जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

मेलम्ची रोइरहेछ

डा. गोपाल पौडेल मण्डने डा. गोपाल पौडेल मण्डने
प्रकाशित ५ असार २०७९, आईतवार
कविता, काव्य भित्र
0
मेलम्ची रोइरहेछ

हो मेलम्ची रोइरहेको छ
टिभीले यही भन्छ
एफ.एम.हरुले यही भन्छन्
अनलाइनहरु त्यसै भन्छन्
सामाजिक सञ्जालहरु पनि त्यही भनिरहेका छन्
मैले पनि पत्याउनै पर्‍यो ।
आज सारा परिवेश रोइरहेको छ ।
हो त्यही परिवेशमा
म पनि अरु झैं रोइरहेको छु ।
साँच्ची भनूँ ?
म जस्ताको यो रुवाइ दु:ख त हो तर आम हो
किनकि मेरो व्यक्तिगत त्यहाँ केही गएको छैन
त्यहाँ मैले व्यक्तिगत केही गुमाएको छैन
मलाई केही भएको छैन
त्यसैले मेरा लागि त्यो मेलम्चीको रुवाइ पनि आम हो
तर मेलम्ची मेरो बाल्यकालको सपनाको बजार हो।
मलाई बजार देख्न
कि लामिडाडा कि चौतारा
कि नवलपुर कि त मेलम्ची नै पुग्नुपथ्र्यो ।
हो, अहिले मैले मेलम्चीका गह्रा,
कान्ला तथा अन्तरकुन्तर चहारेको छैन
तर मेलम्चीको माया
मेरो मुटुभित्र गाँठो परेर बसेको छ
मेलम्ची साह्रै सुन्दर बजार थियो
म मेलम्ची पुगेर पनि यस्को बिकसित रुप हेर्न पाइन
म पुग्नुपूर्व नै मेलम्ची बग्यो ।

मैले परदेशबाटै टिभीका पर्दामा
मेलम्चीको बाढीलाई हेरिरहेँ ।
पक्का घरहरु भकाभक ढल्दै र बग्दै गरेका दृश्यहरु
रुँदै गुहार गुहार भनेका मेलम्ची आर्तनादहरु सुनेँ
मेरो मन मुटु टिभीका पर्दामा
मेलम्ची भेल भएर हुँडारिँदै थियो
मान्छेको चिच्याहटले भगवान् भाक्दै थियो
मैले मेलम्चीको बग्दै गरेको भेलमा
त्यहाँका नेपालीको भाग्य बगेको अनुभूत गरेँ
त्यहाँको जिन्दगी विजोग थियो ।
उफ, कहाँ थियो र जिन्दगी मेलम्चीको ?
त्यो त बग्दै थियो मेलम्चीको भुल्काभुल्कामा
त्यहाँ मेरा अनगिन्ती साथीहरु
नातेदारहरु र शुभचिन्तकहरु थिए
मलाई ती सबैको सम्झनाले कोट्याइरह्यो ।
हो, मैले कल्पना नगरेको मेलम्चीकोे भेल
बगिरहेको बेला राधाकृष्ण श्रेष्ठलाई सम्झेँ
मेरा ऐंसेलुखर्कका सहपाठी अरु साथीहरुलाई सम्झे
टिभीमा एक बृद्धको बिलौना सुनेँ
उहाँ रुदै भन्दै हुनुहुन्थ्यो
मेरो घर लग्यो
सम्पूर्ण खेत लग्यो
मेलम्चीको ड्याम फुटेर नदी बजार पस्यो
असम्भव हदभन्दा माथि आयो
घरबार, खेतबारीविहीन बनायो
बल्लतल्ल भूकम्पपछि बनाएको घर
एक वर्ष पनि कटेन
जोगी बनायो
हालसम्मका सम्पत्ति जग्गाजमिन सकियो
सय मुरी धान फल्ने खेत तथा घर पानीमा बगे
बैंकबाट ऋण लिएर बनाएको घर खोलाले खायो
यो सुनेर मनमनै रोएँ
उहाँसँगै दिमागले र हृदयले एकाकार भएँ
रुँदै गरेका मेलम्चीबासीसँग रुन थालेँ
यही बेला डिलमा बसेर
मेलम्चीवासी आफ्नो बग्दै गरेको घरखेत हेर्दै थिए
एकाएक करोडपतिबाट शून्यमा झर्दै थिए
सयौं वर्षको आफ्नो पैतृक सम्पत्ति गुमाउँदै थिए
धेरैले स्वदेश तथा विदेशमा कमाएर
मेलम्ची बजारमा चार आना जग्गा किनेर
घर बनाएका थिए ।
त्यही घरमा आफ्नो सुदूर भविष्य सुन्दर देख्दै थिए
तिनै खेतका गह्रामा लहलहाएको धानका बुटा हेर्दै थिए
ती सब आशावादीहरुको जिन्दगी गल्र्याम्म ढल्यो
यो कस्तो नियति हो मान्छेको ?

हो, मलाई थाहा छ
यो श्रीसम्पत्ति, यो वैभव सबैका सबै नाशवान् छन्
शास्त्र त्यस्तै भन्छन्
तत्वज्ञानले त्यसै भन्छ
अध्यात्मले पनि सुखदु:ख सनातनीय हुन् भन्छ
यो मैले बुझेको कुरा हो
तर मेरो बाल्यकालको खाइ खेली गरेको बजार
स्वाहा भएको पीडादायी दृश्यले यो कुरा मान्दैन
यो कहर भोगेका मान्छेको आत्माले
म जस्तो विदेशमा बसेर
सुकिलो भएर अघाएका बेलामा भनिएको
तत्वबोधलाई आत्मसात् गर्न सक्दैन
यही विन्दुमा म घोरिएको छु
यो प्रकृति र मान्छेको बीचको लडाइँको प्रतिफल हो
इन्द्रावतीको नदी दोहन गर्ने र गराउने
अहिलेको व्यवस्थाको कुकर्मले हो ।
कस्तो अचम्म ?
मान्छेले विज्ञानको विकास गर्‍यो
विज्ञानले विकासको चमत्कार गर्‍यो
विज्ञानले गरेको विकासको चमत्कारलाई
मान्छेले बेइमान तर चतुर खेलाडी भएर
खोला बाँधेर बस्ती बसायो
प्रकृतिमाथि धावा बोल्यो
यो क्रममा कहिले विकासले प्रकृतिलाई जित्यो
कहिले प्रकृतिले मान्छेलाई जित्यो
कहिले विकासले विनाश निम्त्यायो
कहिले विनाशले विकास निम्त्यायो
यो संसारमा गौर गरेर हेर्ने हो भने
मान्छेले न त प्रकृतिलाई सम्हाल्यो
न त प्रकृतिले नै आफ्नो बाटो छोड्यो ।

सरकार छ भने सोचोस्
धर्म परिवर्तन गराउन अर्बौ लगाउने एनजिओहरुले
मानव बस्ती सखाप भएको देखेनन्
प्रकृति र विकासलाई सन्तुलन गरेर
वैज्ञानिक आधारमा अवधारणा बनाउनु पर्दछ ?
नत्र त नेपालका गाउँहरु
प्राकृतिक प्रकोपको सामना गर्न नसकेर
निमिट्यान्न हुनेछन्
अव्यवस्थित विकास भन्नु अविकास हो
यो कुरा बुझ्नु जरुरी छ
अब खोलामा बस्ती कि बस्तीमा खोला’ नभनौ
मेलम्चीलाई प्रत्यक्ष दुख्ने विषयमा बहस नगरौं
चहर्‍याएको घाउमा नुनचुक लाउनु हुन्न
तर नेताहरुको नियत र विकास मोडेलप्रति
प्रश्न उठाउने कि नउठाउने
जनताको धन जन कति दिन बग्न दिइरहने ?

यो ब्रह्माण्ड नेताको पेवा होइन
यो त मान्छे, जनावर, वनस्पति तथा समग्र
प्रकृतिको साझा सम्पत्ति हो ।
यो साझा अवधारणा पशुले त बुझेकै छ
तर मान्छेले बुझेन
ऊ वन फाँड्छ, बस्ती बसाउँछ
खोला थुन्छ, बस्ती बसाउँछ
डाँडा काट्छ, बस्ती बसाउँछ
मान्छेले जताततै डोजर कुदाउँछ
प्रकृतिले पहिरो कुदाउँछ
आज मेलम्चीले एउटा सन्देश दिएको छ
मान्छे, प्राणी तथा प्रकृतिको बीचमा
भइरहेको यो युद्ध अब विराम गर्नुपर्छ
युद्धको विराम अब मान्छेले नै गर्नुपर्छ ।
फेरि पनि मेलम्ची रोइरहेको छ
सबै मिली मेलम्चीको आँसु पुछ्नुपर्छ
मलाई थाहा छ घरखेत गुमाउँदा चिन्ता त हुन्छ
मेलम्ची तर अब उठ्यौ भने फेरि कहिल्यै लड्नु पर्दैन
म समस्त मेलम्चीलाई भन्छु
अब उठ मेलम्ची उठ, कहिल्यै नथाकी उठ
जिन्दगी भनेको यस्तै हो ।


Tags: डा. गोपाल पौडेल मण्डनेमेलम्ची रोइरहेछ
अघिल्लो पोष्ट

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण

पछिल्लो पोस्ट

शान्तिका ‘सपनाको समाधि’ र ‘नसोधिदेऊ विन्ती’ लोकार्पित

डा. गोपाल पौडेल मण्डने

डा. गोपाल पौडेल मण्डने

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
शान्तिका ‘सपनाको समाधि’ र ‘नसोधिदेऊ विन्ती’ लोकार्पित

शान्तिका 'सपनाको समाधि' र 'नसोधिदेऊ विन्ती' लोकार्पित

लेखकद्वय पाण्डेको निबन्धसंग्रह ‘सफलताका सूत्र’ सार्वजनिक

लेखकद्वय पाण्डेको निबन्धसंग्रह 'सफलताका सूत्र' सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

२३ फाल्गुन २०७८, सोमबार
उपन्यासकार हृदयचन्द्रसिंह प्रधानका औपन्यासिक प्रवृत्तिहरू

उपन्यासकार हृदयचन्द्रसिंह प्रधानका औपन्यासिक प्रवृत्तिहरू

२३ फाल्गुन २०७९, मंगलवार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

२४ फाल्गुन २०८०, बिहीबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक