जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता प्रोफाइल

यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान

अच्युतरमण अधिकारी अच्युतरमण अधिकारी
प्रकाशित १७ आश्विन २०८०, बुधबार
प्रोफाइल भित्र
0
यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान

यात्रा गर्नेहरूले यात्राको वृत्तान्त लेख्छन् । यात्राको वृत्तान्तले पाठकहरूलाई नयाँ अनुभूति प्रदान गर्छ । ‘विदेशको यात्रा : स्वदेशको सम्झना’, यो पुस्तक यात्रावृत्तान्तहरूको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा आएको कृति हो । यसका लेखक घनश्याम राजकर्णिकारले बेलायत, प्यारिस, सिओल, पश्चिम जर्मनी, ड्युसलडर्फ, हङकङ, जापान, ज्युरिच, थाइल्यान्ड र कलकत्ताको भ्रमणवृत्तान्त यसमा समावेश गरेका छन् । उनका दृष्टिमा बेलायत अँध्यारो, पुरानो र निन्याउरो सहर; प्यारिस कलात्मक सहरको अकलात्मक यौनाचारले व्याप्त ठाउँ; सर्पको मासुमा विशेष आकर्षित सिओल; चम्किलो देशको रन्किलो स्वभाव भएको पश्चिम जर्मनी; चकित पार्ने आधुनिकता र छक्क पार्ने प्राचीनता भएको ड्युसलडर्फ; पूर्वी देशको पश्चिमी पिरतीको परम्परा भएको ठाउँ हङकङ; विदेशीको अनुरोधलाई लत्याउन नसक्ने युवतीहरूको देशका रूपमा जापान; तीन महिना अनिवार्य भिक्षु बन्ने परम्परा भएको धार्मिक देशका रूपमा थाइल्यान्ड र कलकत्तालाई एकपल्ट हेरेपछि फेरि हेर्नुनपर्ने सहरका रूपमा मुख्य गरी देखिन्छ ।

यात्रालेखनको एउटा नमुना हो यो । सोझो हिसाबकिताबबाट ज्यादै स्पष्ट गरी विदेशको यात्रा लेख्ने लेखक नेपाली साहित्यमा सायद यिनै मात्र एक हुन् । विदेशको यात्रावर्णन गर्दै यदाकदा स्वदेशको गौरव गाउन यिनी पुग्दछन् । भला यस हिसाबले आफ्नो देशप्रतिको विशेष आग्रह नभएको भन्न मिल्दैन, तर पनि आफ्ना केही महत्वहरू छन्, जसलाई नगाई हुँदैन । उनको यात्रावृत्तान्तको लेखाइ ज्यादै स्पष्ट छ । विदेशको यात्रामा गएर फर्केका धेरै स्वदेशीहरू यति स्पष्टसँग कुरा गर्न (लेख्न) चाहँदैनन् । यात्रावृत्तान्तलेखकहरू नेपालीमा ज्यादै कम मात्र छन् । हुन त ‘जङ्गबहादुरको बेलायतयात्रा’ नेपाली भाषाको पहिलो यात्रावृत्तान्त हो, तर त्यस कृतिको लेखक निश्चित छैन । हिजोआज नेपालीमा यात्रावृत्तान्त लेख्ने मान्छे तारानाथ शर्मा, देवेन्द्रराज उपाध्याय, यादव खरेल र घनश्याम राजकर्णिकार यिनै प्रमुख हुन् । उत्तम कुँवर आदि केही लेखक यदाकदा छन्, तर ज्यादा थोरै मात्र ।
देवेन्द्रराज र यादव खरेलको प्रस्तुतीकरणको प्रक्रिया अलग छ भने ताना सर्माको शैली अर्कै छ । यी सबैमा मौलिकताको प्रस्तुति अर्कै प्रकारको छ । तर घनश्याम राजकर्णिकारको प्रस्तुति अर्कै । सबै यात्रालेखकहरूमध्येका प्रस्टवक्ता घनश्याम राजकर्णिकार हुन् । ताना सर्मा पनि एक प्रस्टवक्ता हुन्, तर उनको हिसाबकिताब त्यति सोझो छैन, जति घनश्याम राजकर्णिकारको छ । यात्रावृत्तान्त लेख्ता कुनै देशको राम्रो पक्षलाई मात्र देखाउने लेखक कमजोर नै मान्नुपर्दछ । कुनै देशमा राम्रा कुरा छन् भने त्यहीँ कति नराम्रा पनि छन् । ती सबैलाई राम्ररी उल्लेख गर्न नसके के लेखक ? अथवा एक देशमा चलेका कतिपय चलनहरू अर्को देशमा नराम्रो अथवा अमान्य हुन सक्तछन् । उदाहरणका लागि यौनस्वतन्त्रता भएका देशलाई नै लिऊँ । यौनस्वतन्त्रता उसका लागि संस्कृतिजस्तै सहजमान्य छ भने हामीहरूका लागि पाशविक प्रवृत्ति ठहर्छ । पाश्चात्य देशमा हुर्केको सन्तान बाबुआमाबाट अलग रहन्छ, कुनै बेला कुनै पर्वमा मित्रजन आएझैँ भेट्न आउँछ । सेवाबाट अवकाशप्राप्त व्यक्ति (बूढाबूढी) एक्लै शून्य भएर बस्तछन् । तर हाम्रो समाजमा कुनै न कुनै सन्तानले बूढाबूढीलाई छाड्दैन र ऊसँगै बसिरहन्छ । कुनै कतै गाई पुजिन्छन्, कतै खाइन्छन् । कतै छेपारो, भ्यागुतो, सर्प, बाँदरजस्ता जीवको मासु खाने चलन छ । तर यहाँ त्यस्तो छैन । यस्ता केही कुराहरू आ–आफ्ना सभ्यता र चालचलनका आधारमा विकसित छन्, जसलाई कतै मानिन्छ भने कतै मानिन्न । तर चोरी, डकैती, लुटपाट, हत्या, बलात्कार आदि केही यस्ता कुरा छन्, जसलाई सबैले इन्कार गर्दछन् ।

हाम्रो देशबाट अन्यत्र जाने पर्यटकहरू राम्रा कुरा मात्र लिन गएका होइनन् । ती देशका कतिपय कमजोरी र कालो पक्षलाई पनि देखाउनैपर्छ । हाम्रा लेखकको गरम पकेट लन्डनजस्तो महानगरी र कुनै बेला कहिल्यै घाम नअस्ताउने देशको राजधानीमा ठन्डा भयो बातैबातमा । कसैले गोरालाई, कसैले क्रिस्चियनलाई अथवा अन्य कतिपय सभ्य देशका नागरिकलाई जन्मजात असल देखेका हुन्छन् । के त्यो धारणा सही हो त ? निश्चय नै होइन । अथवा चोर, डाका, ठगाहा, लुटाहा नेपाल र भारतजस्ता देशमा मात्र छन् त ? त्यो पनि होइन । अर्काको भाषा बोलेको सुन्नसम्म नचाहने फ्रेन्चहरूलाई साँघुरा भन्ने कि फराकिला ? फ्रेन्चहरू यदि सभ्य हुन् भने उनीहरूको देशमा आउने पर्यटकलाई अर्को अन्तर्राष्ट्रिय भाषाको सुविधा पनि दिनै त पर्छ नि ! यस्तो वास्तविक कमजोरी र नराम्रो कुराप्रति लेखकको प्रतिक्रिया निकै महत्वपूर्ण मानिन्छ । छोपेको वास्तविकता झूटो राजनीतिक नाराभन्दा खतरनाक सावित हुन्छ । बोलीमा कमी हुनु अर्कै कुरा हो, तर घनश्याम राजकर्णिकार यस दृष्टिले स्पष्ट छन् । यही नै उनको यात्रावृत्तान्तको मुख्य कुरा पनि हो ।
केही बगेको, केही गरुङ्गो तर प्रस्ट शैलीमा उनका स्मृतिपटबाट टिपिएका कुराले रमाइलो यात्रावृत्तान्तको आनन्द दिलाउँछ । लेखक राजकर्णिकारको शैली देवेन्द्रराजको जस्तो, यादव खरेलको जस्तो गम्भीर, ताना सर्माको जस्तो टड्कारो र प्रत्यक्ष प्रभावकारी नहोस्, तर छोटोमा मीठो गरी वर्णन गर्दै सम्बन्धित ठाउँमा पाठकहरूलाई पुर्‍याउन गरेको प्रयास उनको राम्रो छ । कुनै पनि रमाइला वा नरमाइला ठाउँ र घटनाको वर्णन गर्दा कुनै कुराको प्रत्यक्ष वर्णनको प्रभाव उनले दिएका छन् । त्यसो त लेखकको दृष्टिकोण पनि ‘यात्रावृत्तान्त भनेको सर्वसाधारणलाई त्यसको राम्रो जानकारी दिनु हो र आफ्ना अध्ययनको भारले पाठकलाई विशेष बोझ दिनु हुन्न, भएका कुरा यथावत नलेखे ढाँटेको ठहर्छ, झूटा कुरा र विशेष बौद्धिकतामा जोड दिनु ठीक पर्दैन’ भन्ने देखिन्छ ।

घनश्याम राजकर्णिकारको यात्रावर्णनमा आकर्षणको मात्रा बढी छ । आकर्षणकै लोभले कुनै वृत्तान्तलाई डुबेर पढ्न थाल्यो, तर त्यो अचानक समाप्त भइदिन्छ । इतिहास र संस्कृतिसँग सम्बन्धित विषय ज्यादा टिप्पणीमूलक भए भने कुनै मिठास नआउने सम्भावना हुन्छ । त्यो कुरा घनश्याम राजकर्णिकारमा पाइयो । भनाइको मतलब के भने आकर्षक ढङ्गले वर्णन गर्नुपर्ने विषयलाई कतै छोटकरीमा सिध्याइदिँदा मिठासको मौजी मसला चाख्न पाइँदो रहेनछ । यात्रावृत्तान्तका सिलसिलामा प्रकृतिका रमाइला कुराहरूले उनलाई त्यतिको आकर्षित गरेनछन् । यसमा लेखकलाई स्वयं रुचि नभएको हो वा वर्णन गर्ने सामथ्र्य नभएको हो, केही जान्न–बुझ्न त्यति पाइएन ।
कतै इतिहासका पाना पल्टाएर, कतै संस्कृतिको जीवन कोट्याएर, कतै हाँसेर, कतै हँसाएर, कतै रमाइलो जीवनलाई देखाएर, कतै दु:खी जीवनको पर्दा उघारेर यस यात्रावृत्तान्तलाई समाप्त गरेका छन् उनले । हाम्रा स्वदेशी अनुभव विदेशीहरूका अगाडि र उहाँका हाम्रा अगाडि के–कति मिल्छन् र के–कति छुट्टिन्छन् भन्ने कुरा यस यात्रावृत्तान्तले प्रस्ट पारी देखाएको छ । यात्रा गर्ने यात्रुले देखेर जानेसम्म सबै कुराको अनुभव ल्याउँछ वा लैजान्छ । घनश्याम राजकर्णिकारले बटुलेको अनुभवमा दृष्टि आलोचनात्मक छ । यात्राको अनुभव लेख्ने मानिस यस्तै इमानदार रहनु उत्तम हुन्छ । विदेशी भूमिको रमाइलो हेर्न जानेहरूलाई विदेश र स्वदेशमा के अन्तर छ ?त्यसलाई छुट्याउने आधार के–के हुन् ? यस्ता कुराको जानकारी हुनुपर्दछ ।

स्वदेशलाई हेर्ने र विदेशलाई हेर्ने आँखामा कति अन्तर रहन्छ भन्ने कुरा डा. तारानाथ शर्मा र घनश्याम राजकर्णिकारको अनुभवलाई हेरी छुट्याउनुपर्दछ । यी दुवै लेखकले सर्वप्रथम त आफ्नो राष्ट्र र राष्ट्रियतालाई शिरोधार्य गरेका छन् । आफ्नो राष्ट्रप्रतिको ममता यिनमा चर्किएको छ । त्यति भएर पनि संयमित बोली र लोलीमा अर्काको अनुभव लेख्तै आफ्नो सम्झना गर्ने घनश्याम राजकर्णिकार विशेष इमानदार छन् । डा. तारानाथ शर्मा आफ्नो राष्ट्रको विभिन्न अवस्थामा विशेष अतालिन्छन् भने घनश्याम राजकर्णिकार त्यस पक्षबाट त्यति बोल्दैनन्, बरू ऐतिहासिक र सांस्कृतिक पक्षबाट यिनी बोल्दछन् । यस्तै प्रकारको भिन्नता यी दुईमा छ । छिमेकी भारतको सबभन्दा पुरानो सहर कलकत्तालाई एकपल्ट हेरेपछि हेर्नुनपर्ने सहर भन्नुको अर्थ त्यसको नराम्रो पक्षलाई लक्ष्य गरेर हुन सक्तछ, तर त्यही कलकत्ता महानगरीको वर्णन गर्दा सुन्दर पक्षका केही कुरालाई अद्वितीय र अनुपम भनी वर्णन गरेका छन् । बेलायतलाई थोत्रो र जीर्णशीर्ण भएको सहरका रूपमा हेरेका छन् । बेलायतमा लेखकको पकेट सफाचट भएको कुराले अझ त्यहाँको स्थितिलाई बढी झल्काउँदछ । संसारमा फ्रेन्च भाषा बोल्ने मान्छे मात्र हुन्छन् र ? तर उनीहरू सबैले फ्रेन्च बोल्नुपर्छ भन्ने पूर्वाग्रह फ्रान्समा छ । ‘शिष्टाचारका क्षेत्रमा साँच्चै भन्ने हो भने हामी नेपालीले पश्चिमी मुलुकका निवासीहरूलाई केही पाठ सिकाउन समर्थ हुनेछौँ’ भन्ने लेखकको दावी छ । नेपालको यस पक्षलाई लेखकले ठाउँमा साह«ै राम्रोसँग देखाएका छन् ।
निर्दोष मान्छेको बयानजस्तो घनश्याम राजकर्णिकारको लेखाइ स्पष्ट छ र निर्दोष छ । आफूले विदेशमा केही मान पाएको होस् वा अपमानित भएको होस्, उनले इमानदारीपूर्वक खुरुखुरु आफ्नो भाषामा लेखिदिए । विदेशमा बसेर अर्काको भाँडा माझेर आए पनि मालिक भएको फूर्ति लाउनुपर्ने यस समाजमा अथवा यहाँका कतिपय मानिसका अगाडि यस्तो प्रकारको साँचो कुरा बोल्ने मान्छेको र लेख्ने मान्छेको ज्यादै कमी छ । बृटेनको शाही नेपाली दूतावासको खरदारले जस्तै फेद न टुप्पाको ठूलो भई देखिनुपर्ने समाजमा साँचो कुरा त ज्यादै कम मात्र देख्न पाइन्छ । कुन ठाउँमा कसरी मान पाइयो, कसले अपमान गर्‍यो, को जाति को नजाति जस्ता कुरा पनि उनले प्रस्टसँग लेखेका छन् । यस्तो प्रस्टता ज्यादै कममा मात्र पाइन्छ । कसैलाई हेर्दा एकाङ्गी दृष्टिकोणले हेर्नु मनासिब हुँदैन । आलोचनात्मक हेराइ नै जीवनका लागि महत्वपूर्ण कुरा हो । अर्काको देश, आफ्नो देश र आफूलाई समेत पनि आलोचनाको कसीमा उतार्ने यिनी ज्यादै इमानदार लेखक हुन् ।

भ्रमण गर्दा त्यस देशको इतिहास, संस्कृति, कला र सभ्यता आदिका साथसाथै त्यहाँका पर्दाभित्रका कुरालाई पनि खोतल्न सक्नुपर्दछ । त्यसो भए मात्र वास्तविक कुराको जानकारी हुन्छ र यात्रा लेख्नुको महत्व पनि रहन्छ । यो त यात्रालेखन मात्र नभएर पर्यटकहरू सबैसँग सम्बन्धित कुरा हो । कुनै पर्यटक आफ्नो देशलाई हियाउँछन्, होच्याउँछन् र अर्काको सिरिखुरीमा नै स्वर्ग देख्छन् । हाम्रा यात्रालेखकहरू कट्टर राष्ट्रवादी छन् । अझ घनश्याम राजकर्णिकार त पदेपदे आफ्नो देशको महत्वलाई बढी ठान्दछन् । हाम्रो सभ्यताभन्दा पश्चिमी सभ्यतालाई बढी महत्वपूर्ण ठान्नेहरूलाई घनश्याम राजकर्णिकारको जवाफ साह«ै ठीक मान्नुपर्दछ ।

सङ्क्षेपमा हेर्दा घनश्याम राजकर्णिकारको लेखाइ सरल, सहज, मार्मिक र परिपक्वसमेत छ । आफ्नो र अर्काको सभ्यताको तुलनात्मक हेराइ भएको उनको दृष्टि निर्दोष छ । जस्ताको तस्तै रूपमा प्रस्तुत गरिएको उनको लेखन इमानदार लेखन हो ।


Tags: घनश्याम राजकर्णिकार
अघिल्लो पोष्ट

‘ऐँठन’लाई मदन पुरस्कार,वरिष्ठ कलाकार टेकवीर मुखियालाई जगदम्बाश्री

पछिल्लो पोस्ट

४९ वर्षअघिको गीत ‘सुनैको काङ्‍ग्यो’

अच्युतरमण अधिकारी

अच्युतरमण अधिकारी

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
प्रयोगशील कवि  पूर्ण वैद्य
प्रोफाइल

प्रयोगशील कवि पूर्ण वैद्य

६ बैशाख २०८१, बिहीबार
मात्र इन्दुल केसी, इन्दुल केसी मात्र
प्रोफाइल

मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

१९ भाद्र २०८०, मंगलवार
पछिल्लो पोष्ट
४९ वर्षअघिको गीत ‘सुनैको काङ्‍ग्यो’

४९ वर्षअघिको गीत 'सुनैको काङ्‍ग्यो'

पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कवि र कविता

कवि र कविता

२१ जेष्ठ २०७८, शुक्रबार
शुद्ध नेपाली लेख्ने आधिकारिक नियम

शुद्ध नेपाली लेख्ने आधिकारिक नियम

२२ जेष्ठ २०८१, मंगलवार
हाइकुमा खुलेका रामबहादुर श्रेष्ठ

हाइकुमा खुलेका रामबहादुर श्रेष्ठ

२१ जेष्ठ २०८०, आईतवार
धिरेन्द्र प्रेमर्षीको कविता, कसो होला भन त बुढी, थाले राजनीति

धिरेन्द्र प्रेमर्षीको कविता, कसो होला भन त बुढी, थाले राजनीति

२१ असार २०८१, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (556)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक