जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

गौतम दाइ

विद्यालयमा हेड सरले तलब ल्याएको दिन उनका आँखा पनि त्यतै हुन्थे । विद्यालयमा निरीक्षक वा कोही जिल्लाबाट आए भने उनी सोध्थे “सर हामीलाईचाहिँ केही हुँदैन ?” उनको आशा जगाउने जबाफ कसैले दिँदैनथ्यो । 

हरि खनाल हरि खनाल
प्रकाशित २८ चैत्र २०७७, शनिबार
कथा भित्र
0

“सर ! यही एउटी छोरी हो यसको विहेदान गरिदिन पाए मर्ने बेलामा पनि राम्ररी सास जान्थ्यो होला” आफ्नी छोरीलाई देखाउँदै एक दिन गौतमदाइले भनेका थिए । बाबुछोरीको बसाइ फरक थियो । किनभने उनकी छोरी शहरमा गलैंचा बुन्थिन् भने गौतमदाइ स्कूलमा पालेदाइ । 

गौतम दाइ स्कूलको एउटा साँगुरो कोठामा बस्थे । दिउँसो पनि मानिसहरू त्यस विद्यालय रहेको स्थानमा आउन डराउँथे । मानिसहरू भन्थे विद्यालय भवन रहेको ठाउँमा मसान खेल्छ तर गौतम दाइ ती किस्साको चुनौती थिए । उनी दिउँसोमात्र होइन रातीको बास पनि त्यहीँ बस्थे । उनको सेवा विद्यालयलाई चौवीस घण्टे थियो । विहानपख शिक्षक र विद्यार्थी विद्यालयमा पुग्दा उनले कक्षाकोठा सफा गरेर खोलीसकेका हुन्थे । उनी आफ्नो काममा शिक्षक भन्दा पनि इमान्दार थिए । उनले घण्टी ठीक समयमा हान्थे । कतिपय शिक्षकहरू कक्षामा ढीलो जान्थे तर चाँढै निस्कन्थे । कसैलाई नबिझाउने उनी कुरा लुकाउन जान्दैनथे र प्वाक्क भनिदिन्थे “कसले कतिको पढाउनुहुन्छ भन्ने कुरा त मलाई पनि थाहा हुन्छ ।” उनको कुरा सुनेर कामचोर साथीहरू शिर निहुराउँथे । गौतमदाइ अफिसमै खाजा बनाउँथे र खुवाउँथे । साराका साराको प्लेट पखाल्थे त्यति गरेबापत उनले कुनै शुल्क लिँदैनथे केवल त्यसको बदला उनी पनि खाजा खान्थे । 

विद्यालयमा हेड सरले तलब ल्याएको दिन उनका आँखा पनि त्यतै हुन्थे । विद्यालयमा निरीक्षक वा कोही जिल्लाबाट आए भने उनी सोध्थे “सर हामीलाईचाहिँ केही हुँदैन ?” उनको आशा जगाउने जबाफ कसैले दिँदैनथ्यो । 

“सरहरूले पो हड्ताल गर्न सक्नुहुन्छ र सरकारले कुरा सुन्छ हामी निर्धाका कुरा कसले सुन्ने है सर ?” बेलाबखत उनी भन्दथे । उनको अभिव्यक्तिमा व्ङ्ंग्य पनि थियो । वास्तबमा हामी शिक्षकहरूले आफ्नो सुविधाको कुरा निकै गर्दथ्यौं तर आफ्नै दिनचर्यासँग जोडिएको सहायक कर्मचारीको विषयमा कहिलै कुरा उठाएनौं । म पनि बेलाबखत उनको कुरा स्वीकार गर्दथें । 

एक विहान सामान्य कामले गर्दा म विहानै स्कूलमा गएको थिएँ । गौतमदाइ झोक्राइरहेका रहेछन् । उनी कुर्सीमा बसेर भित्तामा टाउको ढालिरहेका रहेछन् । कहिलै त्यस्तो मुडमा नदेखिइने गौतमदाइ किन त्यसरी बसे ? मनले ठूलो शङ्का ग¥यो । म विरालोको चालमा गौतमदाइ बसेको छेउमा पुगें । उनले आँखा चिम्म गरेका थिए । म उनलाई अचम्मित बनाउँदै बोलाउन खोज्दै थिएँ तर एकाएक मुटु ढक्क फुलेर आयो जब उनको आँखाबाट आँसु खसिरहेको देखें । 

किन रोए गौतम दाइ ? सोच्दै केही कदम पछि हटेर म खेलमैदानको पल्लो छेउमा पुगें । खै किन हो गौतमदाइको आँसुमा सिङ्गो विद्यालय नैं रोइरहेकोजस्तो लाग्यो । केहीबेरपछि उनले टाउको उठाए र दायाँ बायाँ हेरे । उनले मलाई भने देखेनन् । शायद, निष्फिक्री भएर होला आँखाको आँसु पुछे र लामो सुसकेरा हाले । म भर्खर विद्यालयमा प्रवेश गरेकोजस्तो गरेर कार्यालय कक्षतिर लागें । गौतमदाइका आँखा मतिर सोझिए । उनी स्वभाविक बन्न खोजेजस्तो गरी शिष्टाचार प्रकट गर्दै बोले “सर ! नमस्कार” 

मैले नमस्कार फर्काएँ र उनले खाना खाएनखाएको कुरा सोधें । उनले मलिनो स्वरमा जबाफ दिए –खाइदिन पर्ला नि सर 

गौतमदाइ भित्र पसे र केही बेरमै बाहिर आए । उनी मेरो छेउमा आइपुगे । 

“सर !  म कुनै काम लाग्ने मान्छेको रूपमा जन्मिएको रहेनछु । जन्मेको तीन वर्ष नपुग्दै आमाको काख गुमाएँ । सात वर्ष पुग्दानपुग्दै बाबालाई गुमाएँ । दैवले कसोकसो एउटी साथी जुरायो । जिन्दगीको गुजारा कसो नचल्ला सोच्दै थिएँ तर…गौतमदाइको गला अवरुद्घ भयो । उनको बोली आँखाबाट उम्लेको पानीको प्रवाहमा रोकिएको रहेछ । केही बोलिन म । म उनको मुखबाट थप मार्मिक कुरा सुन्न चाहिरहेको थिइनँ ।  

 शरीर अस्वस्थ भयो, बेलुकीपख ज्वरो आउन थाल्यो । खोकीले निद्रा खान थाल्यो । एक दिन पत्नीसहित अस्पताल गएको थिएँ । डाक्टरले टि.बि. भएको कुरा सुनायो । भोलिपल्ट विहानदेखि पत्नी बेपत्ता भई । दुई वर्षकी छोरी भूइँमा रुन्थी टि.वि.को रोगी खोकी र ज्वरोले ओछ्यानमा रुन्थ्यो । अन्ततः दिदीले छोरीलाई लगी । त्यसबेला देखिको जिन्दगी हो यो । उसले त छोडी , टि.बि. लागेको रोगीलाई जुम्राले छोडेजस्तो गरी तर एउटा सपना बोकेर बाँचेको थिएँ हिजोसम्म” गौतमदाइ आँसुको प्रवाहलाई छिचोल्दै आफ्नो विरह पोख्दै थिए ।  

“के भयो र गौतमदाइ ?”

“त्यो एउटी छोरीलाई मेरै पसिनाको कमाइले टीका लगाएर कन्यादान दिन्छु भन्ने धोको थियो तर उसले यो अभागी बाबुलाई विश्वास गरिनछ सर , ऊ हिजै गइछ…..” गौतम दाइको आबाज बन्द भयो । उनी अर्कोतिर फर्किएर आँसु पुछ्न थाले । दश बज्न थालिसकेको थियो । विद्यार्थी र अरू शिक्षक साथीहरूको संख्या बढ्न थाल्यो । गौतमदाइ आँखाको आँसु पुछ्दै यता र उता गर्न थाले । उनले खान नखाएको जानकारी भएकाले मैले उनलाई नजिकैको चियापसलमा लिएर गएँ । तर उनले चियाबाहेक केही खाएनन् । 

दिन बित्दै गयो, गौतमदाइको अनुहारको बेचैनी विस्तारै हट्दै गएको जस्तो लाग्थ्यो । उनले आफ्नो पसिना बगाएर स्कूलको दायाँबायाँ पूmल रोपेका थिए । ढकमक्क फुलेका पूmलहरू हेर्दा लाग्थ्यो त्यसरी हाँस्ने पूmलहरू सबै गौतमदाइकै विम्बहरू हुन् । 

घडीका सुइसँग चल्थे गौतम दाइ । विद्यार्थी विरामी भए पनि गौतमदाइ, शिक्षक विरामी भएपनि गौतमदाइ । समुदायमा कसैलाई केही भएपनि गौतमदाइ । गौतमदाइ सिङ्गो विद्यालय थिए । गौतमदाइ आस्थाको सिङ्गो प्रतिमूर्ति थिए । गौतमदाइसँग सत्रसालको कथा थियो, बूढी गण्डकी थुनिँदाको बेथा थियो । छत्तीस सालमा गोरखापत्र संस्थान जल्दाको तस्वीर मस्तिष्कमा थियो । प्रजातन्त्र आएपछिको टनकपुरको घाउ थियो । उनलाई महेशपुरको चेतना पनि थियो । आफ्नो दुखद स्मृतिलाई उनले नियतिको रूपमा स्वीकारेका थिए । उनीमा वर्गीय चेतनाको उज्यालो निरन्तर बलिरहेको थियो । 

“सर मलाई प्रहरीले समातेर रबरको मुठाले खुट्टाको पैतालामा हिर्काएका थिए । त्यतिबेला मैले रगत छादेको थिएँ । आपूmलाई बाँच्न दिन्छन् भन्ने लागेकै थिएन । मलाई बेलाबेलामा यसले दुख दिने गर्छ । हिरासतबाट छुटेपछि डाक्टरलाई देखाएको थिएँ मेरो मुटुको भल्भमा दखल परेको जानकारी दिएका थिए । शायद यही बेथाले मलाई मार्छ होला सर” एक दिन उनले आफ्नो अतीतलाई छताछुल्ल बनाएर मेरो सामु राखेका थिए । 

“किन त्यस्तो राजनीति गर्ने मान्छे छोडेर यस्ता जागीरमा आउनुभएको त गौतम दाइ ?” 

“खै त्यहाँ पनि राम्रो लागेन , कुरा आदर्शको गर्ने काम कुहिएको । नारा गरीबको लगाउने आपूm सामन्त बन्ने । प्रगतिशील नैतिकताको रटान दिने, भित्रभित्रै व्यभिचारी बन्ने । यता छोरीको लागि पनि मेरो आवश्यकता थियो अर्कातिर पार्टीभित्र देखिएको विकृति ।  यी सब हर्कतले मलाई त्यहाँबाट हिंडायो । ” गौतमदाइले स्पष्टीकरण दिएका थिए । 

गौतम दाइका सामुन्नेमा चक एण्ड टक गर्न पनि कञ्जुस्याई गर्ने साथीहरू समेत तह लागेका थिए । “राजनीति छोडेर म सरस्वतीको मन्दिरमा घण्टी बजाउन आएको छु । यहाँ कसैले पनि जाली कुरा गर्नु हुन्न । ठीक छ हामीजस्ता निमुखाहरूको पक्षमा कसैले आबाज उठाएनन् यसमा मेरो गुनासो छैन तर जन्मदैमा हुने र नहुने बनाउने यो महङगो शिक्षा र सरकारी शिक्षा भन्ने तह भने खारेज हुनुपर्छ सर । यसको लागि जुलुस गर्ने भए म पनि नारा लगाउन जान्छु ” उनी सबैसँग भन्थे । स्वार्थ जितेका निश्छल र निश्कपटी गौतमदाइ सबैका प्यारा थिए । 

एक दिन चौथो घण्टी बजाएर कोठाभित्र छिरेका गौतम दाइ टिफिनको घण्टी बजाउन बाहिर आएनन् । विद्यार्थीहरू उनको ढोकामा पुगे र बोलाए उनले जबाफ फर्र्काएनन् । हामी सशङ्कित भयौं । अर्को कोठाको चेपबाट गौतम दाइको कोठामा पस्ने जमर्को गरे विद्यार्थीहरूले । जब एकजना साहसी विद्यार्थी भित्र पसे र कोठाको चुकुल खोले । गौतम दाइ पलङमा आनन्दले सुतिरहेका देखिए । उनलाई धेरै आबाजहरूले बोलाए गौतमदाइ गौतमदाइ । गौतमदाइले हजूर भनेनन् । जब उनको चिसिएको शरीरलाई फर्काइयो मुखमा रगत देखियो र उनको नाडीका चाल बन्द थियो । गौतमदाइले संसार छोडिसकेका थिए ।

मसानघाटमा उनको शरीरलाई आगोले निलिरहेको थियो र धूवाँ उकेलिरहेको थियो । माथिमाथि उठिरहेको धूवाँको लप्का र लहरा चढेर गौतमदाइ माथिमाथि गएकाजस्ता देखिन्थे । भावुक मनले गौतमदाइको आकृति देखिरहेको थियो । शायद उनी भन्दैथिए, “देख्नु भो म त्यही बेथाबाट बितें ।” उनीजस्ताको यातनाले ल्याएको नयाँ परिवर्तनले उनको न त आकृति देख्न सक्थ्यो न त उनको समर्पणलाई मूल्य दिन्थ्यो । उनको शरीर पोल्दै आगो बेलाबखत कटकट गथ्र्यो । म त्यो आवाजसँगै गौतमदाइ बोलेजस्तो महसूस गर्थे । मानौं उनी भन्दै थिए ‘अलविदा सर, नारा लगाउनेले पनि चरित्र राम्रो देखाएनन् हकि सर ? मैले त्यसै राजनीति छोडेको हो र ?……..’ ।


Tags: कथागौतम दाइ
पछिल्लो पोस्ट

नातिनी हिउँचुली

हरि खनाल

हरि खनाल

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट

नातिनी हिउँचुली

माड्साब

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

केही हाइकुहरु

केही हाइकुहरु

२३ फाल्गुन २०७७, आईतवार
चियासँग जोडिएको नारी सन्दर्भ

चियासँग जोडिएको नारी सन्दर्भ

२३ फाल्गुन २०७९, मंगलवार
हास्यव्यङ्ग्यका सुकीर्ति भैरव अर्याल

हास्यव्यङ्ग्यका सुकीर्ति भैरव अर्याल

२४ फाल्गुन २०८०, बिहीबार
शब्द बिम्बमा श्याम सुन्दर सैंजू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक