जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

यात्राले नै नयाँ ज्ञान निर्माण गर्न सघाउँछ भन्ने ठान्छु : प्रभा बराल

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित १६ फाल्गुन २०८०, बुधबार
अन्तर्वार्ता, जनमत वार्ता भित्र
0
यात्राले नै नयाँ ज्ञान निर्माण गर्न सघाउँछ भन्ने ठान्छु : प्रभा बराल

पचासको दशक देखि कविता लेखनबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएकी प्रभा बरालको विभिन्न पत्रपत्रिकामा समसामयिक विषयका लेख, कथा र निबन्ध प्रकाशित भइरहन्छन् । घुमफिर गर्न अति नै रुचि राख्ने उहाँको आत्महत्याको जङ्गलमा २०७२ नियात्रा, शब्दहरू अविराम यात्रामा २०५७ कविता सङ्ग्रह, तृष्णाको पहाड गजल सङ्ग्रह, असिनाको कथा बाल कविता सङ्ग्रह र आधा दर्जन भन्दा बढी सम्पादित कृति प्रकाशित छन् । २०७७ सालको मदन पुरस्कारको सूचीमा सूचीकृत फिलिङ्गो उपन्यास बरालको पछिल्लो  कृति हो । प्राध्यापन पेसामा आबद्ध बराल विश्व साहित्य र नेपाली साहित्यका कृतिहरू खोजी खोजी पढ्ने पाठक मध्य एक पर्नुहन्छ । यस पटक जनमतले उहाँसंग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी : 

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
 मेरो एकै चोटि तीन चार वटा पुस्तक पालैपालो गरी पढ्ने बानी छ । दौलतविक्रम विष्टको सगरमाथा परिसरका बारेमा लेखिएको उपन्यास ‘हिमाल र मान्छे’  पढिरहेकी छु । गीतान्जलीश्रीको ‘रेत समाधि’पनि पढिरहेकी छु । 

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाको मन पर्ने एक एक वटा पुस्तकको नाम लिनु पर्दा ?
उत्तर: एउटा एउटामा सङ्कुचन गर्न रमाइलो लाग्दैन त्यही पनि एउटा नाम लिनै पर्छ भने नेपालीमा ‘माधवी’ । हिन्दी र अङ्ग्रेजीमा जे जति पढेकी छु,बुझ्दै छु त्यहाँको समाज र साहित्य । अध्ययन फराकिलो पार्दै छु  । 

तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
म अनुकूल समय पाउने बित्तिकै जुनसुकै समयमा पनि लेखपढ गर्ने गर्छु । हामी महिलाहरुलाई अनेक भूमिकामा बाँधिनु पर्छ । फुर्सदको समय भेट्टाउननिकै मुस्किल हुन्छ ।

साहित्यका विविध विधा मध्ये तपाईँलाई अलि शक्तिशाली विधा तपाईलाई के लाग्छ ?
साहित्यका सबै विधा शक्तिशाली हुन्छन् । यो र त्यो भनेर कुनै विधाको अवमूल्यन गर्न चाहन्न । आख्यान विधामा धेरै पाठकको झुकाव हुने कुरा चाहिँ महसुस गरेकी छु । यसमा सबै मानिसको दुःखसुख अटाउने हुनाले यो बढी पाठक मैत्री हुने रहेछ किभन्ने ठान्दछु । 

सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनुभयो ?
सानो हुँदा खासै धेरै पुस्तक पढ्ने मेसो मिलेन । घरमा बुबाले धार्मिक पुस्तकहरू पढेको थाहा छ । केही हिन्दी र नेपाली कमिक्सहरुका किताब दाजु दिदीले पढेको सम्झना छ ।  कक्षा ९ र १० मा पुगे पछि नेपाली विषयमा राखिएका साहित्यले मन खिच्यो, लेख्न थालेँ । मोह बढ्दै गयो । पोखरामा हुने साहित्यिक कार्यक्रमहरुमा सहभागिता जनाउँदै गएँ । युवामञ्च, विमोचन, गरिमा, मधुपर्क जस्ता पत्रिकाहरु खोजी खोजी पढ्न थालेँ । अग्रजहरुले युधीर थापा, प्रकाश कोविदका उपन्यास पढेको देख्थेँ । ती किताब अश्लील हुन्छन् पढ्नु हुँदै नभनेर हामीलाई रोक लगाउनु हुन्थ्यो । अनि पढिनँ पनि । यसरी नै बिस्तारै साहित्यतर्फ झुकाव बढ्दै गयो ।

कस्ता पुस्तकहरू पढ्न मन पथ्र्यो?
मलाई सानैदेखि कथा, कविता र जीवनीहरू पढ्न मन पर्थ्यो । 

तपाईकुनउमेर समूहमा बढी पढ्नुभयो ?
औपचारिक रूपमा कविता लेख्न थालेको २०५१ सालबाटहो । साहित्य गम्भीर भएर पढ्न थालेको २०५५ सालबाट नै हो । जति बेला म प्रमुख विषय नेपाली लिएर स्नातकतह पढ्थेँ । अत्यधिक पढ्न थालेको भने २०७२ साल यताबाट हो । जब सैनिक महाविद्यालयबाट पूर्णकालीन जागिरबाट उपदानमा निस्किएँ त्यसपछि समय व्यवस्थापन गर्न सजिलो भयो । अहिले त म हरेक दिन सय डेढसय पेज कम्तीमा पढ्छु । बेलुका नपढी निद्रा नलाग्ने लत नै लागेको छ । बाहिर निस्कदाँ झोलामा एउटा किताब कहिल्यै टुटदैन । 

धेरै पटक दोहोराएर पढेका पुस्तकहरू कुन कुन हुन?
धेरै पटक दोहोराएर पढेका पुस्तकहरुमा अग्रज स्रष्टाहरूकै हुन् । जस्तै: गुरुप्रसाद मैनालीको नासो, विजय मल्लको अनुराधा, प्रेमा शाहको पहेँलो गुलाफ, पारिजातका कृतिहरू,वानिरा गिरीका कृतिहरू,पर्ल एस बकको द गुड्स अर्थ, भैरव अर्याल र लक्ष्मीप्रसाद देवकोटाका निबन्धहरू, बौद्ध दर्शनहरु थुप्रै छन् ।

दोहोराएर पढ्नुका कारण खासमा के थियो ?
प्रथमत:ती पुस्तकहरूले मनमा पारेको प्रभाव नै हो । त्यस बाहेक पुस्तकको शैली, शिल्प, पात्र र परिवेशले पनि तानेर । 

पुस्तक पढिरहदाँ त्यसका पात्र, लेखक र परिवेशले कत्तिको पछ्याउँछ ?
उत्तर: पुस्तक पढिरहँदा पात्रले भोगेको जीवन आफ्नै जस्तै अनुभूत हुन्छ । उसले बाँचेको जीवनमा चुर्लुम्म डुब्न पुग्छु । पात्र सँगसँगै कति बेला रोइन्छ, कति बेला हाँसिन्छ । थाहै हुन्न । शायद पाठकले यही आफ्नोपन प्राप्त गर्ने भएकोले ऊ पढ्नमा रुचि राख्ने होला । पठनमा यस्तो अनुभूत गर्न सकिए नभने शायद उक्त लेखन फितलो होला भन्न सकिन्छ । 

तपाईँको विचारमा पढ्नु केका लागि हो ?
मेरा विचारमा पढ्नु भनेको नयाँ नयाँ ज्ञान प्राप्त गर्नका लागि हो । संसारका सबै ठाउँमा हामी पुग्न सक्दैनौँ । पठनबाट नै त्यहाँको संस्कृति र जनजीवन बारे थाहा पाउन सक्छौँ । पढ्ने मानिस संसारमा कहिल्यै एक्लो हुँदैन । बुढेसकालमा पनि पठन सीप हासिल गरेको मानिस कहिल्यै एक्लो हुँदैन । यो राम्रो औषधी हो भन्ने लाग्छ मलाई । हरेक मानिस एउटा न एउटा बानीबाट मुक्त हुँदैन । पढ्ने बानी हुनु संसारकै उत्कृष्ट बानी हुनु हो भन्ने मलाई लाग्छ । 

कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
दुःख सुख जीवनको घाम छाया हो । दुःख परेका बेला दु:खलाई भुल्नका लागि किताब साथी बने । विशेष गरी सत्यताको नजिक रहेर लेखेका जीवनीहरुले मलाई प्रेरणा दिए । 

तपाईसँग कति जति पुस्तकको संकलन होला?
म सँग दुईहजार जति पुस्तकहरू छन् । सानो पुस्तकालय घरमै बनाएकी छु ।  मेरो अधिकांश समय त्यही बित्ने गर्छ । मेरा लागि सबैभन्दा सन्तोषको ठाउँ यही हो । 

पढ्न चाहेर पनि पढ्न नपाएको पुस्तकहरू ?
विदेशी भाषामा लेखिएका प्राय: पुस्तकहरू विविध कारणले पढ्न चाहेर पनि छुटिरहेको हुन्छन् । 

पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्न पर्दा ?
पठनयोग्य पुस्तकहरू यति धेरै छन् सङ्ख्यामा सीमित गर्नु बडो कष्टकर कार्य हो । 

मन परेका पाँचजना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
पारिजात, वानिरा गिरी, शारदा शर्मा, विश्वेश्वरप्रसाद कोइराला, दौलतविक्रम विष्ट, रवीन्द्रनाथ ठाकुर, लियो टल्स टाय आदि ।

अध्ययन र लेखाइबाहेकका रुचिहरू के के छन् ?
मलाई यात्रा गर्न अति नै मन पर्छ । यात्राले नै नयाँ ज्ञान निर्माण गर्न सघाउँछ भन्ने ठान्छु । गृहिणी पनि हुँ, नयाँ नयाँ परिकार बनाउन सिकेर परिवारलाई खुसी राख्न रुचि राख्छु । 

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रुपमा कुन कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
हरेक मानिसका रुचि र अध्ययनका विषयहरु फरक फरक हुन्छन् । यो कुरा स्वयम् पाठक वर्गले नै छनौट गर्दा उपयुक्त होला । 

तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के के छन् ?
व्यस्त दैनिकीहरूले खास योजना बनाउन पाएकी छैन । भ्याए भने सगरमाथा आधार शिविर जाँदाको नियात्रा सङ्ग्रह बजारमा ल्याउन पाए हुन्थ्यो भन्ने सोच छ । 

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाई कसरी हेर्नुहुन्छ ?
हरेक स्रष्टा द्रष्टा पनि हो । उसले लेखेको सिर्जनाले समाजमा प्रभाव पार्ने किसिमको हुनुपर्छ भन्ने लाग्छ । 

तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
मेरो जीवनको रोल मोडेल कोही पनि छैन । म आफैँ आफ्नो जीवनको रोल मोडल हुँ । कसैलाई मन नदुखाऊ । आफ्नो कर्तव्यमा कहिल्यै नचुकूँ भन्ने प्रयत्न मेरो रहिरहन्छ ।


Tags: प्रभा बराल
अघिल्लो पोष्ट

‘स्वर्गको दरबार’ ले मुखरित गरेको सन्देश

पछिल्लो पोस्ट

म अज्ञात सहिद आएको छु !

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
म अज्ञात सहिद आएको छु !

म अज्ञात सहिद आएको छु !

इम्पेरियल वर्ल्ड स्कुलमा ‘कला र साहित्य महोत्सव’

इम्पेरियल वर्ल्ड स्कुलमा 'कला र साहित्य महोत्सव'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सुरेशराज शर्मा र दुर्गा बराल पद्मश्री वाट सम्मानित

सुरेशराज शर्मा र दुर्गा बराल पद्मश्री वाट सम्मानित

२४ फाल्गुन २०८०, बिहीबार
रमिप्रिया

रमिप्रिया

२४ फाल्गुन २०८०, बिहीबार
खोला

खोला

२३ फाल्गुन २०८१, शुक्रबार
निरोज कट्टेलको ‘२०२८’ पुस्तक विमोचन

निरोज कट्टेलको ‘२०२८’ पुस्तक विमोचन

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक