जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

नर्थ क्यारालाइनामा भीरगाउंदेखि भीमचौरीसम्म पुस्तकमाथि अन्तरकृया कार्यक्रम

जनमत जनमत
प्रकाशित १८ असार २०८१, सोमबार
साहित्य संक्षेप भित्र
0
नर्थ क्यारालाइनामा भीरगाउंदेखि भीमचौरीसम्म पुस्तकमाथि अन्तरकृया कार्यक्रम

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा जुन २२, २०२४ अर्थात् असार १, २०८१ मा चन्द्रमणि गुरागाईँद्वारा लिखित पुस्तक “भीर गाउँदेखि भीमचौरी सम्म” माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष शिशिर खनालले उपस्थित सबैलाई स्वगत गर्नुभयो भने संस्थाका सल्लाहकार ईश्वर देवकोटाले स्रष्टा चन्द्रमणि गुरागाईँ खादा ओढाएर सम्मान भएको थियो।

साहित्यकार डा. ऋषि बस्ताकोटीले पुस्तकका लेखक चन्द्रमणि गुरागाईँको संक्षिप्त परिचय दिनुको साथै छलफलका सहभागी साहित्यकारहरू क्रमशः डा. हरिहर प्र. भट्टराई, ईश्वर देवकोटा, शिखर दुलाल तथा डा. निलम कार्की निहारिका माझ पुस्तकमाथि आ-आफ्नो धारणा राख्न अन्तरक्रियाको ढोका खोल्नुभयो। 

साहित्यकार भट्टराईले पुस्तकभित्र रहेको रोबोटले किताब तान्ने हन्ट लाइब्रेरी पढेपछि उक्त लाइब्रेरीका दाता जेम्स हन्टको बारेमा बृहत् चर्चा गर्नुको साथै पुस्तकभित्र रहेका विभिन्न लेखहरू पछिल्लो पुस्तालाई महत्त्वपूर्ण हुने कुरा बताउनु भयो। साहित्यकार देवकोटाले विधवा बुहारीलाई सेतो सारी लाउन नदिएको पढेपछि लेखक परिवर्तनका बाहक भएको कुरा बताउनु भयो। साहित्यकार निहारिकाले “भीर गाउँदेखि भीमचौरी सम्म” पढ्दा हरेक पाठकलाई कुनै न कुनै कथाले आफू सँगसँगै लैजान्छ, यो पुस्तकले अघिल्लो पुस्तालाई पनि चिनाउने मौका पाएको छ जुन कुरा लोप हुन लागेका थिए भन्नुभयो। साहित्यकार दुलालले पुस्तकभित्रका हरेक लेखले आफूलाई तान्दै तान्दै आफै पढेको साजिलाल माध्यमिक विद्यालय, हुर्किएको आफनै घर र आफनै बुवाहरूले उभिनका लागि गरेको दुःखसुखमा पुर्‍यायो भन्नुभयो । यस्तै साहित्यकार न्यौपानेले पढेका लेखहरूले आफूलाई पनि उत्तिकै तानेको र “भीर गाउँदेखि भीमचौरी सम्म पुस्तक पठनीय साहित्यिक पुस्तक रहेको कुरा बताउनु भयो ।

साहित्यकार बस्ताकोटीले छलफलका सहभागीहरूका प्रश्न र उत्तरहरूमा सहजिकरण गर्ने क्रममा “भीर गाउँदेखि भीमचौरी सम्म” पुस्तकमा लेखकको आफनो मात्र विगत नभएर समाजका अरू ओझेलमा परेका मान्छेहरूसमेतको विगत समेटेर लेखेको यो सँग्रहले अरूलाई प्रेरणा दिएको कुरा बताउनु भयो । यस्तै लेखककी जेठी बुहारी रमा सुबेदी गुरागाईँले आफना ससुरा बुवाले भर्खर कलेज गएका विद्यार्थीजस्तो रातदिन घोटिपछि यो पुस्तक जन्मिएको हो । बुवाले थाहा नपाएका सत्य तथ्यलाई स्थलगत अवलोकन गर्न जाँदा आफू पनि सँगसँगै गएकीले यस पुस्तकमा आफ्नो जीवनका अनुभवहरू नै लेखेको कुरा बताउनु भयो । संस्थाकी सदस्य सुजाता ढुङ्गेलले आफू उपस्थित हुन नसके पनि ‘भीर गाउँदेखि भीमचौरी सम्म’ पुस्तक पढेपछि लेखकले आफ्नो अनुभव लेख्दा सबै बाहरूलाई प्रतिनिधित्व गरेको र यो पुस्तक अबको पिढिं लाई अध्ययनको लागि कोसेढुंगा हुने कुरा अडियो मार्फत बताउनुभयो । 

दर्शकहरूमध्येबाट शिव पलाँस र राजन पौडेलले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो भने “भीर गाउँदेखि भीमचौरी सम्म” का स्रष्टा श्री चन्द्रमणि गुरागाईँले सहभागीहरूले उठाएका प्रश्नहरुको उत्तरमा आफूले जे देखे, जे भोगेँ त्यही लेखेँ भन्नुभयो। 

कार्यक्रमलाई समापन गर्दै लेखककी कान्छी छोरी नम्रता गुरागाईँले आफना बुवाको अन्तर्मन कोट्याउँदा दाम्लाका पोया फुस्किएजस्तो फुस्किएको वहाँका जीवनका उकाली ओरालीका दस्ताबेजहरू लेखहरूमा लिपिबद्ध गर्न अनुरोध गरेपछि बुवा आफैले समेटेर पुस्तकमा लिपिबद्ध गरेकाले आज इतिहासको गर्भमा लुक्न लागेका महत्त्वपूर्ण कुराहरूको उजागर गरी पुस्तक भएर ताते ताते गर्दै अमेरिकासम्म आई पुग्नु साथै छलफलको विषय हुनु आफैमा महत्त्वपूर्ण कुरा भएको बताउनु भयो । साथै प्रेरणाको श्रोतको केही हिस्सा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले लिएको कुरा पनि नम्रताले बनाउनु भयो ।


अघिल्लो पोष्ट

आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 

पछिल्लो पोस्ट

तारा केसी चारूशीला प्रतिभा पुरस्कारबाट सम्मानित

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
तारा केसी चारूशीला प्रतिभा पुरस्कारबाट सम्मानित

तारा केसी चारूशीला प्रतिभा पुरस्कारबाट सम्मानित

पद्मश्री साहित्य पुरस्कारको ‘लङलिस्ट’

पद्मश्री साहित्य पुरस्कारको 'लङलिस्ट'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करणको लोकार्पण

पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करणको लोकार्पण

४ जेष्ठ २०८०, बिहीबार
८ स्रष्टालाई प्रज्ञा पुरस्कार दिइने

८ स्रष्टालाई प्रज्ञा पुरस्कार दिइने

४ जेष्ठ २०७९, बुधबार
पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

४ जेष्ठ २०८०, बिहीबार
ध्वंस र निर्माण

ध्वंस र निर्माण

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक