गैरआवासीय नेपाली सङ्घले विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगद र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिन्छ ।
२०७९ मा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्ने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास-‘लाहुरेको रेलिमाई’लाई प्रदान गर्ने निर्णय भएको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।
पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । त्यसैगरी बर्ष २०७८ को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको थियो ।