जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

बौद्ध साहित्यका प्रचारक : डा. अनोजा

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ३ जेष्ठ २०८०, बुधबार
स्मृतिमा स्रस्टा भित्र
0
बौद्ध साहित्यका प्रचारक : डा. अनोजा

शारदा मानन्धर साधारण परिवारमा जन्मेर हुर्केकी एकजना सङ्घर्षशील महिला हुन् । धेरै सङ्घर्षका खुड्किलाहरु पार गर्दै निकै कठिन परिश्रममा आफूलाई समर्पित तुल्याउँदै आफूलाई सफल नारीका रुपमा स्थापित गर्न सक्षम शारदा मानन्धर नै हुन् डा. अनोजा । बनेपा वांख्योटोलमा जन्म पाएकी एकजना साधारण महिला जस्ले सङ्कल्प र साहसका दह्रो पाइला चाल्दै र आफ्नो पथमा रमाउँदै कुदिरहे अन्तत: उनी उन्नतिको शिखर चुम्न सफल भइन् । सानोछँदा २०२७ सालतिर एकजना जमूना भिक्षुणीसँग लागेर आफ्नो गृहत्याग गरेर बुद्ध खोज्न गएकी यिनी प्रताडना, कष्ट, दु:ख केहीको पनि पर्वाह नगरी निश्चल यात्रामा लागिरहिन् । अनि उनी उद्देश्यका ढोकाहरु खुलाउन सफल भइन् ।

सङ्कल्प हो यिनको जीवन । साहस हो यिनको यात्रा । एकाग्रता हो यिनको सफलता । यिनी अन्तिममा सफल भिक्षुणी बनिन् । सुलक्षण कीर्ति विहारका संस्थापक । हाल यिनी चोभार सुन्दरीघाटस्थित यसै विहारका प्रमुख डा. अनोजा गुरुमाँ भएर स्वास्थ्य, शिक्षा, समाजसेवाका पद्चापहरु छोड्दै मसानघाटलाई जीवनधाम बनाउन तल्लिन छिन् । प्रष्टता यिनको बोली । अध्ययनशीलता यिनको स्वभाव । यस्तै खालका उत्कर्ष चिन्तन् र अध्ययनले यिनलाई शिखर चुम्न सजिलो बनायो ।

शारदा मानन्धर वि.सं. २०१६ सालमा अर्थात् इ.सं. १९६० जुलाइ ७ मा बनेपा–५ वांख्योटोलमा पिता हरिनारायण मानन्धर र माता रत्नमाया मानन्धरको सुपुत्री भएर जन्म पाएकी हुन् । ११ वर्षकी छँदा यिनले गृहत्याग गरिन् । २०३४ सालमा एस.एल.सी. परीक्षा उत्तीर्ण गरेकी यिनले २०४५ सालमा आइ.ए., २०४८ सालमा बी.ए. र २०५० सालमा एम.ए.डिग्री हासिल गरिन् । भारतको बनारसस्थित सम्पूर्णन्दा विश्वविद्यालय यिनको अध्ययनको आधारभूमि बन्यो । उच्च शिक्षाका सम्पूर्ण स्तर हासिल गरेको यस विश्वविद्यालयबाट नै बौद्ध दर्शनको अभिधर्म ओतारा विषयमा विद्यावारिधी (पी.एच.डी.) उपाधी हासिल गर्न उनी सफल भइन् । ९ वर्षको बनारस बसाईमा प्राप्त भएको अध्ययनले यिनलाई सक्षम र प्रतिभावान भिक्षुणी डा. अनोजा बनाइन् । त्यसपछि नेपाल फर्केपछि पनि यिनले अध्ययन गर्न छोडिनन् । बौद्ध परियती कोविद शिक्षा ग्रहण गरेपछि यिनी केही क्षण अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अंग्रेजी भाषाको अध्ययन गर्न गइन् । आफ्नो जीवन–क्रममा यसरी यिनले शिक्षा–दीक्षा प्राप्त गर्न सफल भइन् ।

धेरै सङ्घर्ष गरे यिनले जीवनमा । धेरै प्रयास र अध्ययन गरे आफ्नो जीवन क्रममा । थाकिनन् यिनी । हारिनन् यिनी । जीवन खोज्न यिनी सधैं तल्लिन रहिन् । यसको परिणति वा पुरस्कार जे भने पनि शारदा मानन्धरले आफूलाई डा. अनोजामा रुपान्तरित गर्न सफल भइन् । सुलक्षण कीर्ति विहारको मनोहारिता मनोरमपूर्ण हुँदै जानुका कारणमा डा. अनोजाकै उल्लेखयोग्य कार्यशैली नै मान्नुपर्छ । मसानघाटमा पहिले केही थिएन । एउटा सानो भत्किएको पाटी थियो । जहाँ डरलाग्दो खालको वातावरण ब्याप्त थियो । त्यस्तो ठाउँमा जीवनघरबनाउने सङ्कल्प बोकेर डा. अनोजा खटिरहिन् । सफलताको चुलिमा उनी पुगी छाडे । हाल यस सुलक्षण विहारमा योग कक्षाका साथै थुप्रै समाजसेवाका उल्लेखयोग्य कार्यहरु भइरहेका छन् । कहिले प्रवचन, कहिले आँखादान, कहिले स्वास्थ्य शिविर, कहिले अनाथहरुमाथिको मायामा कार्यक्रम संचालन गर्दै सुलक्षण बोक्दै जीवन–पथमा कुदिरहेकी भिक्षुणी डा. अनोजा यसै विहारअन्तर्गत् वृद्धाश्रम, स्कूल, हस्पिटल, गेष्ट हाउस खोल्ने र जनमानसको सेवा गर्ने भावना साँचेर हाल पनि सङ्घर्षरत् छिन् ।

आफूले गरेर अरुलाई कल्याण हुने कार्यहरु गर्नु जीवन हो । यस्तै परिभाषामा जीवनलाई परिभाषित गर्न रुचाउने यिनी धर्मको परिभाषामा पनि यस्तो विचार राख्छन् –‘राम्रो गर्नु नै धर्म हो । राम्रो कर्म, राम्रो सोच बनाएर अरुको उपकार गर्नु नै धर्म हो । प्राणी हिंसा गरेर, अरुलाई ढाँटेर, अर्कालाई छलेर, अर्काको चोरेर, चाकडी–चुक्ली गरेर धर्म पाइँदैन ।’ यस्तै धर्म–दर्शनका १००औंवटा भन्दा बढी विभिन्न पत्र–पत्रिकामा लेख–रचना छपाइसकेका लेखिका डा. अनोजा सुलक्षण कीर्ति विहारको इतिहास लेखनमा र योगका पुस्तक प्रकाशनमा व्यस्त छिन् । बौद्ध धर्म दर्शनमा पि.एच.डी. गर्ने प्रथम नेपाली महिला, विश्व भ्रमण गर्ने प्रथम नेपाली महिलाका रुपमा ख्याति कमाइसकेकी यिनी भिक्षुणीहरुमा पहिलो गाडी चलाउने महिलाका रुपमा पनि सुविख्यात छिन् । यतिमात्र नभई यिनी धेरै संघ–संस्थामा आफूसक्दो योगदान पुर्‍याउन पनि हाल सक्रिय रहेकी छिन् । बौद्ध ज्योति अन्तर्राष्ट्रिय संघ, नेपाल शाखाका अध्यक्ष रहेर सुगत सन्देश (बौद्ध पत्रिका), हाम्रो नेपाल सामाजिक संगठन, काठमाडौं उपत्यका बहुउद्देश्यीय सहकारी समाज लिमिटेड, काठमाडौं, असहाय बाल स्कूल, नेपालका सल्लाहकार रहेर पनि बौद्ध–कक्षाहरु, बुद्ध–पूजालगायत सबै खालका धर्मका गतिविधिहरुसमेत संचालन गर्न यिनी सक्रिय छिन् । रेडियो नेपाल, कान्तिपुर टिभी र अन्य विभिन्न एफ.एम.हरुमार्फत् बौद्ध साहित्यका प्रवर्तक रहेर ज्ञान वितरण गर्न रुचाइरहने यिनी धर्मकीर्ति बिहारलाई नै आफ्नो आधारभूमि र धम्मवती गुरुमाँलाई मार्ग–निर्देशिका गुरुमाँको रुपमा स्विकार गर्छिन् । स्पष्ट आफ्नो विचार राख्न सिपालु अनोजा ँष्चकत ब्ष्म त्चबष्लष्लन, ब्ऋग् एचभककगचभ त्चबष्लष्लन, लगायत्कभधष्लन, प्लष्ततष्लन, झदचयष्मभचथ (प्राथमिक सेवा तालिम, एक्यू प्रेसर तालिम, सिलाई, बुनाई, रफ्फु भर्ने) कार्यमासमेत सक्षम छिन् । धर्मोदय सभाका आजीवन सदस्य रहेर सेवाका मर्महरु फुकाउँदै रहेकी यिनी बौद्ध परियती शिक्षा केन्द्र, शाक्यसिंह विहार ललितपुर, ध्यानकुटी विहार बनेपा, अन्तर्राष्ट्रिय बौद्ध योग केन्द्र, शङ्खमूल, भिक्षुणी संघ, नेपाल रसियन सांस्कृतिक केन्द्र, लुम्बिनी गौतमी विहार, धर्मकीर्ति विहार, काठमाडौं आदिमा पनि सदस्य भई सेवा पुर्‍याउँदै छिन् ।

१२ वर्षको उमरेमा वाराणसीस्थित म्यानमार बौद्ध विहार, सिगरामा भिक्षु डा. किन्तिमाको नेतृत्वमा प्रवर्जित भएकी शारदाले ५ कक्षासम्म बनेपास्थित चैतन्य मा.वि.मा अध्ययन गरेकी हुन् । भक्तपुरको सरस्वती मा.वि.बाट एस.एल.सी. उत्तीर्ण गर्न सफल भएकी यिनी जीवनका क्रममा थुप्रै आरोह–अवरोहहरु पार गर्दै थुप्रै जीवनका अविस्मरणीय यात्रा गर्न सफल भइन् । यिनका लागि अविस्मरणीय सुखद् क्षणका रुपमा जापानी राजकुमारी जेन सि. इटोलाई महामायादेवीको रुपमा दिवंगत संघनायक भिक्षु अनिरुद्र महास्थवीरको उपाध्यायत्वमा प्रवज्या प्रदान गर्नुलाई स्वीकार गर्छिन् । काम गर्दै जाने, उत्तरदायित्व बहन गर्दै जाने, कर्तव्य पालन गर्ने, मिहेनतमा शिथिलता आउन नदिने, धैर्य, दृढता र सङ्कल्प नछोड्ने आदि सिद्धान्तलाई आत्मसात् गर्दै जीवन–पथमा लम्किरहेकी यिनी सुलक्षण कीर्ति विहारलाई बौद्ध अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकास गर्नु नै दीर्घकालिन योजना हो भन्छिन् । यसरी सबै पक्षमा सबै वर्गको सेवामा जुटिरहेकी अनोजा यस्तै कार्य गर्दै समाजमा व्याप्त भएर बुद्ध–धर्म र बुद्धलाई जीवन्त राख्न रुचाउने गर्छिन् । बौद्ध–धर्मबारे उनी यसरी आफ्नो धारणा राख्न मन पराउँछिन् –‘बौद्ध भनेको बुद्धि वा ज्ञान हो । धर्म भनेको धरायतीति धर्म हो अर्थात् जे धारणा गरिन्छ, त्यसलाई धर्म भनिन्छ । यस आधारमा हेर्दा ज्ञानलाई लिनु (अङ्गाल्नु) नै बौद्ध धर्म हो । यो मान्छे मात्रलाई चाहिन्छ । हिन्दू, बौद्ध, सिख, मुसलमान, इशाइ सबैलाई चाहिन्छ । ज्ञानी हुनु नै बौद्ध हुनु हो ।’ यस्तै तर्कशीलतामा आफूलाई समाहित तुल्याउँदै रहेकी भिक्षुणी अनोजा बौद्ध दर्शनका एकजना विशेष ज्ञाता मानिन्छ । उनी धर्मलाई दार्शनिक भाषामा व्याख्या गर्न सिपालु छिन् । सत्य के हो ? उनी आफ्नो विचार फुकाउँछिन् —‘दु:ख सत्य आफ्नो शरीरमा रहेको हुन्छ । आँखाले देखिने सत्य दु:ख सत्य हो । कानले सुनिने र सुनाइदिने पनि दु:ख सत्य हो । नाकले सुँघ्न सकिने, जिब्रोले चाखेर मीठो, गुलियो, अमिलो छुट्याउन सक्ने क्षमता पनि दु:ख सत्य हो ।

न्यूयोर्कमा भएको विश्व धर्ममा भएको युवा गोष्ठीमा, नयाँ दिल्लीमा सम्पन्न भएको बौद्धमार्गी महिला सम्मेलनमा, बनारसमा भएको अन्तर्राष्ट्रिय बौद्ध संघको गोष्ठीमा, क्यानाडामा भएको बौद्ध ज्योति अन्तर्राष्ट्रिय संघको गोष्ठीमालगायत् थप्रै राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरको गोष्ठीहरुमा सहभागी भई आफ्नो विचार राख्दै आएकी यिनी धर्मका साहित्यिक पुस्तकहरु पढ्न पाएपछि समय गएको नै थाहा नहुने सन्दर्भ सुनाउने गर्छिन् । नयाँ ठाउँ घुम्न पाएपछि निकै मज्जा भएको मान्नुहुने डा. अनोजालाई उनीले पुर्‍याइदिएको सेवा र सत्–कार्यलाई प्रशंसा गर्दै धर्मकीर्ति विहार, बौद्ध परियती शिक्षा केन्द्र, हाम्रो नेपाल सामाजिक संगठन, महिला बौद्ध संघ, बौद्ध ल्यायम्ह पूच:, सुलक्षण विहारका उपाशक, उपाशिकाहरुका साथै ताइवान, चीन, टर्की र बर्माले सम्मान र कदर गरेका छन् ।

काठमाडौंबाट नजीक भएर पनि कोलाहल र घुइँचोबाट टाढा सुन्दरीघाट । शान्त वातावरणमा अवस्थित सुलक्षण कीर्ति विहार । डा. अनोजाका पसिनाका बूँदहरु । मूलायम भावनामा भएका सुन्दर कार्यहरु । यहाँ रहेका उपाशक/उपाशिकाहरु । वाग्मती नदीको जलाधार । प्रसिद्ध लोकनाथ आर्य अवलेकेश्वरको पुण्य धार्मिक स्थल । ज्ञानको संसार त्रिभुवन विश्वविद्यालय नजिकको भूमि । कीर्तिपूर, पाङ्गा, ललितपुर, काठमाडौंका उपाशक/उपाशिकाहरुका लागि पनि उपयुक्त ठाउँ । यहाँ तल–तल भएर वाग्मती बग्छन् माथि–माथिबाट तल–तल झरेर शितल हावा बहन्छ । स्तुपा बनिसकेको छ; योगको सिकाइ हुन्छ — निकै रमणीय स्थल बनेको छ सुन्दरीघाट । मलाई त लाग्छ साँच्चै यो ठाउँ शुद्ध भावनाले व्याप्त शीलवान सुन्दरीको उच्छ्वासहरु चोखो हावाझैं बहिरहेछन् । हो यही सुन्दरीघाटमा बनेको विहारमा रहेर डा. अनोजा मान्छेमा व्याप्त कुभावनाहरुसँग जुझ्न भिक्षुणी बनेर सङ्घर्ष गर्दै छिन् । उनी आफ्नो धारणामा ईश्वरको बिम्ब यसरी खिच्ने गर्छिन् —‘ईश्वर सृष्टिकर्ता होइन । ईश्वर पक्षपाती हुनै सक्दैन । ईश्वर सृष्टिकर्ता भएको भए किन समान भएनन् मान्छेहरु ? किन धनी–गरिवको भेद रह्यो ?’ ईश्वरप्रति उनी यस्तो भावनाशील तर्क राख्दछन् ।

हालसम्म यिनका बौद्ध साहित्यका प्रकाशित पुस्तकहरुमा सुलक्षण कीर्ति विहार : एक परिचय, बौद्ध ध्यान, बौद्ध प्रवचन माला, शान्ति अभिप्रेरणा (भाग १ र २), नियात्राका पदचापहरु, शील सन्देश, बर्मा : अनुभव र अनुभूति र मंगल उपदेश आदि छन् । यिनका अङ्ग्रेजी र बर्मेली भाषामा पनि पुस्तकहरु प्रकाशित छन् । यिनका बौद्ध साहित्यमा भएका क्रियाकलाप र सिर्जनाहरु उदाहरणीय छन् ।


Tags: मोहन दुवाल डा. अनोजा
अघिल्लो पोष्ट

गोलघरको सन्देश पढिसके पछि

पछिल्लो पोस्ट

कोपिला किताबका ५ बालपुस्तक लोकार्पण

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
कोपिला किताबका ५ बालपुस्तक लोकार्पण

कोपिला किताबका ५ बालपुस्तक लोकार्पण

एक दशकपछि कविताको चर्चा

एक दशकपछि कविताको चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव  हुने

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

४ जेष्ठ २०८०, बिहीबार
जागिर खाने धुनमा लागेर हेटौँडाको टिम्बर कर्पोरेसनमा पुगेँ 

जागिर खाने धुनमा लागेर हेटौँडाको टिम्बर कर्पोरेसनमा पुगेँ 

४ जेष्ठ २०७९, बुधबार
गीतल प्रतिष्ठान तनहुँको अध्यक्षमा आकाश अधिकारी

गीतल प्रतिष्ठान तनहुँको अध्यक्षमा आकाश अधिकारी

४ जेष्ठ २०७९, बुधबार
जनमत साहित्य – सूर्य लाकोजू

जनमत साहित्य – सूर्य लाकोजू

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक