जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

साहित्य अत्यन्त उत्पादक सिर्जना हो : इन्द्रकुमार श्रेष्ठ सरित्

जनमत जनमत
प्रकाशित २५ असार २०८०, सोमबार
अन्तर्वार्ता भित्र
0
साहित्य अत्यन्त उत्पादक सिर्जना हो : इन्द्रकुमार श्रेष्ठ सरित्

० हाल तपाईं के लेख्दै हुनुहुन्छ ?
संस्मरण लेखनमा व्यस्त थिएँ । एकसरो लेखेर सकें । अब अन्तिम पटक हेर्न बाँकी छ । अरु फुटकर रुपमा कथा, लघुकथा, कविता, गीत, गजल त लेखिरहेकै छु ।

० प्रत्येक स्रष्टाका साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नै किसिमको दृष्टिकोण हुन्छ । तपाईंको दृष्टिकोण के हो ?
नयाँ पुराना जो भए पनि स्रष्टा भनेका स्रष्टा नै हुन् । तेरो र मेरोको आधारमा हैन, स्रष्टाको योगदान र साधनाको आधारमा स्रष्टाको मूल्याङ्कन हुनुपर्छ । नयाँ स्रष्टाहरुले पुराना स्रष्टाहरुलाई आदर र सम्मान गर्ने बानी बसाल्नुपर्छ । यो परम्परा भोेलिपर्सीसम्म झ्याङ्गिदै जानुपर्छ । साहित्य अत्यन्त उत्पादक सिर्जना हो । यो अनुत्पादक हुनै सक्दैन । समाजलाई मार्गदर्शन गर्न सक्ने साहित्यको सधैं कदर र सम्मान गर्नुपर्छ ।

० तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ? साहित्यकारहरुको दायित्व कस्तो हुनुपर्छ ? तपाईंको विचार प्रस्ट पारिदिनुहोस् ।
साहित्यलाई हेर्ने दृष्टिकोण भिन्नभिन्न हुनसक्छन् । देश र समाजका लागि उत्पादक हुनसक्ने साहित्य नै उत्कृष्ट हुन्छन् भन्ने लाग्छ मलाई । साहित्यकारको मुख्य दायित्व भनेको समाजप्रति इमान्दार भएर सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरणका लागि पूर्णत: प्रतिवद्ध भएर निरन्तर लेख्नु र अभिव्यक्त हुनु नै हो ।

० हालसालको साहित्यलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?
केही राम्रा साहित्य र साहित्यकार देखापरिरहेका छ्रन तर समयको ढुकढुकी समात्ने साहित्य भने अभैm आउनुपर्छ । किनभने साहित्यमा समय बोलेको राम्रो । यसले निश्चित समयलाई प्रतिविम्वन गरेको हुन्छ
। किनभने साहित्य खेती हैन गम्भीर साधना हो ।

० तपाईं आफू कुन–कुन साहित्यकार, चिन्तकहरुबाट प्रभावित हुनुहुन्छ ?
त्यस्तो कुनै निश्चित साहित्यकारबाटै प्रभावित भएर मैले लेख्न सुरु गरेको हैन बरु समाजमा विद्यमान रहको थिचोमिचोलाई सहन नसकेपछि मैले कलम चलाउन सुरु गरेको हुँ । बरु मलाई मनपर्ने नेपाली साहित्यकारहरुमा पारिजात, देवकोटा, रमेश विकल, गोठाले, मनु ब्राजाकी, दौलतविक्रम विष्ट आदि हुन् ।

० तपाईंको लेखकीय जीवनको शुरुवात कसरी भयो ? र तपाईंको साहित्यिक यात्रा कुन विधाबाट शुरु भयो ? कृपया सबभन्दा पहिले प्रकाशित विधा र लेख, रचनाको उल्लेख गर्नुहोस् ।
२०३४/३५ सालतिर नयाँ सन्देश साप्ताहिक निकै लोकप्रिय पत्रिका थियो । त्यसका प्रत्येक अंकमा थुप्रै कविका छोटा छोटा कविताहरु छापिएका हुन्थे । २०३५ सालमा मेरो पनि एउटा कविता उक्त पत्रिकामा प्रकाशित भयो । यहीँबाट कविता विधामार्फत मेरो पनि साहित्यिक यात्रा सुरु भयो ।

० तपाईंलाई कसरी साहित्य सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताइदिनु हुन्छ कि ?
मैले पढ्न–लेख्न सक्ने भएदेखि नै म मेरी आमालाई स्वस्थानी, मधुमालतीको कथा आदि पढेर सुनाउँथें । विशेषत: मधुमालतीको कथाबाट म बढी प्रभावित थिएँ । मधुकर र मालतीले दु:ख पाएको प्रसङ्गले म सपनीमा पनि झस्किन्थे । यी लगायत सामाजिक विसंगतिहरुले मन चिमटिरहेको हुन्थ्यो । यसरी नै म साहित्यक सिर्जनातर्फ अघि बढेको हुँ ।

० तपाईंले विविध विधामा कलम चलाउनुभएको छ । कुन विधाको लेखनमा तपाईं सन्तुष्ट हुनुहुन्छ ?
तपाईले नै भनिहाल्नुभयो मैले साहित्यका विविध विधामा कलम चलाएको छु । अब खण्डकाव्य र महाकाव्यमात्र लेख्न बाँकी छ । तर कुनै विधामा पनि पूर्ण सन्तोष भने छैन । मैले केही लेखें, पाठक र समाजलाई केही दिएकी भनेर मन अड्याउने ठाउँ भने मैले लेखेका कथाहरु नै हुन जस्तो लाग्छ ।

० साहित्यकारको रुपमा तपाईंको सही मूल्याङ्कन भएको छ कि छैन ?
सही मूल्यांकनको के कुरा र, मेरो साढे चार दशक लामो साहित्य साधनाको त मूल्यांकन नै भएको छैन । कहिलेकाहीँ साथीभाईहरुले माया गरेर सम्झिएकैमा म मख्ख छु, दङ्ग छु ।

० साहित्य र राजनीतिमा तपाईं कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
राजनीतिमा त अलि अलि साहित्य मिसिएको पाइन्छ तर साहित्यमा त साहित्यभन्दा बढी राजनीति नै राजनीति भरिएको पाइन्छ ।

० कृपया तपाईंका साहित्यिक सिर्जनामा बिताउनु भएका जीवन–यात्राहरु बताइदिनुहोस् ।
कुनै समय नयाँ सन्देश साप्ताहिकमा एउटा सानो कविता प्रकाशन भएकोमा दङ्ग पर्ने म मधुपर्कमा एउटा कथा छापियोस् भन्ने चाहनाले कथा बुझाउन झापादेखि काठमाडौं आएको, गरिमाले पहिलोपटक कथा छापिने पत्रात्मक सन्देश पाउँदा आकाशजत्रै मन बनाएर खुशी भएको, पारिजातले आफ्ना कथाहरुको मूल्यांकन गर्दा कथा लेख्ने गारेटो भेटँे भनेर कथा लेखनयात्रामा निस्फिक्री हिँडेको म । आज पनि भनेजस्तो कथा अझैं लेख्न सकिन भनेर आपूm वरपर नित्य नयाँ खोजिरहेको हुन्छु । नेपाली साहित्यमा होमिएकै साढे चार दश भएको म गुमनाम स्रष्टा, एक दर्जन कृतिका स्रष्टा म, अभैm पनि मलाई प्रकाशकले चिन्दैनन् । त्यसैले पाण्डुलिपिका चाङ हेरेर कल्पनामै ती पाण्डुलिपि प्रकाशकलाई बुझाइरहेको हुन्छु ।

० एकजना सफल लेखक हुन के के गुणहरु आवश्यक हुन्छ ? तपाईंको विचार राख्नुहोस् ।
सफल लेखक बन्ने फर्मुलाका बारेमा मलाई थाहा भएन । माफ गर्नुहोला, यस बारेमा मलाई चाहिँ पटक्कै जानकारी भएन ।

० लेखक स्वतन्त्र हुनुपथ्र्यो’ यस भनाइप्रति तपाईंको भनाइ के छ ?
हुनुपथ्र्यो हैन अवश्य नै हुनुपर्छ ।

० तपाईं साहित्यका एकजना चर्चा गर्न लायक लेखक हुनुहुन्छ । राष्ट्रमा साहित्यको गहनता र आवश्यकताको व्याख्या गर्दा तपाईं आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ ?
मलाई यत्ति योग्य देख्नु भएकोमा धन्यवाद छ । साहित्य केवल दर्पणमात्र हैन । देशमा राजनीतिक परिवर्तन भएरमात्र पुग्दैन । त्यसपछिको सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरणको जिम्मेवारी साहित्यले नै पूर्ति गर्ने हुनाले साहित्यको महत्व र आवश्यकता टड्कारो रुपमा देखिन्छ । साहित्य इतिहास नभए पनि यसमा इतिहास, वर्तमान र भविष्य सबै पढ्न पाइन्छ । किनकि साहित्य तिथिमितिविनाको इतिहास पनि हो । यही साहित्य पढेर विश्वविद्यालयमा पढाउने र देश चलाउनेहरु उत्पादन हुन्छन् भने यसको गहनता, महत्ता र आवश्यकताका बारेमा धेरै भनिरहनु नपर्ला नै ।

० नेपालका प्रज्ञा प्रतिष्ठानहरु लेखक कलाकारहरुको स्वतन्त्र प्रतिष्ठान हुनुुपथ्र्यो । तर त्यसो नभई नेपाल सरकारको कार्यालयजस्तो भयो । यस भनाइप्रति तपाईंको टिप्पणी के छ ?
नो कमेन्ट ।

० जीवनमा कहिल्यै कठिनाई अनुभव गरी लेखकीय जीवनबाट निराश त हुनुभएको छैन ?
रोजेको यो रुचिको क्षेत्रले आशालु हुन्छु भन्दा पनि कहिल्यै आशालु बन्नै दिएन । तर यही क्षेत्रको कारणले तपाई र मबीच संवाद भइरहेको छ भनेर चित्त बुझाइरहेको छु ।

० दिनचर्या कस्तो छ ? जीवनका समकालीन क्षणहरूबारे जानकारी दिनुहुन्छ कि ?
जागीरपछिको यो दश वर्षे ढाक्रे जीवनको के कुरा गर्नु । आफ्नै जीवन समयमै बैंकमा बचत गरेको रकमको व्याज खाएको अनुभव र अनुभूति भइरहेको छ ।

० तपाईंको व्यक्तिगत र साहित्यिक जीवनका तीता, मीठा अविस्मरणीय क्षणहरु छन् भने कृपया बताइ दिनुहोस् न ।
कालोपाटीको अक्षरजस्तै मेटाउन सक्ने भए जीवनमा जानीनजानी गरेका केही भूलहरु मेटाएर हल्का हुने थिएँ होला । केही प्रसङ्गहरु छन्, तर तिनलाई नभनौं, ती मसँग नै रहन दिनुस् है ।

० भविष्यमा तपाईंको के योजना छ ?
उमेरको ५९ औं खुड्किलोमा आएर मैले भविष्य देख्नै छाडिसकें । किनकि छलछाम विनाको अनुभवले भरिएको र बुढ्यौली मिसिएको सपना कतै बिक्दैन ।

० तपाईंको कुनै खास अम्मल छ कि ?
छ छ, पक्कै छ । नाफानोक्सानको हिसाव नगरी, हाक्काहाक्की म कालोलाई कालो भन्छु र राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्छु । हैसियत र आवश्यकता अनुसारको मात्र मान दिन्छु । त्यसैले मलाई कहिल्यै उठ्न नदिने यी अम्मल अहिले पनि मसँगै छन् ।

० रोगब्याधीले कत्तिको सताउने गर्छ ?
झट्ट हेर्दा मोटोघाटो देखिए तापनि रोगव्याधीले जत्ति आजसम्म मलाई कसैले माया, पे्रम, स्नेह गरेकै छैन ।

० अन्तमा जनमत र पाठकहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?
मायाको खडेरी परिरहेको बेलामा स्नेहको झमझम वर्षा गराईदिने जनमत अनि मोहन दुवाल दाईलाई हृदयदेखिकै धन्यवाद । भविष्यमा पनि तपाईको स्नेह पाइरहुँ । नेपाली साहित्यका पाठकहरुलाई नेपाली साहित्य पढिदिन र सधैं माया गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु । किनकि पाठकविनाको लेखकको म कल्पना पनि गर्न सक्दिन ।


Tags: इन्द्रकुमार श्रेष्ठ सरित्
अघिल्लो पोष्ट

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ३

पछिल्लो पोस्ट

नेपाली जनजिब्रोमा टाँसिएको भानुभक्तको रामायण

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
नेपाली जनजिब्रोमा टाँसिएको भानुभक्तको रामायण

नेपाली जनजिब्रोमा टाँसिएको भानुभक्तको रामायण

प्रश्नोत्तरमालामा  भानुभक्तलाई छाम्दा

प्रश्नोत्तरमालामा भानुभक्तलाई छाम्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

महिनावारी

महिनावारी

२३ फाल्गुन २०७७, आईतवार
छुटेको पाठ

छुटेको पाठ

२३ फाल्गुन २०७८, सोमबार
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार घोषणा

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार घोषणा

२३ फाल्गुन २०७८, सोमबार
विकलको स्मृतिमा स्थापित पुरस्कारहरूको घोषणा

विकलको स्मृतिमा स्थापित पुरस्कारहरूको घोषणा

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक