जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

खुला बजार प्रणालीमा पिसिएका : साहित्यिक सृजनाहरू

राजेन्द्रप्रसाद अधिकारी राजेन्द्रप्रसाद अधिकारी
प्रकाशित २८ चैत्र २०८०, बुधबार
सँस्मरण भित्र
0
खुला बजार प्रणालीमा पिसिएका : साहित्यिक सृजनाहरू

२०६० साल बैशाख २७ गतेको पारिजात स्मृति सभामा स्वागत भाषण गर्दै वरिष्ठ कलाकार एवं पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष रायनले विद्वत वर्गलाई पारिजातका कृतिहरु पढिदिन र विक्रेताहरुलाई पारिजातका विक्री भएका पुस्तकहरुको रकम चुक्ता गरिदिन आग्रह गर्नुभएको थियो । पारिजात आफ्नो समयको सशक्त नेपाली लेखकहरु मध्ये एक हुनुहुन्छ । वहाँको लेखन यौटै विधामा मात्र सीमित रहेन वहाँले उपन्यास, कथा, कविता, फुटकर लेखहरु, आत्मसंस्मरण तथा गीतहरु लेख्नुभएको छ । वहाँका थुप्रै कृतिहरु प्रकाशित छन् । वि.सं. २०५४ सालमै निर्माण प्रकाशन सिक्किमले पारिजातका सम्पूर्ण रचनाहरुलाई छ ग्रन्थमा प्रकाशित गरी उक्त संस्थाले नेपाली साहित्यलाई नै ठूलो गुन लगाएको थियो । पारिजातका रचनाहरु नेपाली भाषाका अतिरिक्त अंग्रेजी, ग्रीक, फ्रेन्च र आसामी भाषामा पनि प्रकाशित भएका छन् । यसरी विविध विधामा कलम चलाउन सफल, सशक्त लेखिका पारिजात विविध भाषीहरुको माझ पनि पुग्न सफल हुनु भएको छ र यो क्रम जारी छ । यसको अतिरिक्त आफ्नो जीवनयात्रा, लेखन र प्रतिवद्धताको कारण वहाँ नेपाली लेखकहरुमध्ये बढी चर्चित पनि हुनहुन्छ । यसले गर्दा नेपाली प्रबुद्ध वर्गले निरन्तर रुपमा पारिजातलाई पढ्न र बुझ्न जरुरी भएको छ । उल्लिखित विशेषताहरुको अतिरिक्त, पारिजातका कृतिहरु विश्वविद्यालयको पाठ्यक्रम अन्तर्गत पढाई हुने र पारिजातमाथि शोधहरु समेत गरिने हुँदा पारिजातका कृतिहरुको बजार ‘नराम्रो’ नभएको कारण प्रकाशकहरु मात्र नभएर वितरकहरु पनि पारिजातका कृतिहरुको पछि लाग्ने गरेका छन् । यति हुँदाहँदै पनि कलाकार रायनले विक्रेताहरुलाई विक्री वापतको रकम चुक्ता गरिदिन सार्वजनिक रुपमै गरेको आग्रह चाहिँ अलि मार्मिक नै थियो ।

अहिले पनि चलेका पाठ्यपुस्तकका लेखकबाहेक र केही अपवाद बाहेक चलेकै साहित्यकारका पुस्तकहरुको विक्रीबाट प्राप्त हुने रकम वा लेखकस्वको अवस्थामा खासै सुधार भएजस्तो लाग्दैन । वि.सं. २०४४ तिर वेदना साहित्यिक पत्रिकाको कार्यकारी–सम्पादक भएर काम गर्दा मैले पनि राम्ररी भोगेको समस्या थियो त्यो । पत्रिका सजिलै लिने र पत्रिकाको पैसा लिन जाँदा भने पसलमा पुरुष बसेको भए ‘दाई अहिले हुनुहुन्न’ र महिला बसेको भए ‘वहाँअहिले हुनुहुन्न’ भन्ने गरिन्थ्यो । न त नबिकेका भनेर पत्रिकाका बाँकी रहेका अंकहरु फिर्ता पाइन्थ्यो न त बिकेका पत्रिकाको पैसा नै ।

वि.सं. २०५० सालमा पारिजातको निधन भएपछि पारिजात स्मृति केन्द्र स्थापना भयो । त्यसपछि पारिजातका रचनाहरुको व्यवस्थापन गर्ने अभिभारा पनि केन्द्रमा नै आइलाग्यो । पारिजातका पुस्तकहरु छाप्ने, बेच्ने र त्यसबाट प्राप्त हुने रकमले स्मृति केन्द्रका खर्चहरु धान्नु परेको थियो । वि.सं. २०५४ सालमा निर्माण प्रकाशन, सिक्किमले पारिजातका सम्पूर्ण रचनाहरुलाई छ ग्रन्थमा समावेश गरेर प्रकाशन गर्‍यो र त्यसका ५०० प्रतिहरु स्मृति केन्द्रलाई सहयोगस्वरुप प्रदान गर्‍यो । त्यसको विक्रीबाट प्राप्त हुने रकम पनि स्मृति केन्द्रलाई नै हुने भयो । पारिजातका संकलित रचनाहरु विक्रीको लागि विक्रेताहरुले लैजानु स्वाभाविकै थियो । साधारण पसलेदेखि लिएर आफुलाई पारिजातकै बाटोमा हिँडेको ठान्ने प्राध्यापकहरुकै संलग्नतामा खोलिएका पसलहरुले समेत पारिजातका संकलित रचनाहरु विक्रीका लागि लगे तर विक्री वापत दिनुपर्ने रकम दिन भने मन गरेनन् । अक्षलोक प्रकाशनका सिद्धिश्वरमान श्रेष्ठ (कोभिड–१९ को कारण दिवंगत) पनि त्यो दु:खबाट मुक्त हुनुहुँदो रहेनछ । एकदिन वहाँले भन्नुभएको थियो –‘अक्षलोकका प्रकाशनहरु बेचेर पैसा नदिनेको भीडमा ‘प्रतिष्ठित’ व्यक्तिहरुद्वारा सञ्चालित पसलहरु पनि छन् ।’ पारिजात स्मृति केन्द्रले पनि ‘प्रतिष्ठित’ पसलेहरुबाट पनि पैसा प्राप्त गर्न सकेको थिएन ।

उल्लिखित अवस्थामा अहिले पनि सुधार आएको छैन । यद्यपि ठूला प्रकाशकहरु र चल्तीका लेखकहरुको संख्या बढेको देखिन्छ । साहित्यिक कृतिहरु देशभित्र र देशबाहिरबाट पनि उल्लेखनीय संख्यामा प्रकाशित भएको जानकारी सामाजिक सञ्जालहरुबाट पाइन्छ । साहित्यप्रति चाख बढ्नु र धेरैभन्दा धेरै कृतिहरु प्रकाशनमा आउनुलाई राम्रो नै मान्नु पर्दछ । तर साहित्यिक प्रकाशनहरुको अवस्था भने केही अपवादहरुलाई छोडेर राम्रो छैन । सृजनाको विधामा कविता सबभन्दा धेरै लेखिने र छापिनेमा पर्छ होला । कवितासङ्ग्रह त किनेर पढ्ने पुस्तकमा विरलै पर्छ जस्तो लाग्छ । अहिले नियात्रासंग्रह र आत्मसंस्मरणहरु पनि प्रशस्त प्रकाशित हुन थालेको छ तर कति लेखकका कृतिहरु प्रकाशकले आग्रह गरेर छाप्छन् होला र कति लेखकले त्यस्ता कृतिहरुको विक्रीबाट सन्तोषजनक लेखकस्व पाउलान् ? भरपर्दा अध्ययनहरुको र भरपर्दा स्पष्टोक्तिहरुको खाँचो भएजस्तो लाग्छ । लेखक वा प्रकाशकले विक्रेताहरुलाई कमसेकम पसलमा प्रचारकै लागि भएपनि आफ्नो प्रकाशित कृति झुण्डाइदिनको निमित्त आग्रह गर्ने अवस्था पनि छ । त्यस्तोमा उल्टै वितरकले पुस्तक प्रदर्शन गरिदिएवापत पैसा मागेमा के हुन्छ ? थाहा छैन आखिर खुला बजार त माग र आपूर्तिको अर्थशास्त्र बमोजिम नै चल्ने त होला नि ? समाजवाद उन्मुख राजनैतिक पार्र्टीले दुईतिहाई बहुमत सहितको सरकार चलाउँदा पनि नेपालको बजार प्रणालीले कुनै फरक महसुस गरे जस्तो लाग्दैन । कम्युनिष्ट पार्टीहरु देखिने गरी सत्ता र शक्तिको वरिपरि रहेको अवस्थामा समेत प्रगतिशील लेखक कलाकारहरुका सृजनाहरुले र प्रगतिशील खेमाका साहित्यिक पत्रपत्रिकाहरुलेसमेत पुस्तक वा पत्रिका छापेको खर्च उठाउन सक्ने अवस्था बन्न सकेको छैन । यो दु:खलाग्दो कुरा भएतापनि वास्तविकता यहि हो । साहित्यिक रचना प्रकाशित गरेवापत गोरखापत्र संस्थान जस्ता केही संस्था बाहेक अन्यबाट पारिश्रमिक पाउने अवस्था नबनेको मात्र होइन त्यस्तो अवस्था बन्ला भन्नेतर्फ सोच्ने आधार पनि देखिँदैन । आफ्ना रचना प्रकाशित गरिदिएवापत उल्टै धन्यवाद दिनुपर्ने अवस्था छ ।

सिद्धान्त र विचारको आधारमा चल्ने प्रगतिशील (अझै प्रगतिवादी) खेमालाई प्रतिनिधित्व गर्ने साहित्यिक पत्रिकाहरुको विक्री पनि खुला बजार अर्थप्रणाली अर्थात् माग र आपूर्तिको अवस्थाले नै निर्देशित गरिरहेको छ । प्रश्न गम्भीर हुन सक्छ, जिम्मेवार भएर सोच्ने हो भने के प्रगतिशील पत्रिका पढ्ने एक हजार नेपाली साहित्यकार साँस्कृतिक कर्मीहरु पनि नभएको हो ? फेरि साहित्य र संस्कृतिलाई प्रतिनिधित्व गर्ने प्रगतिवादी क्षेत्रका ठूला आकारका थुप्रै साहित्यिक साँस्कृतिक संघसंस्थाहरु राजनैतिक पार्टीका भातृ संस्थाको रुपमा अस्तित्वमा रहेकै छन् । त्यस बाहेक ‘बुद्धिजीवी’ संघसंस्थाहरुका चहल पहल पनि देखिएकै छ । तर, पुस्तक र पत्रपत्रिकाहरु विक्रीवितरणको यस्तो हालत किन ?

कुरा पहिलेकै हो, वेदना नाम चलेको र प्रतिष्ठित पत्रिका थियो र पढ्न चाहनेहरुको संख्या देशभरि नै थियो तर वेदनाको एक हजार प्रति वितरण गर्न पनि सधैं मुस्किल पथ्र्यो । वितरकहरु (पसले)लाई दिँदा खुशी साथ लिने तर विक्री नभएको पत्रिका फिर्ता पनि नगर्ने र बिक्री भएको भनेर पैसा पनि नदिने । धेरै गाह्रोसँग, कहिलेकाहीँ चाहिँ अलिकति पाइन्थ्यो । त्यसरी साहित्यिक पत्रिका निकाल्न ज्यादै कठिन भइरहेकोले राजनैतिक पार्टीका एक जिम्मेवार नेतासँग यो कुरा राखेपछि, पार्टी संयन्त्रले सात सयप्रति वेदना वितरण गर्न सहजीकरण गर्ने र त्यसरी विक्री गरेको रकम सोही संयन्त्रबाटै पाउने व्यवस्था गर्ने सहमति भयो । त्यसो गर्दा पढ्नुपर्ने पाठकसम्म पत्रिका पनि पुग्ने र त्यसको विक्रीको पैसा पनि भरपर्दो तरिकाबाट पत्रिकासम्म आउने । त्यसले पत्रिकाको नियमित प्रकाशनलाई समेत सहज बनाउने भयो । त्यस सहमतिपछि छापिएको वेदनाको सात सय प्रति पत्रिका पार्टीको संयन्त्रमा बुझाइयो तर त्यसको बिक्री वापतको रकम भने कुनै संयन्त्रबाट आएन । वेदनाका पछिल्ला अंकहरु निकाल्नै हम्मे हम्मे परेको थियो । सिद्धान्त र विचारको आधारमा चलेको अनुशासित पार्टीहरुको नजिक रहेर प्रकाशित हुने प्रगतिवादी खेमाका पत्रपत्रिकाहरुको अवस्था समेत सहज थिएन र अहिले पनि छ जस्तो लाग्दैन । यस्तोमा अन्य साहित्यिक पत्रपत्रिकाहरु नियमित रुपमा प्रकाशित गरिरहेका प्रकाशक सम्पादकहरुलाई नेपाली साहित्यलाई माया गर्ने जोकोहीले पनि नमन गर्नै पर्छ ।

दायित्व वाङ्मय प्रतिष्ठानको २३ औं वार्षिकोत्सव (२४ बैशाख २०७९) मा दायित्व वाङ्मय सम्मान २०७९ ग्रहण गरेपश्चात् आफ्नो मन्तव्य राख्ने क्रममा साहित्यकार युवराज मैनालीले अहिलेको नेपाली साहित्यले आफ्नो कुनै प्रभाव छोड्न र कुनै उल्लेखनीय स्थान बनाउन नसकेको कुरा उठाउनु भयो । ‘लेखक मात्र जन्मिएका छन् अहिले – खै त पाठक ?’ भन्ने प्रश्न गर्दै वहाँले ‘पाठकलाई पो सम्मान गर्ने हो कि ?’ भन्दै ‘पाठकलाई नै सम्मान गरौं, पाठकलाई नै पुरस्कृत गरौं’ समेत भन्नु भयो । यस्तो दु:खेसो पोख्नुपर्ने अवस्थामा छन् आजका लेखकहरु । पाठक नभएको समयमा प्रकाशक र वितरकहरुले कसलाई कसरी बेच्छन् पुस्तकहरु ? लेखकहरुले पनि सोच्नुपर्ने देखिन्छ – के लेखिरहेका छौं ? र कस्का लागि लेखिरहेका छौं ? प्रगतिवादी लेखन, प्रकाशन र बजार प्रणाली त केही फरक देखिनुपर्ने हो तर त्यसो हुनसकेको छैन । पूँजीवादी प्रकाशन र बजार प्रणालीभित्रै रुमल्लिएको पाइन्छ । पार्टीको छायाँमा पर्न नसकेका लेखक–कलाकारहरु पहिचान गुमाउने अवस्थामा छन् । लेखक छन्, पाठक र बजार छैनन् । अवस्था उत्साहजनक देखिदैन ।

२०६० सालको पारिजात स्मृति सभामा कलाकार रायनले विक्रेताहरुलाई पैसा भुक्तानी गरिदिन आग्रह गरे लगत्तै म भृकुटीमण्डपभित्र चलिरहेको सातौं नेपाल शैक्षिक एवं पुस्तक मेलामा गएको थिएँ । त्यहाँका पुस्तकका स्टलहरु हेर्दै जाँदा यौटा स्टलमा गएर मेरो आँखा टक्क अडियो । त्यो स्टलमा पारिजातका संकलित रचनाहरु पनि विक्री गरिरहेको देखियो । बर्षौदेखि पारिजातका कृतिहरु बेच्दै आएका तर भुक्तानी दिन कहिल्यै ‘आज’ नहुने ‘भोलि’ भन्दै आएका विक्रेताहरु देखेर एकाएक मेरो मनमा प्रश्न उठ्यो यसरी पुस्तक बेच्ने अधिकार पनि विक्रेताहरुलाई हुन्छ र ? के साहित्य र संस्कृतिको बारेमा ब्याख्यान दिन पनि नचुक्ने शालिन प्रकाशक विक्रेताहरुलाई नैतिकता र लाजले पिरोल्दैन ?


अघिल्लो पोष्ट

बालकथाका तीन कृति लोकार्पण

पछिल्लो पोस्ट

नुनको ग्लोब

राजेन्द्रप्रसाद अधिकारी

राजेन्द्रप्रसाद अधिकारी

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
नुनको ग्लोब

नुनको ग्लोब

नयाँ वर्ष

नयाँ वर्ष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नयाँ वर्ष

नयाँ वर्ष

४ जेष्ठ २०७९, बुधबार
मलाई नाच्न मनपर्छ

मलाई नाच्न मनपर्छ

४ जेष्ठ २०७८, मंगलवार
साहित्यकार श्यामप्रसाद शर्माको आइमाई साथी

साहित्यकार श्यामप्रसाद शर्माको आइमाई साथी

४ जेष्ठ २०७९, बुधबार
तीर्थकुमारी थापा र रत्न बेहोसीलाई ‘नारायण गोपाल स्मृति सम्मान’

तीर्थकुमारी थापा र रत्न बेहोसीलाई ‘नारायण गोपाल स्मृति सम्मान’

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक