जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

वरिष्ठ कलाकार हरिप्रसाद शर्मा

जनमत जनमत
प्रकाशित २६ माघ २०७९, बिहीबार
सर्जक बिशेष भित्र
0
वरिष्ठ कलाकार हरिप्रसाद शर्मा

चित्रकारितामा इतिहासका पृष्ठहरु समेट्न सिपालु हरिप्रसाद शर्मा नेपालको महत्वपूर्ण ऐतिहासिक घटनाक्रमहरुलाई चित्रमा उतार्न सफल चित्रकारका रुपमा विख्यात छन् । पुरातत्व विभाग र शा.ने.वा.नि.मा धेरै समयसम्म उत्सर्गहरु पोखिसकेका यिनी कलाकार भई बाँँच्न पाउँदा गौरव पोख्ने गर्छन् । आई.ए. सम्मको औपचारिक शिक्षा हासिल गरेका कलाकार हरिप्रसाद शर्माले ११ वर्षको उमेरमा कलाकार जीवरत्न शाक्यबाट चित्रकलाको प्रारम्भिक ज्ञान प्राप्त गरेका थिए । प्रख्यात कलाकारहरु कालीदास श्रेष्ठ र चन्द्रमान मास्केका चेलाका रुपमा देखिएका यिनी पछि जुद्धकला पाठशालामा केही वर्ष अध्ययन गर्न पाएका अनुभवले खारिएका पाका चित्रकार हुन् ।

कलामार्फत् इतिहास देखाउन सफल कलाकार । प्राचीन इतिहासका अध्येता यिनी इतिहासलाई जीवन्त तुल्याउन आफ्नो कलामार्फत् सङ्घर्षशील छन् । यिनका सबैजसो चित्रकारितामा इतिहास चिहाइरहेको देखिन्छ । त्यसैले यिनका चित्रहरु सर्वसाधारणदेखि लिएर विद्वतजनहरुसम्म पनि प्रभावित छन् । यिनले आयोजना गर्ने कला प्रदर्शनीहरु उच्चकोटिका हुन्छन् । इतिहासलाई कलामा समेट्नु भनेको चानचुने कुरा थिएन, यही महत्वपूर्ण काम यिनले कलाजगत्मा देखाउन सफल छन् । चित्रहरु हेरिरहूँजस्तो देखिनु, चित्रमा वास्तविकता रहेकै कारणले प्रभावकारी देखिनु यिनका कलाकारितामा देखिंदा शुभलक्षणहरु हुन् । ८१ वर्षीय जेष्ठ कलाकार हरिप्रसाद शर्माका चित्रले लिच्छवीकालीन र मल्लकालीन इतिहास, संस्कृति र जीवनशैली देखाइरहेको प्रतीत हुन्छ । अंशुवर्माको शासनकालमा बनेको कैलाशकूट भवनको चित्रण, अरनिकोको चीनयात्रा, स्वयम्भू र बौद्धनाथ स्तुपाको कलात्मक वर्णन गरिएका यिनका चित्रहरु प्रसिद्ध छन् ।

लिच्छवी, मल्ल र शाहकालीन इतिहास, वास्तुकला, जनजीवन तथा लोपप्रायः काठमाडौं उपत्यकाको सांस्कृतिक विविधताका पक्षहरुलाई चित्रकलाको माध्यमले जगेर्ना गर्ने उद्देश्यका साथ हालसम्ममा ८० वटा चित्रहरुको निर्माण गरिसकेका यिनी चित्रको माध्यम पानीरङ्ग र तेलरङ्गलाई बनाउँछन् । वि.सं. २०१३ सालमा नै चतुर्थ बौद्ध सम्मेलनमा आयोजित चित्रकला प्रदर्शनीमा नेपाल कला समितिको तर्फबाट सहभागिता जनाइसकेका यिनी थुप्रै कला प्रदर्शनीमा सक्रिय सहभागिता जनाइसकेका वरिष्ठ कलाकार हुन् । यिनका चित्रकला सम्बन्धी प्रकाशनहरुमा ‘ऐतिहासिक चरणहरुमा काठमाडौं’(Kathmandu llVaey Down the Ages) शीर्षकमा २५ वटा तैलचित्रको पुस्तक प्रकाशन हुनाका साथै २० भन्दा बढी चित्रहरु पोष्टरका रुपमा प्रकाशित छन् । यसका हजारौंप्रतिहरु देश–विदेशका कोठाहरु, होटेल र रेष्टुराँहरुमा सजिएका छन् ।

वरिष्ठ कलाकारका रुपमा नेपाल कलाकार समाजद्वारा २०५९ मा नै सम्मानित भइसकेका यिनले राष्ट्रियस्तरका ललितकला प्रज्ञा सम्मान २०७३ मा र मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०७५ मा प्राप्त गरेको देखिन्छ । कलामा यिनले पु¥याइरहेका अनगिन्ती सेवाका हरफहरु उल्लेखयोग्य मात्र होइनन्, ऐतिहासिक र गौरवशाली छन् ।


अघिल्लो पोष्ट

दमौलीमा बाल कथा लेखन सम्बन्धी ३ दिने कार्यशाला

पछिल्लो पोस्ट

भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

भुपीको गलत लाग्छ मलाई मेरो देशको इतिहासमा मण्डलामा नाटक

भुपीको गलत लाग्छ मलाई मेरो देशको इतिहासमा मण्डलामा नाटक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बूढो नेता

बूढो नेता

२२ फाल्गुन २०७८, आईतवार
साहित्यकार काँचुली र चालिसे सम्मानित 

साहित्यकार काँचुली र चालिसे सम्मानित 

२३ फाल्गुन २०८०, बुधबार
आशा

आशा

२२ फाल्गुन २०७७, शनिबार
लेखक स्वतन्त्र हुनुपर्छ  : गङ्गा लिगल

लेखक स्वतन्त्र हुनुपर्छ : गङ्गा लिगल

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक