“ हरिराम जोशी संस्कृति पुरस्कार ” तथा “ कदम पुरस्कार ” क्रमशः साहित्यकार / साहित्यिक पत्रकार मोहन दुवाल र प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ लाई प्रदान गरिएको छ। जोशी रिसर्च इन्स्टिच्युटको आयोजनामा आज शनिवार एक कार्यक्रम गरी उहाँहरूलाई पुरस्कार बाट सम्मान गरिएको हो।
फोटो : कृतन मंगल जोशी
कार्यक्रमका प्रमुख अतिथि प्रा डा त्रिरत्न मानन्धर ,विशेष अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जन लगायत बात स्व कदम केशरी ज्युको स्मरणमा म्युजिक भिडियो “आमा ” सार्वजनिक गर्नु भयो। दीपकराज जोशीको रचनामा , गोविन्द ह्युमतको सङ्गीतमा म्युजिक भिडियो गीतमा स्वर बिन्दु बाबा जोशीको रहेको छ,भने सङ्गीत संयोजन जीवित जल्मिको रहेको छ।
यसै गरी कार्यक्रममा “ कदम ” शीर्षकको पुस्तकको पनि लोकार्पण गरिएको छ। पुस्तकमा ५६ वर्ष अगाडी २०२५ सालमा हरिराम जोशीले रचना एवं प्रकाशन गरेका २८ वटा कविताहरूलाई ‘पूर्वार्द्ध ’का रूपमा राखी २०७७ देखि चैत्र ८ गते सम्म रचना गर्नुभएका ९ समेत जम्मा ३७ वटा कविताको सङ्ग्रह समावेश गरिएको छ।
विशेष अतिथि ललितपुर महानगरका मेयर चिरिबाबूले संस्कृतविद हरिराम जोशीले समाजमा दिएको योगदानको प्रशंसा गर्दै समाजमा योगदान दिने व्यक्तित्वहरूलाई सम्झिनु पर्ने बताउनु भयो। ललितपुर महानगरले यसै गरी संस्कृतविद् सत्यमोहन जोशीलाई जीवनकाल देखि मरोनप्रांत दिएको सम्मानको चर्चा गर्नु भयो।