नेप्लिज फेसन होमद्वारा वार्षिक रूपमा आयोजना गर्दै आएको “मिस लिटील नेवा:“ को १४ओं संस्करण को “ट्यालेण्ट शो राउन्ड“ आज नेपाल एकेडेमी, कमलादीको मिनी हलमा सम्पन्न भएको छ। नेवार कला, भाषा, संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि महिला उद्यमी तथा साहित्यकार अञ्जना ताम्राकार ज्युले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
नेप्लिज फेशन होमका अध्यक्ष तथा समाजसेवी हेमा मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेवार समुदायका जम्मा १९ जना १४ वर्ष मुनिका नेवार बालिकाहरूले सहभागिता जनाएका थिए।
ट्यालेन्ट शोमा अविशा महर्जन, रोनिशा खड्गी, इच्छा महर्जन, मुखु महर्जन, नुजला सिंह महर्जन, सफिना श्रेष्ठ, सुज्योजी डंगोल, वेदान्सी डंगोल, अनिका महर्जन, सुहिना श्रेष्ठ र लुमना महर्जनले नृत्य, लुन्जला महर्जन, विमिशा डंगोल र रुही महर्जनले कुमारी नृत्य, विपश्वी मानन्धरले जिम्न्यास्टिक, निलिशा जोशी, प्राज्ना महर्जन र निभा कायस्थले चित्रकला तथा गृष्मा राजचलले गायन कला प्रस्तुत गरेर मोहित तुल्याउने प्रयास गरेका थिए ।
मिस नेवा २०२० विजेता नितु डङ्गोलले उद्घोषण गरेको उक्त कार्यक्रमको विशेष अतिथिमा लिटिल नेवा: आर्या श्रेष्ठ, समाजसेवी सुर बहादुर श्रेष्ठ, किड् क्विन अपेक्षा शेरचन तथा समाजसेवी अनु शेरचनको विशेष उपस्थिति रहेको थियो भने सो ट्यालेण्ट शोको निर्णायक मण्डलमा निर्णायकहरू विश्व क्योकुशिन सेईसिन काई कराँते महासङ्घका उपाध्यक्ष तथा नेपालका प्रमुख शिहान अशोक कुमार श्रेष्ठ, पत्रकार तथा साहित्यकार सिर्जना दुवाल , महिला उद्यमी तथा समाजसेवी रेश्मा श्रेष्ठ, मिस नेवा: २०२२ विजेता शलिना महर्जन, फेसन डिजाईनर तथा नायिका शोभा महर्जन तथा पुर्व मिस नेवा: रेजिशा डङ्गोल रहेका थिए। १४ औँ संस्करणको उक्त “मिस लिटिल नेवा:२०२२“ मा संयोजक मिस नेवा २०२१ विजेता कृषा महर्जन र उप–संयोजक प्रदिका महर्जन तथा कोरियोग्राफरमा मिस नेवा २०२२ विजेता सलिना महर्जन र उप विजेता प्रिया तण्डुकार रहेका छन्।