नेपाल स्रस्टा समाजले २०८० सालको ‘योगमाया राष्ट्रिय नारी स्रस्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’को निर्णय गरेको छ ।
समाजको कार्यसमिति बैठकले ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ लेखक तथा नारीकेन्द्रित खाद्य तथा पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै समाजले ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ योगमायाको व्यक्तित्व तथा कृतित्वको प्रचारप्रसारमा क्रियाशील चन्द्रबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ ।