जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

धर्मको चेष्टा

रविकिरण निर्जीव रविकिरण निर्जीव
प्रकाशित ११ श्रावण २०८१, शुक्रबार
संस्कृति भित्र
0
धर्मको चेष्टा

कुरा यसरी प्रारम्भ गरुँजस्तो लाग्यो : वंशबन्धुहरुमा कसैको दु:खद निधन हुँदा त ‘जुठो बार्ने’ कुरा बरु स्वाभाविक होला तर नवजात शिशुको जन्म हुँदा खुशियाली मनाउनु पर्नेमा किन ‘जुठो बार्ने’ गरिएको होला ? यो बार्ने कुरा पौराणिक ग्रन्थ, बार्नेको लहड वा पुरोहितको आज्ञा केमा आधारित होला ?

तपाईंमा धर्मको चेष्टा छैन, किन हो ? भन्ने प्रश्न मलाई मेरै परिवारजन र अन्य मानिसहरुले बारम्बार सोधिरहने गर्छन् । अझ कतिपय आध्यात्मिक आस्था भएका मानिसहरु त जरैसम्म पुगेर सोध्छन् : अध्यात्म वा धर्म र देवताप्रति किन यति उदासिन ? मन्दिर जाँदैनौ र गए पनि निधार खालि राख्छौं, घरपैंचो गर्दैनौ, यात्रा गर्दा साइत हेर्दैनौ, रुद्रीपुटिल गर्दैनौ, सत्सङ्मा गएको कहिल्यै देखिन्न, पाठपूजा गर्दैनौ शायद तिम्रो घरमा सङखघण्ट पनि हुँदैनन् कि क्या ? यो उमेरमा पनि किन यतिबिघ्न नास्तिक ? प्रश्न र जिज्ञासाहरुको यसरी वर्ष भएको बेला म उनीहरुलाई हेरेर कहिले मुस्कुराउँछु, कहिले टुलुटुलटु हेर्छु मात्र र कहिले यी गर्ने पर्ने कर्तव्य हुन र ? भनेर प्रति प्रश्न पनि गर्छु । कहिले उनीहरुको जिज्ञासामा समर्थन जनाउन ‘अँ त नि ! म त नुहाउँदा हरे राम ! हरे कृष्ण ! नारायण ! नारायण ! पनि भन्न जान्दिन, कसैलाई लात्तो लागे भने शिव ! शिव ! भन्न पनि मेसो पाउन्न । ज्वाइँलाई नारान नभनी ज्वाइँसाप भन्छु । ब्रह्मकुमार, ब्रहमकुमारीहरुले ‘ओम शान्ति’ अभिवादन गर्दा ‘नमस्कार भन्छु’ । म साँच्चिकै नास्तिक भएछु कि क्या ! मेरो जवाफबाट प्रश्नकर्ताहरु सन्तुष्ट भएजस्तो लाग्दैन, त्यसैले यी विषयहरुमा, यिनका सार्थक र निरर्थक कुराहरुमा सप्रमाण छलफल चलाउने मन थियो र अझै छ । कतिपय मानिसहरु मलाई तिमी अध्यात्मवादी हुँदै गयौ भनेर कमेन्ट गर्छन् तर तिनीहरु स्वयम् आध्यात्मवादी कृयाकलापमा मग्न भएको उनीहरु जान्दैनन् । यसकारण पनि यी र यस्ता प्रसङ्गहरु उठाएर तिनमा विद्यमान रुढिगत र राम्रा तर्कहरु देखाएर, तिनमा भएका विरोधाभाष लेखेर, तिनको अवैज्ञानिक विचार र पक्षपात एवं दमन उजागर गरेर छलफललाई मूर्तिकृत गर्न चाहान्छु ।

व्यक्तिका जिज्ञासा, प्रश्न, कौतुहलता, सन्देह आदि ‘कन्प्mयुजन’, अस्पष्टताहरुलाई व्याख्या र तर्क दिएरभन्दा तिनको घतलाग्दो उदाहारण दिएर अरुलाई सहमतिमा ल्याउन सकिन्छ । शिक्षक, प्राध्यापक र पुराणवाचकहरु यही विधिद्वारा विद्यार्थी र श्रोताहरुलाई सन्तुष्ट बनाउँछन्, तर नेताहरु यो विधिलाई नअपनाई हठबाट अनुयायीहरुलाई ‘कन्भिन्स’ गराउन धेरै समय खर्च गर्छन् ।

माथिका छलफलका विषयहरु, खासगरी आध्यात्मिक र सांस्कृतिकमा आम मानिसको सहमति बनाउन कठिन हुन्छ, किनकि ती तथ्य, सत्य, प्रतीत नभई कल्पना एवं अनुमानको आधारमा, सीमित वर्ग र व्यक्तिहरुको मनोरथ पूरा गर्न लिप्त हुने भएकाले यस्तो भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना र त्यसबारे सङ्गठन, लेखन र प्रचार आदिका काम हुनथाले पछि युवा–युवतीहरु त्यसको अध्ययन र स्कुलिङमा रहनथाले । यो विषय समाज परिवर्तनको आधारशीला हो भन्ने पक्षमा उनीहरुको विश्वास मात्र रहेन, यतातिर उनीहरु क्रियाशील रहन थाले ।

ती दिन नयाँ–नयाँ कम्युनिष्ट कार्यकर्ताहरु नीति तथा अनुशासन पालनामा दृढ एवं कट्टर हुन्थे । जातीय विभेद तथा अन्धविश्वासहरु समाज रुपान्तरणका वाधक हुन् भन्ने विषयमा उनीहरु प्रष्ट हुन्थे र तदनुरुप काम गर्थे । नेपाल देशको कुनै एक भागमा समाज रुपान्तरणका यस्ता आन्दोलनहरु उठे भने तिनको दू्रत गतिमा, जतातता सञ्चार हुन्थ्यो र युवा–युवतीहरु त्यसको प्रभावमा पर्थे, चुम्बकले फलामका कण समाएझैं । उनीहरु जीवनका जोखिम र कठिनाइहरुलाई वास्ता नगरी लक्ष्य प्राप्तिमा प्रतिवद्ध भई होमिन्थे ।

जस्तो ‘प्रभाव’ का दुइटा उदाहरण लिऊँ : १) पच्चीस तीस सालको समयावधिमा हंसपुरका युवा कम्युनिष्टहरुले अछुत पशुपन्छी बध गरेर दलितहरुसँग सहभोज गरे । त्यसको प्रभाव आँधीसरि मानुङको डाँडो काटेर आइ चितवनभरि फैलियो र दर्जनौं अनुयायी बनायो । २) त्यहीँबाटै शैक्षिक डिग्री धारणले व्यक्ति मति र नीतिमा भ्रष्ट हुन्छ भनेर ‘डिग्री बहिष्कार आन्दोलन’ चल्यो र त्यसको एक धक्का पनि देवचुलीको डाँडोपार गरेर चितवनमा ओर्लिइ कैयौं युवा–युवतीहरुमाथि प्रभाव जमायो । यी दुइटा प्रभावहरु अन्यत्र पनि फिँजिए । पछिल्ला दिन ती दुई प्रभावहरु कम्युनिष्ट पार्टी स्थापना, त्यसप्रति मानिसहरुको आकर्षण र सङ्गठन एवं विचार विस्तारका आधार मात्र बनेनन् निरङ्कुश राजतन्त्र र लगामहीन पञ्चतन्त्रको विनाशको पूर्वाधार समेत बने । त्यसैले पोखरा र हंसपुरका ती युवाहरु जो आज जेष्ठ नागरिकको टाकुरामा बसेर पनि अतीतका प्रभावहरुदेखि रमाइरहेका छन्, तिनीहरु धन्यवादका सत्पात्रहरु हुन् ।

त्यो ‘आँधी उठाउने’ अधिकांश युवकहरु आज कहाँ छन् ? कस्तो आसनमा छन् ? यो प्रसङ्ग पढेपछि सङ्कोच मान्ने आसनमा छन् कि, गौरव मान्ने आसनमा छन् ? तिनीहरुको नाम लिँदा सङ्कोच मान्ने आसनमा भए रिसाउलान्, गौरव मान्ने आसनमा भए खुसाउलान् । अदृश्य आसनमा भए न रिसाउन जान्लान् न त खुसाउन जान्लान् । चितवन र अन्य ठाउँका ‘प्रभावीहरु’ पनि गण्डकीका जस्तै रिसाउने, खुसाउने र दुबै संवेदना अनुभूत गर्न नजान्ने खालका होलान् ।

सामन्ती शोषणबाट स्वतन्त्रताको मुक्ति र जातीय सङ्कीर्णताबाट फुक्काफालको जुक्ति सिकाउने स्रष्टा श्यामप्रसाद शर्मादेखि कृष्णसेन इच्छुकसम्म अर्थात् त्यो सर्कल र त्यस बाहिरका कुनकुन साहित्यिक अभियन्ता अगाडि आए ? यसको लिखित/अलिखित इतिहासबाट पनि अरुले शिक्षा लिनुपर्छ ।

बीस र तीसको दशक बीचमा पुष्पलाल श्रेष्ठ कम्युनिष्ट विचारधाराको ‘चकमक र झुलो’ लिएर नारायणघाट बजारमा छिर्दा मैले उनलाई साथ दिएको सम्झना हुन्छ, यतिखेर । मोदनाथ प्रश्रितले पनि दर्जनौ जिल्ला घुमी त्यही चकमक र झुलोले चेतनाको आगो पार्दै हिंडेका हुन् । उनी जेलहरुमा चरम यातनाका बीच कष्टकर जीवनयापन गर्दा उनकी कविता पौडेल परम्पराप्रति विद्रोह बोल्दै हलो जोत्ने र घर छाउने साहसिक र क्रान्तिकारी काम गर्थिन् । यी दिन प्रश्रितले ‘चकमक र झुलो’ बिर्सिने नहोऊन् र कविताले ‘चोया र वाता’को भेद नबिर्सियून् ।

अग्रजहरुले दिएको यो आलोक तथा उज्ज्वलतामा आप्mनो ‘स्वत्व’ तथा सचेत क्रियाशीलता घोलेर सर्वसाधारण मानिसहरुलाई दिने गरेका धेरै युवा–युवतीहरु पनि नभेटिने होइनन् ।

‘ईश्वरीय सर्वशक्तित्व’ तोड्छु भनेर नसकिने, ‘स्वर्गको सुन्दर र समृद्ध सौन्दर्य’ फोड्छु भनेर फोड्न नसकिने, पूर्वजन्म र पुनर्जन्म, भाग्य र दुर्भाग्य, पाप र धर्म गोड्छु भनेर गोड्न नसकिने कस्ता बज्र हुन् ! कस्ता पत्थर हुन् ! तोडिएको र फोडिएको, गोडिएको र मोडिएको अनुभूत भएर पनि अनुभव नहुने ! कस्ता जाल हुन ? कस्ता माल हुन् ?
१. मनुस्मृतिमा मनु – पेज – ३७
क)सृष्टिबारे–लोकानां त विवृद्धय्र्थं मुख बाहूरुपादत: ।
ब्राह्मणं क्षेत्रियं वैश्यं शूद्रं च निरवत्र्तयत् ।।३१।।
ख)नारीको अपमानमा – पेज–३०५
पिता रक्षति कौमारे भर्ता रक्षति यौवने ।
रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ।। ३।।
ग) नारीमाथि दमन – पेज – ३१७
जो स्त्री स्वामी के दुसरा ब्याह करने पर रुष्ट हो कर घरसे भागे तो उसे पकडकर घरमें बन्द कर देना चाहिए, या उसके बापको घर पहुँचा देना चाहिए ।। ८३।। को अनुवाद
घ)विरोधाभास – पेज – ३६३
ब्राह्मणसे शूद्र जाति के स्त्रीमें उत्पन्न कन्या यदि ब्राह्मणके साथ व्याही जाय और आगे भी यही क्रम रहे तो वह अपनी सातवीं पीढीमें अपनी नीच योनीसे उद्धार पाकर ब्राह्मण हो जाती है । ।।६४।। को अनुवाद
ङ)शूद्रको सम्मान् – पेज – ७०
शूद्रोकपि दशमी गत: ।।१३७।। अर्थात् ९० वर्ष माथिको शूद्र माननीय हुन्छ ।
मनुस्मृतिमा नारीको सम्मान, अपमान, दमन तथा तिनीहरुमाथिको व्यवहारमा विरोधाभास जे जति भएका छन्, यस्ता यस्ता विरोधाभास तथा दोधारका कुराहरु प्रशस्त छन्, जस्तो राजा, पण्डित, दलित, दण्ड, पुरस्कार, राज्य सञ्चालन आदिबारे अनेक विरोधाभास वा विवादास्पद विचारहरु छन् । ती सम्मान तथा अवलम्बन योग्य पनि छन् र अपमानजनक र त्याज्य पनि छन् । यो ग्रन्थ यस्तो हास्यास्पद किन भयो ? मनुले किन त्यस्तो ग्रन्थ लेखे ? यसको पूर्ण चिरफार हुनुपर्छ ।
२)गीतोपनिषाद् श्रीमद्भागवद्गीता यथारुपमा कृष्णकृपायममा–पेज–१९८
क)य यथा मां प्रप्रेद्यन्तें तास्तथैव भजाम्यहम–११, अर्थात् जो जुन भावले मेरो शरणमा पर्दछ, त्यसलाई त्यही अनुरुपको फल दिन्छु ।
ख)भागवान बारे – पेज–१९९
मनलाई सफा गर्ने सबैभन्दा राम्रो प्रकृया भगवानको नाम जप्नु हो ।
ग)श्रद्धाबारे – कुनै महान वस्तुमा अटुट विश्वास राख्नुलाई नै श्रद्धा भनिन्छ । पेज – ११०
घ)श्रीकृष्ण बारे – उहाँ आप्mना भक्तहरुको चाहना अनुसार साथी छोरा र प्रेमी जे पनि बनिदिनुहुन्छ । – पेज ७६

यहाँ श्रद्धाबारे श्रेष्ठ उदाहरण प्रस्तुत गरिए पनि (क) मा अति निर्भर हुन सन्देश दिइएको छ । मानिसलाई भगवानमाथिको यस्तो निर्भरताले पुरुषार्थहीन बनाउँछ । (ग) मा श्रीकृष्णका ‘लीलाहरु’ देखाएर उनको अपार शक्तिको अतिरञ्जना गरिएको छ । यस्ता अन्य आध्यामिक काव्य तथा कितापहरुमा नगन्य राम्रा र अनगिन्ती नराम्रा विचारहरुलाई लेखेर जनमानसलाई निष्कृय र बोधो बनाइएको छ । यी यावत कुराहरुको पनि विश्लेषण हुन जरुरी छ । जस्तै वेदलाई विज्ञान भनिने गरे पनि त्यहाँ सोमरसले ‘शत्रु र दान नदिने पात्रहरुलाई हत्या गरिदिन्छ’ भनेर भ्रम दिइएको छ ।
३)ईश्वर मरिसक्यो, ईश्वर मरचुका है वा त्जभ न्यम ष्क मभबम,लेखक – डा. सच्चिदानन्द मिश्र, अनुवादक–बालकृष्ण ‘नेभा’, प्रकाशन–उत्सर्ग, वाराणसी–सन् २००९, वि.सं. २०६५ मा
क) ‘प्रष्ट छ, ईश्वर समाज विकासको खास चरणमा जन्मेको भावना, अनुमान र कल्पनाको अमूर्त सन्तति हो, – मोदनाथ प्रश्रित, कृतिको सान्दर्भिकता, पेज नं. ११
ख) ‘ईश्वर न आजन्मा हो न अनादि’, प्राक्कथन, पेज नं. ५५

यही पुस्तकमा वनार्ड साँले मानवको कल्पनालाई नै ईश्वरको उपस्थितिको कारक मानेका छन् । फ्रायडले देवी, देवताहरु वास्तविक नभै मानिसहरुका रुग्ण कल्पनाका उपज हुन् भनेका छन् र धर्म ‘सुखद दिग्भ्रम हो’ भनेका छन् । कार्लमाक्र्सले ईश्वरको जन्म एउटा गहिरो षड्यन्त्रबाट भएको हो भनेका छन् ।

हाम्रो पालामा अर्थात् आधा सताब्दी अगाडि परिमार्जन पथमा लम्केको संस्कृति पुत्रपुत्रीहरुको पालामा पछि फर्किएर पुरातन संस्कारसँग घुलमिल हुन्छ । हामी पनि त्यही सराबरी हुन बाध्य हुन्छौं । मिसिन नखोज्दा नास्तिक बनिन्छ, उग्र बनिन्छ । कस्तो विद्रुप विडम्वना !

राजनीतिक भाषण, सम्मेलन, प्रशिक्षण आदिमा पूजा, प्रार्थना, प्रवचन, आरति, भजन, कीर्तन आदिले विज्ञान र प्रगतिशील विचारलाई घप्लक्क छोपेका छन्, त्यसलाई उघार्न कसैको पनि सामथ्र्य नभएको अनुभव हुन्छ ।

आप्mनो निधन भइसके पनि माक्र्सले ‘धर्म अफिम हो’ भनेका भन्यै छन्, चार्वाकले ‘भस्मी भुतस्य देहस्य पुनरागमन कुत:’ भनेका भन्यै छन् । पुराणले पुरेतको मुखबाट ‘गर्भिणी नारी बाहेक अरु नारी सति जानू’ भनाएको भनायै छ, यसैले ‘दिवङ्गत मातापिताको नाउँमा दान नगरे उहाँहरु नर्क पर्नुहुन्छ र भोकभोकै मर्नुहुन्छ’ भनेको भन्यै छ तर हामी चुइँक्क बोल्दैनौं, बोले पनि तिनका कानका जाली फुट्न गरी बोल्दैनौं । कताकति आकलझुकल बोलेको प्रतीत हुन्छ तर ती बोलहरु न ओजनदार हुन्छन् न त परिणाममुखी । परिमार्जन तथा परिवर्तनको निम्ति गुन्जिएको विरोधहरु त्यसै–त्यसै हावामा विलिन हुन्छन् । कोही तिनलाई अनुगमन गर्दैन गरे पनि एकैछिनमा छोडिदिन्छ । यी यावत् विकृतिहरुको विरोधमा ‘आगो ओकल्नुपर्छ’ भन्नेहरु पनि पानी पो ओकल्छन् । ‘परिवर्तन’ सदा सेपमै, यथास्थिति सदा पाहारमै ।

अग्रजहरुले दिएको आलोकमा आप्mनो ‘स्वत्व’ घोलेर परिमार्जनजन्य परिवर्तनका प्रयास गर्ने मानिसहरु नभएका त कहाँ हुन् र ! तिनका दुईचारवटा नमुना यस्ता हुन सक्तैनन् र ?
ड्सैरे कान्छो आज जीवितै भए हुँदी भन्दा हुन् : ठूला बराजुको घरमा टयामचरीलाई बलि दिएर त्यसको पवित्र मांश उहाँहरुलाई भक्षण गराउने मै त हुँ । उनले यो कुराको पनि पर्दा उघार्दा हुन् कि ठूला बराजुले पहाडघरका गोठगोठमा टयामचरीको मांशभक्षण गराएका थिए, ब्राह्मण गोठालाहरुलाई ।
ड्डबलबहादुर परियार बुढो भैसकेछ । भेट हुँदा भन्थ्यो: दिव्यपुरको चुनावमा उनले मसित एक अङ्खोरा पानी मागेर घटघटी पिएर प्यास मेटेका थिए ।
देववस्तीमा चन्दा संकलनमा जाँदा तैंले मलाई दलितको हातको सुन्तला खुवाएको थिइस् । त्यसको ‘पतिया गर्ने’ भनेको दिन जुरेकै छैन ।
ड्डतिमीले चर्को जातीय आन्दोलन नचलाए पनि सिँजामा छँदा ‘डुम’ जहिले पनि बाटोको छेउतिरबाट र बराजुमाथि तिरबाट हिँड्नु पर्ने चलनलाई तोड्यौ ।
ड्डतपाईं टाँडीमा भए पनि माडीमा भएपनि अछुत शिष्यहरुको प्रतिभा र जातलाई सधैं उच्च स्थानमा राख्नुभो ।
ड्डचम्पावासको हिमादमा हुँदा अस्पृश्य भनिने स्टाफ सदस्यलाई उसले सधैं ग्रामीण विवाह भोजहरुमा सँगै लिएर गयो ।

प्राचीनता र आधुनिकता, विज्ञान र रुढी, अभिमान र स्वाभिमान, तर्क र हठ, भौतिकता र आधात्मिकता नयाँ र पुरानो बीचमा निरन्तर द्वन्द्व थियो, छ र हुनेछ पनि । दुबै लडाईको विजयको दाबी गर्छन् तर पराजय स्वीकार्दैनन् । दुबै आप्mनो उद्देश्य र ध्येयको सर्वोच्चता दाबी गर्छन्, त्यसको सत्यता र सार्थकताबारे वकालत गर्छन् ।

‘न्यायाधीशलाई’ यसो आँखा घुमाएर हेर्छु, कतै भेट्तिना निर्णायकलाई आँखा रिंगाएर खोज्छु, कतै पाउन्न । अनि यहीँनेर आएर थचारिन्छ ।

मनमा भुमरी उठ्छ : राज्य र माओवादीको लडाईंको वारपार नभए पनि पाण्डव र कौरवको, रावण र रामको लडाईंको वारपार त भएको हो नि ! तर किन यो विज्ञान र रुढीको, तर्क र हठको लडाईंको वारपार हुन्न हँ ?

तपाईंले शान्तिवार्ता र त्यसले टिपेका सम्झौताका अक्षरहरुलाई ‘लडाइँको वारपार’ भने पनि म त्यसो भन्दिन, किन कि त्यहाँ ‘विप्लवी’को शिर झुकेको थियो, अझ ‘सम्झौताका अक्षरहरु’ वा त्यसको ‘व्याकरण’ यति अशुद्ध अमानक, अपरिष्कृत र विकृत छ कि त्यसको सर्वत्र आलोचना छ । सर्वत्र आलोचना को उति सार्थकता नभए पनि ‘द्वन्द्वका बलि र घाइतेका घाउहरु’ अझै आलै रहेकाले त्यो महाआलोचनाको विषय ठहरिएको छ ।

म न्यायाधीश हुने न दाबी गर्छु, न त औकात राख्छु । त्यो पद सम्हाल्ने तपाईंहरुले हो ।
लाग्छ, यी कुराहरु लेख्ता म सिधा सालवृक्ष भएर उभिएको छु । अध्यात्म वा माक्र्सवाद कतैतिर पनि ढल्किएको छैन । विश्वास नभए मलाई परीक्षामा राख्नुस्, म त्यसमा खरो उत्तीर्ण हुनेछ ।


Tags: रविकिरण निर्जीव
अघिल्लो पोष्ट

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा

पछिल्लो पोस्ट

डा. रुइत र पत्रकार तथा लेखक चन्द्रकिशोर पुरस्कृत

रविकिरण निर्जीव

रविकिरण निर्जीव

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

१९ फाल्गुन २०८१, सोमबार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
पछिल्लो पोष्ट
डा. रुइत र पत्रकार तथा लेखक चन्द्रकिशोर पुरस्कृत

डा. रुइत र पत्रकार तथा लेखक चन्द्रकिशोर पुरस्कृत

तीन देशका क्यानभासमा नारी शक्ति

तीन देशका क्यानभासमा नारी शक्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभाव

नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभाव

४ जेष्ठ २०७८, मंगलवार
अँधेरो कारागारबाट …

अँधेरो कारागारबाट …

४ जेष्ठ २०८०, बिहीबार
संस्कृतिका सङ्ग्रहकर्ता  गणेशराम लाछी

संस्कृतिका सङ्ग्रहकर्ता गणेशराम लाछी

४ जेष्ठ २०८०, बिहीबार
श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’

श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक