जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

जसमा जनभावना हुन्छ, त्यही नै उत्कृष्ट साहित्य हो

जनकलाल शर्मा जनकलाल शर्मा
प्रकाशित २५ फाल्गुन २०७९, बिहीबार
स्मृतिमा स्रस्टा भित्र
0
जसमा जनभावना हुन्छ, त्यही नै उत्कृष्ट साहित्य हो

– मेरो लेखकीय जीवनको शुरूवात वाध्यतावश भएको हो । रेडियो नेपाल खुल्नुभन्दा ६ दिनपूर्व बालकृष्ण समले चिठ्ठी दिनुभयो । त्यतिबेला उहाँ डाइरेक्टर जेनरल ब्रडकास्टिङ्ग एण्ड पब्लिसिटी हुनुहुन्थ्यो । फागुन १४ मा रेडियो नेपालमा नियुक्ति पाएँ । श्यामदास वैष्णवले पनि मसँगै नियुक्ति पाउनु भयो । प्रोग्राम सञ्चालक र उद्घोषकका हैसियतले म लेख्न वाध्य भएँ र निबन्धबाट लेखन शुरू भयो । रेडियो नेपालमा सुनाइएका लेखहरूको सङ्ग्रह २०१४ सालमा ललितकला र साहित्यमा प्रकाशित भयो ।

– एउटा कथा लेखेको थिएँ तर १६ असारसम्ममा पनि प्रगति पत्रिकाले छापेन । पछि अरू अङ्कहरू नै छापिएनन् । २४ अङ्कहरू छाप्नुपर्ने भनेकोमा यसरी बन्द भएपछि कथा छापिएन ।
– पहिला नेपालीहरूको सामाजिक जीवन देखिन्थ्यो । अन्तर्राष्ट्रिय सम्पर्कपछि क्रमश: गुम्सिएको वातावरणको प्रस्फुटन हुन थाल्यो र सामाजिक विचलनका स्थितिहरू देखापरे । रूस शान्त थियो तर खुलापनपछि टुक्रिएर दु:खद् स्थितिमा आएजस्तै राणाशासनपछिको नेपाली जीवन देखापर्‍यो । हाल यो विचलन तीव्र बन्दै आएको देखिन्छ । अहिलेको सामाजिक जीवन विसङ्गति, साम्प्रदायिकता, असमानता, आर्थिक द्वन्द, विकृति आदिबाट सङ्कटमय बन्दै गएको छ । धार्मिक सहिष्णुता र आपसी सद्भावको ह्रास हुँदै गएको छ । वैज्ञानिक विकासका साथ साथै विकृतिहरू बढ्नाले मौलिक संस्कृति, धर्म र परम्परामा सङ्कट बढ्दै गएको कुरा चिन्ताजनक छ ।

– सामाजिक अध्ययन गर्दा विज्ञानबाट मात्र विश्लेषण गरेर हुँदैन, मानसिक वा भावात्मक रूपको अध्ययन पनि गर्नुपर्ने हुन्छ । २०४६ सालको आन्दोलनपछि हामी सबैले स्वतन्त्र हुने आशा गरेका थियौं तर अनेक बन्धनबाट हामीहरू आज पनि घेरिएका छौं । महत्व बुझ्न नसक्नाले हामीलाई बोकाको मुखमा कुभिण्डो भएको छ ।

– देवकोटाका सम्बन्धमा मैले थाहा पाएका विषयमा महाकवि देवकोटा एक व्यक्तित्व दुई रचनामा लेखिसकेको छु । ती नै मसित सम्बन्धित कुराहरू हुन् ।
– म मेरो साधनाबाट पटक्कै सन्तुष्ट छैन किनभने सन्तुष्टि प्रगतिको बाधक हो । जनता वा संस्थाहरूले मेरो सम्मान गरे वा गरेनन् भनेर म दु:खी छैन । सरकारले गर्‍यो वा गरेन भनेर पनि मलाई केही भन्नु छैन । बरू मेरो प्रयासबाट जनता र देशलाई केही मिलोस् भन्ने चाहन्छु । सरकारले प्रतिभाको उचित कदर गर्ने उपयुक्त नीतिहरू तयार गर्नुपर्दछ, जसमा सरकारले राम्रो गर्न नसकेजस्तो लाग्दछ ।
– सोह्रौं प्राज्ञसभाले मलाई मानार्थ सदस्यता प्रदान गर्‍यो । यसको विरोध गरौं पनि भएन ! समर्थन गर्नलाई केही दिएको छैन । तैपनि प्रज्ञाप्रतिष्ठानलाई कांग्रेसका पालामा अफिसीकरण गरियो र वर्तमानमा पनि त्यही परम्परा कायम छ । पञ्चायतकालमा श्री ५ महेन्द्रले आफ्नो आसन छाडेर साहित्यमा सरकारीकरण गर्नु हुँदैन भनेर नै केदारमान व्यथितलाई कुलपति नै बनाए तर अबका सरकारले त्यहीँ टाँसिनु राम्रो होइन । हालको एमाले सरकारका प्रधानमन्त्रीले असारसम्ममा त्यहाँको पद त्याग्ने वचनबद्धता जाहेर गरेर राम्रो सोचाइ बनाएको कुरा प्रशंसनीय छ ।
– मेरो दृष्टिमा भावाव्यक्ति नै साहित्य हो, भावलाई लेख्न सक्यो भने साहित्यका रूपमा सिर्जिन्छ ।– जसमा भाव प्रवलता हुन्छ, त्यही नै उत्कृष्ट साहित्य हो । विचारप्रधान साहित्य र न्यायधीसको फैसला जस्तै हो ।
– लेखकहरूले भाट प्रवृत्तिमा लाग्ने गर्नुहुँदैन ।– म महाकवि देवकोटाबाट अति प्रभावित छु । अन्य मेरा आदर्श लेखकहरूमा प्रस्तुतीकरणमा बालचन्द्र शर्मालाई मान्दछु । बालकृष्ण समका रचनाहरू पनि विचारणीय छन् तर ज्यादै परिमार्जित र कलात्मक मूर्तिजस्ता भए पनि देवकोटाको साहित्यमा झैं तिनमा आत्मा बोल्दैन ।
– जीवन भनेको मानिसको संघर्षशील व्यक्तित्व हो ।

– ईश्वरबारे विचार नै गरेको छैन । धर्म भनेको परम्परित मान्यतालाई पछ्यानु हो, जुन आँखा चिम्लिएर मान्ने किसिमको चिन्तन हो ।
– मानिस सामाजिक प्राणी भएकोले ऊ कुनै कुनै राजनीतिबाट प्रभावित हुन्छ नै, तर म कुनै पार्टीको सदस्य छैन तर मेरो मत मतदानमा प्रयोग हुने गर्दछ । साहित्य राजनीतिबाट प्रभावित हुनुपर्ने नपर्ने कुरा विवादास्पद हो तर पनि कुनै राजनीतिवादबाट प्रभावित भैहाल्छ नै । तर त्यो प्रभाव स्पष्टसित देखियो भने त्यो नारा हुन जान्छ, साहित्य होइन ।
– आफ्नो निर्णयात्मक शक्तिबाट उसको भविष्यप्रतिको चाहना व्यक्त हुन्छ । म कतिपय कुरामा सन्तुष्ट छु र कतिपय कुरामा असन्तुष्ट पनि छु ।
– मैले विदेशी साहित्यको गहिरो अध्ययन त गरेको छैन तर जापानी हाइकूहरू, कथा–उपन्यासहरू मलाई मन पर्दछन् । चाइनिज उपदेशात्मक कथाहरू पनि मलाई मन पर्दछन् । राहुल सांकृत्यायन, जयशङ्करप्रसाद पन्त र निरालाहरू मन त पर्दछन् । तर मैले त्यस्तो आदर्शका रूपमा कसैलाई लिएको छैन ।

– अहिले खास केही लेखिरहेको छैन । योजनावद्ध लेखन नभए पनि कसैको अनुरोधमा भूमिका, टिप्पणी आदि लेखनमा समय बितिरहेको छ ।
– नेपालको भौगोलिक स्थिति विभिन्न खाले भएकोले नेपाली जीवनको परिचय पनि एउटै रूपमा दिन सकिन्न । तराईबासीले हिउँ नदेख्ने भएकोले अध्ययन नभएमा नेपालमा हिउँ पर्दैन भन्न सक्छ तर हिमालीले पर्छ नै भन्दछ । त्यसैले धर्म, संस्कृति आदिका विविधता नै नेपालीको परिचय हो ।
– वास्तवमा पृथ्वीनारायाणको अभियान ज्यादै राम्रो हो । उनको उद्देश्य राम्रो भएर नै हामी समग्रमा नेपाली भएका हौं । अन्यथा हामी नेपाली हुनसक्ने थिएनौं । यो पृथ्वीनारायण शाहको परिकल्पनाको प्रतिफल हो । उनले एकीकरण गर्दा भएका केही घटना–परिघटनालाई आलोचना गर्दा कीर्तिपुरमा नाक, कान काट्नु जस्ता घटनाहरूबारे बोल्न सकिए पनि उनका योगदानका तुलनामा क्षम्य नै मान्नुपर्छ ।– भीमसेन थापा पृथ्वीनारायण शाहको बाटो पहिल्याउने र भीम मल्ल चाहिँ जयस्थिति मल्लबाट प्रभावित कर्मठ व्यक्ति हुन् । भीमसेन थापाको सक्रियता नेपालको हो भने भीम मल्लको सक्रियता चाहिँ काठमाडौं उपत्यकाभित्रको हो । सीमित र विस्तृत उद्देश्यानुरूप भूमिका फरक भए पनि दुबै महान् हुन् ।
– म अहिले पनि अति व्यस्त छु । मलाई शान्ति र वैयक्तिक जीवन–चर्याको समय नै मिल्दैन । साथीहरूसँगको भेटघाट, छलफल, अध्ययन र समाजसेवामा व्यस्त छु । जे लेख्दछु, प्रकाशित भैरहेका छन् । मलाई प्रकाशकको अभाव पनि छैन ।
– दिएर खान पुग्दैन, मागेर खानु पर्दैन ।


– नेपालको भविष्य राम्रो छ । प्रजातन्त्र फल्छ भन्ने विश्वास राखेको छु ।


– लेखकीय जीवनमा धेरै तीता मीठा घटनाहरू घटेका छन् । गोपालप्रसाद भट्टराई गोरखापत्रका सम्पादक भएताका मधुपर्कमा मेरो एउटा लेख छापियो । त्यस लेखमा अलिकति यौनसम्बन्धी चर्चा पनि थियो । त्यो छापेवापत उनलाई पूर्जी काटियो र मलाई पनि बोलाइयो । त्यो बेला चित्रबहादुर के.सी. सञ्चारसचिव थिए । के लेखेको यस्तो ? भनेर मलाई सोधियो । मैले जवाफ दिएँ – मैले होइन, कालिदासले लेखेको हो । दिनेसु गच्छत् सुनितान्त पीवरम्, तदीयमानील मुखस्तनद्धयम तिरश्चकार: भ्रमरा बिलिनयो, सजातयो पंकजको बयो: श्रियम् ।। र यसको अर्थ अनुवाद गरिदिएँ । अनि त सबै हाँसे र पूर्जी सुर्जी सबै कुरा सकियो ।
– जनमत, २०५२ साउन / पूर्णाङ्क ४६


अघिल्लो पोष्ट

मोतिलक्ष्मी उपासिकाको जीवन–यात्रा

पछिल्लो पोस्ट

असन पुरानो सांस्कृतिक बस्ती

जनकलाल शर्मा

जनकलाल शर्मा

जनकलाल शर्मा (वि.सं. १९८३-२०५६) नेपाली साहित्कार एवम् विज्ञान वेत्ता हुन्। उनले जोसमनी सन्त परम्परा र साहित्य का लागि वि.सं. २०२० सालको मदन पुरस्कार प्राप्त गरेका थिए। कृतिहरू जोसमनी सन्त परम्परा र साहित्य (धार्मिक, वि.संं २०२०) कौतुकमय डोल्पो (नियात्रा, वि.संं २०३१) हाम्रो समाज: एक अध्ययन (समाजशास्त्र, वि.संं २०३९) महाकवि देवकोटा : एक व्यक्तित्व दुई रचना (समालोचना , वि.संं २०३२) ललित कला र साहित्य (निबन्ध , वि.संं २०१४) भुमिकै भुमिका (निबन्ध, वि.संं २०३६) राप्ती उपत्यका (परिचय) राम्रो नेपाली साहित्य

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
असन पुरानो सांस्कृतिक बस्ती

असन पुरानो सांस्कृतिक बस्ती

नोबेल विजेता साहित्यकार केन्जाबुरो ओएको निधन

नोबेल विजेता साहित्यकार केन्जाबुरो ओएको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बीपी साहित्य सम्मान कृष्णप्रसाद गौतम र सेनानी सम्मान शान्ति कार्कीलाई 

बीपी साहित्य सम्मान कृष्णप्रसाद गौतम र सेनानी सम्मान शान्ति कार्कीलाई 

४ जेष्ठ २०७९, बुधबार
म तिम्री आमा हुँ

म तिम्री आमा हुँ

५ जेष्ठ २०८१, शनिबार
काला झण्डा

काला झण्डा

४ जेष्ठ २०७९, बुधबार
स्रस्टाहरु बाङ्गलादेश प्रस्थान

स्रस्टाहरु बाङ्गलादेश प्रस्थान

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक