नी चाहिन्छ तर “उ”बिना म बाँच्नै सक्दिन भन्ने नसोच्ने । कुनै काम आफुले चाहेको जस्तो भए राम्रो हो तर भएन भने जिन्दगी नै वर्वाद भएको जस्तो गरी नरिसाउँने । यी काम कठीन होलान् तर अभ्यास गरिरहे संभव हुन्छ । अस्तु ।


अघिल्लो पोष्ट

कलम र भोका शब्दहरु

पछिल्लो पोस्ट

यौटा मान्छेको ….

विक्रम सुब्बा

विक्रम सुब्बा

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
यौटा मान्छेको ….

यौटा मान्छेको ....

टाइम पास

टाइम पास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कोरोना की माई

कोरोना की माई

४ जेष्ठ २०७९, बुधबार
नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

नेपाली बालसाहित्यमा शाश्वत पराजुलीको योगदान

५ असार २०८१, मंगलवार
द पोइट आइडल हुने

द पोइट आइडल हुने

४ जेष्ठ २०७९, बुधबार
इन्टरनेट पुस्ताका लागि बाल साहित्य सम्बन्धि छलफल

इन्टरनेट पुस्ताका लागि बाल साहित्य सम्बन्धि छलफल

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक