संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल सरकारका तर्फबाट प्रदान गरिएको ‘महाकवि देवकोटा पुरस्कार’ २०७७ सालको भाषा साहित्य सेवा विधातर्फको राष्ट्रिय पुरस्कार रु.१ लाख नगद सहित जनमतका प्रधान सम्पादक मोहन दुवालले प्राप्त गर्नु भएको छ । ‘महाकवि देवकोटा राष्ट्रिय पुरस्कार’ पाउनुहुने अन्य साहित्यकारहरुमा त्रिलोचनआचार्य (कविता), प्रा. ठाकुरप्रसाद पराजुली (निबन्ध र समालोचना), राम भरोस कापडी ‘भ्रमर’ (गद्यआख्यान र नाटक), बूँद राना (बालकविता र लोक साहित्य), प्रा.डा. देवीप्रसाद सुवेदीलाई ‘गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार’स्नेह सायमीलाई ‘गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार’ प्रदानगरिएको छ । यसैगरी रु.१ लाख राशी सहितको ‘राष्ट्रिय पुरस्कार’ पाउनेहरुमा गोपीकृष्ण शर्मा (भाषा साहित्य), मदनकृष्ण श्रेष्ठ (सङ्गीत नाट्यविधा), प्रा.डा. कैलाश प्याकुर्याल (संस्कृति), हरिप्रसाद शर्मा (ललितकलाविधा), श्रीओम श्रेष्ठलगायत विभिन्नविधा र प्रदेशका २८ जना सिर्जनशीलप्रतिभाहरुलाई ‘प्रादेशिक प्रतिभा पुरस्कार’ २०७८ असार २७मा सम्मानपत्र प्रदान गरिएको छ ।