जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

रङ्गविनोदहरू

तेजेश्वर बाबु ग्वंग: तेजेश्वर बाबु ग्वंग:
प्रकाशित १८ मंसिर २०७९, आईतवार
निबन्ध भित्र
0
रङ्गविनोदहरू

भइदिएको भए रुख झङिदैँ गएँ भन्न सकिँदो हो । पानी भएको भए बग्दै रहेँ भन्न सकिँदो हो । काँडा बनेको भए चोसिंदै रहेँ भन्नुपर्दो हो । शीत बनेको हुँदो हुँ त टप्किरहेँ भन्नुपर्ने थियो । न म रूख, न काँडा, न त शीत नै रहेँ । कुनै नि कोटिमा नपरेको म आफूबाहेक अरू बन्दै बनिनँ । चाहना पनि थिएन, अब पनि रहेन । म मेरै म बनेँ । मभित्र म नै म मात्र भएछु । म भन्नु मेरै स्वत्व । मेरो स्वत्व भन्नु मेरै सत्य । रङ्गैरङ्गका सीमाहीन सगर विचरण गर्दै रङ्गरहस्यहरूसम्म पुग्दा नि रङ्गरहस्यहरूले मलाई रङ्गविनोदसम्मै लाग्न सुम्सुम्यायो । म आनन्दविभोर भएँ । मेरै आनन्दविभोरले रङ्गविनोदहरूलाई समेट्न पुग्यो । मेरै आनन्दविभोरी रङ्गविनोदहरूमा अभिव्यक्ति चहार्दै गुँड लाउन थालेछ । मेरो मनकी चरी रङ्गविनोदहरूमा गुँड लाउन मसिना त्यान्द्रोहरू बटुल्ने जमर्को कस्छे । जमर्को जमर्कै रहेर नि यत्रो सञ्चार–सञ्जालहरूबीच कहाँ कता अल्झ्नि पुग्छ; बल्झ्नि थाल्छ । लाग्न थाल्छ सञ्चार–सञ्जालभित्र अल्झ्निु–बल्झ्निु स्वाभाविकभन्दा बढी केही होइन । अस्वीकृत विचार नभएर नि यी सब स्वीकृत पनि त छैनन् । मुण्डमुण्ड विचार कुण्डकुण्ड पानी । हाम्रै वाङ्मयी समाजको सरल सूक्ति त छँदैछ । तैपनि रङ्गविनोदहरू आनन्दकै निमित्त गरिने भावसंरचना किन हो नभनूँ ? रङ्गविनोदहरू आनन्दसार अनुभूतिगम्य अठोट भन्न रुचाउँछ यो मनभित्रको चेत ।

रङ्गविनोदका लहडीहरू आनन्दसार जीवनका यात्रा भन्दा हुन् । यसरी–उसरी नै मलाई नि रङ्गविनोदका लहडी लहरका तरङ्गमा तरङ्गिने चेत जाग्न थाल्छ । जुरमुरिन्छु म । जुरमुर्‍याइ नै एक प्रकारको रङ्गविनोद बन्छ । रङ्गका भाकाहरूदेखि रङ्गविनोदसम्मका बाह्रौं पाइलासम्म पुग्दा रङ्गरागहरू शास्त्रीय सङ्गीत बनिसक्छन् । म रङ्गविनोद हुँ या रङ्ग–राग हुँ आफै अन्योलमा लरखरिन थाल्छु । लरखरिँदै भन्न मन लाग्छ तैपनि मलाई रङ्गविनोदभित्रकै नभएनि रङ्गविनोदसितको रङ्गराग भने पक्कै किन नहूँ ? रङ्गविनोदको लहडी रागी बन्दै म कतै मेघमल्हार अलाप्न थाल्छु । कतै उस्तै श्रीराग रट्न पुग्छु । कतै दीपकरागका रागिनी बन्न रुचाइदिन्छु त कतै हिण्डोलरागमा हिँडडुल गरिरहेको हुन्छ । कतै यस्तै भैरवरागको वस्ताद बनिरहेको हुन्छु भने कुनैताका भैरवरागमा शिवताण्डव मच्चाइदिन्छु । विविधतापूर्ण जीवनलीला वैविध्यमा रङ्गविनोदका छनक छचल्काइरहन्छु । जेहोस्, तैपनि रङ्गविनोदहरूका आनन्ददायी क्रियाकलापबाट टाढिन सकिरहेको हुन्न । रङ्गविनोदलाई मैले अनि रङ्गविनोदले मलाई छोइछिटाइरहनुपर्छ । तिनकै समदूरीजन्य सामीप्यबाट मलाई आनन्दले सुम्सुम्याइदिन्छ । रङ्गविनोदी आनन्दका धारमा नुहिरहेझ्ैं लाग्छ मलाई ।

रङ्गविनोदहरूलाई साधना गदै रङ्गकर्मी कलाकारहरू रङ्गीन रङ्गका कलासाधक बने । रङ्गकला एक साधना बन्यो । रङ्ग एक साधन । रङ्गकर्मी कलाकारका सीप रङ्गमा ज्यान जगाउने मूल साधना बन्यो । रङ्गविनोदहरूका विनोदहरू केलाउँदै रङ्गका आयामहरू उघार्ने कलाविधान बोध गर्दैछु । विधान रङ्गसाधनाको, विधान रङ्गसंसाधनहरूको, विधान रङ्गानुभूतिहरूको, विधान रङ्गलीलाहरूको, विधान रङ्गविन्यासहरूको, विधान रङ्गरसहरूको, विधान रङ्गरासहरूको, विधान रङ्गविभीषिकाहरूको, विधान रङ्गसागरहरूको, विधान रङ्गक्षितिजहरूको, विधान रङ्गआकाशको । रङ्ग यति विशाल बन्छ जसको सीमै रहन्न । रङ्ग यति निहाल हुन्छ कि कुबेर पनि नतमस्तक बन्छ । तथापि नभनी हुन्न रङ्ग विशालको विन्दु पनि बन्छ । जे होस् भन्नैपर्छ सीमाहीन बनेर पनि रङ्ग आफ्नै परिसरको थोप्लो नि रहन्छ । रङ्ग थोप्लिँदाको विनोद नि विनोदै होइन्छ । अनन्त बन्दा नि रङ्गविनोद आल्हादकै रहन्छ । न थोप्लोमा रङ्ग सिकुदिन्छ न त दिगन्तिदा नै रङ्ग अनामन्दी बन्न पुग्छ । रङ्ग सदा रङ्गै रहन्छ । रङ्ग जो सदा रङ्गैरङ्ग रहन्छ, आनन्दसार बन्छ । रङ्ग त मेरो लागि सदाबहार जीवन बिम्ब बोक्छ, जीवनसार बन्छ । मलाई रङ्गरस चुस्दै रङ्गराग गाउन त्यसैले रङ्गविनोद बादन बनिरहेछ यतिखेर । रङ्गविनोदको उस्ताद बनिरहेछु म अहिले । रङ्गरागमै म रङ्गविनोदको लयगान गाइरहेछु । गाइरहेछु; गाउँदा रङ्गविनोदले अभिषेक भर्छ मलाई । गाउन थाल्दा म मेरो रङ्गविनोद सस्वर लयगानले मेरा स्रोतामा रङ्गलयहरूले रङ्ग विनोदले मीठो झ्ङ्कृत आनन्दको अनुभूति सगुनले टीको लगाइरहेको हुन्छ ।

म रङ्गविनोदभरि उत्फुल्लिरहेछु । रङ्गविनोदहरू मैसित प्रफुल्ल बनिरहेका हुन्छन् । म रङ्गविनोदहरूमा ज्ञानमय ज्यान भरिदिन्छु । रङ्गविनोदहरू मेरै माध्यमद्वारा अनन्ततातिर तरङ्गिदिन्छन् । रङ्गविनोदहरूलाई आत्मसात गर्दै म सञ्चार गरिदिन्छु रङ्गविनोदी भावधाराहरू । मेरै रङ्गविनोदी भावधारामा आचमन गरेर मेरो पाठक बन्धुबान्धव रङ्गविनोदसार बनिदिन्छन् । सिर्जना–साधनाहरू सबै–सबै मेरा पाठकीय संसारका सारगर्भ र जीवनसार भइदिन्छन् । म रङ्गहरूमा विनोद भेट्टाउँछु, विनोदहरूमा रङ्गभाव । रङ्गविनोद मेरो जीवन । रङ्गविनोद जीवन उल्लास । उल्लासमय जीवन रङ्गविनोद । जीवनले रङ्गविनोदका क्षण भोग्न पाऊन् सबै–सबैले नै । सबै–सबैले नै रङ्गविनोदका रसरङ्गका सर्जक बन्ने उत्कण्ठा ओकल्न सकून् । नयाँ वर्षका तराना होऊन् सबै–सबैका । सबैसबैले रङ्गविनोदी आचरण पालना गर्न सकून् । रङ्गविनोदी आचरण आनन्ददायक हुन्छ । आनन्ददायी आचरण पारदर्शी हुन्छ व्यवहारमा । व्यवहार पारदर्शी, आचरण निस्कपट र निष्कलङ्क रहन्छ । त्यहाँ रामनाम जप नि हुन्न । त्यहाँ मुक्तिका लागि भोगबलि नि चढाइन्न । न भोग न भकारी रङ्ग विनोदहरूको मन्त्र रहन्छ । ताक परे तिवारी नत्र गोतामे रङ्गविनोदहरूका ओठे भक्तिभाव रहन्न । न ओठे भक्ति चाहिएको हुन्छ रङ्गविनोदहरूका लागि, न कुटिलताका विभूतिस्नान नै गर्नुपर्‍या हुन्छ रङ्ग विनोदहरूका लागि । रङ्ग आफैमा विनोद भावको संश्लेषण बन्छ । विभाजन रङ्गको न नाम हो न काम । विभाजित भएर रङ्गविन्यास हुनै सकोइन । विभाजित रङ्ग रङ्गविनोदहरू बहार गर्नै सक्दैनन् । विडम्बना तर हाम्रामा रङ्गविनोदहरू मेलभन्दा घम्साघम्सी भेलका सुनामी ल्याइरहेछन् ।

प्रसङ्गको पोको यसलाई यतै–कतै नबिसाई सुख हुन्न । अनुमति पाऊँ ! दिनु हुने नै त होला । लौ, पाइनै हालेँ । हात्तीले कुम्ल्याउन सकुन्जेलको धन्यवाद यहाँहरू सबैलाई, यहाँहरू ज–जसले रङ्गविनोदहरू पढ्दै हुनुहुन्छ । रङ्गविनोदहरू पाठकप्रति अनुगृहीत छन् । रङ्गविनोदहरू विवेचनाका चाहक छन् । विवेचक पाठक अनि पाठक विवेचक चाहना राख्छ रङ्गविनोदहरू । रङ्गविनोदी चाहनाभरिको चाहना रहेको छ । चाहना विनोदहरूको । विनोद आनन्द हो । आनन्द नि त विनोदै हो । रङ्गविनोदहरू जिउने क्षणहरूलाई आनन्दसार बनाउने क्रममा नि क्रम ठानिनुपर्छ । ठानियोस् पनि यस्तै । रङ्गविनोदहरूका आकाङ्क्षाहरू यस्तै रहे, बनेका छन् । म रङ्गविनोदबीच छु । रङ्गविनोदहरूका वाचा विश्लेषण मसित छ । मलाई वाचा गर्न जति मन छ उति नै वाचाको विश्लेषण गर्न मन लाग्छ । वाचा गर्न नि मनै चाहिन्छ । वाचा विश्लेषण गर्न नि मनै नभई हुन्न । वाचा मनैदेखि गरिन्छ । विश्लेषण मनैभरि गरिन्छ । मन वाचा भइदिन्छ । वाचा मन बनिदिन्छ । सामान्यत: सामान्य जनमनलाई कुन–कुन हो उभ्याउनै हम्मे पर्छ । मनविनाको विश्लेषण र विश्लेषणविनाको मन के विश्लेषण र के मन ? प्रश्न गर्नैपर्ने भइदिन्छ । रङ्गविनोदहरूसित मनमा भाव छाप्दाछाप्दै आएका विचार पस्काउँदै सहृदय पाठकवृन्दप्रति सम्मान अघ्र्य चढाइरहेको हुन्छु यसरी ।

रङ्गविनोदहरू आनन्ददायक छन् भने यदि आनन्ददायकै त रहलान् रङ्गविनोदहरूका विश्लेषणहरू पनि । म विश्लेषणभरिको जिन्दगी जिउने रहर बोक्छु । म जिउताभरि नै जिउँदो विश्लेषणको चाहना राख्छु । रङ्गविनोदहरू यहीँनिर मसित विमर्श गर्न आउँछन् । विश्लेषण जिन्दगी हो कि जिन्दगी विश्लेषण ? हेर्दा उस्तै–उस्तै लाग्ने यी दुई प्रश्न उस्तैमा फरक र फरकमा नि उस्तै लाग्नु अस्वाभाविक भने हुन्न । सबै अस्वाभाविकहरू स्वाभाविक देखिनु र सबै स्वाभाविकहरू अस्वाभाविक देखिनु सान्दर्भिक बनिदिन्छन् । सन्दर्भैसन्दर्भ त हुन् सबै स्वाभाविक अनि सबै अस्वाभाविकहरू । सन्दर्भ समयसापेक्ष हुन्छन् । सन्दर्भ वस्तु सापेक्ष रहन्छन् । सन्दर्भ पात्र सापेक्ष बन्छन् । सन्दर्भ परिवेश सापेक्ष पनि । सापेक्षतावादलाई सार्थक रूपमा परिभाषित नगरीकनै पनि म निरपेक्षवादी बन्न पुगिराखेको हुन्छु । निरपेक्षवादलाई विश्लेषण गर्न नभ्याउँदै म सापेक्षवादी बनिदिएको हुन्छु । के सापेक्ष के निरपेक्ष यो छ्यासमिसे जिन्दगी अलि आमा ढाँट् अलि बाबु ढाँट् । हिम्मत हारेको आँट के आँट ? हामीमध्ये प्राय: अलि आमा ढाँट अलि बाबु ढाँट् । मात्र हाम्रै के कुरो ? वर्तमानै अलि आमा ढाँट् अलि बाबु ढाँट् । यसैमा सबैसबैका ढाँट ! उफ् कत्रो विडम्बना ! विडम्बना नै विडम्बना ! यता नि विडम्बना । उता नि विडम्बना । विडम्बनामाथि अझ्ै उपल्लो विडम्बना ! विडम्बनाहरूको कुन्यूमाझ् रङ्गविनोद नि विडम्बना नबनिदेओस् ।

रङ्गविनोदहरूका सर्जक कलाकार रङ्गकर्मी चित्रकारहरू सापेक्ष बनेर आफै रङ्गहरूलाई स्वधर्मनिरपेक्ष बनाउँछु भन्छन् । जतिसुकै सापेक्ष र निरपेक्ष बन्छु, बनाउँछु भन्दाभन्दै सापेक्ष सापेक्ष रहन्नन् । कति नै निरपेक्ष राख्छु भन्दाभन्दै नि सबै निरपेक्ष निरपेक्ष रहन्नन् । नरनारीप्रधान समाज–संसारमा सधैं–सधैं नै नरनारीहरूकै ह्याकुलामिचाइ प्रधान बनेर ह्याकुलामिचाइ मुक्ति रङ्गविनोद संस्कार बन्न सकिरहेको छैन । ओक्षप, आरोप–प्रत्यारोपभरिका मानिसका समाज–संसार आक्षेप, आरोपप्रत्यारोपमै रङ्गविनोदहरूका स्वाद चाख्छन्, चाखि नै रहन्छन् निरन्तर । रङ्गविनोदहरूका आली–आलीमा विचरण गर्दा देखे–भेटेका यी मनका गन्थनहरू कतै यथार्थकै मन्थन हुन पुग्छन् । रङ्गविनोदहरू भनिरहन्छन् – गन्थन होइन निबन्ध मन्थन बन्नुपर्दछ । मन्थनभित्रबाट निबन्धले जीवन–दर्शन उजेल्याउनुपर्छ, पर्छ ।
– सूर्यविनायक भक्तपुर


Tags: तेजेश्वर बाबु ग्वंग:
अघिल्लो पोष्ट

सञ्जाल

पछिल्लो पोस्ट

नारायण गोपाल स्मृति सम्मान थापा र गुरुङलाई

तेजेश्वर बाबु ग्वंग:

तेजेश्वर बाबु ग्वंग:

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
नारायण गोपाल स्मृति सम्मान थापा र गुरुङलाई

नारायण गोपाल स्मृति सम्मान थापा र गुरुङलाई

कलकल त्रिवेणी

कलकल त्रिवेणी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शिरीषको फूल उपन्यासभित्र उपन्यासकार पारिजात

शिरीषको फूल उपन्यासभित्र उपन्यासकार पारिजात

५ जेष्ठ २०८१, शनिबार
योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई

योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई

५ जेष्ठ २०८१, शनिबार
अर्को झ्याइँकुटीको परिक्रमा

अर्को झ्याइँकुटीको परिक्रमा

४ जेष्ठ २०७९, बुधबार
मृत्युको अघिल्तिर

मृत्युको अघिल्तिर

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक