ललितपुरको मोक्ष रेस्टुरेन्ट एन्ड बारमा सांग्रिला लिटरेचर फेस्टिबलको पहिलो ‘सांग्रिला संवाद’ सम्पन्न भएको थियो । संवाद–उद्घाटनमा कविद्वय तुलसी दिवस र रमेश क्षितिजले कविता लेखन, जीवनका उकाली–ओराली–घुम्ती–मोड र दर्शनमाथि गहन विमर्श गरे ।
दिवस र क्षितिजको संवादपछिको दोस्रो सत्र कविता–वाचनमा १२ कविले आफ्ना नयाँ–पुराना कविता सुनाएका थिए । कविहरू अविनाश श्रेष्ठ, शैलेन्द्र साकार, श्रवण मुकारुङ, दीपक सापकोटा, गीता त्रिपाठी, ज्योति जंगल, विमला तुम्खेवा, शकुन्तला जोशी, बिना थिङ तामाङ, अभय श्रेष्ठ, टंक उप्रेती र सविता गौतम दाहालले कविताको भव्य र सुन्दर काव्यिक माहोल सिर्जना गरे ।

फेस्टिबल–निर्देशक केन सुवेदीले भने, ‘विभिन्न संस्थाको सामूहिक पहलमा मासिक रुपमा संवाद आयोजना गरिनेछ । सांग्रिला संवाद साहित्यिक गतिविधि, किताब विमोचन, पुस्तक चर्चा, बहस गर्ने एक साझा चौतारी हुनेछ ।’ उनका अनुसार, सांग्रिला संवादको अर्को शृंखला भदौमा आयोजना हुनेछ ।










