नेपाली सर्वहारा तथा श्रमजीवी जनसमुदायका प्यारा अगुवा कवि मोदनाथ प्रश्रित विगत केही वर्षहरुदेखि प्रतिक्रियावादी फासिस्टहरुको वन्दीगृहमा निर्मम यातनाका साथ थुनिनुभएको छ । उहाँलाई नचिन्ने नेपालीहरु कमै होलान्, उहाँलाई नसम्झने न्याय र प्रगतिका पक्षपाती मान्छेहरु कमै होलान्, उहाँलाई माया नगर्ने सर्वहारावादी क्रान्तिकारीहरु पनि कोही नहोलान् । त्यसकारण प्रतिक्रियावादीहरु उहाँलाई त्यति नै बढी घृणा र विरोध गर्छन्, जति बढी उनीहरु जनताको शक्तिदेखि डराउँछन् । हो, एउटा क्रान्तिकारी, जो जनताको मुक्तिका निम्ति समर्पित छ, उसलाई कुनै पनि यातना र डर–त्रासले घुँडा टेकाउन सकिन्न र कुनै पनि लोभ, लालच र धम्की–दवाबले किन्न सकिन्न । यो कुरा अब राम्ररी प्रमाणित भएको छ । प्रतिक्रियावादीहरु जनताका मान्छेलाई जति–जति सास्ती दिन्छन्, त्यति–त्यति नै क्रान्तिका गर्जनादहरु आकाशिँदै छन् । जनविरोधी कायर मुटुहरु हुरीका पिपलपातजस्तो थर्कमान हुँदैछन् ।
भर्खरै कवि प्रश्रितको गोलघरको सन्देश बजारमा देखापर्यो र देखा के पर्यो भनौं अनिकालको अन्नझैं टापटिप नै भयो । हुन त प्रश्रितका सबै रचनाहरुले पसलमा त्यति सुस्ताउन पाउँदैनन् । त्यसैले त विचरा सासै फेर्न पाएन । हुन पनि प्रगतिवादी कविता साहित्यको फाँटमा देखा परेका कविताहरुमा कलात्मक रुपमा भावको सहज प्रस्तुतीकरणका हिसाबले यसलाई नौलो र जेठो मान्न सकिन्छ । निर्भीकता, साहस, आत्मविश्वास, शत्रुहरुप्रति घृणा, जनताको माया र क्रान्तिकारी विवेकको यो एउटा ‘सुन्दर’ सन्देश काव्य हो । यसलाई खण्डकाव्य भने पनि हुन्छ । कवि प्रश्रित साहित्यिक प्रतिभाका जति धनी हुनुहुन्छ, त्यति नै श्रमशील पनि । मैले पढ्न पाएअनुसार प्रश्रितका कविताहरुमध्ये पनि यो आफ्नै प्रकारको मौलिकता भएको प्रथम कविता हो । यसमा कविको क्रान्तिकारी व्यावहारिक जीवनका अनमोल अनुभवहरु राम्ररी संयोजित भएका छन्, क्रान्तिकारी अध्यन चिन्तनलाई व्यावहारिक कामकाजको आवश्यकतामा राम्ररी ढालिएका छन् । साथै, क्रान्तिकारी कामको कठिन व्यवहारमा आपैm लागेर सजीव अनुभव नलिएको भए उहाँको साहित्य पनि त्यति जीवन्त हुने थिएन । अरु पनि यस्ता कवि, लेखक, कलाकार केही छन्, जसको मन र उद्देश्य पवित्र छ, क्रान्तिका कठिन कुराहरुमा संलग्न जीवनको प्रशंसामा गीत, कविताहरु कति लेखेका छन्, दु:ख–कष्ट, त्याग–बलिदान, भूमिगत जीवन र जनताको मायाजस्ता संवेदनशील सवालहरुमा छनोट गरिएका शब्दहरु राखेर रचिएका छन् । तिनीहरु निकै राम्रा छन्, कलात्मक छन्, राम्रो मूर्तिकारले बनाएको सुन्दर सुनको मूर्तिजस्ता छन्, तर दु:ख, तस्वीरजस्ता छन्, तिनीहरुमा ज्यान छैन । यसै हुनाले तिनीहरुमा गति पनि छैन । मलाई भने सुनको मूर्तिजत्तिकै सुन्दर भए पनि जीवन नभएको साहित्य पटक्कै मन पर्दैन । बरु कुरुप होस्, तर जिउँदो । आपूmलाई चुचुराकै लेखक–कलाकार ठान्ने प्रगतिवादी फाँटका केही साँस्कृतिककर्मीहरु ‘के साहित्य नारा हो र ? यो त नाराबाजी साहित्य भयो !’ भन्दै कलामा खिस्सी गर्ने दिशातिर लागेको महसुस गरेका छन् । तिनीहरुको नजरमा गोलघरको सन्देश पनि नाराबाजी साहित्यमा पर्नसक्ला । तर मलाई भने यो खुबै मन लाग्यो, जनताहरु पनि यस्तै मन पराउँछन् । जनता जीवनवादी हुन्छन्, जहाँ जीवन हुन्छ, जनता त्यहीं रमाउँछन् । क्रान्तिकारी राजनीतिबाट अलग हुन खोज्ने र क्रान्तिकारी व्यवहार र श्रमजीवी जनसमुदायको संसर्गबाट टाढा रहेका केही लेखक कविले साँखुल्य भएर मिठो भाका हाल्दै जनताको पक्षमा साहित्य लेखे पनि त्यहाँ बनावटीपन हुन्छ, जनताको क्रान्तिकारी जीवनको अनुवाद हुँदैन । जनतालाई तिनीहरु अर्ति–उपदेशहरु मात्र दिन्छन् वा जनताको हुँ भन्नका निम्ति चेप्र्याई पारी टोपल्छन् । मलाई त्यस्तो मन पर्दैन । त्यसै हुनाले गोलघरको सन्देश पढेपछि मैले यसलाई निकै मन पराएँ । यसका कवि वास्तविक क्रान्तिकारी जीवन जिउँदै हुनुहुन्छ । त्यहाँ छलकपट र ढर्रा छैन । जिन्दगीको नयाँ यात्रामा तिताटर्रा अनुभवहरु पनि हुनु त स्वाभाविक नै हो । तर आफुलाई महान् देखाउन खोज्ने बानी सुधार्न र रुचि होच्याउन नसकेका केही मान्छेहरु एकसाथ दोहोरो जीवन बिताउँछन् । त्यस्ता मान्छेहरु नेपथ्यमैं बसेको राम्रो !
प्रश्रितको जेल जीवन पनि एउटा बहादुर क्रान्तिकारीको जीवन हो भन्न सकिने थुप्रै प्रमाणहरु छन् । जेलको पर्खालभित्र आफ्ना सक्रियता र पहलका हातखुट्टा बाँधेर, विचारको मुख थुनेर, चरित्रलाई धितो राखेर बस्ने डरपोक दक्षिणपन्थीहरुमात्र होइन, आपूmलाई नै सामाजिक परिवर्तनका विचारहरुको स्रोत ठान्दै हुकुम चलाउने अराजक केही हुकुमबाज निम्न पूँजीवादी अहङ्कारवादी दुर्विचारहरुको समेत उहाँमा लैशमात्र पनि पाइँदैन । कवि प्रश्रित एकपटक राइफल र सङ्गीनले घेरिएको प्रतिक्रियावादीहरुको जेलका फलामे बारहरु तोडेर र पर्खालहरु नाघ्दै क्रान्तिकारी जनताको काखमा बहादुरीपूर्वक फर्कनुभएको थियो । त्यस अवसरमा प्रतिक्रियावादीहरुलाई लल्कार्दै उहाँले लेखेका कविता अहिले पनि देशभरका कतिपय क्रान्तिकारीहरु कण्ठस्थ सुनाउन सक्छन् । यसबाट प्रश्रितको जीवनशैली साहस र बलिदानका ठूलाठूला गफ हाँक्ने होइन, आवश्यकता अनुसार चुपचाप जोखिमहरु पौंठेजोरी खेल्ने खालको छ भन्ने कुरा बुझ्न गाह्रो हुँदैन । आफुले गरेका केही राम्रा र ठूला कामहरु कसैले पत्तो पाएका छैनन् वा बिर्सिसके कि भनेर ठाउँ–कुठाउँ इतिहास पढाउने आत्मप्रशंसाको मोहबाट पनि उहाँ टाढै हुनुहुन्छ । वास्तवमा कवि प्रश्रितका साहित्यिक रचनाहरुबाट मात्र होइन, व्यक्तिगत जीवनको क्रान्तिकारी व्यवहारबाट पनि सिक्नुपर्ने कुराहरु धेरै छन् । खुकुरीको शोलामा चढेर पनि घुँडा नटेक्ने र शीर नझुकाउने मान्छेहरु पनि हुँदारहेछन् भन्ने कुरा प्रतिक्रियावादीहरुले भोग्दैछन् । आततायी फासिष्टहरुका साङ्घातिक प्रहारहरुले पनि जनताका योद्धाहरुको मनोबल कुँड्याउन सकिने रहेनछ भन्ने कुरा पनि बुझ्दैछन् । मृत्युञ्जयी दृढता लिएर क्रान्तिको विजयप्रति आत्मविश्वास राख्दै प्रश्रितको कविता शत्रुहरुप्रति यसरी घृणा र आक्रोश बोल्छ :–
कुकुरले गन्हाउने मुखले परेवाको बच्चा चपाएजस्तै
कुनै पनि बेला मलाई यिनीहरु,
काँचै चपाउन सक्छन् ।
भर्खरै कमरेड रत्न, हरि र ‘आजाद’ हरुलाई
चपाएका राता दाँत गाड्न सक्छन् ।
नेत्र, कृष्ण, रामनाथ र बीरेनहरुलाई जस्तै
खोरबाट झिकेर बारुदले उडाउन सक्छन्
गङ्गा, दशरथ, दुर्गा आदिलाई झैं
फाँसीमा झुण्ड्याउन सक्छन्,
तर बस्
केही लछार्न सक्तैनन् त्यसभन्दा बढी
केही तातो पानी लाउन सक्तैनन् त्यसभन्दा पल्तिर
यी कायरहरु, यी हुतिहाराहरु,
पूरातत्व सङ्ग्रहालयमा
लैजान तयार पारेका माटाका मूर्तिहरु !!’
अलिकति भए पनि क्रान्तिकारी धारलाई मुठार्न सकिन्छ कि भनेर प्रतिक्रियावादी ‘थुतुनाको पसिना’ पुछ्दै पचासौं भुसतिघ्रेहरु यातना दिन्छन्, तर कविको क्रान्तिकारी मुटुलाई जित्न त के छुनसम्म पनि सक्दैनन् । आप्mना समूहबाट अलग्याइएको एउटा निशस्त्र क्रान्तिकारीलाई शास्त्रास्त्रले सज्जित प्रतिक्रियावादी सत्ताले निरन्तर निर्मम यातना दिँदा पनि आफ्ना विश्वास र आस्थाबाट अलिकति पनि हल्लाउन सक्दैनन् । कविको क्रान्तिकारी दृढतालाई सिङ्गै काव्यभरि अनेक कविताले बोल्छन् । शारीरिक र मानसिक यातनागृहमा फासिष्टहरुले अमानवीय आघात पार्दा प्रतिरोध नै जीवन बन्नु स्वभाविकै हो :–
‘तर नपरुञ्जेल हो दमाली हो ! ‘डर’ डरलाग्दो हुने
परिसकेपछि नेल र हत्कडी पनि बानी हुन्छन्
कालकोठरी पनि साथी हुन्छ,
कोर्रा, सिस्नो, खुर्सानी, आलपिन
बिजुलीको कोर्रा र जाडोको सिमेन्ट पनि
शरीरका सहज अभ्यास हुन्छन्
मृत्यु त झन् सजिलो महसुस हुनथाल्छ
यी यातनाहरुको बीच
एउटा देशभक्तले, एउटा क्रान्तिकारीले
अभ्यस्त हुन सक्नैपर्छ यी सारा चीजहरुसँग !’
मृत्युको नाडी समातेर यति नजिकैबाट पौठेजोरी खेलिरहेको मान्छे अरु के कुरादेखि डराउँछ र ? जिन्दगीको बाजी जित्न आँट गर्ने मान्छे मृत्युदेखि भाग्दैनन्, बरु देख्नासाथ त्यसमाथि झन्टिन्छन् र पछार्छन् । यसलाई जोखिमहरुसँग छाती जोडेर उभिएको एउटा क्रान्तिकारीले नै राम्ररी बुझ्न सक्छ । एक हातले जीवनलाई र अर्को हातले मृत्युलाई नजिकैबाट छाम्नसक्ने जवानले नै तिनीहरुको महत्वलाई बुझ्नसक्छ । विकास र परिवर्तनको नियम बुझ्ने इतिहासबाट यथार्थ शिक्षा लिएर नै मान्छे निर्भीक बन्नसक्छ । निर्भीकता कुनै अलौकिक वरदान होइन ।
‘मेरा स्मृतिपटमा झल्झली नाचिरहेछन् अहिले
ती कहिल्यै नगल्ने इस्पाती अनुहारहरु !
यी सम्पूर्णका बीच जब म पाउँछु आपूmलाई
बर्खे नदीका ढीकजस्तै भत्केर जान्छन्
मेरा दुर्बलताहरु,
शिकारीको बन्दुक देखेका मृगझैं बिजुली हुन्छन्
मेरा डर र त्रासहरु !!’
कवि प्रश्रितको रचनामा बहादुरीका बलिदानी भावनाहरुमात्र होइन, क्रान्ति र भविष्यका सुन्दर आदर्शहरुप्रतिको सम्मोहन मात्र होइन, आजका क्रान्तिकारी राजनीतिक निर्णयहरुलाई काव्यात्मक रुपमा अभिव्यक्त गर्ने क्षमता रहेको छ । आज प्रतिक्रियावादीहरुले जनतालाई गुमराह गर्न कथित राष्ट्रवादी र शान्तिको रट लगाएका छन्,’ ‘शान्तिक्षेत्र’ जस्तो प्रस्ताव राखेर आपूmलाई शान्तिप्रेमी देखाउने कोशिस गर्दैछन् । प्रतिक्रियावादी शासकहरुको ओंठे शान्ति र राष्ट्रवादको अंश भएको दाबी गरिरहेछन्, यस्तो दृष्टिकोण नलिनेहरुप्रति नानाथरी फरेव र लाञ्छनाहरु लगाइरहेछन् । भ्रम दिने असफल प्रयत्नमा रौंको पनि छाला काढ्ने तर्क गर्न खोज्दैछन् । तर कवि प्रश्रितको तिखो क्रान्तिकारी नजरबाट ओंठेभक्ति र कोठे तर्कको सार कहाँ लुक्न सक्थ्यो र ? शान्ति र राष्ट्रवादका कथित नाराहरुप्रति आक्रोश व्यक्त गर्दै कविता बोल्छ :–
‘देशको ढुकुटी मासेर
राष्ट्रलाई हरिकङ्गाल पारेर
’विदेशमा कटाउन लाखौं युवा–सन्तान बेच्ने
काला हातले हिमाल मुसारेर
फोहोरी नरभक्षी रोंसेचोंसे थुतुनाले
गाइरहेछन् यिनीहरु राष्ट्रवादका गीत !’
‘जनताको रगतमा होली खेलेका पञ्जाले
बुद्धको मूर्तिमा पूmल चढाएर
खुकुरी र चुप्पी थन्काएका बगरे हातले
जैतुनको हरियो डाली हल्लाएर
उडाइरहेछन् आकाशमा शान्तिका परेवाहरु !’
नक्कली नाराहरुभित्र लुकेको सक्कली सारवस्तुको कति सुन्दर प्रस्तुतीकरण, कवि प्रश्रितको यो कविताबाट आपूmलाई राष्ट्रवादी शान्तिप्रेमी ठान्ने प्रतिक्रियावादीहरु र तिनीहरुमा आंशिक रुपमा प्रगतिशील राष्ट्रवाद र शान्तिप्रेमी रहेको देख्ने ‘पूर्ण बुज्रुकहरु’ कति जल्दा हुन् ? प्रश्रितज्यूको कवितामा सत्यताको सन्देश यस्तो छ :
‘हो पक्कै पनि यिनीहरुले
हत्या, दमन, जालझेल र षड्यन्त्रको
आफ्नो राजधर्म छाडेका छैनन्
र, हामी पनि साहस, दृढता, सङ्घर्ष, बलिदान
देश र जनताका मुक्ति अभियानको
आप्mनो जन धर्म छोड्दैनौं !’
हो, आज राजधर्म र जन–धर्मले आमने–सामनेमा उभिएर वर्गसङ्घर्ष गरिरहेका छन् । एउटाको जरा नउखेली अर्कोलाई ओखती हुनेवाला छैन । यस्तो अवस्थामा विरोधीहरुको चालबाजीभित्र सकारात्मक प्रवृत्ति खोज्ने कस्तो दृष्टिकोण हो ?
जिन्दगीका व्यवहारहरुमा लागेर क्रान्ति गर्न सिकेको प्रश्रित किताब पढेर क्रान्तिकारी बनेको होइन, आफ्नै गाँस–बासका समस्याले पिरोलिएको भोको प्रश्रित अघाएका मान्छेहरुजस्तो डकार्दै पार्टीमा प्रवेश गरेको होइन । उसमा अरुहरुको योगदानलाई नकार्ने र इतिहासको मुन्टो बटार्ने बानी छैन, साथीहरु र सङ्गठन वा सामूहिकताको महत्ववोध गरेको छ :–
‘अतीतका वीरहरुले
त्यो अँध्यारो जुगमा
एक्लै भोगे यी सारा यातनाहरु
तर अहिले भाग्यमानी छौं हामीहरु
हाम्रा शरीर र मनका सारा घाउहरु
सहजै निको पार्न जुर्मुराएका छन्
हजारौं मुटुका स्नेह र सहानुभूतिहरु !’
प्रश्रितले भोग्नुपरेका कालकोठरीहरुका कठोर यातनाका चोटहरुमा को काँध थाप्न गएको छ र ? बिजुलीका कोर्रा कम गर्न कसले पिठ्यूँ थापेको छ र ? आलपिनका निम्ति सट्टामा कसले औंला दिएको छ र ? निश्चित रुपमा ती सबै उहाँले एक्लै भोग्नु परेको छ । तर साझा स्वार्थका निम्ति साझा प्रयत्न गर्न उहाँले साझा दिल बनाउनुभएको छ । हो, यो क्रान्तिकारी प्रवृत्ति हो । यदि प्रश्रितमा मपाइँवाद भएको भए यस्तो हुनु सम्भव थिएन, उहाँलाई घोँचिएका आलपिनले हाम्रो मुटु चस्किने थिएन । प्रश्रितले आप्mनो उद्देश्य र भावनाहरु साथीहरुसँग गाँस्नुभएको छ :
‘अहिले म खोरमा छु तर कतै छैन एक्लो
म देखिरहेछु जङ्गलहरुका बीच यो मध्यरातमा
तपाइँहरु बत्ती पनि नबाली दुछुम्–दुछुम् हिँडिरहेको
झल्झली देखिरहेछु
सुनिरहेछु यहाँबाट
चर्याप्–चर्याप् सुकेका पात बजेको सुनिरहेछु ।
दोबाटोनिर उभिएर तपाइँहरुले
सासै सासले गरेका कुराहरु
बतास बनेर मेरा कानमा आइपुगेका छन्’
र, सेता महलका चोर आँखा छल्दै
निहुरेर लुसुक्क सास रोकी
बार पछाडिबाट बुकुराहरुतिर लागे !’
यदि कवि प्रश्रित आपैm मैदानमा उत्रिएको योद्धा नभएको भए आप्mनै व्यवहारबाट क्रान्तिकारी जीवनशैली नसिकेको भए यो सजीवता कुनै पनि हालतमा आउने थिएन । यदि कुची, कलम र बाजाहरुलाई जीवन्त बनाउने नै हो भने तिनीहरुले गाउँ जानैपर्छ र क्रान्तिकारी शैली अनुसार आन्दोलनमा संलग्न हुनैपर्छ । एउटा अवधि थियो – जतिबेला कवि प्रश्रित कलम थन्क्याई झोलामा दस्तावेज र पर्चाहरु बोकेर गाउँ जानुभयो । किसानहरु र महिलाहरुलाई मुक्ति र प्रगतिका निम्ति शासकहरु र शोषकहरुका विरुद्ध सङ्गठित गर्नुभयो, उहाँ एउटा राजनीतिक सङ्गठक हुनुभयो । उहाँसँग यसखालको क्षमता पनि राम्रै रहेको छ । त्यसबेला उहाँले आप्mनै आँखाले जनताभित्रको क्रान्तिको आगो देख्नुभयो, हृदयको उष्णता छाम्नुभयो, त्यसैहुँदा जनताको क्रान्तिकारी जागरण र आत्मविश्वासको कस्तो सजीव वर्णन छ ?
‘त्यहाँ मुट्ठी ठोकेर सबले भन्दैछन्
हामी पञ्चानब्बेहरु ‘पाँच’ मान्दैनौं ।
बहुमतको रगतले ढाडिएको
‘पाँच पञ्चायत’ मान्दैनौंँ ।
‘जमिन्दारबाट जनताको सम्पत्ति फिर्ता गर्नुपर्छ सारा!
साझा हो धर्ती, सबलाई चाहिन्छ गाँस बास !!’
भन्दै
‘यी जुगौंका शासित, रैतीहरु, प्रजाहरु,
बनाउँदैछन् आज राजसत्ता खोसेर हाँक्ने योजना
कोर्दैछन् मनमा आज आप्mनो देशको
स्वतन्त्र जनगणतन्त्र नेपालको !!’
रमाइलो तस्वीर आफ्नो निकटवर्ती भविष्यको सुन्दर चित्र मनभरि पोको पारेर दिमाग र हात खुट्टाभरि जाँगर बोकेर कसरी जनताहरु क्रान्तिका निम्ति जागिरहेछन् ?
‘ओँठ निचोरेर दूध आउने यी चिचिलाहरु
तर क्रान्तिका सिपाही बन्ने सपना
नाचिरहेछन् तिनका चम्किला आँखामा !’
‘हैन के नसा लागेको नौलो जुगको ?
नब्बे वर्षे थोते बाजेले पनि
लड्नैपर्छ भनी छाती ठोके,
चौरासीकी सेती बुढी आमाले पनि
‘हामी जित्छौं’ भनी मुट्ठी उठाइन् !!’
हो, गाउँ आज यसरी नै जागिरहेछ । यदि भोका–नाङ्गाका मुटुहरु आगो नभएको भए आज देशभरि वातावरण तात्ने थिएन र रन्कने थिएन ।
जनताको बीचमा फाटो पारेर तिनीहरुमाथि दमनकारी शासन चलाउनु जहाँसुकैका पनि प्रतिक्रियावादीहरुको साझा चाला हो । अनि, जनताभित्रका सबै किसिमका फाटोहरुलाई अन्त्य गरेर उनीहरुलाई एकढिक्का बनाउँदै अन्यायी संसार र शोषकको स्वर्ग भत्काउन सङ्घर्ष गर्नु पनि जहाँसुकैका क्रान्तिकारीहरुको साझा तरिका हो । हाम्रो देशमा प्रतिक्रियावादीहरु जनतालाई फुटाल्न विचारधारात्मक विरोध फैलाउने काममा हार्दै गएका छन् । त्यसैले, अहिले तिनीहरु अर्को एउटा संवेदनशील सवाल जात–जातिको भिन्नताको सवाललाई उरालेर फुटाल्ने कोशिस गरिरहेका छन् । क्रान्तिकारीहरुले त्यसका विरुद्ध सङ्घर्ष गरिरहेछन्, परिस्थितिले गति लिँदैछ, जनता जुध्दैछन्, सिङ्गो राष्ट्र नै एकढिक्का भएर उठ्न लाग्दैछ, ठीक त्यसरी नै जसरी प्रश्रित आप्mनो कवितामा अभिव्यक्त गर्नुभएको छ :
‘जात–भातको मैलो पखाली
‘पहाडी र मधिसेको साम्प्रदायिक पर्खाल भत्काउँदै
‘सहरिया र पर्वतेको भ्रमको पर्खाल भत्काउँदै
‘सारा जात एउटै झण्डामुनी
पाँच औंला मिलेर मुठी बनेजस्तै
राष्ट्रको बलियो गाँठो कस्दै गएको सम्झेर
आर्य र मङ्गोलको भेद, धर्म–धर्मको भेद
सबका सब विर्सेर
अत्याचारी शासन ढालौं नयाँ समाज जन्माउने
एउटै लक्ष्यमा, साझा ध्येयमा
सिङ्गै देश जुर्मुराउँदै उठेको छ !’
किसान, मजदूर, विद्यार्थी, बुद्धिजीवी, महिला, लेखक, कलाकार, प्रवासी र घरवासी सबका सब आ–आप्mनो समस्या लिएर सङ्घर्षमा उत्रिएको काव्यात्मक सजीवता छ । देशको कार्य बदल्ने सङ्घर्षको कडी राजनीति हो । वर्तमान विश्वस्थितिमा अनेकौं कारणले प्रत्येक देशका क्रान्ति र परिवर्तनका समस्याहरुले अन्तर्राष्ट्रिय सम्बन्ध र महत्वग्रहण गर्दैछन् । त्यसै हुनाले सर्वहारा अन्तर्राष्ट्रियवादीहरु नै वर्तमान अवस्थाका क्रान्ति र भावी युगका नेता बन्नसक्छन् । तर हाम्रो देशमा वामपन्थी राजनीतिको फाँटमा गुट र फुटको स्थिति छ । यसलाई पराजित गर्दै आज एकजुट हुने धारा प्रधान बनेको छ । फेरि पनि क्रान्तिकारीहरुको एकतालाई आदर्शवादी ढङ्गले हेरेर हुँदैन, एकपक्षीय बनेर हुँदैन । एकता गलत र सहीबीचको द्वन्द्वात्मक सम्बन्धबाट नै हुन्छ । त्यसकारण सच्चाइको एकताका निम्ति गलतहरु फुट्नु आवश्यक छ । कवि प्रश्रित पूmटपरस्त अहम्वादी र अवसरवादी तत्वहरुप्रति घृणा गर्नुहुन्छ :
‘राजनीतिको लामो पूmट र गुटबन्दीबाट
बाहिर प्mयाँकिदैछन् आज दहीच्यूरेहरु
पञ्चायती चर्पीमा नाक गाड्न पुग्दैछन् तिहुन् चखुवाहरु
दरबारी जुठा–टपरी र पैतला चाट्न पुग्दैछन् चमेराहरु !’
क्रान्तिकारीहरुको माक्र्सवादी–लेनिनवादी निष्ठा गहिरिँदैछ । देशका ठोस वास्तविकता र विशेषताहरु चिन्ने अमला बढ्दैछ । त्यसैले क्रान्तिका नीतिहरुमा परिमार्जन आइरहेछ, देशका विशेषताहरु अनुरुप माक्र्सवादी–लेनिनवादी नीतिहरुको जगमा सङ्गठन उभ्याउने काम भइरहेछ । विभिन्न किसिमका अवसरवादी र अराजक तत्वहरुका विरुद्ध सङ्घर्ष चलिरहेछ । त्यसकारण साँचा क्रान्तिकारीहरुको सिद्धान्तनिष्ठ एकताको क्रममा अझै पनि कति दहीच्यूरेहरु, तिहुन् चखुवाहरु वा भेडाको छाला ओढेका ब्वाँसाहरु प्mयाँकिनेछन् र आखिर तिनीहरु पनि प्रतिक्रियावादी चर्पीमैं पुग्नेछन् । क्रान्तिकारी एकता प्रक्रियामा यो अनिवार्य नै हुन्छ ।
प्रश्रितले आप्mनो कवितामा देशको वस्तुगत स्थिति, रणनीतिक लक्ष्य, क्रान्तिका शक्तिहरुको वर्तमान स्थिति, नीति र समस्याहरुमाथि सुन्दर समाजको सङ्केत, जनताको दु:ख र क्रान्तिको जागरण, क्रान्तिकारीहरुको विवेक, दृढता, पराक्रम तथा प्रतिक्रियावादीहरुको निराशा, कुण्ठा, पतन र पलायनको सुन्दर चित्र प्रस्तुत गर्नुभएको छ । जो यथार्थमा आधारित छ, अनुभवमा आधारित छ र जसमा देशको वर्तमान जीवनको कलात्मक चित्रण छ । समग्रतामा यो विधा शैली र विषयवस्तुका हिसाबले सुन्दर काव्य बनेको छ । तर यसका साथसाथै कतिपय ठाउँमा केही त्रुटिहरु, विसङ्गतिहरु र बेमेलहरु पनि विद्य्रमान छन् ।
राजनीतिक ज्ञान र विश्लेषणात्मक दृष्टिमा क्षमतावान् भएर पनि केही ठाउँमा कविसुलभ भावुकताले सच्चाइहरु छोपिएका छन् । व्यक्ति, धारणा र समस्याहरुप्रतिको वर्गदृष्टिकोण धमिलो हुनपुगेको छ । देश, काल, परिस्थिति र विषय–प्रसङ्गअनुसार कतिपय विषयवस्तुहरुमा प्रस्तुतीकरण सच्याउनुपर्ने हुन्छ भने कतिपय कुराहरु हेर्ने दृष्टिकोण स्पष्ट पार्नुपर्ने हुन्छ ।
हाम्रो मुलुकको राजनीति र व्यवस्थामा लामो समयसम्म दरबारियाहरु र भाइ–भारदारहरुको नै एकाधिकार थियो । जनताले राजनीतिमा चासो राख्न थालेको लगभग आधा शताब्दी मात्रै हुँदैछ । जनपक्षीय राजनीति र सङ्गठनको प्रथम प्रहरमा धेरै कुराहरु अस्पष्ट थिए । विचारहरु, सङ्गठनहरु, व्यक्तिहरु कुनै कुरामा पनि यसै भनेर मान्यता निर्धारण गरिहाल्ने स्थिति थिएन, सिद्धान्त र व्यवहारमा एकता, सङ्घर्ष र रुपान्तरणको प्रक्रियाबाट बढ्दै जानकारीलाई गहिरो र मान्यतालाई स्थिर गर्न सकिन्थ्यो । राणाविरोधी सङ्घर्षको भालेको डाँकजस्तै मिर्मिरेमा प्रचण्ड गोर्खा बनेको थियो र मैनाबहादुर, खण्डमान र खड्गबहादुर त्यसबेला चर्चित थिए । राणाविरोधी सङ्घर्षमा उनीहरुले राम्रो योगदान गरेका छन्् । त्यसपछि अरु पनि धेरै–धेरै मान्छेहरुले योगदान गरेका छन् । राणाहरुको उत्पीडनमा परेका राजा–महाराजादेखि लिएर साधारण जनताहरु र सर्वहारा मजदूरसम्म सबै लागेका छन् र योगदान गरेका छन् । भिन्नाभिन्नै स्वार्थ भएकाहरु मात्र होइन, दुई विपरीत स्वार्थ भएकाहरु पनि सँगसँगै लागेका छन् । के यस्तो भएको छैन र ? त्यतिबेला राणाविरोधी सङ्घर्षमा आपूmले सबभन्दा बढी योगदान गरेको दाबी गर्नेहरु अहिले सबभन्दा बढी जनताका उत्पीडक बनेका छैनन् र ? के तिनीहरु अहिले दलबदल र विचारबदल भएर यस्ता भएका हुन् ? यस्तो मान्यता ठीक हुँदैन । जस्तै कविताले भन्छ :
‘त्यसबेला तिनी
वीरताको शानले चम्केका
साँच्चैका ‘खड्ग’ थिए,
देशका ‘मान’ थिए,
क्रान्तिका सिँह थिए !’
खड्गमान सिँह त्यतिबेला साँच्चै क्रान्तिको सिँह हुन् भनेको ? क्रान्ति भनेको कुनै वस्तुको विकासमूलक गुणात्मक परिवर्तन हो, क्रान्तिको सिँह हुनु भनेको त्यसको नायक हुनु हो । सामन्तवाद र साम्राज्यवादको उन्मूलन, अर्धसामन्ती अर्धऔपनिवेशिक अवस्थाको अन्त्य र जनताको जनवादी व्यवस्थाको स्थापना गर्नु त्यसबेलादेखि अहिलेसम्म पनि नेपाली क्रान्तिको परिभाषित अर्थ भएको छ । यो वस्तुगत स्थितिको अनुमति हो र वैज्ञानिक विश्लेषणको परिणति हो । त्यसकारण प्रष्टै छ, हिजो पनि खड्गमान सिँह यस्तो क्रान्तिका पक्षमा थिएनन् र आज पनि छैनन् । उनले बुझेको र उनको स्वार्थ अनुकूलको कथित क्रान्ति उनले पूरा गरेर आज त्यसको फलको उपभोग गर्दैछन् । तर वास्तविक क्रान्ति जनताको क्रान्ति भने अझै पूरा भएको छैन । हामी सङ्घर्ष गरिरहेका छौं तर तिनै खड्गमान र उनीजस्ता हिजो राणाविरोधी सङ्घर्षमा लागेर आज जनताको शोषण, दमन गरिरहेका तत्वहरु र शक्तिका विरुद्ध संघर्ष गरी तिनीहरुलाई पराजित गरेर मात्रै क्रान्ति पूरा गर्न पनि सक्छौं । खाली पर्दाहरु बदलिएका छन्, पात्रहरु बदलिएका छन्, उही भूमिका, उही नाटक अहिले पनि मञ्चन भइरहेछ । तर कविता भन्छ :
खोरबाट निस्केपछि
भाग्न सकेन आप्mनो ओजस्वी इतिहास
‘खड्ग’ पग्लेर झोल बन्यो शायद !
‘मान’ नपुगेर अपमान भयो शायद !
‘सिँह’ लत्रेर स्याल भयो शायद !
हाय ! बिडम्बना इतिहासको !
दुर्भाग्यवश हिमाली देशको !!’
कविज्यूको यहाँ जुन तात्पर्यार्थ रहेको छ, त्यस अर्थमा हिजो पनि त्यो ‘खड्ग’ ‘मान’ र ‘सिँह’ थिएन र आज पनि छैन । हिजो पनि त्यो खास अर्थमा झोल, अपमान र स्याल नै थियो । यो के इतिहासको विडम्बना हो र ? होइन, यो त इतिहासको नियम हो । वर्गीय स्वार्थ, वर्गीय राजनीति र वर्गीय भूमिका हो । वर्ग दृष्टिकोण लिन नसकेका र राम्रो राजनीतिक विश्लेषण गर्न नसकेका मान्छेहरुले उनलाई साँच्चैको क्रान्तिका सिँह सम्झेका हुन सक्छन्, त्यो एकप्रकारको देशको दुर्भाग्यकै कुरा थियो, तर आज सम्पूर्ण जनताहरु प्रष्ट भएका छन्, तिनीहरु आप्mनै स्वार्थको सक्कली अनुहारमा देखिएका छन् र एउटा स्पष्टता आएको छ, आप्mनो र पराई छुट्टिएको छ – यो त देशको दुर्भाग्य होइन, अहोभाग्यको कुरा हो ! राजनीति र कला दुबै हिसाबले खरो यस काव्यको यो एउटा सानो दोष नै हो । यसले वर्गीय चेतना र दृष्टिकोणमा भ्रम उत्पन्न गर्नसक्छ । कविज्यू भन्नुहुन्छ:
मेरो सामुन्ने खोरमा
निर्भीकताका साथ गर्जिरहेछ अघिल्लो खड्गमान
र मेरो रगतका थोपा–थोपामा
दृढता, धैर्य र वीरताको ओज मिसाइरहेछ !’
मान्छेहरु कसैबाट पनि प्रेरणा लिन सक्छन्, शिक्षा पनि सकारात्मक र नकारात्मक हुन्छ, त्यहाँबाट त्यो खड्गमानजस्तो छुपेरुस्तम र जनविरोधी नबनियोस् भनेर पनि शिक्षा लिन सकिन्छ । त्यसमा पनि कविहरु त के मान्छेबाट मात्र होइन, पशुपन्छी र जड प्रकृतिबाट पनि प्रेरणा लिन सक्छन् । तिनीहरुसँग दोहोरो बातचित गर्न सक्छन् । कविज्यूले जहाँबाट प्रेरणा लिए पनि हामीले माग गर्ने कुरा सर्वहारा वर्ग दृष्टिकोण र दृढता हो । त्यस्तै एक ठाउँमा ‘गङ्गा, दशरथ र दुर्गा आदिलाई भैंm’ भन्दै जनताको पक्षमा उभिएर राणा सामन्ती शासनलाई पल्टाउन जीवन दिने गङ्गालाल र दशरथ चन्दसँगै सामन्ती निरङ्कुशतासँग सम्झौता गर्ने रणनीति लिएर धम्कीको कार्यनीति अपनाउने नेपाली काङ्ग्रेसको नीतिअनुरुप बम प्रहार गर्ने दुर्गानन्द झालाई बिनाफरक एकठाउँ उभ्याएर मृत्युको मर्यादाक्रममा गज्याङ्–मज्याङ् हुनपुगेको छ । हामी दुर्गालाई मार्ने कामको विरोध गर्छौं, उनको मृत्युमा शोक प्रकट गर्नसक्छौं तर उनले आत्मसात् गरेको राजनीतिको भण्डाफोर र विरोध नगरी क्रान्ति हुँदैन । यहाँ मानवतावादी उदार दृष्टिकोण राखेर काम चल्दैन । यद्यपि दुर्गा जनताका शत्रु होइनन्, तर उनले लिएको राजनीतिचाहिँ जनविरोधी हो र त्यसका निर्माताहरुचाहिँ जनताका शत्रु नै हुन् । हामीले सफा र स्पष्ट दृष्टिकोण लिनैपर्छ, तील–तण्डुल छुट्याएर मात्र हुँदैन, नीर–क्षीरलाई पनि छुट्याउनुपर्छ । यो दृष्टिकोणको सवाल हो ।
कविज्यूको क्रान्तिकारी उद्देश्य आपूmले गरेका योगदानहरु र सिङ्गै जीवनलाई नै क्रान्तिप्रति समर्पित गरेका व्यवहार र उद्गारहरुले यस्ता दृष्टिकोणहरु छोपिएका छन्, तर पनि चपाएर मात्रै निल्ने बानी परेका पाठकहरुको नजरमा भने केही–केही त्रुटि कमीहरु पाइन्छन् नै ।
तर कविज्यूका–
‘म दु:खी छु देशका यिनै दु:खले
मेरो छुट्टै अर्को कुनै दु:ख छैन,
म पिरिएको छु देशका यिनै पीरले
मेरो छुट्टै अर्को कुनै पीर छैन ।’
‘यस देशका तीसलाख बुकुराहरुको खुसियालीबाहेक
जब मेरो अर्को कुनै स्वार्थ छैन,
यस देशका डेढकोटी अनुहारको रौनकबाहेक
जब मेरो अर्को कुनै छुट्टै सपना छैन
यस देशलाई जेलेका तमाम साङ्लाहरु चुडाल्नुबाहेक
जब मेरो छुट्टै कुनै आकांक्षा छैन
०००
काटे शरीर ढल्छ, तर विश्वास ढल्दैन मेरो
मारे हाडखोर गल्छ, तर विचार गल्दैन मेरो !!’
कविताका यी पंक्तिहरु एउटा क्रान्तिकारीका मनोभाव र समर्पणलाई अभिव्यक्त गर्न सक्षम छन् र पूर्ण छन् । यसै हुनाले नै क्रान्तिकारीहरु आप्mनो गौरवशाली र महान् उद्देश्य प्राप्त गर्न जे पनि गर्न सक्छन् । जस्तासुकै कठिनाइका हिमचुलीहरु पनि पार गर्न सक्छन्, खुशीसाथ मृत्यु पनि स्वीकार्न सक्छन्, आप्mनै विचार कामका गुण–दोषहरु केलाएर दोषहरु प्mयाँक्दै अघि बढ्न सक्छन् । जे होस् काव्य सुन्दर छ, अनुपम छ, जतिपटक पढे पनि उत्तिकै आनन्दसँग पढिरहन सकिन्छ । अरु कामको हतारो छैन भने उत्तिकै रहर र चाखले सुनिरहन सकिन्छ । हाम्रो क्रान्तिको सिङ्गो विषयवस्तुसँग गाँसिएको हुनाले यसबारेमा लेख्ने फुर्सद भए आपैm लेखिरहन पनि सकिन्छ । लेख्दालेख्दै यो पनि निकै लामो भयो क्यार ! कविताका यी पंक्तिहरु पढ्दै अब अरु काममा लागौं :
झुकाउन सक्तैन कसैले सगरमाथालाई
अजेय छ हाम्रो श्रमिक मुक्तिको महायात्रा
अमर छ हाम्रो मानव मुक्तिको अभियान !!’
जनमतको मोदनाथ प्रश्रित विशेष अंकवाट