जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

ठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौं महानगर

जनमत जनमत
प्रकाशित ५ चैत्र २०८०, सोमबार
संस्कृति भित्र
0
ठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । प्रक्रियाको थालनीमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरुसँग नाम पुष्टि गर्ने चरण पूरा गरेको छ । यो कामको प्रारम्भ ५ वटा वडाबाट भएको छ ।

वडा नं. ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं. ६ बौद्ध (प्राचीन नाम खस्योरः/खास्ती), वडा नं. ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नं. १८ नरदेवी (प्राचीन नाम ङेतः) वडा नं. २४ मखन (प्राचीन नाम मखं) भित्रका विभिन्न ठाउँको नाम खोजी भइसकेको छ ।

खोज कार्यबाट नर नरः -हाँडीगाउँ) मा ५२ वटा, खस्योर / खास्ती (बौद्ध) मा ५० वटा, चाबही (चावहिल) मा ७१ वटा, ङेत (नरदेवी) मा ३६ वटा र मखं (मखन) मा ४९ वटा नाम अभिलेखन गरिएको छ । यी नामहरु अब प्रचलनमा ल्याइनेछन् ।

ठाउँको पुरानो नाम खोज्नु पर्ने कारणका बारेमा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, ‘सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिदै गयो । काठमाडौँको पहिचान जोगाउन कार्यक्रम अगाडि बढाइएको हो ।’

नाम पुनरुत्थानका सम्भावित चुनौतीका विषयमा थप्दै संगतले भने, ‘प्रचलनमा ल्याउन लागिएका नाम र अहिले प्रचलनमा रहेका नामका बिचमा भिन्नता हुन सक्छ । यी दुई नाममध्ये प्राचीन नामलाई ग्रहण गर्न स्थानीय समुदायसँग अनुरोध गर्दछु । प्राचीन नामले सांस्कृतिक सहरको मर्म ग्रहण गर्छन् । पहिचान संरक्षण हुन्छ । काठमाडौँको गरिमा यसैमा छ ।’

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र (सीआइयुडी) सँगको सहकार्यका विभिन्न स्थानहरुको प्राचीन नाम अध्ययन गरेको हो । अध्ययनमा संकलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात, संस्कृतिविद, इतिहासविद, पुरातत्वविद, स्थानीय पाका मानिस, जनप्रतिनिधिहरुसँग सोधेर प्रशोधन गरेको छ ।

अध्ययनका लागि स्थलगत अवलोकन भ्रमण र अन्तरवार्ताका क्रममा यही विषयमा अध्ययन गरिरहेका अन्य पक्षसँग पनि भेट भएको थियो । ती अनुसन्धाताबाट प्राप्त सूचना र जानकारीका आधारमा नामहरु वास्तविकता पहिचान गरिएको छ । अध्ययन सहकार्य र यसबाट प्राप्त सूचनाको आधिकारिकताका विषयमा सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिइन् । केन्द्रले ३ वटा ढाँचामा प्रतिवेदन बुझाएको छ ।

‘ठाउँहरुको मौलिक नाम ७० बर्ष उमेर माथिका व्यक्तिहरुले मात्र उच्चारण गर्ने गरेको पाइयो । त्यसभन्दा तल्लो उमेर समूहका मानिसहरु अहिलेको नाम उच्चारण गर्छन्,’ सीआइयुडीका कार्यक्रम प्रबन्धक यशमान बज्राचार्यले भने, ‘वडा नं. १८ मा पर्ने नरदेवीका रुपमा प्रयोग गरिने नामलाई रैथाने मूलबासीहरु अहिले पनि ङेतत्वाः भन्छन् । यो स्थानको मौलिक नाम भने ङ्ततोल हो । यो शव्द व्युत्पत्ति भएर ङ्त भयो ।’

नाम अपभ्रंश भएर हुने क्रमले मौलिक नामको स्वरुप परिवर्तन भएको भाषाविद शरदवीर कसाःले बताए । यस्ता विभिन्न कारणले अर्कै स्वरुपमा पुगेका नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपी, देवनागरिक लिपी र अंग्रेजी भाषा नाम पाटी राखिनेछ ।


अघिल्लो पोष्ट

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार चूडामणि रेग्मीलाई

पछिल्लो पोस्ट

दशरथ चन्द स्मृति पुरस्कार चितवनमा लिन जाँदा …

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

१९ फाल्गुन २०८१, सोमबार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
संस्कृति के हो ?
अनुसन्धान

संस्कृति के हो ?

६ कार्तिक २०८१, मंगलवार
पछिल्लो पोष्ट
दशरथ चन्द स्मृति पुरस्कार चितवनमा लिन जाँदा …

दशरथ चन्द स्मृति पुरस्कार चितवनमा लिन जाँदा ...

फागु पर्वको विधिवत् सुरुवात : वसन्तपुरमा ठड्याइयो चीर

फागु पर्वको विधिवत् सुरुवात : वसन्तपुरमा ठड्याइयो चीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गीत पछाईको दोस्रो कृति  

गीत पछाईको दोस्रो कृति  

४ जेष्ठ २०७९, बुधबार
रङ्गविनोदहरू

रङ्गविनोदहरू

४ जेष्ठ २०८०, बिहीबार
पूर्वी भेगमा प्रचलित मौलिक लोकभाका प्रकाशित

पूर्वी भेगमा प्रचलित मौलिक लोकभाका प्रकाशित

४ जेष्ठ २०७९, बुधबार
प्रयोगशील कवि  पूर्ण वैद्य

प्रयोगशील कवि पूर्ण वैद्य

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक