जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

पनौती : अँध्यारोबाट उज्यालोतिर

हरिसुन्दर सैंजू हरिसुन्दर सैंजू
प्रकाशित १३ फाल्गुन २०८०, आईतवार
सँस्मरण भित्र
0
पनौती : अँध्यारोबाट उज्यालोतिर

There is only one good, that is knowledge; There is only one evlif\, thtat is ignorance, Education is difficult and expensive but whatever it costs, it is cheaper than ignorance. – Socrates


“शिक्षा गाह्रो र महँगो छ तर यो जतिसुकै गाह्रो र महँगो भए पनि अज्ञानता भन्दा सस्तो छ ।”
२००७ सालको क्रान्तिपछि नेपालमा ठुलो परिवर्तन आयो, राणा शासन ढल्यो । शिक्षा प्रयास पनि राणा शासनको निर्मम नियन्त्रणबाट उन्मुक्त भयो । २००८/०९ सालमा पनौतीमा सबभन्दा जेठो अङ्ग्रेजी भाषाको स्कुल जन्म भयो ।


अन्य तीन जिल्लामा, गाउँ सहरमा विद्यालय सञ्चालन गर्न के कति कठिनाइहरू सामना गर्नुपर्यो, त्यस सम्बन्धमा म पूर्णतया अनभिज्ञ छु । तथापि पनौतीमा विद्यालय चलाउन अति गाह्रो छ भन्ने कुरामा पनौती निवासीहरु मध्ये अनुभवमा पाको म पनि हुँला जस्तो मलाई लागेको छ ।
२०४० सालमा सूर्योदय बोर्डिङ स्कुल स्थापना हुँदा हालको श्री इन्द्रेश्वर उच्च मा.वि. ३२ वर्षको र पनौती भाषा पाठशाला ३२×२=६४ वर्षको बूढो भइसकेको थियो । ३२ वर्षपछि श्री इन्द्रेश्वर हाइस्कूल नामको विद्यालय स्थापना र सञ्चालन मैले गर्नुपरेको थियो । अतः नयाँ शिक्षा पूर्वको साढे ५ वर्ष र त्यस पश्चताको साढे १० वर्ष गरी कुल १६ वर्षको विद्यालय सञ्चालनको भुक्तभोगीको अनुभवले खारिई पोख्त भइसकेको थिएँ ।


निजी विद्यालय सूर्योदय बोर्डिङ स्कुलको स्थापनाकालमा यो स्कुलको संस्थापक प्रिन्सिपल श्री त्रिविक्रम कर्माचार्यज्यूले सञ्चालक बोर्डको अध्यक्ष मलाई राख्नुभएको थियो । मैले पनौतीमा विद्यालय सञ्चालन गर्न सजिलो नभएको, अनाहकमा झन्झट झेल्नुपर्ने, झुकाई र टोकाई सहनुपर्ने आदि पूर्व सङ्केत र सचेत गरिएको कुरा मलाई याद छ । कति दुःख र कष्ट सहेर विद्यालय चलाई आएको छु, विद्यालय सञ्चालनमा लागिपर्ने महानुभावहरूले अनुभव गरिसक्नुभएका होला । आज २०५८ साल भयो । विद्यालय स्थापना भएको पनि १८ वर्ष बितिसक्यो । १८ वर्ष निर्विघ्न सुचारु रूपले नियमित विद्यालय सञ्चालन गर्न सफल भएकोमा बधाई छ, अन्तर आत्मादेखि नै धन्यवाद छ !


६/७ वर्षपछि आज सूर्योदय बोर्डिङ स्कुलको दर्शन गर्न पुगेँ । १८ वर्ष पनौतीको जलवायु माटोमा निजी विद्यालय आत्मनिर्भर भएर बाँच्नु सक्नु पनि धन्य हो । सम्पन्नावस्थामा पुगेको छ भनी लेख्नु त अत्युक्ति होला । विद्यालयको प्रगति नैराश्यजनक त अवश्य होइन । मैले आशा गरेको भन्दा अधिक प्रगति भएको देखेँ । पूरा दुई घण्टी विद्यालयमा बिताएँ । शिक्षकहरूको विद्यालयप्रतिको ममता, कार्य तत्परता, कर्तव्यनिष्ठता उत्साहवद्र्धक पाएँ । सुनियोजित ढङ्गले स्कुलको कक्षाहरू सञ्चालन भएकोमा प्रभावित भएँ । स्कुलको निजी भवन नभएको खट्कियो । दश वर्ष पहिले नै स्कुल भवनको लागि जग्गा किनेर भवन बनाउने प्रसङ्ग र प्रयास भएको कुरा सम्झेँ । स्कुलको डेराका कक्षा कोठाहरू साना, साँघुरा भएकोले निजी भवन निर्माणको निकै खाँचो भएको अनुभव गरेँ ।
२०२४ सालमा १६ वर्ष पुगेको जेठो स्कुल श्री इन्द्रेश्वर मिडिल स्कुलको हालत र २०५८ सालमा १८ वर्ष पुगेको सूर्योदय बोर्डिङ स्कुलको प्रगतिको अन्तर घतलाग्दो प्रसङ्ग तथा रोचक कथा–व्यथाको रुपमा तुलनात्मक अध्ययनले सूर्योदय बोर्डिङ स्कुललाई माध्यमिक चलाउने हौसला प्राप्त भएको छ । एउटा विपन्न बेवारिसे अर्को न्यूनतम आवश्यकता पूरा गरेर निर्वाह गरिरहेको श्री इन्द्रेश्वरको मठमा श्री इन्द्रेश्वर महादेवको रथको काठ मुढा राख्ने Qmone मा एकदेखि पाँच कक्षाका विद्यार्थीहरू काठमा टुक्रुक्क बसेर पढ्ने र पढाउने, न ब्ल्याक बोर्ड छ न राख्ने ठाउँ छ, चक नै नचाहिने । छैटौँ कक्षा खुला बार्दलीमा, सातौँ र आठौँ मठ पस्ने खुल्ला ढोकाका दायाँ र बायाँतिर कठबारले नछुटाएको आमने–सामने । नौ र दश अफिस पस्ने अँध्यारो कोठामा सानो अफिस कोठा पुग्दा सबै कक्षाहरूमा टेकेर जानुपर्ने । एकदेखि दश कक्षासम्म र अफिस कोठासमेत गरेर विद्यालयले चर्चेको क्षेत्रफल २५० वर्ग फिटभन्दा कम थियो ।


हाइस्कूलका १ देखि १० का सम्पूर्ण कक्षाहरू ५ वटा कक्षा कोठामा सञ्चालन गरेका थियौँ । कूल विद्यार्थी सङ्ख्या ६५ मात्र थियो । कक्षा सञ्चालनको लागि १० जोर डेस्क बेन्च र ४ वटा मेच भक्तपुरमा अर्डर गरेको र बिल चुक्ता गर्न साह्रोगाह्रो परेको अनुभवको अविस्मरणीय छाप छातीमा चित्रित छ । प्रस्तुत लज्जास्पद विवशता तथा बीभत्सताको चित्रले विद्यार्थी बाल–बालिकाको मनमा छाप पर्ने अपेक्षा गरेको छु । कौतुहलता तथा उत्सुकतावश पुराना कुराको अनुसन्धान गर्ने प्रेरणा मिल्ने आशा गरेको छु । लज्जास्पद यथार्थताको प्रस्तुति कामयाब हुनेछ ।
Ince we canot get what we like, let us like what we can get. – Spanish proverb


२००४ सालदेखि २०२४ सालसम्म २० वर्ष मेरो बसोबास काठमाडौँ भएकाले स्थानीय जेठो विद्यालयको अग्रिम १६ वर्षको वस्तुस्थितिबाट म अनभिज्ञ भएँ । सोधपुछ गर्छु आलटाल गरी टारिदिन्छन् । सोधपुछको भरमा लेख्न पनि लेख्दिन । विश्वस्त नभई हुस्सु हुनु पनि हुँदैन, सत्यको खोजी गर्न इच्छुक व्यक्तिले यस्तै बाध्यता भोग्नुपर्छ ।


शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने विद्यालयको महत्त्वपूर्ण भूमिका हुन्छ । हाल विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले चाख लगाएर पढोस्, बुझोस् भन्ने अभिप्रायले आफ्नै गाउँ–ठाउँको मर्मस्पर्शी व्यथालाई प्रसङ्गको प्रमुख केन्द्र बनाएको छु । स्थानीय शिक्षाको विकास तथा प्रगति कच्छप गतिमाथि प्रकाश ढाल्न आफ्नै पिताको जमानादेखि आफू र वर्तमान कालसम्मका शिक्षा हासिल गर्ने अवसरको विकासको एक झलक प्रस्तुत गर्ने जमर्को गरेको हुँ । असान्दर्भिक तथा पिता पुर्खाकै बेइज्जती गर्यो भनी गिल्ला नगरी दिनुहुन अनुरोध छ । अवसर नपाउनु एक, अवसर गुमाउनु अर्कै हो ।
सर्वविदितै कुरा हो, राणाकालीन शासनकालमा शिक्षा नियोजित थियो । शिक्षा प्रसारको गति मन्द मात्र होइन बन्द नै थियो । शिक्षा प्रसारको प्रवाह अवरुद्ध थियो । उदाहरणको लागि उत्साही युवक चिनियालालले विद्यालय सञ्चालन गरेबापत जेलको यातना भोगी अन्तमा शहीद हुनुपर्यो । पुस्तकालय स्थापना काण्ड घटेको थियो भने शिक्षाको दियो बाल्न खोज्नु दण्डनीय अपराध थियो ।
राणाकलाको सुरु–सुरुमा नै कोतपर्वका हिरो जङबहादुरले बेलायतबाट एक अङ्ग्रेज ल्याई १९१० मा दरबार हाइस्कूलको स्थापना गरेका थिए । तर सुरुको ४८ वर्ष १९५८ सम्म दरबार स्कुल दरबार र दरबारसँग निकट सम्बन्ध भएका भाइ–भारदार, उच्च खानदानी परिवारका ज्यादै सीमित सन्तानका लागि मात्र सीमित रह्यो । दरबार स्कुल सार्वजनिक बनाउने क्रममा स्वयं श्री ३ देव शमशेर चार भञ्ज्याङ्ग बाहिर निकाला हुनुपर्यो । दरबार हाइस्कूल सर्वसाधारणको लागि खुला गरिए तापनि पाखा भित्ताका जनताका लागि ल्हासाको सुन थियो, आकाशको फल थियो । साँवा अक्षर चिन्ने अवसर नपाएकाको लागि काठमाडौँमा बसेर अङ्ग्रेजी भाषाको माध्यमका अङ्ग्रेजी पढ्ने क्षमता तथा आँट आश्चर्यको कुरो थियो । राजधानी काठमाडौँका निवासीहरु मध्ये पनि विरलैले मात्र अङ्ग्रेजी पढ्ने सुविधा उपभोग गर्न पाए ।


पनौतीमा कालो अक्षर भैँसी बराबरको जमानामा जन्मनुभएका पिताजी र उहाँका समकालीन तथा पूर्वजहरूका लागि शिक्षा हासिल गर्ने अवसर चिन्तनीय अवस्थामा भएको अनुमान गर्न सकिन्छ । मेरो पिताजी निरक्षर हुनु हुन्थ्यो, साक्षर हुनुहुन्थ्यो । त्यही नै गनिमत थियो । उहाँको समकलामा साक्षरता नै पनौतीका सर्वसाधारण व्यक्तिले पाउन सक्ने उच्चतम शिक्षा थियो । घरमा भर्याङको खुड्किलो नै नभएपछि घरको बुइँगलमा पुग्ने आधार नै भएन । तत्कालीन स्तरमा पिताजी र उहाँका दुई दाजुहरू साक्षर हुनु शिक्षित परिवारको नमुना मान्न सकिन्थ्यो । यति योग्यताले पनि औँठाछाप हुन नपरेको, टाठा बाठा जाली–फटाहाको पन्जामा पर्न नपरेको, शोषणमुक्त भएको मेरा पूर्वजहरू हुन सक्छन् । आजसम्म आत्मनिर्भर भएर उभिन सक्नुको कारण पनि यही हुनसक्छ । स्थानीय शिक्षा प्रयासको अभिरुचिप्रति उन्मुख भएर आफ्नै घरमा विद्यालय स्थापना गरेको हुनसक्छ । स्मरण होस्, इन्द्रेश्वर र चक्रेश्वर विद्यालयको जन्म मेरै घरमा भएको थियो ।
मेरी आमा साक्षर हुनुहुन्थ्यो । आमाको सात पैसा बाह्र पैसा हुन्छ भन्न सक्नुहुन्नथ्यो । आमाको सरलता, अबोधता र अज्ञानतामा पिताजी उपहास गर्नुहुन्थ्यो । जिस्क्याउने, ख्याल ठट्टाको नियतले २५ बढी कि ३२ बढी ? जस्तो प्रश्न गर्नुहुन्थ्यो । अक्सर गरेर माताजीको जवाफ गलत हुन्थ्यो । वास्तवमा पिताजी स्वयं ३५ मा ७ जोड्नुपरेमा दायाँ हातका औँलाहरू बाँया हात मुनि खोकिला पुर्याएर हातका औँलामा जपमाला जप्नुहुन्थ्यो । आजको जस्तो क्यालकुलेटर थिएन । त्यस बेला बुढाबाबुलाई सानी छोरीले ‘पाँच सय भन्नुभएको होइन यहाँ छ पाँच हजार पो लेखिएको छ नि’ भनेर औँठाछाप रोक्न खोज्ने छोरीहरू पनि थिएनन् ।


पुस्ता बदलियो । मेरो पढ्ने सिक्ने वयमा पनौतीमा भाषा पाठशाला एक मात्र थियो । म १४ वर्ष नाघिसक्दा पनि अङ्ग्रेजी अक्षर अल्फाबेट ब् द्य ऋ चिन्ने अवसर पाइनँ । विद्यालय नभई पढ्ने अवसर नमिल्ने, सूर्योदय नभई अन्धकार नहट्ने, गन्तव्य स्थानको लागि प्रस्थान सूर्योदयको प्रतीक्षा गरेर साध्य नहुने अन्धकारमा अल्मलिरहने व्यक्तिलाई समयले न कुनै अब आफ्नो जन्मभूमि पनौतीमा ‘फलफूल खाई नित्य रमाई वनमा फिर्ने बबुरालाई’ पहिलो २ वर्ष भक्तपुरमा त्यसपछि काठमाडौँको पिँजरामा पालिन जानुपर्यो । स्मरण रहोस् काठमाडौँमा जन्मेकी सानी केटी कमला १४ वर्षमा आई.ए. पास गरिसकेकी थिइन । म १४ वर्षको उमेरमा अङ्ग्रेजी अल्फाबेट सिक्दै थिएँ । मैले एस.एल.सी. गरेको उमेरमा कमलाले एम.ए. पास गरिसकेकी थिइन् । हाम्रो उमेर १० वर्ष फरकको कारण पढाइमा सँगसँगै परेको मात्र हो बी.ए. मा त म अझै पछि परेँ । जन्मस्थानको अन्तरको कारण शिक्षा हासिल गर्ने अवसरमा हृदय विदारक विषमता मननीय छ । उपरोक्त उदाहरण स्थानीय विद्यालयको महत्ताको ज्वलन्त दृष्टान्त भयो ।
पनौतीमा श्री इन्द्रेश्वर हाइस्कूल स्थापना गरेको हुँ । कसैको इन्द्रासन बेदखल गरेको होइन । निभ्न लागेको बत्ती बालेको हुँ । विद्यालय सञ्चालनमा मेरो कुनै त्रुटि छैन । बेवारिसे विद्यालयलाई बित्नबाट बचाएको हुँ ।


पनौतीमा दुईचार जना देशकै लागि अभिसाप छन् । मह चाट्ने मौका मिल्ने काममा मात्र चासो राख्ने मरिमेट्नुपर्ने काममा तमासा हेर्ने, न आफू अघि सर्छन् न अरू अघि सरेको सहन्छन् । आफू नगर्ने अरूले गरेको डाहा गर्ने, ईर्ष्याले जल्ने, शासन सत्ताको कुर्सी नै पाए निरङ्कुश बनी अनधिकृत आर्थिक नाकाबन्दी गर्छन् । पनौतीमा बारीमा मकै नपाकेसम्म कालुको, पाकेपछि अतिक्रमण हुने भालुको हुन्छ । जिम्मेवारी बोकेर काम गर्दा काम गर्ने एक्लै हुन्छ । घर बसी काशी देख्ने अनेक हुन्छन् । अनि कामको टीकाटिप्पणी गर्ने हुन्छन् बजारभरि । यस्तै विडम्बनाले पनौती उकालो लाग्न नसकेको हो । एक दशकदेखि अलि सम्हालिएको छ कि !


सूर्य ग्रहण, चन्द्र ग्रहण लाग्छ – छोड्छ । एक छिनको लागि मात्र हुन्छ, सदाको लागि हुँदैन । सत्य सदा ओझेलमा रहँदैन । बादल फाटेपछि उज्यालो हुन्छ । झुट लाञ्छनाको आयु यत्ति नै मात्र हो । मानिस विवेकशील प्राणी हो । सत्य र न्यायको अव लक्षण मानवीय नैसर्गिक प्रवृत्ति हो । मानव मात्रको हार्दिक, आन्तरिक, मानसिक, बौद्धिक, नैतिक, समर्थन सत्यकै पक्षमा हुन्छ । बोल्दैनन् लुच्चाको लुटमाथि, औँला ठड्याउने साहस गर्दैनन् । सोझा सीधा लाखा पाखा हुन्छन् । लुच्चा–फटाहाको मनमोज हुन्छ । सर्वत्र भ्रष्टाचारको बिगबिगी छ । आचारसंहिता हात्तीको देखाउने दाँत जस्तो भइरहेको छ । राजनीतिको नाममा एक लुच्चाले सय सच्चाहरूको भाग हजम गर्न पाएका छन् ।


सच्चा सदाको लागि हुन्छ, लुच्चा कालान्तरमा लोप हुन्छ । महाभारतको परिणामलाई सम्झे पुग्छ । यथार्थ व्याख्या गरिरहनु पर्ने होइन । ‘सत्य मेव जयते’ त हुन्छ नै । सत्य र न्यायको पक्ष लिने स्वयं श्रीकृष्णको पनि धोती फुस्केको थियो । शिखण्डीलाई अघि सार्नुपरेको थियो । युधिष्ठिरले पनि ‘अश्वत्थामा हतोहत’ भनी झुठ बोल्नु परेको थियो । कर्णको बग्गी हिलोमा गडेको मौका छोप्नु परेको थियो । यद्यपि सच्चा सच्चै हुन्छ । लुच्चा लुच्चै हुन्छ । सच्चा र लुच्चामा आकाश र पातालको फरक हुन्छ । अतः सच्चाप्रति श्रद्धा र लुच्चाप्रति घृणा विवादरहित वास्तविकता हो । घच्चा–घच्चीमा बृद्ध जटायुको पखेटा काटियो । उत्साह, उमङ्ग, जोस, हौसला सेलायो । जे जति गर्न सकेँ त्यतिमा नै सन्तोषको साँस फेरेर अनिवार्य अवकाश पाएँ ।
He who spares the bad seeks to corrupt the good, when a done begins to assocuate with crows the feathers remain white but it’s heart grows black. What food is to the body books are to the mind, – German proverb.


बच्चा बच्चै हुन्छ बूढा बूढै । बच्चा प्रारम्भ बूढा अन्त्य । आदि र अन्त्य समान हुँदैन । बच्चा कच्चा हुन्छन्, बूढा पक्का । बच्चा कोरा कागज, बूढा थोत्रा । बच्चा बन्नु छ, बनाइनु छ, बूढाले बिलाइनु छ सेलाइनु छ । बच्चाले अवसर पाउनु छ, बूढाले अवकाश र अन्त्यमा अवसान । उदय पछि उज्यालो हुन्छ, अस्त पछि अँध्यारो । बच्चालाई बच्चाको पेटले पचाउन सक्ने जति खाना खुवाइन्छ । उसलाई विद्यालयमा शिक्षकले उसले पचाउन सक्ने जति पाठ पढाइन्छ । विद्यालयमा विद्यार्थीले आफूमा भएको प्रतिभा प्रस्फुटित गर्ने मौका पाउँछ । बिरुवा स्वयं फलदायक वृक्षको रूपमा बढ्छ आज कुल्चिएला भनेर सर्तक हुनुपर्ने सानो बोट बिरुवा शीतल छहारी दिने रूपमा प्रवर्द्धन हुन्छ । अतः आजका सानातिना भुराभुरीलाई उपेक्षाको दृष्टिले देख्नु सरासर गलत हो । आजका कच्चा बालबच्चा नै भोलिका लक्का युवक–युवती र पक्का बूढाबूढी हुने हुन् । सनक, सनन्दन, सनातन र सनकुमारजस्तै सधैँ साना हुँदैनन् ।


He who wifll\ not learn when he is young wifll\ regert it when he is old. a\ chlid kis the father of man. – w. wordsworth.
जन्मँदा सबका सब साना र समान भएर जन्मन्छन् । तीमध्ये कोही तीता, कोही मीठा, कोही गुलिया, कोही अमिला भएर हुर्कन्छन् । सन्तान थरथरीका हुन्छन् । विभिन्नता तथा विषमता परिवेश तथा शिक्षा दीक्षाको भिन्नतामा निर्भर हुन्छ । हुनत: एकै कक्षामा पढ्ने विद्यार्थीहरूमा पनि कोही टुप्पोबाट फलेका कोही फेदैमा सडेको अनेकौँ दृष्टान्तहरू पाइन्छन् । मजबुरीसाथ मनन गर्नुपर्ने कुरा हुन्छ पढाइमा विद्यार्थीको तपस्या र लगनशीलताको भूमिका प्रमुख हुन्छ । घर–परिवार, साथी–सङ्गत, समाज, छिमेक–सहर, गाउँ, रेडियो, टिभी, सिनेमा, वातावरण आदि सबका सब प्रमुख अनौपचारिक पाठशाला हुन् । शिक्षामा विद्यार्थीको एकाग्रता नै सफलताको मूल कारण हुन्छ । शिक्षक त बगैंचे माली मात्र हो । बगैँचामा अनेक फलफूलहरू हुन्छन् । नौकाद्वारा नदी पार गरिदिने नाविक माझी मात्र हो । सुषुप्त प्रतिभालाई क्रियाशील बनाउने कलाकार मात्र हो । बाजेको पालाको विद्वान हुन केही पढेर मात्र नातिलाई पुग्दैन । आर्थिक समस्याले विवश भएर विद्यालयको विकास गर्न नसक्नु कार्य गर्न नखोज्नु होइन । अनिकालमा बीउ जोगाउनु पनि गनिमत हो । हिजोको समस्या हिजोकाले सहेर भोगे, सामना गरे । समाधानका लागि भगीरथ प्रयत्न गरेर आजको स्थितिमा ल्याई छोडे । सो बिर्सने हो भने आजको प्रयत्नलाई पनि भोलि काले बिर्सने नै छन् । इतिहास लुकाउँदा–लुकाउँदै लोप हुने डर हुन्छ । अतः इतिहासमा भएका–गरेका राम्रो कार्यहरूको स्मरण गर्न सिकौँ; यसैमा सबैको भलो निहित छ ।

हरि सुन्दर सैंजू

जन्म : वि.सं. १९८९ माघ १६ 

पनौती, काभ्रे

अवसान : वि.सं. २०६८ असोज १२


Tags: पनौती
अघिल्लो पोष्ट

‘आनी छोइङ डोल्मा’ फिल्मबाट निफको ओपनिङ हुने

पछिल्लो पोस्ट

नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन

हरिसुन्दर सैंजू

हरिसुन्दर सैंजू

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन

नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन

योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई

योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

 छोरी र छाया

 छोरी र छाया

४ जेष्ठ २०७९, बुधबार
हल्लै हल्लाको देश

हल्लै हल्लाको देश

४ जेष्ठ २०७९, बुधबार
राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९

राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९

४ जेष्ठ २०७९, बुधबार
ललितपुरमा  भिमसेन जात्रा

ललितपुरमा भिमसेन जात्रा

२ भाद्र २०८१, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक