जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

नेपाल संवत र म्ह पूजा

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित २८ कार्तिक २०८०, मंगलवार
संस्कृति भित्र
0
नेपाल संवत  र म्ह पूजा

नेपाल संवत् नयाँ वर्ष ११४४ सुरू भएको छ । नयाँ साल मनाउने कछलाथ्व पारु (कार्त्तिक शुक्ल पक्ष परेवा) नेपाल देशको आफ्नै नाम भएको नेपाल संवत्को नयाँ वर्षको पहिलो दिन हो। अर्थात् नेपाल संवत् सुरु हुने पहिलो दिन हो। यो संवत् नेपालको मौलिक संवत् हो। नेपालको कुनै पनि राजाले सुरु गरेको संवत् नभई एक जना साधारण व्यक्तिले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गरी सबैलाई स्वतन्त्र बनाएको उपलक्ष्यमा स्थापित भएको संवत् हो। विदेशी इतिहासविद् श्री कोल हर्नको भनाई अनुसार इ.सं. ८७९ अक्टोबर २० तारिख (कछलाथ्व पारु) बिहीबारको दिन यस  संवत् सुरुवात भएको हो। राजा राघवदेवको राज्यकालमा सुरु भएको यो संवत् लिच्छवी संवत् ८०२ समाप्त भएपछि अर्थात् लिच्छवी संवत् ८०३ हुनुपर्ने ठाउँमा त्यसो नभई पुन: १ बाट नयाँ संवत् नै सुरु भएको हो। म्ह पूजा गरिने कछलाथ्व पारुको दिन लिच्छवी कालमा पनि म्ह पूजा, पृथ्वी पूजा गर्ने परम्परा थियो जो अहिलेको नेपाल संवत्को न्हूदँ मनाए जस्तै हो। वंशावली अनुसार नेपाल संवत् प्रारम्भ यस प्रकारले भएको उल्लेख छ : भक्तपुरका ज्योतिष सिद्धिवन्तले विशेष मुहूर्तमा काठमाडौँको लखुतिर्थको बालुवा ल्याएर चार दिनसम्म राखेमा बालुवा सबै सुनमा परिणत हुनेछ भनी साइत निकाले। यसै अनुसार भक्तपुरबाट बालुवा लिन पठाए । बालुवा लिन भरियाहरू भक्तपुरदेखि आएको देखेर शंखधर साख्वाले यसमा पक्कै कुनै रहस्य हुनुपर्छ भन्ने सोचेर त्यो जम्मे बालुवा आफ्नो घरमा झार्न लगाए । बालुवा लिन आउने भरियाहरूलाई पनि चाहिँदो मान गरे। भरियाहरू फेरि लखुतिर्थ गई अर्को बालुवा लिएर भक्तपुर फर्के । चार दिन पछि शंखधर साख्वा:को घरमा राखिएको बालुवा जम्मै सुन भएको पाए । तर भक्तपुर पुर्‍याएको बालुवा भने सुन बनेन । शंखधर साख्वाले त्यो सुनबाट उपत्यका भित्रका सबै ऋणीहरूको ऋण तिरी सबैलाई ऋण मुक्त गरे। त्यही ऋणमुक्त भएको उपलक्ष्यमा स्वतन्त्र जीवन जिउने हिसाबले नयाँ संवत्को स्थापना भयो। त्यस संवत्को नाम देशको नामबाट ‘नेपाल संवत्’ भनी नामकरण गरियो। यसरी नयाँ जीवन सुरु गरी आफ्नो सुमङ्गलको कामना गरी म्ह पूजा सुरु भयो भन्नेहरू पनि नभएका होइनन्।  तर नेपाल संवत्भन्दा म्ह पूजा धेरै पुरानो हो भनी विभिन्न अभिलेखहरूमा उल्लेख भएको पाइन्छ । नेपाल संवत् नामाकरण गरी नयाँ संवत्लाई अघि बढाउने शंखधर साख्वालाई, नेपाल संवत् ११२० कछलाथ्व एकादशी (वि.सं. २०५६ मङ्सिर ३ गते) शुक्रबारका दिन तत्कालीन सरकारले “राष्ट्रिय विभूति” घोषणा गर्यो । 

यो दिनको अर्को विशेषता नेवार समुदायमा मनाइने विशिष्ट म्ह पूजा हो । सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरू भएको दिन नेवार समुदायमा ‘म्ह पूजा’ गर्ने चलन छ । म्ह पूजा अर्थ हुन्छ, शरीर पूजा । ‘म्ह’ को अर्थ शरीर हो । त्यसैले शरीरको पूजा नै म्ह पूजा हो । म्हपूजा बारे विभिन्न विज्ञहरूले आआफ्नै तरिकाले अभिव्यक्ति दिएको पाइन्छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले ‘म्ह र म्हपूजा’ विषयक लेखमा सजीवतालाई नै म्हपूजा गरिने हो भन्नुभएको छ ।

संस्कृतिविद तेजेश्वरबाबुु ग्वंगकाका अनुसार म्हपूजाको अभिप्राय वर्षभरि आइपर्न सक्ने समस्याहरु सुल्झाउँदै जीवनलाई अघि बढाउने दह्रो पाइला चाल्नु हो । जीवन संघर्षमय हुन्छ । जीवनलाई अगाडि बढाउने क्रममा प्रकृति, मानिस, पशुपन्छी सँगसँगै मानिसले गर्ने आन्तरिक तथा बाह्य संघर्षमा विजय हासिल गरेर जीवन सफल होस् भन्ने हेतुले कछलाथ्व पारु (कार्तिक शुक्ल प्रतिपदा) का दिन म्हपूजा गर्दै आएका छन्। उनको भनाई अनुसार म्हपूजा भनेको शरीर पूजा मात्र हो, चित्त पूजा होइन् । चित्तको बासस्थान भने शरीर हो। हरेक मानिसको आत्मा भित्र आफ्नै तथागत रहेको हुन्छ, जसमा आत्मा रहन्छ, हात खुट्टा शरीर चलायमान हुन्छ, वुद्धि विचार गर्ने काम सिकाउँछ, शरीरलाई नियन्त्रण गरेर अघि बढाउनु नै तथागत हो। मानिसको बाह्य रुप देखिन्छ, भित्री रुप देखिँदैन, साथै चिनिँदैन पनि । त्यस्तो तथागतलाई पूजा गर्नु नै म्हपूजा हो।

म्हपूजालाई आत्मा पूजा भन्नेहरु पनि छन्। आफूले आफैलाई आफ्नो मन, वचन, आत्मालाई साथै स्वयम्लाई देवता मानी पूजा गर्नु ‘म्हपूजा’ हो। आफू भित्र नै ब्रम्हाण्ड छ । ब्रम्हाण्डको शक्ति छ । त्यसलाई बाहिर निकाल्न सक्नु आ–आफ्नो क्षमता हो। जसले आफूलाई राम्रोसँग प्रस्तुत गर्नु सक्छन् ऊ ठूला, ज्ञानी, गुणी तथागत हुन्छन्। आफूलाई समाजमा स्थापित गर्न सक्ने व्यक्तिले विश्व ब्रम्हाण्डमा पनि स्थापित गर्न सक्छन् र ठूला मान्छे बन्छन्।

पूजाका क्रममा मण्डल बनाइन्छ । त्यसमा खेलुइतास् बालिन्छ । हाम्रो जीवन पञ्चस्कन्ध र पञ्चतत्वले बनेको हुन्छ । मानिसको जीवन मृत्युपछि पृथ्वीमैविलिन हुन्छ । यो वास्तवमा शून्यतामा विलिन हुनु हो । मानिसको जीवन वास्तवमै शून्यताजस्तै हो । यही भाव मण्डल र खेलुइतास्ले दिइरहेको हुन्छ । खेलुइता भनेको लामो बत्ती हो । यसलाई बालेपछि यो खरानीमा परिणत हुन्छ ।ग्वंग भन्छन्, ‘यसलाई बाल्नुको पहिलो अर्थ हामीले पनि चारैतर्फ प्रकाश छर्न सकौँ भन्ने हो । दोस्रो, हाम्रो शरीर पनि एकदिन यस्तै खराब हुनेछ भनेर बोध गराउनु पनि हो । खासमा आफूभित्रको लोभ, मोह, तृष्णा, लालसा आदिलाई त्यागेर सबै प्राणीको उद्धार गर्न सकौँ भनेर नै प्रतीकात्मक रूपले म्ह पूजा गरिन्छ ।’ म्ह पूजाको क्रममा प्रयोग हुने मखमली फूल र ओखर त्याग भावनाका लागि प्रेरणा मानिन्छ ।

म्ह पूजाका बेला मङ्गलका सबै प्रतीक फलफूल, माछा, फूल ग्रहण गर्ने परम्परा रहेको छ । आफ्नो शरीरको पूजा गर्ने यस परम्परामा दार्शनिक पनि पक्ष उत्तिकै कायम रहेको पाइन्छ । म्ह पूजा गर्दा आफूले आफ्नै शरीरको तान्त्रिक विधिबाट पूजा गरिन्छ र यस क्रममा वर्षभरि चोट नलागोस्, बिरामी नभइयोस्, सुखशान्ति प्राप्त होस् भनेर कामना गरिन्छ । त्यसैले परिवारका सबै सदस्य एकैस्थानमा भेला भएर सामूहिक पूजा गर्छन् ।

म्ह पूजा गर्नेहरू मण्डपबाट नउठी भोज खानु पर्ने भएकोले पहिले नै थालमा खाने कुराहरू (भाग) सजाई पूजा सकिए पछि सगुन चढाए जस्तो देवता भाग मात्र मण्डप मण्डप अगाडि सजाइदिए पुग्छ । त्यस पछि सबै एकै चोटी खान बसे पनि हुन्छ । म्ह पूजा प्राय: आकाशमा जून देखिए पछि मात्र गरिने हुनाले पहिले पहिले जून उदाए पछि भन्नुको अर्थ नै अँध्यारो भएपछि (साँझ) भन्नु स्वाभाविकै हो। पूजा सकी भोज खाइसकेपछि अँध्यारोमा नै सफा गर्दा फ्ँयाक्न नहुने वस्तुहरू फ्याँकिने डरले मण्डपहरू नबिगारेको हुनसक्छ ।

 त्यस कारण म्ह पूजा गरी बाँकी रहेका फलफूल, फूल, अक्षता आदि अँध्यारोमा नफ्याँकिने हुनाले भोलिपल्ट घाम झुल्किसकेपछि मात्र मूल ढोका अगाडि राखिने चलन भएको हुन सक्छ । म्ह पूजा नेवारहरूको आफ्नै मौलिक परम्परा हो। नेवारहरूको म्ह पूजामा बनाइने मण्डप एउटै जातमा पनि फरक–फरक हुने गर्दछ भने ठाउँ अनुसार पनि फरक–फरक हुने गर्दछ । विभिन्न जातहरूमा फरक हुनु झनै स्वाभाविक भयो। म्ह पूजाको महत्त्व एउटै भए पनि त्यसमा लेखिने मण्डप भने परिवारै पिच्छ फरक पर्न सक्दछ । तर यो पूजाको जीवन दर्शन भने एउटै हो। 

म्ह पूजाको दिन बौद्ध नेवारले बुद्ध, धर्म र संघ, कुलदेवता तथा इष्टदेवताको पूजा गर्ने गर्छन् । हिन्दु नेवारले भने बलिराजाको पूजा । संस्कृतिविद् ग्वंग भन्छन्, ‘यी दुवै पूजाको मूल आशय एउटै छ र त्यो हो, त्याग तथा दानशीलताको भावना ।


Tags: म्ह पूजासिर्जना दुवाल
अघिल्लो पोष्ट

तीर्थकुमारीको पहिलो एकल साँझ हुँदै

पछिल्लो पोस्ट

साहित्यकार शान्तदास मानन्धरको निधन

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

२० माघ २०८२, सोमबार
संस्कार पद्धतिसित जोडिएको गाईजात्रा
संस्कृति

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

२६ श्रावण २०८२, आईतवार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
पछिल्लो पोष्ट
साहित्यकार शान्तदास मानन्धरको निधन

साहित्यकार शान्तदास मानन्धरको निधन

पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करणको लोकार्पण

पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करणको लोकार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बाँकी हरफहरु

बाँकी हरफहरु

२३ फाल्गुन २०७७, आईतवार
“साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान” शान्तदास मानन्धरलाई

“साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान” शान्तदास मानन्धरलाई

२३ फाल्गुन २०७९, मंगलवार
आदिकवि भानुभक्त आचार्यका कविताकृतिमा लोकजीवन

आदिकवि भानुभक्त आचार्यका कविताकृतिमा लोकजीवन

२४ फाल्गुन २०८०, बिहीबार
‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ स्थापना

‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ स्थापना

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक