जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

छोरीमान्छे

डा. छायादत्त न्यौपाने ‘बगर’ डा. छायादत्त न्यौपाने ‘बगर’
प्रकाशित २६ असार २०७९, आईतवार
निबन्ध भित्र
0
छोरीमान्छे

छोराछोरी सृष्टिका समान अंशियार, दुवै नभई नहुने अङ्ग । जन्म प्रक्रिया र जिउने शैली उस्तै । स्वीकृत वस्तुतथ्य यही हो खोजी–रोजी जोडी बाँध्ने सृष्टि चलाउने ! तर केही फरक शारीरिक संरचना र अनेक थरी भूमिकाले जेलेको असजिलो छ छोरीमान्छेको जीवन । छोरी बन्धनै बन्धनले कसक्क कसिन्छन् । बाको बन्धन, विवाहपछि पतिको बन्धन । पतिपछिको बन्धन छोराको । सामाजिक पोयाको कठोर बन्धन त झन् कसिएकै हुन्छ निरन्तर । पुरानो समय नजन्मिउन्जेल नछोरा नै हो कि ! आमाप्रति थोरै सद्भाब रहन्थ्यो । अचेल त प्रविधिले पहिल्यै देखाइदिन्छ के हो ? छोरी भनेपछि आमाको मन कँुडिन र कुँड्याउन सुरु हुन्छ । कुनै आमा थोरै कुँडिन्छिन् कुनैलाई धेरै कुँडिन बाध्य पारिन्छ । कुँड्याइले प्रहार त गर्छ नै । छोरा होस् वा छोरी जन्माउने इच्छा आमाबा दुवैको हुन्छ तर जिम्मेवारी आमाले मात्र लिनुपर्ने रे ! बाले त्यसको जिम्मेवारी लिनुनपर्ने उनी त हकदार मात्र । छोरीसँग खेल्न गफिन खोज्छन्, लाडिएर रमाउन चाहन्छन् तर ती छोरीका बाआमा अरु हुन्छन् । अचम्म त त्यहाँ गएर गजक्क पर्छ जहाँ आफ्ना स्वास्नी, छोरी, बुहारी अरु कसैसँग बोले, हाँसे, घुमे भने खानदानमा ध्वाँसो पोतिने, नाक काटिने ! तर आपूm स्वयं यस्तै क्रियाकलापमा सक्रिय सहभागी हुँदा रमाइलो हुने, अनुशासन नभत्किने रे ! यो मनोविज्ञान अनौठो छ, कति अनौठो कति अनौठो ! नापो छैन । व्यक्ति स्वयंको पारो कति डिग्रीमा तातेको छ त्यसैले निर्धारण गर्छ ।

परिवारको कुरा एउटा पाटो ! समाज सिङ्गो, झन् बढी खनीखत्र । आफ्नो आङमा भैंसी चरेको देख्दैन । अरुका रौं रौं कोट्याउँछ र लिखा बटुल्छ । गजबको छ सामाजिक चेतना ! प्रत्येक छोरी, छोरी हो, बुहारी, बुहारी हो र स्वास्नी, स्वास्नी हो । आमाको प्रतिबिम्ब आँखा हुनेले त्यहीँ देख्छ । आमा, दिदी बहिनी, फुपू, बुहारी, घरमै हुन्छन् भने छरछिमेकमा पनि डुलिरहन्छन् । छोरीसँग जोडिने नाता सम्बन्ध धेरै हुन्छन् । ती प्रत्येकसँग नारिन चाहन्छ छोरो तर बिडम्बना फेरि बिउँझन्छ कि छोरीका खुट्टामा नेल लाग्छ, त्यसको चावी छोराले लिन्छ ।

छोरीको जीवन अधीन–अधीनमै रहने हो ? स्वतन्त्र विचरण गर्ने छोराले मात्र हो ? समाज प्रश्नहरुको घेरामा छ तर ऊ त्यो घेरा देख्दैन, सुन्दैन र मान्दैन । समाज हिजोसँग प्रेम गर्छ, त्यसैसँग स्नेहको डोरी बाँधेर अस्तिलाई समेत तान्छ । यसरी तान्ने तागत उसलाई पूर्वजले दिएका रे ! यो शक्ति प्रयोग गर्न पाउँदा ऊ पूर्वजलाई पुज्छ तर अनुशासनको हातकडी आफैतिर सोझिँदा उहिलेका कुरा खुइले भन्न लाज मान्दैन छोराले । यस्तो अवसर छोरीले कहाँ पाउनू !

छोरी न हुँ दिनदिनै त्रासको ढुङ्गो बोकिरहनुपर्छ मैले । सानै उमेरमा आइपर्ने असजिलाले धेरथोर आमाको स्याहार पाउँछ । अलिक ठूलो भएर छोरी हुनुका गर्विला चिन्ह हुर्किन नपाउँदै बाको शासन सुरु हुन्छ । दाजुभाइले डोरी बाट्छन् । समाजको आँखा फेरिन्छ । आमा तिनीहरुको लयमा मिसिन बाध्य पारिन्छिन्, म कुजिन्छु । पाइलो सार्न खोजे पनि टेकेको ठाउँमा बालुवा, बालुवा हुन्छ । सहज गन्तव्यमा पुगिँदै पुगिँदैन । यात्रामा भेटिनेहरु काँडा उमारेर उभिएका हुन्छन् । मलाई जोगिन ज्यादै धौ हुन्छ तर आँट गरेर पाइला सार्न खोज्यो छोरी मान्छेको तुना खुस्कन्छन् । पाइला लडखडाउँछ, बल गरेर दरिन खोजेँ भने छोरीका कमजोरी औंल्याइन्छ, चिथोरिन्छ, हैरान पारिन्छ । छोरामान्छेकै कठोर शासन दोबाटोमा तेर्सिन्छ । विषकुम्भे पयो मुखे भनेभैंm वचनैले अलमल्याउँछ । उमेरको हदबन्दी लागु हुन्छ । छोरी त फन्दाको फन्दै फनफनिन बाध्य ! आफ्नो अगाडि ऐना र ऐनाको अगाडि अनुहार गाडेर त्यही छोरीको खुवाँ पसेर आफूलाई बिर्सने अभ्यास गर्छ छोरो ।

अचम्म छ छोरीको भविष्य ! कतै चरचरबाट उज्यालो छिर्छ कि प्रतीक्षामा छु म । भित्ता र छानुहरुमा सानातिना चर देखिन्छन् । अलिकति आशा पलाउँछ तर घर बलियो बनाउने निहुँमा छानु टालिन्छ, चरहरु मेटिन्छन् । म हत्केलामा कसैका छोराको जाकेट बोकेर पछाडि उभिन्छु । उसले जता भन्छ लुरुलुरु हिँड्छु । मनमा कतिखेर के बेरिन्छ, कस्तो विपत् आइपर्ने हो ! विवश म त्रास बोकिरहन ! कतै हिजो विद्यार्थी छँदा साथीसँग वनभोजमा नाचेको तस्वीर फेसबुकले फैलाउने त होइन ! मन, बिग्रेको मोटरसाइकलभैंm गुटुटु–हुटुटुले उराल्छ । पञ्चेबाजाको तालमा पति नाचेका तस्वीर सामान्य हुन्छन्, स्वाभाविक लाग्छन्, ठीक त्यस्तै प्रकृतिका मेरा तस्वीरले आपत्ति जनाउँछ महाविपत्ति ल्याउँछ । यस्तो व्यक्ति, समाज र सँस्कृतिले पालेकी छोरीमान्छे मैले अनि स्वच्छन्द विचरण गर्छु भनेर सपना देख्नू !

हो नि, गजबको छ छोरीको जिन्दगी । अँ, हो, यो आफै पनि गजब छ । छोरी भएर रमाउन सक्छे तर बुहारी भएर खुसी हुन पाउँदिन । सम्झनाको झोली थाम्ने सासूले बुहारी भएर निर्वाह गरेको भूमिका कस्तो थियो ? हिजो आफू उभिएको भुइँ नहेरी बुहारीका खुट्टा भासिएको देख्ने आँखाको उपचार कसरी गर्नेहोला ? बुहारी बन्न नसिकिकनै पगरी गुथेका सासूहरु छोरो पाएको अहङ्कारी पर्खालमा उभिएर अग्लिन बल गर्छन्, पर्खाल कति बलियो छ कहिलेसम्म स्थिर रहन्छ ? हेक्का राख्दैनन् । हो नि, सासूआमा आमामैत्री बन्दिए बुहारीलाई छोरी बन्न सजिलो हुन्छ । अहङ्कारी आग्लो तेस्र्याएर छोरीबुहारीबिच दूरी बढाउने सासूहरु र सासू आमाका कुरा पत्याएर श्रीमती चिढ्याउने छोराहरुको दुब्लो चेतनाप्रति दया गर्नुबाहेक म छोरीसँग विकल्प पनि त बच्दो रहेनछ । छोरी नै हुन् नन्दअमाजू, देवरानी जेठानी बनेर मलाई कोट्याउने ! कतिले पटक्कै चाल पाउँदैनन्, कोट्याउँदा दुख्छ भनेर घाउ बनाएर छाड्छन् भोलिसम्म बल्झिरहने गरी ।

भुुसुक्क बिर्सन जानेपछि उपचार गर्न मुस्किल हुने रहेछ । मुसाले धान खाएर दुलो पछ्याउँछ बिचरा सोझो भ्यागुताले किसानको चोट पाउँछ । हुन त प्रकृतिका सबै जीवको आवश्यकता छ सन्तुलित वातावारण कायम राखी जीवन जोगाउन तर सचेत हुँ भन्ने मान्छे आफै खुट्टामा बन्चरो चलाइरहन्छ । आज छोरी भनेर नाक खुम्च्याउने बाले बुढेसकालमा तातोपानी उसैसँग पाउँछन् । बुहारी भनेर उपेक्षा गरेकी सासूआमाले उसैसँग औषधी माग्नुपर्छ । जीवन हो, यात्रामा छ, कतिखेर कुन घुम्तीमा पुग्छ ? पत्तो हुन्न तर सचेत भनेर चिनिएको प्राणी मान्छेले भूतकालबाट सिकेर वर्तमानसँग पौठेजोरी खेल्दै भविष्य निर्माण गर्नुपर्ने हो नि पुर्पुरामा बिर्को लाएर विपरीत दिशा हिँडिरहेको हुन्छ । वर्तमानको धुवाँ धुलोमा परेर विगतको यथार्थ बिर्सने आगतमा पानी फेरेर हराउँदो रहेछ । भनाइ र गराइमा कति ठुलो अन्तर, कस्तो विचलन !

फलाक्छ मान्छे घाँटी तानेर ! छोरा के छोरी के । दुवै बराबर तर व्यवहारमा बराबर गर्नै सक्दैन । आफ्नी छोरीको सम्मान गर्नेले अरुका छोरीको इज्जत गर्न जान्नुपर्छ भन्ने यथार्थ चुँडालेर बधुवा साँढेसरि उफ्रन्छ । अरुलाई अनुशासन घोकाउँछ आफू फाँडिन्छ । उपदेश दिएर नथाक्ने छोराले छोरीको ठाउँमा बसेर विश्लेषण मूल्याङ्कन गर्दैन । आफूलाई अप्रिय लाग्ने व्यवहार अरुलाई पनि अप्रिय लाग्छ । बालाई खाने बाघले मलाई पनि खान्छ । बुहारीतिर चोरी औला तेस्याउँदा बाँकी औला आपैmतिरै फर्केको तितो सत्य सासूले लप्सीको दानाझैँ घुटुक्क निल्दैमा पचाइहाल्न सकिन्न । यो गम्भीर स्थितिको विवेचना गरी निष्कर्षमा विश्वास गरे जीवनका धेरै उहापोह तराईको खोलाझैँ कलकल बगिरहन सक्छन् । छोरी सृष्टि सौन्दर्य बचाउने अभिन्न अङ्ग हुन् । छोराछोरी दुवैको महत्व समान छ । एकले अर्कालाई निषेध गरेर निजी अस्तित्व बचाउन सकिँदैन । सन्तानको सहअस्तित्वको परिचय हो मानवीय संवेदना । समाज विकासमा दुवैको उस्तै उत्तिकै बलियो भूमिका रहन्छ तर के गर्नु मान्छे आफै ठुलो, सबल, सुन्दर छु भन्ने प्रवृत्तिको भरिया बनिदिएपछि सुकर्म ओझेल नपरेर ? यस्ता कमसल सोच पालेर व्यवहारमा खुम्चिएकैले मान्छे फराकिलो मैदानमा पुग्न नसकेको हो । क्षितिजपारिको सम्भावित दृश्य टिप्ने रहर आपसमा सद्भाव राखेर सत्कर्ममा लाग्ने उद्देश्य हो प्रत्येक मान्छेको तर कति मान्छे स्वार्थमा बढी लिप्त छन् कति पेसामा आग्रह राख्छन् । आफूले गरेको काम व्यवहार प्रतिक्रिया कति स्नेहसिक्त छ ? ख्यालै नगरी मेरा गोरुको बाह्रै टक्का भन्ने निम्छरो चिन्तनको सिकार बनेर आफू सङ्कीर्ण रहने र अरुलाई पीडा पुर्‍याउने प्रयास भइरहेको चाल नपाउने यी बुद्धिजीवीको भीड कहिले खुम्चिएला ? यो मानवीय मर्म, संवेदना र सामाजिक दायित्व विपरीत गतिविधिको परिणामले कहाँ पुर्‍याउला म छोरीलाई !

धेरै मान्छेको प्रिय बन्न सकिन्छ । विवेकको प्रयोग गरी परिश्रममा विश्वास गर्न जाने मान्छे, मान्छेकै तहमा अडिन सक्छ । नैतिक भर्‍याङ भाँचेर अग्लिन खोज्दा उसको अनुहार बिग्रने हो । काम गरेर माम खाने र विभेदको राजनीतिक फोहोर बढारेर स्वच्छ चरित्र निर्माण गर्न सके बाँच्ने हो मान्छे । छोराछोरीसँगै चम्किए सुखद बन्ने हो मान्छे र समभावले जीवन्त । मान्छेले मयल पखालेर निर्मल जीवन जिउन सिके पानीमाथि ओभानु छु भन्ने भ्रम पाल्नै पर्दैन । वंश परम्पराले छोराछोरीमा भेद गरेको पाइँदैन । प्रकृतिमा पनि पुरुषप्रकृतिको सहअस्तित्वले सृिष्ट सौन्दर्यमा गति थपेकै हुन्छ । प्राचीन सभ्यताले पनि छोराछोरीमा विभेद पालेको पाइँदैन । वैज्ञानिक चेतनाले पनि विभेद गर भन्दैन । सामाजिक व्यवहारमा पनि विभेद गरेर छोरीलाई कमजोर साबित गर्नुको विशेष प्राप्ति देखिँदैन तर पनि मान्छेमा अहङ्कार छ, यो वनमारा झारसरि मौलाउँदो छ आज एक्काइसौं सदीमा पनि । यसले मानवीय सोच र मूल्यको उन्नतिमा काँडेबार बनेर छोरीलाई खुला आकाशमा पुग्न छेकिरहेको छ ।

चेतनाको बिउले स्पष्ट भन्छ ‘विकास र सामाजिक सहिष्णुताका लागि सँगै हुर्केका छोराछोरी सँगसँगै यात्रामा दौडिन पाउनुपर्छ ।’ यसलाई विभेदको घोचोले बाधा गरेर सहअस्तित्वमा बालुवा छर्न मिल्दैन । राजनीतिदेखि घरनीति, उद्योगव्यवसाय शिक्षा, स्वास्थ्यमा छोरीको स्पर्श सुखद हुन्छ तर बोली व्यवहारमा आत्मीय न्यायो अनूभूतिको अवसरबाट बञ्चित गरिरहने कुसंस्कारी फोहोरले थिचिरहेको छ । यस्तो फोहोर बढार्ने चेतना, योजना, आँट र कर्तव्यनिष्ठा चाहिएको छ मलाई । हेक्का रहोस् स्वाभिमानी शिर उचालेर आफै उभिन पाउने छोरीको अधिकार संरक्षण गर्ने दायित्व प्रत्येक अभिभावकसँग उक्काउन नमिल्ने गरी टाँस्सिएको छ । छोराछोरीको सहअस्तित्व नैतिक जगमा अडिएर सत्कर्मको सातु खानुपर्ने दायित्व बिर्सेर मोटाउने दुश्चर प्रवृत्ति अबिलम्ब नत्यागी नहुने भएको छ ।

हो, चेतनाको चोइलो र व्यवहारको सोइलो सँगसँगै घुमे यात्रा सहज लाग्छ, गन्तव्य फेला पर्छ । सत्य हो, अधिकार र कर्तव्य एक सिक्काका दुईपाटा । अधिकारका कुरा गरिरहँदा कर्तव्य बिर्सन मिल्दैन । कर्तव्य निभाए अधिकार खोज्दै आउँछ भन्ने निष्ठालाई ननिमोठेकै राम्रो ! घरपरिवारको नरमकरम मिलाई चिटिक्क पार्न आवश्यक हक र उचित व्यवस्थापनको खटनपटन मिलाउने हैसियत छोरीको हुन्छ । परिवारका सदस्य सही अर्थमा परिचालनको जिम्मेवारी पनि निर्बाध प्राप्त छ । सामाजिक यात्रामा रहेको खाँचो विवेक, इमान र कर्मशीलताको हो । प्रत्येक सदस्यले नैतिक आदर्शमा अडिएर सम्मानित व्यवहार गरे असजिला गल्छेडा मेटिँदै जाने विश्वास गर्न सकिन्छ । जीवनरथका दुई पाङग्रा बराबरै गुडे सिङ्गै सृष्टिमा गति थपिन्छ, सौन्दर्य उजेलिन्छ । उस्तै र उत्तिनै मानवीय संवेदना बोकेका के छोरा ! के छोरी ! लहरै उभिएर एकसाथ मुस्कुराउन पाइन्छ । सृष्टि सौन्दर्यले गर्व गर्न थाल्छ ।


Tags: छायादत्त न्यौपाने ’बगर“
अघिल्लो पोष्ट

मधेश

पछिल्लो पोस्ट

विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत

डा. छायादत्त न्यौपाने ‘बगर’

डा. छायादत्त न्यौपाने ‘बगर’

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत

विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत

अनेसासको अध्यक्षमा गोवर्द्धन पूजा विजयी

अनेसासको अध्यक्षमा गोवर्द्धन पूजा विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अनल गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

अनल गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

४ जेष्ठ २०८०, बिहीबार
इन्द्रजात्रामा नाचिने नाचहरू

इन्द्रजात्रामा नाचिने नाचहरू

२ आश्विन २०८१, बुधबार
धराबासीले बिराएको “आधा बाटो”

धराबासीले बिराएको “आधा बाटो”

४ जेष्ठ २०७८, मंगलवार
किरात एकेडेमी पुरस्कारका लागि ७ पुस्तक

किरात एकेडेमी पुरस्कारका लागि ७ पुस्तक

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक