जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

गोर्कीको प्रसिद्ध रचना ‘व्यक्तित्वको विघटन’ सार्वजनिक

जनमत जनमत
प्रकाशित ३१ भाद्र २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
गोर्कीको प्रसिद्ध रचना ‘व्यक्तित्वको विघटन’ सार्वजनिक

विश्वविख्यात साहित्यकार माक्सिम गोर्कीको रचना ‘द डिसइन्टिग्रेसन अफ पर्सनालिटी’को नेपाली अनुवाद ‘व्यक्तित्वको विघटन’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ। निनु चापागाईंद्वारा अनूदित पुस्तकका बारेमा समीक्षक–समालोचकहरुले शनिबारै विशद् परिचर्चा पनि गरे।

‘इतिहासका निर्माता जनता हुन् भन्ने माक्र्सवादको प्रस्थापनालाई पुष्टि गर्ने गरी यो पुस्तकले दर्शन, सौन्दर्यशास्त्र, ज्ञान, काव्य, कलाका सम्पूर्ण उपलब्धिहरुको स्रोत जनता नै हुन् भन्ने उदाहरणहरु पेश गरेको छ,’ पुस्तकबारे बोल्दै माक्र्सवादी समालोचक मोहन वैद्य ‘किरण’ले भने, ‘आदिम साम्यवाद अर्थात् जनता (सामूहिकता) प्रधान भएको युग, शोषणमूलक व्यवस्थाहरु अर्थात् व्यक्तिप्रधान हुने युग र समष्टि प्रधान हुने समाज अर्थात् समाजवाद हुँदै साम्यवादतिर जाने प्रक्रिया – यी प्रक्रिया के–कसरी विकास हुँदै आए भन्ने बुझ्न यो रचना अत्यन्त महत्त्वपूर्ण छ ।’ पुँजीवादी युग व्यक्तिवादको चरम उत्कर्षको समय भएको र त्यसको विघटनले समष्टि निर्णायक हुने समाजवादी व्यवस्थातिर लैजान्छ भन्ने विचारलाई सुन्दर ढंगले पुस्तकमा विवेचना गरिएको पनि किरणले उल्लेख गरे।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका किरणले परिचर्चा कार्यक्रममा अनुवादक निनु चापागाईंको व्यक्तित्व र अनुवादको प्रशंसा गर्दै अगाडि भने, ‘निनुजी राजनीति, समालोचना, सौन्दर्यचिन्तन, सम्पादन र अनुवादका क्षेत्रमा निरन्तर सक्रिय र यी क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आउनुभएका एकजना बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । विशेषतः अनुवादमा उहाँले ध्यान किन दिइरहेको देखिन्छ भने दुनियाँ बुझ्ने र बदल्ने काममा लागेका मानिसहरुका लागि संसारका उत्कृष्ट बौद्धिक खुराकहरु जरुरी हुन्छन्, तर भाषाका कारण सबै पाठकको त्यस्ता सामाग्रीमा पहुँच हुँदैन। उहाँको अनुवादले त्यस्ता महत्त्वपूर्ण खुराक पाठकहरुले सहज रुपमा पाएका छन्।’

लेखक तथा सांस्कृतिक अध्येता भोगीराज चाम्लिङले गोर्कीको प्रस्तुत रचनाले मानव सभ्यताको आदिमकाल कसरी सामूहिक थियो भन्ने उदाहरणहरु पेश गर्दै त्यसलाई सैद्धान्तिकृत गरेको चर्चा गरे । चाम्लिङले सबैतिरको आदिम समाजमा गाथाहरु, कविताहरु, विश्वासहरु सबै सामूहिक थिए भन्ने पुष्टि हुने बताउँदै भने, ‘गोर्कीको यो किताब पढ्दै गर्दा म हाम्रो किराती समाजको आदिम युगमा पुगें, मुन्दुम अध्ययन गर्दा थाहा लाग्छ– हाम्रो किराती समाज पनि जति पुरानोतिर गयो, त्यति सामूहिक प्रणालीमा थियो भन्ने नै पुष्टि हुन्छ।’ व्यक्तिको उदय धेरैपछि मात्रै हुन थालेको मुन्दुम अध्ययनले पनि थाहा दिने चाम्लिङले उल्लेख गरे। यो पुस्तक अंग्रेजीमा धेरै वर्षअघि पढ्दा केही नबुझेको तर अहिले पढ्दा भने आफ्नै समाजको विकासक्रमको कथा पढेजस्तो सरल लागेको उनले बताए।

आजको विकृत पुँजीवादी समाजलाई बुझ्न र बदल्नका लागि गोर्कीको ‘व्यक्तित्वको विघटन’ पुस्तक निकै उपयोगी र सान्दर्भिक रहेको अधिवक्ता तथा लेखक करुणा पराजुलीले चर्चा गरिन् । ‘आजको पुँजीवादी व्यवस्थाले मानवलाई मानवका रुपमा व्यवहार गर्दैन, मुनाफा कमाउने कच्चापदार्थका रुपमा व्यवहार गर्छ,’ पराजुलीले भनिन्, ‘हिजो पनि पुँजीवादको मूल चरित्र त्यही थियो, आज पनि पुँजीवादको चरित्र उही छ अर्थात् नाफा, नाफा र फेरि पनि नाफा ! तसर्थ, आजभन्दा सय वर्षअघि रुसमा बसेर लेखिएको भए पनि यो रचनाले आजको नेपाली समाजको चरित्रलाई पनि गजबले उद्घाटन गरिदिन्छ। त्यसकारण, सामाजिक रुपान्तरणको अभियानमा लागेका, क्रान्तिका पक्षधर जोकोहीले पनि यो किताब पढ्नु अनिवार्य छ।’

पुस्तकका अनुवादक तथा माक्र्सवादी समालोचक निनु चापागाईंले विख्यात साहित्यकार गोर्कीसँग आफू स्कुले उमेरदेखि नै परिचित भएको र राल्फाकालमा गोर्कीका १०–११ वटा कथा अनुवाद गरेको स्मरण गरे। ‘मैले अनुवाद गरेका कथाको हस्तलिखित पाण्डुलिपि केही साथीले पढ्न भनेर लैजानुभएको थियो, कहिल्यै फिर्ता आएन’, चापागाईंले भने, ‘पछि त ती कथा त्यसरी लैजाने साथीमध्येले आफ्नै नाम अनुवादक राखेर प्रकाशित पनि गर्नुभयो ।’ चापागाईंले गोर्कीको ‘साहित्यबारे’ (अन लिटरेचर) भन्ने पुस्तकमा संकलित रचनाहरुमध्ये अधिकांश आफूले यसअघि नै अनुवाद गरिसकेको पनि स्मरण गरे। ‘गोर्कीको अरु रचनाभन्दा जटिल र दार्शनिक प्रकृतिको रचना हो, ‘व्यक्तित्वको विघटन’,’ अनुवादक चापागाईंले अनुवादको रचनागर्भ सुनाउँदै भने, ‘गाह्रो रचना भएकाले मैले केही समय जाँगर पनि चलाइनँ। तर, यो रचना नेपाली पाठकले पनि पढ्नैपर्ने र छाप्नैपर्ने खालको हो भन्ने लागिरह्यो । तसर्थ, मैले पछि फेरि यसमा काम गर्न थालें। अनुवादको काम सकिएको पनि दुई वर्षजति पछि यो पुस्तक अहिले पाठकबीच आइपुगेको छ।’

विमोचन तथा परिचर्चा कार्यक्रम निबन्धकार तथा समीक्षक गुरुङ सुशान्तले सञ्चालन गरेका थिए। ‘व्यक्तित्वको विघटन’ पुस्तकलाई बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो। बेलाले यसअघि चापागाईंकै अनुवादमा ‘गीताको गाँठोः भगवत्गीताबारे यथार्थवादी विमर्श’ पुस्तक पनि प्रकाशित छ।


अघिल्लो पोष्ट

बीपीको ‘जेल डायरी’

पछिल्लो पोस्ट

अमेरिकी उपराष्ट्रपति कमला हृयारिसको जीवनी ‘द ट्रुथ वी होल्ड’

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
अमेरिकी उपराष्ट्रपति कमला हृयारिसको जीवनी ‘द ट्रुथ वी होल्ड’

अमेरिकी उपराष्ट्रपति कमला हृयारिसको जीवनी ‘द ट्रुथ वी होल्ड’

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली :  २

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली :  २

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बाह्रखरीलाई कथा आह्वान

बाह्रखरीलाई कथा आह्वान

१० बैशाख २०७९, शनिबार
सिस्नुपानी नेपालको छोरी सन्देशमूलक कार्यक्रम

सिस्नुपानी नेपालको छोरी सन्देशमूलक कार्यक्रम

१० बैशाख २०७९, शनिबार
‘अनिच्च’मा ८ कलाकारका कला

‘अनिच्च’मा ८ कलाकारका कला

११ बैशाख २०८१, मंगलवार

हिँड्दा हिँड्दै

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक