जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

म तिम्री आमा हुँ

मञ्जु काँचुली मञ्जु काँचुली
प्रकाशित २५ बैशाख २०८१, मंगलवार
कविता, काव्य भित्र
0
म तिम्री आमा हुँ

सम्पूर्ण विश्व तिम्रो लागि
महाशून्य भएको बेला
म तिम्रो सृष्टि र दृष्टिको
पहिलो आलोक हुँ
बन्धनको यातना थुप्रै भोगेर
उन्मुक्तिको चाहनाले
पहिलोचोटि
रक्ताम्य भुइँमाथि छटपटाउँदा
तिम्रा सुक्सुकाउँदा चाहनाको
कदर गर्ने
म तिम्रो स्वाधीनताको
पहिलो काख हुँ
म तिम्री आमा हुँ ।

पारस्परिक नरभक्षणाको
अग्नीमय बिगबिगीको घेराबाट
मैले तिमीलाई जोगाएर
तिम्रो मुटुभित्रको
देवत्वको कोपिलालाई
उर्वरा माटोले
उकेरा लगाएको छु
त्यही फूलका लहरालाई
सहिष्णुताले टेवा दिएको छु
काँक्रा, फर्सी, सिमी, बोडीका
लहराभित्रका
हिरामोतीका
मौलिक कलिला मूल्यलाई
स्नेह र ममताको
थाँक्राले जोगाएको छु
ती अमूल्य फल चिचिलालाई
आँधी र असिनाका बेगबाट
हाँगाका पाखुराले
पातका हातले
बचाएको छु
सभ्यताको अँजुलीबाट बहाउँदै
अबीर छरेको स्लेटमाथि
मानवताको अक्षर चिन्हाउने
म तिम्री आमा हुँ ।

तिम्रा इन्द्रिय चेतनाका
प्रत्येक सुक्सुकाउँदा क्रियालाई
मैले ममताले गोडेकी छु
स्नेहले पानी हालेकी छु ।
हुरीको, असिनाको
प्रखर तापको प्रहारबाट
ती तिम्रा सुकोमल
उन्मुक्तिका मुनाहरूलाई
धोतीको फेर र खास्टोको ढकनीले
जोगाएकी छु
बोली फुट्दाको
बामे सर्दाको
अन्तर्पीडालाई
आफ्नै हृदयको कोपिलाले
सुम्सुमाएकी छु
ज्ञानको अन्तर्धारा निरन्तर बहिरहने
म तिम्रो प्राचीन गौरवभूमि हुँ
म तिम्री आमा हुँ
तिम्रो रगतमा
मेरो उत्प्रेरणा फुलेको छ
तिम्रो मांसपिण्डमा
मेरै कीर्तिमान माटोको
बलियो इमारत उभिएको छ
तिम्रो हृदय स्वरूप अनुहारमा
मेरै मुटुको पराग र सुगन्ध
फैलिएको छ
तिमी उभिंदा मलाई देख्छन्
तिमी बोल्दा मलाई सुन्छन्
तिम्रा झरनाका असंख्य बोली बोकेर
हिउँको सेतो
किरणको रातो
आकाशको नीलो
एउटै क्यानभासमा
असंख्य तिम्रो अनुहार बोकेर
तिमीलाई नै त्यस भित्तामा चिनाउने
म तिम्रै हिमालयको ठोस अनुहार हुँ
म तिम्री आमा हुँ
उज्ज्वल दिन हुँदै
गरिमा हुँदै
इतिहासको गर्भमा मुस्कुराएको
म तिम्रै माटोको आलोक हुँ ।

चेतनाको बीज बोकेर
तिम्रो मस्तिष्कको गमलामा छर्दै
फूल र सुगन्धको सपना
छातीमा बिछ्याएर
जर्जरताको झाडीलाई चिनाउने
सभ्यताको पहिलो किरण हुँ
म तिम्री आमा हुँ
अतीतदेखि जीवित रहेको
युगको हाँकसँगै
कपडाले अङ्ग अनौठो ढङ्गले
बेर्दै आइरहेकी छु
साहचर्यको अनूभूतिमा
कसैले मलाई द्रौपदी नबनाऊ
म तिम्री पनि आमा हुँ ।

स्वास्नीमानिसको
समष्टि रूपको झलक
एकतर्फी भोगेर
भाव संसारका आकाङ्क्षाहरू
अनगिन्ति संवेदनाहरू
विस्तारै शिथिल भएको छ
मनको, मस्तिष्कको, शरीरको,
समग्रता
यतैकतै छामछाम छुमछुम भएको छ ।
स्वाधीनताको उन्मुक्त उज्यालो
तिम्रै बाटोको लागि पोखिएको छु
पृष्ठभूमिदेखि यात्राको दूधधारा बग्दै
म तिम्रो पाउसम्म आइपुगेकी छु
अनौठो चीज प्राप्तिको लागि
यो कुनै याचना होइन
मेरो यो विनीततालाई सजिलै नलत्याउ
म तिम्री आमा हुँ
सबै वैकल्पिक सुविधा
सबै व्यवधान पन्छाएर
म तिम्रो अगाडि उभिन्छु
र आँखाले तिमीलाई सुम्सुम्याउँछु
मलाई भलै तिमीबाट
सहयोग प्रदान नहोस्
भलै मप्रति आभार व्यक्त नहोस्
म तिम्री आमा हुँ
म तिमीलाई युगको गर्वले पोत्छु
मेरो कार्यका पाइला–पाइलामा
दूधको धारा बगेर
तिमीलाई शैरमा बग्ने बाटो
बनाएको छु
उदारताको हात फुकाएर
विपनाको बगैंचामा
सगुन फैलाएको छु ।
स्वाधीनताको उन्मुक्त उज्यालो
तिम्रै बाटोमा पोखिएको छु
भावनाको सन्तुलनले
मैले तिमीलाई निदरी गीत
सुनाएको, गुनगुनाएको लय
यो शून्यमा छापिइसकेको छ
म त्यो तिमीलाई
आकाशको इन्द्रेणीमा देखाउँदैछु
मरूभूमिले तिमीलाई निम्ता गर्दा
मैले तिमीलाई झरनाले रखवारी गरेकी छु
विध्वंशको बारूदले नहकाउँदा
मैले तिम्रो हातमा
सिर्जनाको फूल
राखिदिएको छु
ध्वंश होइन
मैले निर्माणकै
दुई प्रबल सीपयन्त्र बाहूहरू
तिम्रो साथ लगाइदिएको छु
म शब्द बोल्दिनँ
कार्य बोल्छु
किरणै किरणको सिँढी
बिछ्याइदिएको छु
मेघको अधो सुरेली हराइदिएको
सपनाको महले
बाँकी सम्पूर्ण समय
तिमीलाई आशिर्वादको घडा
भरिरहेको छु
आँधीमा, हुरीमा
चट्याङको चित्कार निलेर
म हर बिहान
पुरानै आस्था भएर
तिम्रो ढोकामा
उभिन्छु
मलाई सजिलै नललकार
म तिम्रो पनि आमा हुँ
हरिया र पहेँला बाली
बोकेको
तिम्रो काँपेको
जमीनको शरीरमाथि
जूनको न्यानो दोलाई
ओढाइदिएको छु
तिमीलाई निद्रा नपर्दा
मैले त्यही जूनजस्तो
निदरी गीतले
सगरमाथाको गाथा
सुनाएको छु
पहिलो घामको प्राप्ति
बताएको छु
म तिम्री आमा हुँ
मध्यरातमा
तिमीले टेकेको माटोमा
ज्वर चढ्दा
मैले तलाउकै पङ्खाले
तिमीलाई शीतल बर्षाएको छु
एक दिन
सहपाठीका घरघरका गमलामा
घाऊ फुल्दा
मैले तिम्रो मुटुमा
मलहम पट्टी
लगाएको छु
म तिम्रै गौरवको
पुरानो सम्झना हुँ
म तिम्री आमा हुँ ।

साँझ सडकको
निलो आँखा
ल्याम्पपोष्टमा ब्ल्याक आउट हुँदा
मैले तिम्रो हातमा
टर्च र राँको दिएर
पठाएको छु
म तिम्री आमा हुँ
परेको बेला
मैले तिमीलाई
युद्धको मैदानमा
हतियारको धारमाथि
फलामको जुत्ता लगाएर
पाइला राख्न
सिकाएको छु
र चुपचाप धरतीको
छातीमा
असंख्य धाँजा फाट्दा
मैले कसैले नदेख्ने गरी
आफ्नै मुटु
थिचेको छु
अँध्यारोको बिगबिगी
सलहझैं
दिनसम्म फैलँदा
मैले तिम्रो हातमा
आगोको तरवार
राखिदिएको छु
मैले तिम्रो पालनपोषण गरेर
विज्ञान र ऋद्धि
तिम्रो हातमा
राखिदिएको छु
तेज मस्तिष्कमा राखिदिएको छु
गति पाउमा राखिदिएको छु
तिम्रो रक्षाको निम्ति
दैत्यको वध गर्ने
हिमालयकी भीमा हुँ
म तिम्री आमा हुँ ।
छातीमा बज्र राखेर
विभिन्न व्यथामा
मैले तिमीलाई
एक्लै बाँच्न
सिकाएको छु
अनिद्राका अनगिन्ति रातहरूमा
मैले सपनासँगै
तिमीलाई
फूलबारीमा पुग्न
बलियो खम्बाको
झोलुङ्गे पुल
बनाइदिएको छु
मैले तिमीलाई
पीरो र ध्वाँसे पानीमा
निर्भिक पौडिन सिकाएको छु
मन दरो पारेर
मैले तिमीलाई
आफ्ना दुबै आँखाका
नानीले बारम्बार
सुम्सुम्साएको छु
साहस बटुलेर
मैले तिमीलाई
युद्धको अग्नीकुण्डबाट
प्रलयको विपर्यबाट
यिनै हातले बचाएको छु
अनि मैले आफ्नै मुटुको
स्पन्दनले
तिम्रो छातिमा छामेको छु
म तिम्री आमा हुँ ।
मेरा मौन शब्दहरू
शहरका अनन्त घरहरूमा
रातको चुपचाप
बत्तीजस्तै लेखिएको छ
प्रष्ट देखिएको छ
तिम्रो अनुहारको पर्दामा ।

किरणका धागाहरूले
सुकुल बुनिरहेको छु
युद्धपछि
तिमीलाई विश्राम गर्न
आगोको गोली खाएको
मुटुलाई
मैले बिछ्याइ दिएको छु
दुवोका काख
सधैं अनुभवमा
तिमीलाई विश्राम गर्न
म तिम्री आमा हुँ
मैले बिछ्याइदिएको छु
वातावरणको शून्यमाथि
सिङ्गै घामको काख
सधैं अनुभूतिमा
तिमीलाई विश्राम गर्न ।
भयङ्कर अनावृष्टि
भएको बेला
आफ्नै शरीरबाट उत्पन्न
प्राणपोषकले ।
मैले संसारलाई
जोगाएर सृष्टि
बचाएको छु
निरन्तर तिम्रो रक्षा गर्ने
म विख्यात शङ्कभारी हुँ
म तिम्री आमा हुँ
म ठूलो पृथ्वीमा
एउटैमात्र सत्य हुँ
ठूलो शरीर माझ
एउटै सानो मुटु हुँ
म सिङ्गै विश्वको जीतभित्र
एउटैमात्र हार हुँ
म तिम्री आमा हुँ ।


Tags: मञ्जु काँचुली
अघिल्लो पोष्ट

छाता

पछिल्लो पोस्ट

आमाका हात र जलिरहेका कविता

मञ्जु काँचुली

मञ्जु काँचुली

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
आमाका हात र जलिरहेका कविता

आमाका हात र जलिरहेका कविता

विद्या श्रेष्ठ : मेरी आमा कहाँ छिन् , कहाँ ?

विद्या श्रेष्ठ : मेरी आमा कहाँ छिन् , कहाँ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

४९ वर्षअघिको गीत ‘सुनैको काङ्‍ग्यो’

४९ वर्षअघिको गीत ‘सुनैको काङ्‍ग्यो’

२४ फाल्गुन २०८०, बिहीबार
उधारो सपना

उधारो सपना

२३ फाल्गुन २०७७, आईतवार
शब्दबिम्बमा हरिराम जोशी

शब्दबिम्बमा हरिराम जोशी

२३ फाल्गुन २०८१, शुक्रबार
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए असल हुन्छ

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक