जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

गठांमुगल चतुर्दशी

डा. चुन्दा बज्राचार्य डा. चुन्दा बज्राचार्य
प्रकाशित १८ श्रावण २०८१, शुक्रबार
संस्कृति भित्र
0
गठांमुगल चतुर्दशी

xr:d:DAE2PJaye3g:224,j:31516142071,t:22072605


आजका उपत्यका भित्रका नेवारी समुदायले गथांमुग अर्थात् घण्टाकर्ण पर्व मनाउँदै छन् । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व चाडपर्वमध्ये सबैभन्दा जेठो मानिन्छ ।

श्रावणकृष्ण चतुर्दशी/दिलागा: १४ का दिन मनाइने पर्व गठांमुगल (गथांमुग:) हो। नेवार जातिले खेतीपातीको काम सकिने बित्तिकै मनाउने पहिले चाड गथांमुग: हो। रोपाइँ पछि मनाइने यो पहिलो चाड हो। यसपछि अरू चाडबाडहरू लहरै आउँछन्। त्यसैले यो पर्वलाई नेवारहरूको पहिलो चाड पनि भनिन्छ । कोही कोही यसलाई ।।।छोरा पर्व (काय्मचा नख:)’ पनि भन्ने गर्छन्। इतिहासकार शंकरमान राजवंशीको भनाई अनुसार मानिस मर्दाअन्तिम संस्कारकै क्रममा छ्वास (टोलको दोबाटो) मा मरेका व्यक्तिको लुगाफाटो फाल्नु पर्दछ । त्यही स्थानलाई गणस्थान मूलगढ भनिन्छ । यही ।।।मूलगढ’ शब्दका केही अक्षरहरू यताउति गरी ।।।गथांमुग:’ बन्न गएको हो। गथांमुग:लाई तीन वटा शक्तिहरू सत्व, रज, तममाथि तीन खुट्टा राखी उभ्याइने त्रिपद संवर भैरव पनि भनिन्छ । गठांमुगल कहिलेदेखि मनाउन थालियो भन्ने स्पष्ट नभए पनि गोपालराज वंशावलीमा गठांमुगलको सन्दर्भ उल्लेख गरिएको पाइन्छ । (वज्राचार्य : २०२५ पृ २–३) यसबाट जयस्थिति मल्लको राज्यकालभन्दा अघि नै यो पर्व मनाउन थालिसकेको थाहा हुन्छ तर लिच्छवीकालमा यसको चलन नभएको पनि धनवज्र वज्राचार्य र कमलप्रकाश मल्लद्वारा सम्पादित गोपालराज वंशावलीबाट प्रस्ट हुन्छ । (वज्राचार्य, मल्ल : १९८५, पृ ६९) । गथांमुग:लाई घन्टाकर्ण पनि भन्ने गरिन्छ ।
गथांमुग:मा घन्टा झुण्ड्याउने बारे विभिन्न लोकोक्तिहरू सुन्न पाइन्छ । त्यतिबेला एकजना मानिस थिइ जो देवताको नाम सुन्न चाहँदैनथ्यो। देउताको नाम
सुन्नु पर्ला भनेर उनी कानमा ठूलठूला घन्टाहरू झुण्ड्याएर हिँड्ने गर्थे । उनी गरीबहरूप्रति भने अत्यन्त सहानुभूति राख्ने गर्दथे। एकदिन त्यो व्यक्तिको मृत्यु भएछ । मृत्यु पछि टोलमा पैसा उठाएर उनको सत्गति गरिएछ । त्यसैले गठांमुगलमा पैसा उठाउने चलन चलेको हो भनिन्छ । त्यस्तै अर्काे कथन छ, उहिले एकजना यस्तो मान्छे थिए जो सुनचाँदी भन्दा फलामको गहनामा विश्वास राख्थे। उनी ठूला विद्वान भएपनि जातमा भने साना थिए । एकजना धनी व्यक्तिकी छोरीसँग उनको प्रेम रहेछ । यो कुरा थाहा पाएर ती धनीले आफ्नी छोरी सानो जातको मान्छेसँग पोइल गएमा आफ्नो बेइज्जत होला भन्ने डरले तिनलाई जिउँदै जलाइदिएछन्। पछि टोलबासीले वास्तविकता थाहा पाएर सम्मानपूर्वक उनको अन्त्येष्टि गरेछन्।

त्यस्तै अर्काे भनाई पनि छ, उपत्यकामा गठांमुगल भन्ने एउटा राक्षसले सार्‍है दु:ख दिने गरेको रहेछ । एकदिन त्यसलाई मार्न एउटा तान्त्रिक भ्यागुताको रूप लिई राक्षस आउने बाटोमा ढुकेर बसिरहे। राक्षस आउनेबित्तिकै उनले राक्षसलाई जिस्क्याउन थाले। रिसले चुर भएका राक्षसले भ्यागुतालाई मार्ने खोजे। तर भ्यागुता उफ्रेर भागे। राक्षसले पनि लखेट्न थाले। भाग्दै गरेका भ्यागुतो एउटा पानी जमेको दलदलभित्र लुक्न पुगे। राक्षस पनि दलदल मै पसे। भ्यागुतो दलदलबाट निस्के तर राक्षस भने त्यहीं फँसेर मरे। पछि टोलमा जगात उठाएर एउटा पोडेको हातबाट उक्त राक्षसको अन्त्येष्टि गराए । त्यसैले गठांमुगलको अन्त्येष्टि समाजको सबैभन्दा तल्लो जातलाई गर्न लगाउने चलन चलेको हो भनिन्छ । यसरी गठांमुगल बारे प्रचलित सबै लोकोक्तिहरूमा गठांमुगलसँग सम्बन्धित विभिन्न प्रशंगहरू जोडिएको पाइन्छ । तिनमा गठांमुगल बारे कुनै न कुनै कुरा लुकेर बसेको देखिन्छ । गठांमुगलबारे विभिन्न धारणा गठांमुगललाई घन्टाकर्ण किन भनियो भन्ने बारे माथि उल्लेख भइसक्यो। गठांमुगललाई त्रिपदसंवर भैरव पनि भनिन्छ किनभने गठांमुगललाई नर्कटको तीनखुट्टा बनाई ठड्याइन्छ । तीन खुट्टामा उभ्याउनु भनेको त्रिपद संवर भैरवको प्रतीक हो। यो भैरवलाइ त्रिशक्ति (सत्व, रज र तम) माथि तीन पाइला राखी उभ्याइन्छ । गठांमुगल शिव शक्तिको प्रतीक अर्थात अर्धनारीश्वर हुन्। त्यसैले गठांमुगल ठड्याउँदा कतै कतै एकातिर नारी लिङ्ग र अर्काेतिर पुरुष लिङ्ग लेखेर टाँस्ने गरिन्छ । गठांमुगललाई सृष्टिको प्रतीकको रुपमा पनि लिने गरिन्छ । कुनै गठांमुगल भैरव भए कुनैलाई अजिमा मान्ने गरिन्छ । क्षेत्रपालमा ठड्याइने गठांमुगललाई भैरव र छ्वासमा ठड्याइने गठांमुगललाई अजिमा मानिन्छ । त्यस्तै गठांमुगलमा भैरव वा अजिमा अथवा राक्षस वा राक्षसनीको मुखौटो राखेर तलतिर लिङ्ग लेख्ने वा बनाउने चलन पनि छ । गुफा राखी सकेका केटीहरूलाई पुरुष गठांमुगल ढोगाउने चलन छ । गुफा राख्नु भनेकै यौनसम्बन्धी ज्ञान दिने संस्कार हो। गुफा संस्कार पछि उन्मत्त भैरव वा पुरुष गठांमुगलमा ढोग्न लाउनु भनेको नारीलाई सृष्टिक्रिया बारे परोक्ष
रूपमा परिचित गराउनु पनि हो। त्यस्तै गठांमुगललाई भूत मान्ने चलन पनि छ । यिनलाई हिन्दूहरू शिवपार्वतीका रूपमा लिन्छन् भने बौद्धमार्गीहरू
भैरव वा अजिमाको रूपमा मान्छन्। विधि फरक भए पनि गठांमुगललाई पुरुष र स्त्री दुवै रूपमा लिने चलन भने व्यापक छ ।

कसै कसैको विचारमा गठांमुगल र घन्टाकर्ण एउटै होइन भन्ने पनि छ । उनीहरूका अनुसार घन्टाकर्ण एक कट्टर शिवभक्त हुन्। भगवान शिव बाहेक अरूको नामै सुन्न नपरोस् भनी उनले कानमा घण्टो झुण्ड्याएका हुन्। काशी क्षेत्रमा घन्टाकर्णको पोखरी छ । त्यहाँ शिवलिङ्ग धारण गरेका घन्टाकर्णको मूर्ति पनि रहेको छ । उक्त पोखरीको नामै ।।।घन्टाकर्ण पोखरी’ हो। यो ठाउँमा घन्टाकर्णको मूर्ति स्थापना गरी काशीका जनताले उनलाई दानवको रूपमा होइन ईश्वरको रूपमा मान्ने गरेका छन्। त्यसैले गठांमुगल र घन्टाकर्ण एउटै हो भन्न नरुचाउनेहरू पनि छन्। (श्रेष्ठ : सन्ध्या टाइम्स, दिल्लागा: १३, १११७)

गठांमुगल : रोपाइँ सुध्याउने कार्य
गठामुंग: चतुर्दशीलाई कृषिकर्म सुध्याउने दिन पनि भनिन्छ । गठांमुग: अघि बैशाख संव्रmान्तिका दिन दोबाटोहरूबाट भूत तानेर घरघरमा भित्र्याउने गरिन्छ । यो भनेको खेतीपाती बलियोसँग सम्पन्न गर्न सकियोस् भनेर हो। उक्त दिन खेतबाट फर्केर जो घर पस्छ उनीसँगै भूत पनि पस्ने भएकाले गठांमुगलको दिन कृषिकर्म सुध्याउने चलन छ । कृषिकर्म सुध्याउनु भनेको घरमा बढारकुढार गर्नु, घर लिप्नु र घरमा रहेका लुगाकपडा धुनु हो।
रोपाइँ अलि पहिले नै सकिए गथांमुगल अघि नै कृषिकार्य सुध्याउने कार्य गरे पनि हुन्छ । सुध्याउनु भनेको रोपाइँ सकिने बित्तिकै पूरा घर चोख्याई आफ्नो शरीर शुद्ध पार्नु हो। गठांमुग: भन्दा अघि नै सुध्याउनेहरूले रोपाइँमा आफूलाई सहयोग गर्नेहरू सबैलाई बोलाई धन्यवाद सहित तुच्चा (चियापान) र खाना खुवाउने चलन छ । केही गरी गथांमुग:सम्म पनि रोपाई सकिएन भने गथांमुग: कै दिन पनि कृषिकर्म सुध्याउने कार्य गरिँदैन । सुध्याइ सकेका मानिसहरूले सुध्याउन बाँकी रहेका मानिसहरूलाई छुने पनि गर्दैनन्। साथै तिनीहरूको घरमा पनि पस्दैनन्। किनभने सुध्याई कार्य बाँकी रहेको घरमा जाँदा त्यहाँ बसेका भूत पुन: आफूसँगै घर फर्कन सक्छ भन्ने विश्वास गरिन्छ ।

घरघरमा गठांमुग:को पूजा
नेवार समाजमा गठांमुग:को छुट्टै स्थान छ । यो पर्व विशेष गरी चोखोनितो भएर मनाइने भए पनि उक्त दिन घरघरमा मासु, रगतमासी, छाला, हाड, आन्द्राभूँडि आदि थरिथरिका काँचो मासु, जाँड, लसुन, छ्यापी बौस्वां इत्यादी च्वकाबजि (च्यूरा) मा बौ राखी पन्छाउने चलन छ । बौराख्दा त्यसमा रक्सी तथा जाँडको क: (जाँड निकालिसके पछिको चोकर) पनि राख्ने चलन छ । यसरी बलि भाग पन्छाउन लाँदा कसैले बिहानै पूजा गरेर त्यसलाई गठांमुग: भएको ठाउँमा राख्ने गर्छन् भने कसैले दोबाटो वा पीठमा पन्छाउने गर्छन्। त्यसरी चढाइने बलिभागमा रक्सी वा जाँड तर्पण गरी पूजा गर्ने चलन पनि छ । बलि पन्छाउने एउटै भए पनि भिन्न भिन्न तरिकाले पूजा गरेको देखिन्छ । तान्त्रिक पूजा गर्नेहरूले सिन्ह: पूजा वा कलश पूजा गरी त्यसमा प्रसाद समेत चढाउने गर्दछन्। यसरी बलि दिँदा बलि पन्छाउन गएका मानिस घर फर्केपछि घरको ढोकापिच्छे पूजा गरी भूतप्रेत भित्र पस्न नसक्ने मन्त्र लेखिएको महाजन्त्र ढोका माथि टाँसेर चौकोसमा तीन काँडे स्वकिं वा फलाम ठोकेर पूजा गरिन्छ । यो सँगै विभिन्न किसिमका धूपहरू, सस्र्यू, रायो, बेसार आदि राखेर बाल्ने गरिन्छ । यसको धुँवाले लामखुट्टे लगायत विषालु किरा फट्यांग्राहरू निर्मूल हुन्छ भन्ने मान्यता रहेको छ । यसरी पूजा गरिसके पछि बाहिरैदेखि पूजा गर्दै ढोका पनि बन्द गर्दै आउने गरिन्छ । कोही कोही यसरी ढोका थुनेर आइसकेपछि पुरूसं बसेर पूजा गर्नेहरू पनि छन्। कसै कसैको भने बलि मन्छाउनु अघि नै पूजा गर्ने चलन पनि छ । यी सबै कार्य सकेपछि भोज खाने चलन छ । भोज खानु अघि बलिमा लसुन, छ्यापी, अदुवा, खोर्सानी, हाकु छ्वय्ला राखी समय्बजी चढाएर खाने गरिन्छ । गठांमुग:मा ढोका ढोकामा मात्र फलामे काँटी ठोक्ने नभई ससाना बालबालिकालाई फलामको कल्ली लगाई दिने, ठूलाहरूले पञ्चधातु – फलाम, पित्तल, तामा, चाँदी वा सुनको औंठी लगाउने चलन छ । त्यस्तै तुनामा खाइसि …..बाँधी दिने चलन पनि छ । यसरी खाइसि बाँध्ने, फलाम वा पञ्चधातुको औंठी लगाउनाले भूत प्रेत नलाग्ने मात्र होइन उनीहरू ठाउँ छोडेर भागेरै जान्छन् भन्ने भनाई छ ।

केटीहरूले गथांमुग: मनाउने तरिका
गथांमुग: पर्वमा घर चोखो गरी बलि राख्ने र धुप बालेर पुजा गरी समय्बजी खाने मात्र नभई बिहे भइनसकेका किशोरीहरूले यसलाई आफ्नै तरिकाले मनाउने चलन पनि छ । केटीहरू विशेष गरी कपडाको पुतली बनाएर खेल्ने गर्छन्। बिहानैदेखि दोबाटो चौबाटोमा ठड्याइराखेका गथांमुग:मा आफूले बनाइराखेका वा यसै अवसरको लागि भनेर बनाएको कपडाका पुतलीहरू झुण्ड्याउने चलन छ । आफूसँग भएका अरू पुतलीहरू पनि बोक्सीले उडाउला भनी अध्याँरो ठाउँमा केही गर्‍हौं वस्तुको मुनि लुकाएर राख्ने गरिन्छ । गथांमुग:मा एउटा मात्र पुतली झुण्ड्याउने भए केटी पुतली, दुइटा झुण्ड्याउने भए एउटा केटी र एउटा केटा पुतली झुण्ड्याउने गरिन्छ । गथांमुग:मा पुतली नचढाए पुतलीहरू बोक्सी भएर मुसा जस्तै कराउन थाल्छन् भन्ने विश्वास रहेको छ । बिहे नभएका केटीहरूले बीचमा प्वाल भएको पैसा पनि चढाउने गर्छन्। त्यसो त अहिले त्यस्तो प्वाल भएको चार पैसे ढ्याक र कपडाको पुतली खेल्ने चलन हराइसकेको छ । त्यस बेला सम्म धानका बाला पनि ठूलो भइसकेका हुन्छन्। यही बेला केटीहरूले हातमा मेहन्दी (लैंचा) लगाउने पनि गरिन्छ । गथांमुग:लाई यौनजन्य धार्मिक कार्यको प्रतीकको रूपमा पनि लिन सकिन्छ । केटीहरूले हातमा मेहन्दी लगाउनाले एक किसिमको श्रृंगार रस प्रदर्शन हुन्छ भने गथांमुग:मा पुतली बाँध्ने कार्यले यौनकार्यको आभास हुन्छ । साथै यसमा आफ्नो सीपको पनि प्रदर्शन हुन्छ किनभने गथांमुग:मा आफूसँग भएका सबैभन्दा राम्रो पुतली नै झुण्ड्याउने गरिन्छ ।

केटाहरूले मनाउने गथांमुग:
घर भित्रका धेरैजसो काम घरका वरिष्ठ सदस्यले गर्ने भए पनि गथांमुग:मा बाहिरका धेरै जस्तो काम भने पुरुष केटाहरूले गर्ने गर्छन्। बिहानै नरकट वा निगालोको तीन मुठा बनाएर ठड्याउने र त्यसमा गथांमुग:को नक्सा बनाएर टाँस्ने काम गरिन्छ । उक्त बाटो भएर आउने बटुवासँग डोरी टाँगेर जगात उठाउने गरिन्छ । त्यो खास गरी ।।।आजु जय’ भनी गथांमुग:को लाश उठाउन चन्दा मागिएको हो। दिनभरि गथांमुग: ठड्याएर टोलमा कोही आफन्त नभएका कुनै पोडे वा हालाहुलुलाई उक्त क्षेत्र भित्रका घर घरमा पैसा माग्न पठाइन्छ । जानु अघि उनलाई भोज ख्वाएर ।।।आजु जय’ भनी भट्याउन लगाइन्छ र उनको पछि पछि जाने केटाहरू ।।।हा ̃ हा ̃’ भनी कराउँदै जान्छन्। आजु जय भट्याउनेले गठांमुग: मर्‍यो, अब त्यसको अन्त्येष्टि गर्न पैसा चाहियो भनी माग्ने भएता पनि केटाहरूले भने उनलाई धपाउन ।।।हा ̃ हा ̃’ गरी कराउँदै जाने गरेको हो। यसरी जाँदा भुस्याहा कुकुरहरू पनि सँगसँगै जाने गरेको देखिन्छ । कोही आफन्त नभएका आजु जय माग्नेको भुस्याहा कुकुरसँग अपनत्व हुनु स्वाभाविकै हो। उनीसँगै हिँड्ने, उनीसँगै सुत्ने भएकाले उनी आजु जय भट्याउँदै जहाँ जहाँ जान्छन्, भुस्याहा कुकुरहरू पनि त्यहीँ त्यहीँजाने गर्दछन्। आजु जय मागिसके पछि उनलाई भोज ख्वाएर चौबाटोमा ठड्याई राखेको गठांमुग: ढालेर उनलाई पनि त्यसैमाथि राखेर तानेर लाने गरिन्छ । यसरी तानेर नदी किनारमा पुगेपछि गथांमुग:लाई आजु जयले नै दाग बत्ति दिएर अन्येष्टि गर्ने चलन छ । गथांमुग: स्त्री र पुरुष दुबै हुने भएकाले गथांमुग: ढाली घिसारेर ल्याउँदा एउटा टोलको गथांमुग:माथि अर्काे टोलको गथांमुग: घोप्ट्याइदिने चलन पनि छ । कतै कतै स्त्री गथांमुग: ठड्याउने टोलमा पुरुष गथांमुग: नल्याउन्जेल पर्खेर बस्ने र पुरुष गथांमुग: आइपुगे पछि दुवैलाई एकैठाउँ खप्ट्याएर दुवै तर्फका केटाहरूले सँगै घिसारेर लाने चलन पनि छ । काठमाडौंमा वंग: (इन्द्रचोक) को गथांमुग:लाई घिसारेर ल्याउँदा किलागल पुग्ने बित्तिकै किलागलको गथांमुग: पनि ढाल्ने र त्यसैमाथि इन्द्रचोकको गथांमुग: चढाएर सँगै घिसार्ने गरिन्छ । किलागलको गथांमुग:लाई स्त्री र इन्द्रचोकको गथांमुग:लाई पुरुष मानिन्छ । यसरी गथांमुग: घिसार्दा कतै कतै अश्लील गफ गर्दै जाने चलन पनि छ ।
न्यतमदु अजिमा (नरदेवी)
टोलको गथांमुग: तानेर लाँदा न्यतमदु अजिमा स्वयम् विराजमान हुने हुँदा हेर्नु हुँदैन भनेर घरघरै झ्याल ढोका लगाउने गरिन्छ । मरुटोलस्थित छ्वासपाखाको गथांमुग: बिष्णुमतीतिर घिसार्दा पनि बाटामा पर्ने घरहरूको झ्याल ढोका लाउनु पर्छ भनिन्छ । बोक्सी विद्या सिक्ने दिन गथांमुग:का दिन महिलाहरू विभिन्न अजिमा थानमा गई तान्त्रिक बलद्वारा बोक्सी विद्या सिक्ने गरिन्छ भन्ने भनाई छ । विशेष गरी कंग अजिमा, न्यत अजिमा, लुंमरि अजिमा, म्हय्पि अजिमा, मैती अजिमा थानमा राति पूजा गरी कुविद्या सिक्ने कथन छ । यो विद्या सिक्दा अजिमालाई खुसी पार्न आफ्नै लोग्नेको बलि दिने र यसो गर्दा बोक्सी विद्यामा निपुण हुन्छ भनिन्छ । त्यस्तो पूजामा जाँदा महिलाले आफ्नै चोर औंलालाई टुकी झैं बालेर जाने गर्छन् पनि भनिन्छ । तर अहिले यस्तो कथन कमै मात्र सुन्न पाइन्छ । पहिले पहिले शिक्षाको अभावले गर्दा पनि यस्ता कुराहरू प्रचारमा आएको हुनुपर्छ । बिजुली नभएको त्यस बखत कहीँ जानु पर्दा पुल्ठो बालेर जाने भएकोले त्यसैलाई बोक्सी विद्या सिक्न गएको पनि भनिएको होला । बाजा निकालिने दिन रोपाइँ शुरु गर्दा थन्क्याएका विभिन्न
सांस्कृतिक बाजागाजाहरू पनि गथांमुग: कै दिन फुकुवा गरी निकाल्ने गरिन्छ । रोपाइँको चटारो सकिसकेको हुनाले त्यतिबेला फुर्सदको समय पनि हुन्छ । त्यसैले गथांमुग: कै दिनदेखि नयाँ केटाकेटीहरूलाई नास:द्य:कहाँ पूजा गराई बाजा सिकाउने कार्यको थालनी गरिन्छ । बाजा वा नृत्य सिकाउन पहिले नास:द्य: नै पूजा गर्ने नेवार जातिको चलन भएकोले त्यति बेला गरिने नास: पूजालाई गठांमुग:को नास:द्य: पनि भन्ने गरिन्छ । यसरी विभिन्न दृष्टिकोणले हेर्दा गठांमुग:को साँस्कृतिक पक्ष अति महत्वपूर्ण देखिन्छ । सृष्टिदेखि अन्त्यसम्मकै जीवनको मनोविज्ञान समेटिएको यो पर्व हिन्दू र बौद्ध दुबै धर्मावलम्बीहरूले उतिकै आस्थापूर्वक मनाउँदै आएको पाइन्छ ।

गथांमुग:मा चाहिने सरजाम
बौस्वां
च्वका बजि
बौपा:
राँगाको रगत, हाड, आन्द्राभूँडी, फोक्सो, कलेजो, छाला
रक्सी, जाँड र जाँडको ठोस
समय् परिकार – कालो भटमास, अदुवा, स्या बजी, च्यूरा, छ्वय्ला,
लसनु, छ्यापी फलामको स्वकुंपा:, फलामको काँटी, फलाम वा पञ्चरत्न,
औँठी धुप – सस्यूँ, मुजुरको प्वाँखको धुलो, श्रीखण्ड, बेसार, धुपको धुलो
आदि मिलाएर बनाइको धुप ।

हाकु छ्वय्ला पोलेर घरमा मासुको धुँवा लाउने चलन पनि छ । त्यतिबेला घरघरमा बलि दिने मात्र नभई भूतप्रेत आदि खराब तत्वहरू घरमा प्रवेश नहोस् भनेर मूलढोकाका साथै कोठाहरूमा पनि जन्तर टाँस्ने चलन छ । कसै कसैले भूतप्रेत भगाउन छ्वाली बालेर घरभरी धुँवा लगाउनेपनि गर्छन्।

तस्बिर : फेसबुक


Tags: गठांमुगल
अघिल्लो पोष्ट

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

पछिल्लो पोस्ट

गठांमुगल पर्व मनाइयो

डा. चुन्दा बज्राचार्य

डा. चुन्दा बज्राचार्य

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

१९ फाल्गुन २०८१, सोमबार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
पछिल्लो पोष्ट
गठांमुगल पर्व मनाइयो

गठांमुगल पर्व मनाइयो

रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तमशान्ति पुरस्कार

रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तमशान्ति पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मानव स्रष्टाबाट मात्र सिर्जना सम्भव छ : विष्णु प्रसाद पराजुली

मानव स्रष्टाबाट मात्र सिर्जना सम्भव छ : विष्णु प्रसाद पराजुली

४ जेष्ठ २०८०, बिहीबार
बधशालामा देश

बधशालामा देश

४ जेष्ठ २०७८, मंगलवार
छोरीका आँखामा ‘भूपी’

छोरीका आँखामा ‘भूपी’

४ जेष्ठ २०८०, बिहीबार
संस्कृति विश्वकोषका रचयिता  हरिराम जोशी

संस्कृति विश्वकोषका रचयिता हरिराम जोशी

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक