आमा तिमी फूल भन्दा पनि कोमल थियौ
जून भन्दा पनि राम्री थियौ
तिम्रो हृदय नौनी भन्दा पनि नरम थियो
रिस, राग के हो थाहा थिएन तिमीलाई
सॉच्चै तिमी
सबैको असाध्य प्यारी थियौ
जव तिमी गयौ यो संसार छोडी
परलोकको बाटोमा
मलाई यो संसार अंध्यारो लाग्यो
मेरो दुनियॉ सून्य भयो
तिमीलाई गुमाउनु भनेको
मैले मेरो जीवनको
अति नै महत्वपूर्ण ब्यक्ती
गुमाउनु थियो
तिमीलाई गुमाय पछी
सुन्दर फूलहरुमा मैले
तिमीलाई नै देख्न थालें
चराहरुको सुमधुर गितहरुमा
तिम्रै आवाज सुन्न थालें
सुन्दर प्रकृतिको दृश्यमा मैले
तिमीलाई भेट्न थालें
त्यसैले मलाई
सुन्दर फूलहरु झनै
मन पर्न थाल्यो
चराहरुको चिरबीर अझै
मन्त्र मुग्ध लाग्न थाल्यो
म प्रकृतीसंग
एक्लै एक्लै रम्न थालें
त्यही रमणिय पलहरुमा
मैले तिमीलाई भेट्न थालें र
तिमीसंग मौन वार्तालाप गर्न थालें
रचनामा सत्यभाव र मिठास सजिलै सेवन गर्न पाइन्छ।
प्रकाशित गर्दा हिज्जेको शुद्धतातर्फ ध्यान पुर्याउनु पर्ने आवश्यकता टट्कारो देखिन्छ।
huss thanku