जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना

धराबासीले बिराएको “आधा बाटो”

चन्द्रमणि अधिकारी चन्द्रमणि अधिकारी
प्रकाशित २५ भाद्र २०७८, शुक्रबार
समालोचना भित्र
0
धराबासीले बिराएको “आधा बाटो”

आधा बाटो साहित्यकार कृष्ण धरावासीको प्रयोगपरक उपन्यास कृति हो । साहित्यका प्रमुख चार विधा कविता, आख्यान, निबन्ध र नाटकमध्ये दुई वा दुईभन्दा बढी विधामा कलम चलाउने व्यक्ति साहित्यकार कहलिन्छ अनि कुनै एउटै विधामा मात्र कलम चलाए जेमा चलायो त्यही मात्र । अर्थात् कवितामा मात्र कलम चलाए कवि, नाटकमा मात्र चलाए नाटककार र आख्यानभित्र कथामा मात्र चलाए कथाकार अनि उपन्यासमा मात्र कलम चलाए उपन्यासकार कहलिन्छ । कृष्ण धराबासीले कविता, कथा, निबन्ध र उपन्यासमा समेत कलम चलाएकाले सहित्यकार कहलिए उनी ।
पूर्वी नेपालको पाँचथर जिल्लाको अमरपुर–९ फलाँटे भन्ने गाउँको मध्यवित्त भट्टराई परिवारका जेठा भट्टराई टीकाराम तथा अम्बिकादेवीका द्वितीय सन्तति अर्थात् ज्येष्ठ सुपुत्रका रूपमा वि.सं. २०१७ साउनको २ गते आइतबारका दिन जन्मिएका शारीरिक रूपले रुग्ण, अशक्त एवम् फारु बढाइका कृष्णप्रसाद भट्टराई नै नेपाली साहित्यका स्वस्थ, सशक्त एवम् सम्पन्न साहित्यकार कृष्ण धराबासी हुन् ।

धराबासीको आधा बाटोलाई मैले कृति भनेँ तर उनले भने – उपन्यास । उपन्यास होइन यो, बरु अउपन्यास भने हुन्छ यसलाई । उपन्यासमा यसै सामाजभित्रबाट विषय, चरित्र, परिवेश र कथानक आदि टिपेर द्वन्द्वविधान तय गर्दै बुनिएको सिलसिलाबद्ध जीवनको आद्योपान्न वर्णन हुन्छ र त्यसमा यथार्थबोध हुने कल्पनाको संसार हुन्छ अनि त्यो स्वयम्मा पूर्ण पनि हुन्छ । आधा बाटो यसै समाजका कृष्णप्रसादले भोगेको सत्य–तथ्य विषयको, परिवेश र सिलसिला टुटेको झ्निो कथानक भएको, नायकको जीवनको आधा भागको मात्र वर्णन भएको यथार्थको कङ्कालमा कल्पनाको रगत मासु भरिएको प्रतिवेदन हो । त्यसैले यसलाई अउपन्यास, अर्धन्यास, अधिन्यास र अनुभवन्यास आदि जे भने पनि हुन्छ तर उपन्यासचाहिँ होइन । र, अझ् राम्रो हुन्थ्यो आत्मवृत्तान्त भनेको भए । फेरि, यसका कृतिकारले ‘समर्पण पृष्ठमा’– “यस उपन्यासमा उल्लेखित सबै पात्र र घटनाहरू वास्तविक हुन् । यदि कही काल्पनिकजस्तो लाग्न गएमा त्यसलाई संयोगमात्र मानिने छ” लेखेकै छन् । त्यसैले वास्तविकताको तितो सत्यलाई कल्पनाको रोगन दलेर तयार पारिएको यस कृतिलाई कृतिकारले उपन्यास भने पनि अनुभवन्यास र आत्मवृत्तान्तको नजीक देखिन्छ यो ।
यसमा नायक छन् धरावासी र नायिका छन् अम्बिकादेवी अर्थात् धरावासीको माता । नायिकाले पत्नी वा प्रेयसीकै भूमिकामा रहनुपर्छ, त्यो होइन । नायिका भन्नाले मुख्य नारी चरित्र भन्ने बुझ्न्छि र आधा बाटोमा त्यो मुख्य नारी चरित्र अम्बिकादेवीबाहेक अरु कोही छैन । यस कृतिमा नायकको जीवनभोगाइ आधामात्र छ अर्थात् जीवनको आधा बाटो मात्र हिंडेका छन् उनी तर नायिका अम्बिकादेवीले जीवनको सम्पूर्ण यात्रा पूरा गरेकी छन् । लेखकले यस कृतिमा अम्बिकाप्रति अत्यन्त ठूलो अन्याय गरेका छन् । के आफ्नो सम्पूर्ण दरिद्रतायुक्त, करुणामिश्रित एवम् विपन्न जीवनमा अभिभावकको जस्तै भूमिका निर्वाह गरेर सहयात्री भइआएको सहनशील, जुझरु एवम् कर्तव्यनिष्ठ तथा मातृभक्त कृतिनायक त्यस लुरे कान्छा किस्नेको राष्ट्रियस्तरको बनिसकेको व्यक्तित्वका सामु उसैका कपालमा हात राखेर आशिष् दिँदै सन्तोषका साथ प्राण त्याग्न दिनु पर्दैनथ्यो अम्बिकालाई कृतिकारले ? कि त्यो हक सुरक्षित थिएन अम्बिकामा ?
आमाले विदा दिइन् भन्दैमा मृत्यु शैयामा परेकी, पल्ला मुलुक चितवनमा भएकी आमालाई त्यसै छाडेर त्यो भानुभक्त कृष्णप्रसादलाई साहित्यिक कार्यक्रमको प्रमुख अतिथि बनाउन पठाउनु हुँदैनथ्यो कृतिकारले झपातिर त्यसदिन । कृष्ण धरावासीलाई आफ्नी उत्प्रेरक, अभिप्रेरक, ममतामयी माता, वात्सलताकी खानी जननीलाई मृत्युका घडीमा एक चम्ची पानी खुवाउने अधिकारबाट समेत बञ्चित ग¥यो निष्ठुर कृतिकारले । के यो प्रमुख चरित्र कृष्ण धरावासीप्रति कृतिकार कृष्ण धरावासीले गरेको अन्याय होइन ?
वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईका अनुयायी हुन् साहित्यकार कृष्ण धरावासी पनि । इन्द्रबहादुर राईले आफ्ना कृतिहरूमा थुप्रै पात्रहरूप्रति घोर अन्याय गरेका छन् । अझ् जयमायाप्रति गरेको अन्याय त खपिनसक्नुको छ । आफ्ना कृतिका पात्रहरू आफ्ना सन्तान हुन्छन्ः तिनको संरक्षण गर्नुपर्दछ र अभिभावकत्व ग्रहण गर्नुपर्दछ लेखकले । तर, इन्द्रबहादुर राई १७÷१८ वर्षकी वयःसन्धिकी विचरी जयमायालाई टकावको बाढीमा वरपर कुदाएर, बाबु हराइदिएर, आमा मारिदिएर, सबैसँग बिछोड गराएर कहाँ–कहाँ दूर देश लिखापानीमा एक्लै छाड्दछन् विनाआधार विनाआश्रय । कत्रो अन्याय ?
उता कृष्ण धरावासीले शरणार्थीमा जब जयमायालाई टिप्छन्, खुसी लाग्छ पाठकलाई ः बल्ल जयमायाका दिन फर्किए भनेर । तर, त्यसो किन हुन्थ्यो ? धरावासीले जयमायालाई राम्रो गरेजस्तो गर्दा–गर्दै चाउरी परेकी बूढी बनाएर खुदुनाबारीको शरणार्थी शिविरमा निरन्तर ख्वाङ–ख्वाङ खोकाइराखेका छन् । के धरावासीले जयबहादुरसँग विवाह गराएर जयमायालाई पुनः बर्मा फर्काएर त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ साङ सूचीकी विशेष सल्लाहकार बनाउन सक्तैनथे ? आफू स्वयम् त माधव घिमिरेको गौरीका पक्ति उल्लेख गर्दछन् — “के हेछ्र्यौ यतिको विजोग धरती माता तिमी फाट हे ।” भनेर ःतर खोइ ?
कृष्ण धरावासीको कलममा जादु छ, चमत्कार छ र छ सम्मोहनशक्ति पनि । पाठक उनका कृति पढ्दा मातेर लठ्ठ हुन्छन् । चितवनमा एउटी केटीलाई रुनसम्म दिएनन् यिनले आमाको पीडाको पीडामा । कृतिभरि पाठकलाई पचास ठाउँमा क्वाँक्वाँ रुवाउँछन् यिनी र आफू भने देवी बस्तीको मुण्डा घरमा गएर आँसु नरित्तिउञ्जेल एक्लै रुन्छन् । शास्त्रज्ञ धरावासी पाठकलाई चाहिँ अर्ती दिन्छन् गीता पढाएर ‘….न त्वं शोचितुमर्हसि’ भन्दै । तर यिनको कलममा न्याय कतै छैन । कुमार बुढाथोकीका सदाशयताले इलाम पढ्न पुग्दा कुमारकै घरमा काम गर्ने काली सतार केटी आताले त्यहाँ कृष्णप्रसादका बाबु, आमा र साथीको भूमिका खेलेकी थिई । यस कृतिमा सत् पात्र हो आता । त्यस आतालाई समेत डमडमी सुन्याएर, पटपटी फुटाएर हुनसम्मको विजोगमा डुवाएर प्रस्तुत गरे धरावासीले । सन्तानहीन वाङ्दी लामाले कालीस्थानमा चढाएको देउते बोको ‘रामु’लाई गाडीद्वारा किच्याएर मारे धरावासीले । शनिश्चरेमा व्याड मानिएको त्यस रामुबाट जन्मेका अन्य कैयौं बोका–पाठाको इतिहासको चर्याको चर्चा गरेर रामुलाई लौहपुरुष पनि त सिद्ध गर्न सकिन्थ्यो मानवीकरण गरेर । आखिर लेखकहरू जडलाई चेतनीकरण र चेतनालाई मानवीकरण त गरिहाल्छन् नै । के रामुलाई यसरी अकालमृत्युमा मार्नु लेखकीय धर्म हो ? सुस्त मनस्थितिकी भगीले के बिगारेकी थिई धरावासीको र दुई–दुई पल्ट बलात्कार गराए ? वगरे पेसा हुनेका शरीरमा रगतका छिटा नहुने भए गोपालका शरीरमा हुन्छन् त रगतका छिटा ? विचरा मोटे कार्की, जो राजनीतिको ‘र’ सम्म जान्दैनथ्यो, लाई शरीरमा रगतका छिटा भएकै आधारमा झपा हत्याकाण्डमा अभियुक्त बनाएर विनाकारण जेल पठाए लेखकले ।

यस्ता थुप्रै प्रसङ्गहरू छन् – आधा बाटोभित्र, जति कोट्यायो घाउ निको हुँदैन बरु बल्झ्दिै जान्छ । यसबारे अहिले यति नै । तर, धरावासीद्वारा अर्काे एउटा ठूलो त्रुटि भएको देखिन्छ । हुनसक्छ त्रुटि नभएर विस्मृति होला त्यो अथवा त्यसलाई न्यूनीकरण गरिएको वा गौण ठानिएको पनि हुनसक्छ । उनी आफूले धरावारी माने, ठाने र लेखे पनि अब कृष्ण धरावासीको ईयता बढेको छ, उचाइ थपिएको छ र ३६ केजी तौल र साढे चार फिट मात्र उचाइको भौतिक व्यक्तित्वका छैनन् उनी । उनी त गगनविहारी, नभचारी र शैलेश्वर महारथी भइसकेका छन् साहित्यमा । हिजो भुस्याहा कुकुरसँग सुतेका धरावासी अब मञ्चमा, अतिथि–आसनमा र प्रमुखासनमा पुगेका छन् । अब, कान्छा, किस्ने, पिण्डे र लुरे छैनन् उनी । अब त ज्येष्ठ, वरिष्ठ भइसकेका छन् धरावासी । अब उनी उनी मात्र छैनन, उनमा मात्र छैनन, सीताजीका मात्र पनि छैनन त्यस्तै दिपलेश, विवेक र प्रतिमाका वावु मात्रै पनि होइनन । चुरवाल्नीको छोरो किस्ने पनि होइनन् उनी । उनी त अब हाम्रो समाजका–राष्ट्रका सम्पत्ति भएका छन् ः फुकी–फुकी पाइला चाल्नुपर्छ उनले अब । भवानी घिमिरेहरूले दस बजे राति मदिराका तालमा रुखलाई अँगालो मारेर क्वाँ–क्वाँ रोएजस्तो रुन पाउँदैनन् उनले किनकि उनलाई राष्ट्रले राष्ट्रिय प्रतिभा स्वीकारी सकेको छ ।

आधा बाटो विखण्डित आख्यान भएको कृतिकार कृष्ण धरावासीको वरिपरि घुमेको समकालिक साहित्यिक सामाजिक घटना–परिघटनाहरूको सरल प्रस्तुति हो । दिदी कमलीका साथ लागेर, आफ्ना पितामहले श्राद्ध गरी सेलाएको पिण्ड खाएर पिण्डे नामकरण हुँदा प्रारम्भ भएको कृष्णप्रसाद भट्टराई को यो कथा कृतिकार झ्ण्डै पूर्णतातिर पुगेपछि तर पिता–माता दुवैको निधन भएर सहयात्री (पत्नी) सीताजीको साथमा देवी वस्तीको पक्काघरमा सरेपछि टुङ्गिन्छ । जीवनका आरोह–अवरोहहरू धेरै छन् । जीवनी जसको पढ्यो उसैले धुरुधुरु नरुवाउने होइन तर धरावासीको यस कृतिमा पचास पल्ट नरुने, कृष्णको उत्साह, जाँगर लगनशीलता, धैर्य, इमान, कर्तव्यनिष्ठता र संघर्षको सह्राहना नगर्ने कुनै पाठक नै हुँदैन । हो, एकपटक विचलन आयो कृष्णमा, नआओस् पनि कसरी ? आफूले जानेका, मानेका, ठानेका र बुझ्ेका झ्ण्डै आफ्नै अभिभावकजस्ताहरूले देखाइदिएको मोटरसाइकलमा लिफ्ट पाउनुका सट्टा दुर्वाच्य गाली, कठोर शब्द र भयङ्कर भय प्राप्त भयो । ज्यान जोगाउन झ्ण्डै मुस्किल प¥यो त्यस साँझ् मदिरामान लठैतवाट धरावासीलाई । त्यस्तै जुन ठाउँमा आफू उत्प्रेरक, र सहजकर्ता–अगुवा भएर महाकवि देवकोटाको प्रतिमा स्थापना गरियो, व्यक्तित्वको पूजा गरियो, साहित्यको सम्मान गरियो, त्यसै ठाउँमा भव्य समारोहका बीच आफ्ना अतिथि र आफूसमेत अपमानित हुँदा, गलहत्याइँदा, घोक्र्याइँदा र मुड्क्याइँदा पनि आफूले अभिभावक, आफन्त र संरक्षक मानिएकाहरूले सहानुभूतिसम्म प्रकट नगरेपछि के औचित्य शनिश्चरे रुङ्नुको धरावासीलाई ? आयो उनमा विचलन अनि गए उनी बसाईँ सरेर देवी बस्ती ।

यस्ता अत्यन्त बिझउने कुरादेखि स–साना झ्निामसिना कुरा पनि छाडेका छैनन् धरावासीले । उनको कलम दरो छ, तिखो छ र छ खिरिलो पनि । धरावासीको स्मरणशक्तिलाई पनि मान्नैपर्छ । तर, यति हुँदाहुँदै पनि एउटा सधैं स्मृतिपटलमा रहनुपर्ने तर लेखनताका विस्मृत रहेको एउटा कुरो सम्झऊँ ।

डा. स्वामी प्रपन्नाचार्या चतुर्भुज पुरस्कार गुठी धरानले प्रत्येक वर्ष वैशाख १ गते एकजना प्रतिभालाई पुरस्कृत गर्छ र एकजनालाई सम्मान । वि.सं. २०५८ को वैशाख १ गते विद्वान् राजेन्द्रबहादुर थापा र पत्रकार गिरिराज आचार्यलाई पुरस्कार र सम्मान गर्ने कार्यक्रम थियो । त्यस भव्य समारोहका लागि हामीलाई चाहिएको थियो उपयुक्त प्रमुख अतिथि । धरानमा, विराटनगरमा, घनकुटामा, कही पनि त्यसयोग्य मानिस धेरै भेटिन्थे । त्यो खोजी मैले गर्नु थियो । गुठीका अध्यक्ष डा. गोपाल भण्डारीले मलाई जिम्मा दिनुभएको थियो । मेरो बाल्यकाल धनकुटामा बिते पनि कैशोर्यकालदेखि आजसम्म धरानलाई कर्मक्षेत्र बनाए पनि मेरो जन्मथलो हो पाँचथर र शैशवकाल त्यहीं वितेको हो । मेरो मनले भन्यो – पाँचथरलाई माया गर, पाँचथरेको सम्मान गर । उदीयमान प्रतिभालाई उठा, उठेकालाई अझ् धेरै उठा । मैले सोचेँ – झपा निवासी पाँचथरका कृष्ण धरावासी । डा. साहेवलाई बताएँ । उहाँ पनि खुसी हुँदै भन्नुभयो – सत्पात्र, सुयोग्य चरित्र, उपयुक्त व्यक्तित्व । २०५७ चैत्र १७ गतेका दिन मैले ०२३–४०५९५ मा फोन गरें उहाँको निवासमा । धरावासीसँग भेट भयो, कुरा भयो र मिल्यो पनि । उहाँले ‘प्रमुख अतिथि’ भइदिन स्वीकार गर्नुभयो । निम्तापत्र बाँडियो । चैत्र मसान्तमा फेरि फोन सम्पर्क गरें । कुनै परिवर्तन थिएन । वैशाख १ गते करिब १२ः३० बजेतिरै आइपुग्नुभयो उहाँ विद्वान्द्वय विष्णुकुमार भट्टराई र लेखनाथ भट्टराईलाई लिएर । कार्यक्रम सुरु भयो, सम्पन्न हुन करिव चारघण्टा लाग्यो । प्रमुख अतिथिका आसनबाट धरावासीले पूरै एक घण्टा विद्वतापूर्ण मन्तव्य दिनुभयो । सभा सभ्य, शान्त र गम्भीर रह्यो अनि सफल पनि । मैले त्यसको भिडियो चित्र खिचाएको थिएँ, धरान केबुलमार्फत् प्रसार पनि गराएकै हुँ । गुठीले बिल भुक्तान गर्न अनुकूल नपरेकाले मैले आफैं तिरेँ र क्यासेट पनि आफैसंग राखेको छु । त्यस दिन गुठीका अध्यक्ष डा. भण्डारीकी पितामही परलोक हुनु भएकोले उहाँ अनुपस्थित हुनुहुन्थ्यो । कुरा यति हो ।

तर, धरावासीको आफ्नो २०२५ देखि २०५८ कार्तिकसम्मको यथार्थ कथनी भनी लेखिएको यस आधा बाटोभित्र यो प्रकरणले किन कतै ठाउँ पाएन ? यति मात्र बुझ्एिन । र, आधा बाटोभित्र कृतिकारले विराएको बाटो पनि यति नै मात्र हो ।


Tags: आधा बाटोकृष्ण धरावासीचन्द्रमणि अधिकारीजनमत
अघिल्लो पोष्ट

छलाङ

पछिल्लो पोस्ट

मौनताका बहुल बोली

चन्द्रमणि अधिकारी

चन्द्रमणि अधिकारी

सम्बन्धित पोष्टहरू

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा
समालोचना

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा

२६ माघ २०८१, शनिबार
नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४
अनुसन्धान

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४

८ माघ २०८१, मंगलवार
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन
समालोचना

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

१५ पुष २०८१, सोमबार
घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
पछिल्लो पोष्ट
मौनताका बहुल बोली

मौनताका बहुल बोली

मध्यरातमा मुर्कट्टा सार्वजनिक

मध्यरातमा मुर्कट्टा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नियत

नियत

४ जेष्ठ २०७९, बुधबार
कविताका कवि हरिभक्त कटुवाल

हरिभक्त कटुवालका चार कविता

४ जेष्ठ २०७९, बुधबार
उहिल्यै र अहिलेको म

उहिल्यै र अहिलेको म

४ जेष्ठ २०७८, मंगलवार
प्रसिद्ध उपन्यासकार सलमान रुस्दीको भेन्टिलेटरमा उपचार

प्रसिद्ध उपन्यासकार सलमान रुस्दीको भेन्टिलेटरमा उपचार

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक